Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोलुङ गाउँपालिकाका आइटी सरको बिहेको भाइरल समाचार, के हो सत्य?

Posted on December 13, 2019December 14, 2019 by Salokya


शुक्रबार एउटा समाचार भाइरल भयो सोसल मिडियामा। समाचारको शीर्षकै रोचक छ- “मोलुङ गाउँपालिकाका आइटी सरको विवाह भव्य रुपमा हुँदै”। त्योसँगै एउटा स्क्रिनसट थियो। कुनै लिङ्क भने थिएन। स्क्रिनसटमा ‘ओखलढु‌ंगा खबर, हरपल सुचना र समाचार’ लेखिएको थियो।

यो स्क्रिनसट हेरेपछि अनलाइन पत्रकारितालाई गाली गर्ने, उडाउनेहरुको लर्को लाग्यो। तर के साँच्चै कुनै अनलाइनमा आइटी सरको बिहेको समाचार राखिएको हो त? हो भने किन लिङ्क राखिएन? कसैले खोजेको देखिएन। के रहेछ त कुरा? खोज्दा यस्तो भेटियो।

सबैभन्दा पहिला त यो समाचारको लिङ्क खोज्ने प्रयास गरियो। ओखलढुंगाकै साथीहरुलाई पनि सोधियो। उनीहरुले खोज्न सकेनन्। यो स्क्रिनसट सोसल मिडियामा राख्नेहरुलाई सोधियो। उनीहरुले पनि अनभिज्ञता जनाए। okhaldhungakhabar.com क्लिक गरी हेर्दा त्यसमा Under Construction मात्र लेखेको देखिन्थ्यो।

खोज्ने क्रममा आइटी सर गोपाल नेपालको फेसबुक भेटियो। उनी ओखलढुंगाको मोलुङ गाउँपालिकाका IT officer (सूचना प्रविधि अधिकृत) रहेछन्। मोलुङ गाउँपालिकाको फेसबुक पेज पनि उनैले म्यानेज गर्ने रहेछन्। तर उनले आफ्नो फेसबुक पेजमा पनि यो समाचार सेयर गरेका रहेनछन्।

खोज्ने क्रममा उनकै गाउँपालिकाको एक जना दाजु भेटिए। उनले दिएको जानकारी बरु रोचक थियो, ‘गोपाल भाइ (आइटी सर) का बुबा हाम्रै गाउँपालिकाको माविका हेडसर थिए। गोपाल भाइको बिहेको लागि नै त्यहाँका स्कूलहरुमा त्यो दिन स्थानीय विदा पनि दिइएको थियो।’

अहो, कर्मचारीको बिहेको लागि गाउँपालिकाका स्कूलहरुमै विदा ! क्या गज्जब।

फेक बनाएका त हैनन् भनेर मैले शंका गर्दा ती गाउँले दाजुले भने, त्यसो त हैन कि, उनी प्रचार रुचाउने खालका मान्छे हुन्।

साँचो हो भने त लिङ्क पनि भेटिनु पर्‍यो नि। खोजे के भेटिन्न? आखिर त्यो भाइरल भएको स्क्रिनसटको वास्तविक लिङ्क पनि भेटियो। त्यो हेरेपछि के थाहा भयो भने बिहेको यो भाइरल समाचार कुनै अनलाइनमा होइन, कसैले व्यक्तिगत रहरमा खोलेको निःशुल्क ब्लगमा पो आएको रहेछ।

गुगलको फ्रि ब्लगिङ साइट ब्लगस्पटमा विक्रम दाहालले दुई वटा ब्लग चलाएका रहेछन्- विक्रम दाहाल र ओखलढु‌ंगा खबर

जुन स्क्रिनसट भाइरल बनेको थियो, त्यो khabarokd.blogspot.com मा राखिएको रहेछ। यो कुनै अनलाइन नभएर ब्लगस्पटमा कसैले खोलेको निःशुल्क ब्लग साइट रहेछ। जसले पनि खोल्न सक्ने र जे पनि लेख्न सक्ने यस्ता ब्लगस्पटको ब्लगलाई लिएर समग्र अनलाइन पत्रकारितालाई नै जनरलाइज गरेर गाली र व्यङ्ग्य गरिएको रहेछ।

त्यसो त हाम्रा अनलाइनहरु पनि कम चाहिँ छैनन्। अस्ति भर्खर काफ्ले सम्पादक भएको अनलाइनमा काफ्ले समाजको साधारण सभाको समाचार आएको बारे ब्लग पढ्नु नै भयो होला। नपढ्नु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। छोरा जन्मिएको पनि समाचार बनेकै हो।

तर यस पटक चैँ भाइरल भएको स्क्रिनसट यस्ता कुनै आफूलाई प्रोफेसनल दावी गर्ने अनलाइनको होइन है।

1 thought on “मोलुङ गाउँपालिकाका आइटी सरको बिहेको भाइरल समाचार, के हो सत्य?”

  1. मुकेश यादव says:
    December 14, 2019 at 1:04 am

    अब बधाई छ नि आइ टि सर
    अब बनने भयो तपाई को पनि घर
    सुरु मे मौज मस्ती खाना घुम घाम सैर सपाटा जी भर
    सन्ध्या देखी बिहानी तक खटिया चर चर

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme