पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई इस्लामावादको उच्च अदालतले आज मृत्युदण्डको फैसला सुनाएको छ। आरोप छ- संविधानको उल्लंघन गरी देशद्रोह गरेको। यो फैसला हुने बित्तिकै उनलाई मृत्युदण्ड दिइने भने हैन। यो फैसलालाई चुनौति दिनका लागि मुसर्रफसित ३० दिनको समय छ। तर त्यसका लागि उनी आफै अदालतमा उपस्थित हुनु पर्ने रहेछ। हाल उनी दुबईमा उपचार गराइरहेका छन्। परवेज मुसर्रफलाई मृत्युदण्ड बारे जान्नै पर्ने तथ्य
१) केमा परेको हो मुद्दा?
मुसर्रफ सन् १९९८ मा सेना प्रमुख बनेका थिए। त्यसको एक वर्षपछि सन् १९९९ मा उनले रक्तपातविहीन कू गरेर शासन सत्ता आफ्नो हातमा लिए। तीन वर्षसम्म सेना प्रमुख र देशको प्रमुख कार्यकारी रहेका उनीविरुद्ध त्यतिबेला भएको कूलाई लिएर होइन, सत्ता हत्याएको आठ वर्षपछि सन् २००७ मा संकटकाल घोषणा गरेको कारण मुद्दा परेको हो।
२) झण्डै नवाज सरिफलाई झुण्ड्याएका थिए मुसर्रफले
अहिले फैसला भएको मुद्दा खासमा पूर्व प्रधानमन्त्री नवाज सरिफ दोस्रो पटक सत्तामा आउँदा सन् २०१३ मा दायर गरिएको थियो। मुसर्रफले कू गरी सत्ता हातमा लिँदा नवाज सरिफ नै प्रधानमन्त्री थिए। सन् १९९९ अक्टोबरमा मुसर्रफ श्रीलंकन सेनाको ५० औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी भएर फर्कने क्रममा नवाज सरिफको आदेशमा उनको विमानलाई विमानस्थलमा उत्रन अनुमति दिइएन। सरिफले परवेज मुसर्रफलाई सेना प्रमुखबाट हटाएर ख्वाजा जियाउद्दिनलाई सेना प्रमुख बनाउने घोषणा गरेका थिए तर सेनाले उल्टै सरिफको घरमा घेरा हाल्यो। सेनाले कराचीको एयरपोर्ट कन्ट्रोल टावरलाई समेत कब्जामा लिएर मुसर्रफको विमान अवतरण गरायो। त्यसको दुई दिनपछि संकटकाल घोषणा गर्दै, संविधान निलम्बन गरेर मुसर्रफले कार्यकारी अधिकार आफ्नो हातमा लिए।
आफ्नो हातमा शासन सत्ता हुँदा मुसर्रफले सरिफविरुद्ध मुद्दा चलाए आतंकवादविरोधी अदालतमा। आरोप थियो- हाइज्याकिङ, किडन्यापिङ, हत्या प्रयास र देशद्रोह मुसर्रफको विमान कराची एयरपोर्टमा अवतरण गर्न नदिएकोमा। उनलाई जुल्फिकर अलि भुट्टो (जसलाई फाँसी दिइएको थियो) राखेकै जेलमा राखियो। उनका वकिल इकबाल रादलाई गोली हानी मारियो। उनलाई अदालतमा देखावटी मुद्दाको प्रक्रिया चलाएर फाँसीको सजाय हुने निश्चित भएको अनुमान भइरहेको बेला अमेरिका र साउदी अरेबियाको दबाबका कारण मुसर्रफ हच्किए। सरिफ र मुसर्रफबीच सम्झौता भयो र सरिफ परिवारसहित सन् २००० को डिसेम्बरमा साउदी अरेबियामा निर्वासनमा गए।
३) मुसर्रफको न्यायपालिकासित द्वन्द्व
मुसर्रफले सन् २००७ मा प्रधान न्यायाधीश इफ्तिखार मुहम्मद चौधरीलाई बर्खास्त गरी भ्रष्टाचारको मुद्दा लगाउन खोजेपछि पाकिस्तानभर वकिलहरुले त्यसको विरोधमा प्रदर्शन गरे।
त्यही वर्ष उनले दोस्रो पटक मुसर्रफले संकटकाल लगाए, जुन अहिले मृत्युदण्डको फैसला हुने कारण बनेको छ। पहिलो पटकको संकटकालमा उनले कार्यपालिकासँग जोरी खोजेका थिए। दोस्रो पटक भने न्यायपालिकामाथि प्रहार गरेका थिए। प्रधान न्यायाधीशसहित कयौँ न्यायाधीशलाई अदालतमा सेना पठाएर बन्दी बनाइएको थियो। सर्वोच्चमा ६१ न्यायाधीशलाई बर्खास्त गरिएको थियो। आतंकवाद र अतिवादविरुद्ध लड्न कार्यपालिका र व्यवस्थापिकाविरुद्ध न्यायपालिका लागे्कोले संकटकाल लगाउनु परेको भनिएको थियो।
त्यसपछि मुसर्रफले सेना प्रमुखको पद छाडेर सिभिलियनको रुपमा राष्ट्रपतिको शपथ लिएर संकटकाल ४२ दिनपछि हटाएका थिए। प्रधान न्यायाधीश र न्यायाधीशहरुलाई नयाँ शपथ लिन लगाइएको थियो।
४) महाभियोगको डरले राजीनामा
सन् २००८ मा आम चुनाव भयो र बेनजिर भुट्टोको पाकिस्तान पिपल्स पार्टीले धेरै सिट जित्यो। २००७ को अन्तिममा भुट्टोको हत्या भइसकेको थियो। पाकिस्तान पिपल्स पार्टी र नवाज सरिफको पार्टीले मुसर्रफविरुद्ध महाभियोग लगाउने सहमति गरेपछि मुसर्रफले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। त्यसपछि नै मुसर्रफको पतनका दिन सुरु भएका थिए।
राजीनामाको अर्को वर्ष नै सर्वोच्च अदालतले संकटकाल लगाउने मुसर्रफको कदमलाई गैरकानुनी र गैर संवैधानिक ठहर गरेको थियो।
५) पालो नवाज सरिफको
सन् २०१३ मा अर्को आम चुनाव भयो र त्यसबाट सत्तामा आयो नवाज सरिफको पार्टी। आफूलाई मुसर्रफले सत्तामा भएको बेला झण्डै झुण्ड्याउन खोजेको उनले किन बिर्सन्थे र। त्यही बेला मुसर्रफलाई संविधानको अवहेलना गरी देशद्रोह गरेको गम्भीर मुद्दा दायर गरियो जसको सजाय मृत्युदण्डसम्म हुनसक्थ्यो।
६) विदेशतिर गए मुसर्रफ
स्वास्थ्यको कारण देखाउँदै सन् २०१६ मा मुसर्रफ विदेश गए। उनलाई विदेश जाने अनुमति सरिफको पार्टीको सरकारले दियो। त्यतिबेलादेखि मुसर्रफ विदेशमै छन्।
७) नोभेम्बर मै हुन लागेको थियो फैसला
यो मुद्दामा विशेष अदालतले गत नोभेम्बर २८ मै फैसला सुनाउने तय गरेको थियो। तर मुसर्रफका वकिलले लाहौर उच्च अदालतमा गएर चुनौति दिए। गृह मन्त्रालयले पनि इस्लामावाद उच्च अदालतमा प्रतिवादीको कुरा नसुनी हुन लागेको फैसला रोक्न अनुरोध गर्दै निवेदन थियो। लाहौर उच्च अदालतले मुसर्रफको पेटिसनलाई सुनुवाई गर्ने निर्णय पनि गर्यो। इस्लामावाद उच्च अदालतले त विशेष अदालतलाई फैसला सुनाउन रोक्यो पनि यो मुद्दामा। तर विशेष अदालतले भने डिसेम्बर १७ को दिन फैसला सुनाउने दिन तोक्यो।
८) २-१ को बहुमतले फाँसीको सजायँ
विशेष अदालतमा तीन न्यायाधीशको इजलासमा राय बाझियो। २ जना न्यायाधीश मृत्युदण्ड दिनुपर्नेमा थिए भने १ जना नहुनेमा।
अन्ततः पाकिस्तानको इतिहासमा देशद्रोहका दोषी ठहर भई मृत्युदण्डको सजाय पाउने पहिलो सैनिक प्रमुख बने मुसर्रफ। यद्यपि यो विरुद्ध अपिल गर्न भने उनलाई ३० दिनको समय छ।
उता नवाज सरिफलाई पनि पनामा पेपर्स काण्डमा सार्वजनिक पद धारण गर्न जीवन भर अयोग्य घोषणा सर्वोच्च अदालतले गरिसकेको छ। र उनी पनि देशभित्रै उपचारका लागि धरौटीमा छुटेर बसेका छन्।
कृष्ण अधिकारिज्यु;
लास बनायको शरीर मात्रै गन्ने हो भने १७००० हजार हो।तर ब्यक्तिको हत्या मात्रै हत्या होईन बिचार र् नितिको पनि हत्यानै हो मान्ने हो भने तेतिबेला मारिनेको संख्या करोद नाघ्छ। ब्यक्तिको हत्या शरीरलाई लास बनाएर गरिन्छ। बिचार र् नितिको हत्या रद्दिको तोकारीमा फालेर गरिन्छ। संस्थाको हत्या तेस्लाई बिघटन गरेर बा नाम मेतेर् गरिन्छ।
बिरेन्द्रको हत्या मात्र् शरिरको हत्या होईन बिचार र् नितिको हत्या पनि हो। बिरेन्द्रको शरीर र् नितिको हत्या किन भयो सबैलाई थाहा छ्। मदन भण्डारी र् तेस्को यमालेको निति पनि बिरेन्द्र र् बिरेन्द्रको निति जस्तै नेपालमा भारतको स्वार्थमा ठुलै बाधा थियो। आज न् बिरेन्द्र हाम्रो माझमा छ् न् बिरेन्द्रको जस्तै निति भयको मदन भण्डारीको निति।
अनि तराईमा हाम्रो रोटी बेती र् रगतको नाता भारत र् भारतिय् सितै, तराईमा बस्ने बाँकी नेपाली त् तराइ बाट लखेत्नु पर्ने पहाडी हुन भन्ने मधेसीको भोली नेपाल बाट अलग्गिन सक्ने स्वायत मधेश राज्य् बनाउन नदिने २०४८को संबिधान पनि खाली सिसी र् पुरानो कागज बतुल्ने सित तराईमा तिनिहरुकै स्वायत प्रदेश बनाउन सकिने संघियता सित सातियो।
ई सबै त्यो बिद्रोह गर्नेले आफ्नो भारतिय् बिस्तारवाद र् भारतपरस्त नेता मुर्दावाद भन्ने बिज्ञापन गरेर सुरु गरेको रक्तिम चलचित्र दिल्लिमा समापन गर्ने सम्झौता गरे पछी भयको हो।
१७००० मान्छे मार्ने त ८० जना सुरक्षा गार्डको भरमा निस्फिक्री घुमिरहेको छ यो देशमा कस्ले कस्लाई कुन कानून अनुसार कहिले कसरी फाँसी दिन्छ भन्या नि ।
पुर्वशासक तानाशाह नवशासक महान प्रजावत्सल र् प्रजातान्त्रिक लोकतान्त्रिक
“नयाले बनाउन नसक्ने तर पुरानोले बनायको सुनकै भय् पनि “पितल” हो।
आफ्नो र् आफुलाई ऐतिहासिक नबनाउने सबैको ईतिहास “झुठको थेली”हो
अरुको आक्रमण बाट देसलाई बचाउन् नसके देस बचाउनु पनि राष्ट्रघात हो।
निराकार इस्वर समेत् धुंगे-जलपेस्वर बनेर पूजारिको कैदि” बन्ने युग चल्दैछ।
नयाँ शासक र् तेस्को शासनको जयजयकार नगरने सबै अपराधी आतंककारी
यही शिद्धान्त यस्तै व्याख्या धर्मको थेली बनेको छ् देसको ईतिहास बनेको छ्
यसो नहुँदो हो भने आज जो जहाँ छ् त्यो कहाँ कस्तो अवस्थामा हुनेथ्यो होला?
जहाँ लोकतन्त्र नागरिकको सर्वोच्चता आदिको नारा खोक्रो हुन्छ; नेता नवावि कवावी र् नेतागिरी मात्रा नकाव हुन्छ त्याहा आफ्नो सत्ताको प्रतिद्वन्द मा हार्ने “हलाल गरिने बकरी” बन्छ; घोक्रो समायर् अपराधीलाई सहिद् सहिदलाई अपराधि बनाइन्छ, कथालाई ईतिहास र् कुकृतिलाई कृति बनाइन्छ। यस्तो कुरा कहिं पनि भयको थियो नेपालमा पनि भयकै थियो।
उपत्यका कब्जा गरी सके पछी उपत्यकाको हारेको राजाहरुलाई चितामा बसालेर “तेरो अन्तिम इच्छ्या के हो?” भनेर सोधेकोलेनै स्पस्त हर्छ उनिहरुलाई जिउन्दै जलायको थियो। राणाकालमै “शासक जनताको नोकर हो” भनेर संबिधान लेख्ने पद्म शम्शेर देस बातै निस्काशित भयो। भारतको स्वार्थ पुरा गराउने पुतली नबनेको,संबैधानिक मात्रै भय पनि तराई घुसे घुसायका सबै बिहारिलाई नेपालको नागरिकता दिलायर तराई मधेसिको मध्य् देस बनाउने षड्यन्त्रलाई बिरेन्द्रले लोप्पा ख्वाई दिय्। राजा संबैधानिक हुने संबिधान राजाले लेखेको थियन। संबैधानिक राजाले के गर्न पाउने के गर्न नपाउने राजाले तय् गरेको थियन। तापनि संबैधानिक राजा र् राजातन्त्र तेही संबिधान लेख्नेलाई तानाशाही बन्यो। हो तानाशाह लाई खतम गर्नु पर्छ उस्को सर्वश्व हरन गर्नु पर्छ, त्यस्तो तानासाह बास्तवमा को हो? यो प्रश्नको जवाफ दिन नसकिने अवस्था मा “जो जिता वही सिकन्दर हो”।
छर्लङ बुझिने गरेर लेख्नु भएछ| धन्यवाद|
अरु तथ्यहरु-
१) मुसरफ त्यही पात्र हुन जसलाई आफु राष्ट्रपति छँदा आर्मी एकाडेमीको परिसर नजिक अबोट्टावाद भन्ने शहरमा ओसामा बिन लादेन सपरिवार बसेको थाहा थिएन ‘रे| कसरी विश्वास गर्ने हो? उनी पाकिस्तानका शासक हुँदा अमेरिकामा नाइन एलेभेन घटना घट्यो|
२) उनी दिल्लीमा जन्मेका हुन| अब उसो भारत र पाकिस्तानमा एकार्काका देशमा जन्मेका उच्च ओहदाका ब्यक्तिहरु हुने सम्भावना छैन|
३) मुसरफ राष्ट्रपति हुँदा निर्वासनमा रहेका पूर्व प्रधानमन्त्री साउदी अरबबाट पाकिस्तान आए तर उनलाई विमानबाट ओर्लन नदीई
फिर्ता पठाइदिए|
४) कलिलो उमेरदेखि घोकन्ते विद्या र निश्चित धारको बीजारोपन गरिने मदरासा भनिने धार्मिक पाठशाला पाकिस्तानमा लाखौंको सन्ख्यामा छन| त्यस्ता पाठशालाहरु सन्चालन कार्यमा धेरैलाई खाडी मुलुकहरुबाट अनुदान सहयोग उपलब्ध गराइने सबैलाई विदितै छ| “नाइन एलेभेन” पश्चात मुसरफले मदरासाहरुमा गणित र अङ्रेजी पनि पढाईनुपरने निर्देशन दिए जसले ज्ञानको ब्यापकता बढाउने अनि तार्किक र समिक्षातमक सोचको विस्तार होस भन्ने ध्येय राखेको बुझिन्छ| अहिलेको यो युगमा उनको यो सुधारवादी कदम थियो भनेर थोरैले मात्र बुझेका छन|
जत्तिकै सुधार ल्याए पनि आखिर लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो| पाकिस्तानी आम जनताले मुशरफका शासनकालमा केही राहत महसुस गरे होलान|
बाङलादेशमा आर्मी चिफ हुसेन महम्मद एर्शादले शासन हातमा लिए र विस्तारै पदको मोह र (कु गरेतापनी) एक थरीलाई खुशी पारेर अन्तरराष्ट्रिय वाहवाह बटुले पछी बाँकी जीवनभरका लागि पद मै रहने हरकत देखाए तर भोग्नपर्यो नचिताएको कुरो| ब्रिद्धावस्थामा एर्शादले स्वाभिविक मृत्युवरन गरे तर मुसरफको अबको बाटो सहज छैन|
मुशरफको कहानी पनि ठीक उस्तै नै हो| उनी वाहवाहीमा रमाउने हुन जस्लाई राजनीति बुझ्न खोज्दा ढिलो भईसकेको थियो|
हामीले सिक्न पर्ने शिक्षा धेरै छन| मुख्य कुरो आम जनतालाई खुशी पारने हो र जीवनस्तर उकास्ने हो| त्यसै भएर लोकतन्त्रको विकल्प लोकतन्त्र हो| आर्मीलाई टेकेर देशको शासन हातमा लिने प्रथालाई निरुत्साहित गर्नै पर्छ|
नत्र भए जस्तो करनी त्यस्तै भोगनी हो|
बाहुन( नाउमात्र ,) ले खाएको देश मा चै ठुला ठुला अपराध पनि लुक्छ जब भ्रास्ताचार को मौका आउछ , के कांग्रेस, एमाले , माउबादी , फोरम
, रा ज पा सब ले सिदान्त लाइ खाट मुनि लुकाउछ र चुनाब को बेला , भासन दिने बेलामा मात्र निकाल्छ ।
अदालत र न्याय पालिका साचिकै निस्पक्ष्य हुने हो भने , नेपाल मा फासिदीन पर्ने कति छन् कति ।