Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनलाइन मिडिया : संख्या बढ्यो, गुणस्तर बढेन

Posted on December 22, 2019 by Salokya


प्रदेश ३ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको सञ्चार रजिस्ट्रारको कार्यालयले शुक्रबार अनलाइन पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयमा एउटा कार्यक्रम गरेको थियो। यो कार्यक्रममा नेपालको अनलाइन पत्रकारिताको वर्तमान अभ्यासबारे सामाग्री ‘कन्टेन्ट’मा फोकस रहेर कार्यपत्र प्रस्तुत गर्न मलाई भनिएको थियो। अनलाइन मिडियाको संख्या अहिले निकै बढेको छ। सूचना विभागमा दर्ता भएका अनलाइनको मात्रै संख्या हजार नाघिसकेको छ। तर आफ्नो अस्तित्व देखिने गरी चलेका अनलाइनहरुको संख्या भने औँलामा गन्न सकिन्छ। अनलाइन मिडियाको संख्या बढे पनि गुणस्तर बढेको छैन। स्वार्थकेन्द्रित अनलाइनहरु बढेका छन्।

सतही र संक्षिप्त समाचारमा अल्झिने ट्रेन्डका बीच पनि अनलाइनहरुले ‘केही फरक’ पनि गरी देखाएका छन्। सेतोपाटीको बमजन प्रकरण, हाम्राकुराको महरा प्रकरण र आफैले पहिलोपोस्टमा हुँदा गरेको निर्मला प्रकरण र #WhoKilledNirmala सिरिजबारे पनि बोलियो। घटनास्थलमा पुग्दै नपुगी मिडियाले ‘रे’ र हल्लाका आधारमा समाचार बनाउँदा परेको असरका केही उदाहरण राखेपछि प्रदेश ३ सभाका सचेतक रामेश्वर फुँयालको कमेन्ट थियो- ‘निर्मलाले त अझै न्याय पाएकी छैनन्। तर (बिना प्रमाण लगाइएका लाञ्छनाहरुले) बमहरुलाई कति अन्याय भएको छ? क्षति कति भयो होला?’

अनलाइन मिडिया चलाउन सजिलो भनिन्छ। तर नेपालमा भने नेपाली बाहेक अरु भाषाका अनलाइनहरु मौलाउन सकेका छैनन्। यो विषयमा पनि थोरै उल्लेख गरेको छु।

कार्यक्रममा मेरो प्रस्तुतिका केही अंशलाई न्युज एजेन्सी नेपालले भिडियो खिचेको रहेछ। त्यही भिडियोको सहयोगमा मैले बनाएका स्लाइडहरु जोडेर यो भिडियो बनाएको छु। पत्रकारितामा रुचि भएका र विद्यार्थीहरुलाई यो भिडियो उपयोगी हुन सक्ला कि भनेर युट्युबमा अपलोड गरेको छु।

नेपालको अनलाइन मिडियाबारे तपाईँको धारणा के छ ? तल कमेन्टमा लेख्न सक्नुहुन्छ।

1 thought on “अनलाइन मिडिया : संख्या बढ्यो, गुणस्तर बढेन”

  1. Raju Acharya says:
    December 22, 2019 at 2:32 pm

    पत्रकारितामा रुचि भएका र विद्यार्थीहरु, बाहेक अरुलाई पनि काम लाग्ने रहेछ ! धन्यवाद !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme