Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतीय राजदूतले त मानेनन् रे लौ, नेपाली राजदूतले चाहिँ किन लिन नमानेको सीमा अतिक्रमणको विरोधमा ज्ञापन पत्र लिन?

Posted on December 9, 2019December 9, 2019 by mysansar

-सन्तोष न्यौपाने/बेल्जियम-

बेल्जियममा केही समयअगाडि नेपालीहरुले भारतीय दूतावासअगाडि गएर भारतले नेपालमा गरेको सीमा अतिक्रमणको विरोधमा प्रदर्शन गरे। भारतीय राजदूतले त्यतिबेला ज्ञापन पत्र लिन नमानेपछि पोस्टबक्समा खसालिएको थियो। जुन संस्थाले यो कार्यक्रमको आयोजना गरेको थियो, त्यही संस्थाले सोमबार बेल्जियमको नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो।

तर भारतीय राजदूतले जस्तै नेपाली राजदूत लोकबहादुर थापाले पनि विरोध पत्र लिन इन्कार गरिदिए।

नेपाली जन प्रगतिशील मोर्चा बेल्जियमले दूतावास मार्फत नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय लाई पठाउन लागिएको ज्ञापन पत्र लिन इन्कार गरेका हुन्। मोर्चा विप्लव निकट संस्था मानिन्छ।

मोर्चाले आज सोमबारका दिन नेपाली दूतावास ब्रसेल्समा ज्ञापन पत्र राजदूत लोक बहादुर थापालाई बुझाउने समय निर्धारण गरेको थियो। समय बिहान ११ बजेको दिइएको थियो। यो समय राजदूत आफैले मोर्चाका कार्यकर्ताहरुलाई दिएका थिए जसमा बेल्जियमस्थित विभिन्न वैचारिक संघसंस्थाका प्रतिनिधि उपस्थित हुने निश्चित भएको थियो। तर खै के भएछ, अचानक राजदूत थापाले ज्ञापन पत्र नलिने तर छलफल गर्न सकिने भनेर सूचना दिए। त्यसपछि बबण्डर सुरु भयो।

राजदूत थापाको यो कार्यप्रति मोर्चाले प्रेस विज्ञप्ति जारी गरेर घोर भर्त्सना गरेको छ। प्रेस विज्ञप्तिमार्फत् मोर्चाले आफूहरु सबै स्तब्ध बनेको जनाएको छ। “नेपाल सरकारको र मातहतको यो कुटनैतिक नियोगको यो अलोकतान्त्रिक तथा गैर जिम्मेवारी कार्यको हामी घोर भर्त्सना गर्दछौं,” विज्ञप्तिमा अगाडि भनिएको छ “राजदूत लोकबहादुर थापाले आफ्नो गैर जिम्मेवारीपूर्ण कार्यशैली सच्याउन आग्रह गर्दछौ।”

राजदूत थापाको यो कार्यको विरोधमा बेल्जियममा रहेका अन्य वैचारिक संघसंस्थाका हरुले पनि विरोध विज्ञप्ति निकाल्ने तयारी गरेको जनाएका छन्। उनीहरुले राजदूत थापाको यो शैलीले राष्ट्रियता माथि धक्का पुग्ने काम गरेको पनि बताएका छन्। यो कार्यको सामाजिक सञ्जालमा पनि विरोध भएको छ।

10 thoughts on “भारतीय राजदूतले त मानेनन् रे लौ, नेपाली राजदूतले चाहिँ किन लिन नमानेको सीमा अतिक्रमणको विरोधमा ज्ञापन पत्र लिन?”

  1. madan bajracharya says:
    December 15, 2019 at 3:10 am

    https://www.outlookindia.com/newswire/story/copies-of-indo-nepal-treaties-missing-from-royal-palace/581920

    सन १९५०मा, दिल्ली सम्झौता अन्तरगत बनाउन लगायको ५ जना काङ्रेसिको र् ५ जना राणाको बिना जननिर्वाचित् प्रतिनिधि र् सदनको कामचलाउ मिलिजुलि सरकारले कालापानिको भुमि समेतेको नेपाल र् भारतको सिमाना निर्धारन् गरको सन १८१६मा भारतको ब्रिटिश शासक सित भयको सुगौलि सन्धि लगायत भारतको ब्रिटिश शासकसितै कैलाली कंचनपुरको भुमि नेपालमै फर्काउने सन्धि, अनि नेपाल पनि ब्रितिशको इङलैन्द जस्तै स्वतन्त्र देस हुने लिखित समेत् खारेज हुने प्रवधान् राखेर भारत सित सन १९५०को सन्धि गरिनु र् अहिले भारतको नागरिकता नत्यागेकी नेपालको अङिक्रित नागरिकता लियकी (गैरकानुनी अङिक्रित नागरिक!!) सरिता गिरिले सदन सन १९५०को सन्धिमा ब्रिटिश सित कालापानि नेपालको भुभाग हुने सन्धिहरु खारेज भैसकेको भन्दै घुमाउरो तरिकाले सुगौलि सन्धिको आधारमा कालापानि नेपालको हो भन्ने कुरा को बिरोध गरिनु बाट कालापनि लगायत नेपालको भुमि भारतले मिच्दै आउनु नियोजित षड्यन्त्र नै हुन सक्ने देखाउन्छ।

    भारत सित को सिमाना बिबादको सन्दर्भमा सुगौलि सन्धि नै निर्णयक प्रमाण हो। यही सन्धि अनुसारनै भारतको समेत् नेपाल सित जोदेको सिमाना निर्धारित भयको छ्। यही सन्धि अनुसार तय् भयको सिमाना दर्ता गरेरै सन १९४५मा भारतलाई अङ्रेजले भारतलाई संयुक्त राष्ट्र संघको सदस्य् बनायको हो। तर अहिले सुनिन्छ यो सन्धिको सक्कली कापी नै हरायको छ् (हरायको हो बा चोर्न लगायको!!)। राजाको दरवारमा सुगौलि सन्धि जस्तै रास्त्रिय् महत्व भयको सक्कलि कापिहरु राखिने गर्थ्यो। तर ग्यानेन्द्र बाट राजादरवार खाली गराईन्दा ती कागजातहरु बेपत्ता भयको बा गरेको कुराहरु इन्तरनेतमा पढ्न सकिन्छ। ई कुराहरु ले कालापानि लगायत को नेपालको भुमिमा पनि कुनै ग्रायन्द दिजाइन नै गरेको बा गरायको आशंका हुन्छ। ईन्द्र प्रशाद गुजरालले कालापानि बाट भारतले आफ्नो सेना हताउने र् त्याहा नेपालको सेना राख्ने प्रस्ताव् राखेको थियो। यदी यसो हो भने तेतिबेला कस्को सरकारले किन तत्कालाई सो अनुसार गरेन?

    मेरो कम्प्युतर सम्भन्दि नलेज जिरोनै छ्। तेसैले मित्रहरुले राजादरवार बाट लाल बक्सा भनिने महत्व पूर्ण सक्कलि कागजात राखिने बक्सा कस्ले बुझी लियको हो र् कसरी हरायको थियो भन्ने कुरा खोजी गरे अली यथार्त कुराको जानकारी बाद्न सकिन्छ कि जस्तो लाग्छ। मैले ४ वता जती साइतमा केही अघि यस्तो लेखहरु इन्तरनेतमा पढेको थिय्। अहिले खोज्दै गर्दा एउटा त् भेत्ताय्; तेस्मा सिधै ज्ञानएन्द्रले नबुझायको भनी लेखियको छ्। तर मैले पहिला पढेकोमा बिदेश मन्त्री सुजाताको प्रतिनिधिलाई ज्ञानएन्द्रले लाल बक्सा बुझायको तर त्यो नेपालको सरकारकोमा नपुगेको लेखियको थियो।

    Reply
  2. madan bajracharya says:
    December 14, 2019 at 10:06 am

    प्र्तिकज्यु;
    सर्व प्रथम त्यो भरतिय् राजदुत् जस्तै बन्नेलाई बहिस्कार गरोस्; उस्लाई त्यहा बाट फर्काईयोस भनेर क्याम्पेनै चलोस।

    म् पनि तपाई जस्तै हो। जहाँ बसे पनि मन मात्रै होईन सबैनै नेपालीनै हो। तर हामीले हामीलाईनै नेपाली हौ भनेर के गर्ने नेपाली बोल्नेले उनिहरु को हो भनेर सोधे नेपाली हौ भन्छ अनी हामी को होत भन्दा न्यार भोटे तमाङ राइ आदी भन्छ। अव त् स्थिती यस्तो छ् हामीले हामी नेपाली न्यार हौ; नेपाली भोटे हौ आदी नै भन्नु पर्ने स्थिती छ्।
    तर हामीले बाहुनलाई पनि बाहुन हो भन्न् सक्दैनौ; जात कितिस जातको कुरा गर्छस भनि आईलाग्छ।

    नेपालको सबै भाषाहरु नेपालीले बोल्ने हिन्दी भाषा पनि नेपाली भाषानै हो। संयुक्त राष्ट्रसंघमा नेपाली लिपि भनेर दर्ता गरियको रन्जना लिपीलाई उनिहरु नेपाली लिपि मान्दैन भन्दैन “न्यार लिपी” भन्छ। तर हिन्दी भाषाको लिपी देवनागरीलिपिलाई नेपाली लिपी मान्छ। त् आँफैले संयुक्त राष्ट्र संघमै हिन्दीभासाको लिपि मानेको देवनागरि लिपिलाई नेपाली लिपि मान्नेले हिन्दी शब्द प्रयोग गरेको नेपाली असुद्ध भयो भन्नुलाई के भन्ने?

    नेपालमा हिन्दी भाषानै मात्रै भाषा भयको कुरा महेन्द्र भन्दा अघिका प्रमाण श्रिपेच लगाउने; तिनिहरुले ब्याहा गरेको हिन्दीभाषानै मात्रि भाषा भयका दुलहिको सन्तानहरु लगायत गिरिजाले नेपालमा मधेशबादको जग बसाल्न तराईमा ४२ लाख नागरिकता लुटेआम गराउन्दा भारतीय नै भयर पनि नेपालको नागरिकतामा हातसाफ गरेकाको नेपाली सन्तानको मात्रि भाषा हिन्दी भयकोले प्रमानित् गर्छ। गिरिजाले त्यसरी नागरिकता दिलाउन्दा २५ लाख भन्दा बढी भारतीयले नागरिकता लियको कुरा अरुले होईन प्रचन्द्र प्रधान मन्त्री भयको बेला बिदेश मन्त्री भयको उपेन्द्र यादवले नै भनेको हो। भरतैये

    नेपालको सयौन जनजातिय् भाषाहरुको आफ्नै मौलिकता छ् लिपी छ्। ती भाषाको शब्दहरु हिन्दी भाषाको शब्दहरु सित केही पनि मिल्दैन। कुनै पनि भाषाको शब्द संगतिले बन्छ। यदी जन्मन्दै देखी कसैलाई यक्लै राख्यो भने उस्को कुनै भाषानै हुँदैन। यो कुरा किन मैले भनेको भनेर स्पस्त सित भन्न् सक्दिन; तर बुझ्नेले बुझी हाल्छ। नेपाली भाषाको सयमा ९८ शब्द र् तेस्को उच्चारण जुन हद सम्म मिल्छ; तेस्लाई मनन गर्ने हो भने नेपाली भाषाको शब्द र् उच्चारण अली फरक गरेर हिन्दी भाषा बनेको हो बा हिन्दी शब्द र् तेस्को उच्चारण अलि फरक पारेर नेपाली भाषा बनेको हो भन्ने जवाफऐ दिन नसकिने प्रश उथ्छ।

    Reply
  3. Pratik says:
    December 13, 2019 at 2:01 am

    @Madan Jee, ma newar ho ra gharma srimati sanga newari ma kura garchhu, malai newari hunuma garba chha. Mero bal bachchaharu sanga English ma kura garchhu.

    Tara man mero Nepali ho.

    Hindi hoina maithili , bhojpuri , dehati tarai ma basne Nepali daju bhaiko bhasha ho, Hindi hoina.

    Hami Nepaliharu dherai hindi nakkal garchhau, hamro galti chha.

    Nepalma Hindi film ra TV jun rupma chaleko chha, tyo Nepalko sanskirti ra bhasha ko lagi nikai hanikarak chha.

    Hami nepaliko Jay hosh , Namaskar.

    Reply
  4. madan bajracharya says:
    December 12, 2019 at 3:24 pm

    बेल्जियममा नेपालको राजदुत् पनि भारतकै राजदुत् जस्तै बनेकोमा बिरोध हुँदै गरेको बेला नेपालिभाषा सुद्ध भयन भनेर कुरा उठाउने त् खासाकै नेपालि रहेछ। नेपालको नेपालीले बोल्ने सबै भाषा नेपालि हो। यदी अरु जातिको नेपालीको भाषा जातिय् भाषा हो भने नेपालि भाषा पनि खसजातिको जातिय् भाषा हो। नेपालि भाषा त् खस भाषाको पदिय् उपनाम मात्रै हो खास नाम होईन, मन्त्रिज्यु हाकिम साहेव् भने जस्तै।

    नेपालमा हिन्दी भाषानै मात्रि भाषा भयको नेपालीहरु पनि छन। यदी हिन्दी शब्द प्रयोग गर्दैमा नेपालि भाषा असुद्ध हुने हो भने हिन्दूस्तानको हिन्दी भाषाको देवनागरी लिपी प्रयोग गरेर लेखेको कथा साहित्य् संबिधान पनि असुद्ध हुने भयो। यक दिन नारदमुनी कान्तिपुर आयाथा लेखेका भानुभक्तको कृति पनि आसुद्ध हुने भयो।

    देवनागरी भाषा नेपालि भाषाको लिपी नभयको भारतको हिन्दी भाषाको लिपी भयको maaner नेपालि भाषाको लिपी न्यार को भाषाको रन्जना लिपी हो भनेर नेपालको सरकारले संयुक्त राष्ट्रसंघमै लिखितमै आधिकारिक् रुपमा दर्तै गरेको छ्।

    Reply
  5. Pratik says:
    December 12, 2019 at 12:51 am

    @Rabindra Gurung, jata base pani, yo man ta mero Nepali ho.

    Nepali shabda koshma chha bhandaima tyo shuddha Nepali shabda huna sakdaina.

    Yestai ho bhane, Nepali shabda kosh ra bharatiya shabdakoshma kunai pharak nahune din auna dherai samay lagadaina.

    English is international language but hindi is Indian’s language, thank you.

    Reply
  6. Rabindra Gurung says:
    December 11, 2019 at 11:55 am

    हेर बुद्धि, इन्कार भनेको भारतीय शब्द रे। कुन देशमा बस्छौ? यसो नेपाली शब्दकोश पल्टाएर हेर्नु इन्कार शब्द छ कि छैन? हचुवा गफ दिने !
    नेपाली लेख्ने गर्नु भनेर उपदेश दिनेले आफै चाहिँ रोमनमा टाइप गर्ने हाहाहा

    Reply
  7. Pratik says:
    December 11, 2019 at 2:18 am

    Hi mate,

    Nepali lekhne garnu. Inkar hoina aswikar ho.

    Bharat ko birodh garne ani bharatiya bhasha bolne nagarnu.

    Reply
  8. Kiran Rijal says:
    December 10, 2019 at 2:26 pm

    “मोर्चा विप्लव निकट संस्था मानिन्छ।”
    “बेल्जियमस्थित विभिन्न वैचारिक संघसंस्थाका प्रतिनिधि उपस्थित हुने निश्चित भएको थियो”|

    होइन, संसार को जुनसुकै कुना मा भएका नेपालीहरु pure नेपाली भएर बाच्न नसक्ने रहेछन? कसै को निकट र कुनै न कुनै “बाद” हुनै पर्ने रहेछ? यो कस्तो मानसिक अवस्था हो?
    नेपाल बिग्रेको हो येस्तै University डिग्री धारी अनपढ, जंगली र स्वार्थीहरु को झुण्ड ले गर्दा हो|
    अब चेत्ने बेला भयेनर?

    Reply
  9. madan bajracharya says:
    December 10, 2019 at 12:26 pm

    नेपालमा केही होईन धेरै बिशेष गरेर सत्ताको थेलागादी चढिसकेका राजनैतिक् ब्यक्तिहरु आफ्नो राजनैतिक् हैसियतको आधार भारतको समर्थन र् कृपामै निर्भर भयको मान्छन। नेपाली जनता भारतको पाउधोके ब्यक्ति नितीको बिरोध गर्छन् भन्ने कुरा बारम्बार प्रमानित् पनि हुँदै आयको छ्। राजनीतिको दवलिमा पुग्न नेताहरु नगरिकको यही भावनालाई प्रयोग त् गर्छन् तर राजनीतिको दवलिमा पुगे पछी भारतकै “सारेगमपढनिसा र् ताताथिया”मा नाच्ने गाउने गर्दै आयको छ्। यस्तैको कोत्ता भगवन्दामा राजनैतिक् नियुक्ती हुने अवस्थामा नेपालको राजादुतले पनि भारतको राजादुतले जस्तै भारतले नेपालको कालापानि डाँकारेकोमा नेपालको नागरिकको बिरोध अस्विकार गरेकोमा आस्चर्य मान्नै पर्दैन। अर्को कारण शायद त्यो बिरोध पत्र स्विकारेमा “दिल्लीले तिमी बेल्जियम बाट फर्क” भनेको पत्र बुझ्नु पर्ला भनेर तर्सेको पनि हुन सक्छ। बेलिजियमको नेपालीहरुले तेस्लाई पूर्ण बहिस्कार गर्नु पर्छ

    Reply
  10. Shankar says:
    December 10, 2019 at 7:43 am

    नेपाल मा नेपालि बहुत कम बस्छ , कोइ एमाले बस्छ, कोइ मावोबादी बस्छ , कोइ कांग्रेस बस्छ , कोइ रा ज पा बस्छ , कोइ फोरम्बादी बस्छ , कोइ बाहुन क्षेत्री बस्छ , कोइ जनजाति बस्छ , कोइ दलित बस्छ , कोइ मधेसी बस्छ , एक ले आर्का लाइ आरोप लगाउछ , द्वेष राख्छ , संका राख्छ
    हो येस्ता घटना तेसैको परिणाम ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme