Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, महाभियोग लागेर ट्रम्प हट्दैनन्, यस्तो हुन्छ प्रक्रिया

Posted on December 19, 2019 by Salokya


अमेरिकाको तल्लो सदन (प्रतिनिधि सभा- हाउस अफ रिप्रेजेन्टेटिभ्स) को बहुमतले आज बिहान राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गर्‍यो। योसँगै महाभियोग प्रक्रियाबारे जानकार नभएकाहरुलाई ट्रम्प राष्ट्रपति पदबाटै हट्लान् कि भन्ने भ्रम परेको देखियो।

त्यसो होइन। विपक्षी डेमोक्रेट्सको बहुमत भएको तल्लो सदनमा महाभियोग पारित भएको मात्र हो। अर्थात् प्रक्रिया सुरु भएको मात्र हो। अब माथिल्लो सदन (सिनेट) ले यसको छिनोफानो गर्नेछ। त्यहाँ दुई तिहाई बहुमतले पक्षमा मतदान गरे मात्र ट्रम्प राष्ट्रपति पदबाट हट्ने छन्। दुई तिहाई त के, सिनेटमा डेमोक्रेट्सको सामान्य बहुमत समेत छैन। त्यसैले महाभियोग लागेर ट्रम्प पदबाट नहट्ने निश्चित जस्तै छ। तर पनि यसको दूरगामी अर्थ भने छ।

ट्रम्प अमेरिकाका ४५ औँ राष्ट्रपति हुन्। तर यसरी महाभियोग लाग्ने उनी इतिहासमै तेस्रो हुन्। इतिहासमा महाभियोगसँग जोडेर ट्रम्पको नाम उल्लेख गराउनु नै विपक्षी डेमोक्रेट्सहरुको प्रमुख उद्देश्य देखिन्छ।

प्रतिनिधि सभाले ट्रम्पविरुद्ध दुई वटा विषयमा महाभियोग लगाउनु पर्ने पक्षमा मतदान गरेको छ। एउटा हो- उनले शक्तिको दुरुपयोग गरे। त्यसमा मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत र विपक्षमा १९७ मत परेको थियो। पार्टी लाइन यसमा प्रष्टै देखिन्छ। प्रतिनिधि सभामा ट्रम्पको रिपब्लिकन पार्टीका १९७ सदस्य छन्। सबैले विपक्षमा मतदान गरे। डेमोक्रेट्सको २३३ सदस्य भएकोमा २३० भोट मात्रै पर्‍यो।

त्यसैगरी अर्को आरोप थियो- कंग्रेसलाई अवरुद्ध पारेको। यो सम्बन्धी मतदानमा विपक्षमा रिपब्लिकन पार्टीका सबै मात्र होइन, थप एक मत पनि (कूल १९८ मत) आयो।

सामान्य बहुमत नै काफी

प्रतिनिधि सभाबाट सामान्य बहुमत भएमात्र पनि राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न सकिने व्यवस्था छ। यो अनुसार २१८ सदस्यले मात्र पक्षमा मतदान गरेको भए पनि प्रस्ताव पारित हुन्थ्यो। जबकि प्रतिनिधि सभामा डेमोक्रेट्सको २३३ सिट छ।

अब के हुन्छ त?

प्रतिनिधि सभाले महाभियोग लगाएपछि अब सिनेटमा ट्रायल सुरु हुन्छ। सर्वोच्च अदालतमा प्रधान न्यायाधीश जोन रबर्टसले ट्रायलको अध्यक्षता गर्नेछन् भने सिनेटरहरुले जज र जुरीको काम गर्नेछन्।

आगामी जनवरीमा यो प्रक्रिया सुरु हुनेछ र फेब्रुअरीमा हुने प्राइमरी इलेक्सन अगाडि सकिने आशा गरिएको छ।

ट्रम्प यसकारण हट्दैनन्

अमेरिकाको इतिहासमा जम्मा ट्रम्पसमेत तीन जना राष्ट्रपतिलाई महाभियोग लगाइएको छ। तर इतिहासमा अहिलेसम्म कुनै पनि राष्ट्रपतिविरुद्ध सिनेटमा दुई तिहाई बहुमत पुगेर हटाइएको छैन।

यसअघि बिल क्लिन्टनमाथि चलेको महाभियोगको प्रक्रियामा दुई तिहाई पुग्न सकेन। सन् १८६८ मा एन्ड्र्यु जोन्सन भने दुई तिहाई पुग्न मात्र एक भोटका कारण बचेका थिए।

अहिले १०० सदस्यीय सिनेटमा ५३ सदस्यसहित ट्रम्पको रिपब्लिकन पार्टी बहुमतमा छ। डेमोक्रेटको ४३ सिट मात्रै छ। महाभियोग पारित हुन ६७ भोट आवश्यक हुन्छ जुन डेमोक्रेटहरुले पुर्‍याउन असम्भव छ।

बीबीसीको यो विवरणले तपाईँलाई बुझ्न सजिलो बनाउला

4 thoughts on “नझुक्किनुस्, महाभियोग लागेर ट्रम्प हट्दैनन्, यस्तो हुन्छ प्रक्रिया”

  1. रवि says:
    December 22, 2019 at 8:00 pm

    निस्पक्ष भएर हेर्ने हो भने यो महाअभियोग केवल राजनीतिक खेल थियो डेमक्र्याटहरुको । कुनै अपराध पुष्टि नभइकनै हाउसमा अाफ्नो बहुमतको बलमिचाइको भरमा लगाइएको हो महाभियोग । अहिले सम्मकै बलियो अमेरिकी अर्थबजार , उत्तर कोरिया संग को सम्बन्धमा अामुल सुधार , मध्य पुर्वमा शान्ति उन्मुख वातावरण अादि का कारणले अागामी चुनाव मा ट्रम्प को विजय सुनिश्चित हुदैंगर्दा डेमक्र्याट पार्टीको चुनावी दाउ मात्र हो महाभियोग – निस्पक्ष मतदातहरुमा बढ्दै गएको ट्रम्प समर्थन कम गराउनका लागि। यी सबै चलखेलका बाबजुद पनि मतदाताहरुमा ट्रम्प समर्थन झन् बढ्दै गएको पाइन्छ । २०२० को चुनाव अाउन अझै धेरै समय छ। डेमक्र्याट पार्टीले भ्रष्ट मिडियाको अाडमा अनेकौं खेल खेल्न भन्दा अाफ्नो चुनावी अभियान मा अामुल सुधार नगरेसम्म र पार्टीको भ्रष्ट establishment लाइ नत्यागेसम्म ट्रम्प ट्रेन रोकिने कुनै लक्षण देखिंदैन ।

    Reply
  2. राजन says:
    December 20, 2019 at 8:11 am

    मैले पनि अनुहार पोल्दा पोल्दै उम्केको जस्तो कालो
    तर कपाल चैं रातो रंगाएको, आफुलाई सेतो अमेरिकनको चाकर भन्न रुचाउने, बैद्य थरको, डिसी मा बस्ने ट्रम्प समर्थक एउटा खाते डाक्टर भेटेको छु ।
    बिचर शुन्य यस्तो बबुरो सांच्चैनै डाक्टर भएको कुरामा शंकै छ ।

    Reply
  3. बलबहादुर तामाङ says:
    December 20, 2019 at 12:31 am

    ट्रम्पलाई हटाउन सक्ने त कुरै छैन, उनी सन २०२० को चुनावमा पुन बिजयी हुने निश्चित जस्तै छ्, लास्ट मिनटमा केही नँया कुरोले नबिझाए|
    तितराको मुखै बैरी भन्ने भनाइ पनि ट्रम्पको बारेमा सिद्ध हुन सक्छ|
    ट्रम्पका मन्त्रीमन्डलमा सिनेटका मेजोरिटी लिडरका पत्नी सदस्य छिन|
    सन २०१६ को चुनावमा हिल्लरी क्लिन्टनले ट्रम्प भन्दा बढी भोट पाएका थिए तर एलेक्टरल कलेज पद्धति अनुसार गणना हुने भएकोले ट्रम्प्ले जिते|

    ट्रम्पले हालैमा यु एन कन्फरेन्समा भनेका छन, अहिले patriots को खाँचो छ्, globalaists होइन | नेपालमा यो कतिसम्म लागु हुन्छ?

    Reply
  4. Shankar says:
    December 19, 2019 at 7:29 pm

    इन्डिया र नेपाल का ट्रंप धुपौरे ढुक्क हुने भए उसो भए । इन्डिया मा त् ट्रंप ले जितोस भनेर हवन नै गरेका थिए ।नेपाल बाट अमेरिका छिरेर राता रात अफ्फुलाई खैरे ठान्ने तर छाला ले मात्र धोका दिएको , कपाल चै रंग पोतेर खैरो नै बनाइ सकेका तोरी हरु लाइ खुसीको खबर ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme