Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शृङ्खला खतिवडा र ‘नागरिक’को विवाद, के हो विषय?

Posted on December 21, 2019 by Salokya


अघिल्लो मिस नेपाल शृङ्खला खतिवडा र राष्ट्रिय दैनिक ‘नागरिक’ बीच अहिले एउटा विवाद चर्किएको छ। खासमा नागरिक दैनिकको अनलाइन ‘नागरिकन्युज’ मा प्रकाशित एउटा समाचारमा शृङ्खलाले आपत्ति जनाएपछि अनलाइनमा शृङ्खला समर्थकहरुले नागरिकलाई पत्रकारिताको मूल्यमान्यताविरुद्ध समाचार लेखेको आरोप लगाएका छन् भने नागरिकले पनि फेसबुकमा स्पोन्सर्ड नै गरेर भिडियोसहित राखेर आफूले पहिले लेखेको समाचारलाई सही ठहर्‍याउने प्रयास भएको छ। के हो त सत्य? आउनुस् विस्तृतमा बुझौँ।

नागरिक दैनिकको पुस १ गतेको अङ्कमा अन्तिम पेजमा छापिएको समाचार थियो माथिको। समाचार छापियो, पढ्नेले पढे, नपढ्नेले पढेनन्। कुरा यत्तिकैमा सीमित हुनसक्थ्यो। तर भएन।

यो समाचार नागरिकको अनलाइन नागरिकन्युजमा त्यही दिन बिहान ८ बजेर ४४ मिनेटमा अपडेट भयो।

यो समाचार जब नागरिकन्युजको फेसबुकमा सेयर भयो र त्यहाँका कमेन्टहरुमा शृंखलालाई नानाभाँती भनियो, तब बल्ल उनलाई यसबारे थाहा भयो। उनले यसबारे ७ लाख फलोअर भएको इन्स्टाग्राममा यस्तो लेखिन्-

उनले समाचारको शीर्षक र कुन सन्दर्भ (context) मा यो कुरा आफूले बताएको भन्ने समेत उल्लेख नभएको गुनासो गरिन्।

उनले आफूले दुई कारणले यस्तो लेख्न परेको पनि बताइन् इन्स्टामा। एउटा थियो- पत्रकारिताले दिग्भ्रमित पार्‍यो शीर्षक र अपूर्ण जानकारीका कारण। अनि दोस्रो पीडितलाई उल्टै पीडा दिने काम गरे मानिसहरुले।

शृंखलाले यस्तो लेखेपछि उनका समर्थकहरुले नागरिकन्युजको फेसबुक पेजमा कडा आलोचना गरे-

त्यसपछि नागरिक पनि दबाबमा आयो। ‘यसो भनेकी थिइन् शृंखलाले यौन हिंसाबारे साहित्य महोत्सवमा (भिडियो)’ शीर्षकमा भिडियोसहित नागरिकन्युजले एउटा अर्को समाचार बनायो, जसमा नागरिकले आफ्नो पहिलेको समाचारको प्रतिरक्षा गरिएको थियो। त्यसमा लेखिएको थियो-

सामाजिक सञ्जालमा आफूले त्यस्तो नबोलेको बताएपछि समर्थकहरूले नागरिक विरुद्ध प्रतिक्रिया व्यक्त गरेका छन्। भर्खरै पोखरामा आयोजित साहित्य महोत्सवका क्रममा उनले दिएको प्रतिक्रियामा आधारित भई समाचार छापिएको थियो। उनले जे बोलेकी थिइँन त्यसैलाई समाचारमा आधार बनाइएको हो। समाचार विरुद्ध प्रतिक्रिया दिनेहरूले दोहोर्याएर उक्त कार्यक्रमको भिडियो सुनेको देखिएन। पूरा पढ्नुस्

त्यतिमात्र हैन, नागरिकले फेसबुकमा यसलाई व्यापक बनाउन स्पोन्सर्ड अर्थात् रकम पनि तिरेर प्रचार गरेको देखियो-

के हो सत्य?

शृङ्खलाले आफूलाई मिसकोट गरिएको अर्थात् गलत उद्‍धृत गरिएको वा बोल्दै नबोलेको कुरा कतै लेखेकी छैनन्। तर नागरिकन्युजको पछिल्लो समाचारमा ‘सामाजिक सञ्जालमा आफूले त्यस्तो नबोलेको बताएपछि समर्थकहरूले नागरिक विरुद्ध प्रतिक्रिया व्यक्त गरेका छन्’ भनिएको छ। शृङ्खलाका सामाजिक सञ्जालका पोस्टहरु हेर्ने हो भने उनले आपत्ति शीर्षक र सन्दर्भ नखुलाएर अपूर्ण जानकारी राखेकोमा आपत्ति जनाएको देखिन्छ।

त्यो भने सत्य हो।

नागरिकको पुस १ गते छापिएको समाचार काठमाडौँ डेटलाइनमा छ र शृङ्खलाले कहाँ, कुन कार्यक्रममा, कहिले त्यस्तो बताएको केही उल्लेख छैन। खासमा उनले पोखरामा भएको नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन  मंसिर २९ गते आइतबार गनेस पौडेल प्रस्तोता रहेको हामीले बाँच्न चाहेको नेपाल सेसनमा यस्तो भनेकी थिइन्। आइतबारको त्यो कार्यक्रमको समाचार तीन दिन ढिला बुधबार नागरिकमा छापिएको थियो अपूर्ण रुपमा।

त्यसैगरी समाचारसँगै लिटरेचर फेस्टिभलको फोटो नराखेर छाउ सम्बन्धी शृंखलाको डकुमेन्ट्रीको भिडियोको फोटो राखिएको थियो। समाचारमा फोटो कुन सन्दर्भमा कहाँबाट लिएर राखिएको हो, त्यो समेत उल्लेख थिएन। त्यसैले ‘सन्दर्भ नखुलाएर अपूर्ण जानकारी राखेको’ भन्ने शृंखलाको आरोप सही देखिन्छ।

‘यौन हिंसाको शिकार भएँ’  शीर्षकको विषयमा भने उनले कार्यक्रममा ‘बच्चा हुँदा खेरी आइ ह्याड टु गो थ्रु, एउटा सेक्सुअल ह्यारेसको केस थियो जुन धेरैपछि मात्र आइ ह्याड टु रिकल’ भनेकी थिइन्। अर्थात् उनले सानोमा यौन दुर्व्यवहार भोगेको बताएकी थिइन्। शीर्षक गलत छैन। तर सन्दर्भ नखुलाएर अपूर्ण जानकारी राखी पाठकलाई दिग्भ्रमित बनाएको उनको आरोप पनि सही छ।

शृङ्खलाले नागरिकका प्रधान सम्पादकलाई लेखेको पत्र पनि सार्वजनिक गरेकी छिन्

कम्तिमा गल्ती गरेको स्वीकार त गर्नुस् भनी सार्वजनिक रुपमा माग पनि गरेकी छिन्, तर…

I'm shocked to see you still standing for Nagarik news. With this way of journalism, you can twist any statement the way you want. Please at least admit the mistake. This was not my coming out story!!! https://t.co/7tsA4mjMur

— shrinkhala khatiwada (@shrinkhalakhat3) December 20, 2019

6 thoughts on “शृङ्खला खतिवडा र ‘नागरिक’को विवाद, के हो विषय?”

  1. Bhuban says:
    December 23, 2019 at 6:15 am

    She is an excellent educated woman and highly precious living legend for country who played to build significant national image in the international forum by her personality, talent, creative and positive thought. I believe she is 100% right and outstanding performance demonstrating her daily life and it will be ongoing. Nagariknews is misinterpreting her personality and outstanding performance. Please always interprete creative and positive ways to encourage people personality and outstanding achievement national and international forums for everybody not only MS. Shrinkha Khatiwada. Why most of people and newspapers/journalists always negative in Nepal? Please reverse everyone negative thoughts and start to think creative and positive ways where you can see millions of beautiful positives outcomes at any circumstances, anywhere and anytime. Keep in mind what thoughts you interpret this is reflected your personality.

    Reply
  2. ठुले जेठा says:
    December 23, 2019 at 3:37 am

    सम्पूर्ण नेपालकी प्रतिनिघी मिस नेपालले नेपाली राष्टृभाषाको प्रयोग गर्न नचाहनु सारै दुखको कुरा हो । यसरीनै सबै सेलिब्रेटीहरुले नेपाली भाषाको सट्टा अँग्रजी भाषाको प्रयोग गर्ने हो भने उनीहरुलाई आफ्नो आदर्श मान्नेहरुमा नेपाली भाषाप्रति बिकर्षण बढ्ने कुरा अवश्यम्भावी छ । अँग्रेजी भाषामा निपुणता हुनु राम्रो हो, तर देखावटीको लागि प्रयोग गर्दा त्यसको प्रभावलाई पनि ध्यान दिने हो कि ?

    Reply
  3. Hero says:
    December 22, 2019 at 9:47 pm

    नेपालका पत्रकार हैन पत्रुकार हो पैसा कमाउने पैसाको लागी लेख्ने

    Reply
  4. santos says:
    December 22, 2019 at 1:22 pm

    Never trust politicians and Media

    Reply
  5. Uzz says:
    December 22, 2019 at 11:39 am

    Almost everyone who has ever been the subject of a news story can point to small and sometimes large errors of fact or nuance, or to quotes that, while perhaps accurate, are presented out of their original context in ways that change their intended meaning: Dan Gilmore in Mediacitve 🙂

    Reply
  6. madan bajracharya says:
    December 22, 2019 at 12:29 am

    महिला बर्ग आफुहरु असुरछित शोषित यौन हिँसाको सिकार हुनु परेको कारण हाम्रो समाज र् राज्यले समेत् पुस्तौं देखि अरुलाई निच कुजात मान्ने; छोरीलाई “पराई धन” मानेर (कन्या)दान दिने, स्वास्निलाई जुवा समेत् थाप्न सकिने र् मन परे लुटेर अपहरन गरेर पनि भोग सकिने धन भयको निच कुरालाई सिकाउनेलाई गुरु मानेकोले हो।यस्तो निचको निच कुरा नमान्ने हामि तेस्तै निच कुरा सिकाउने निचलाई गुरु मान्नेको पहिलो पूस्ता मात्रै हो।

    यस्ता निच कुरा सिकाउने मनाउने गुरु पन्डित पूजारी बनेको यो समाजमा परिवर्तन आउंदै त् छ् तर तेस्ता बाट पुरै मुक्ति पाउन अझै केही पूस्ता लाग्छ। किनभने आजको समाजमा पनि धेरै हद सम्म तेस्तै कुसंस्कारि नै निर्णयक शक्ति बनिरहेको छ् र् तेस्तै कुशन्स्कारीलाई आफ्नो पूजारी पन्डित गुरु नेता मान्ने पूस्ता अलि बुढो मात्रै भयकै छ् परमधान पुगेको छैन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme