Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काफ्ले सम्पादक भएको अनलाइनमा काफ्ले समाजको समाचार, कति रमाइलो !

Posted on December 9, 2019December 9, 2019 by Salokya

नेपालको पत्रकारिताको कन्टेन्ट यसो नियाल्यो भने गजब रमाइला रमाइला उदाहरण पाइन्छन्। पत्रकारहरु पिकनिक गएको समाचारसमेत सरकारी समाचार एजेन्सीले दिन्छ। पत्याउनु भएन? त्यसो भए तपाईँले यो ब्लग पढ्न छुटाउनु भयो। यहाँ क्लिक गरी हेर्नुस्।

अचम्मका हुन्छन् हाम्रा अनलाइनहरु। न्युजपोर्टल भन्या हुन्छन् तर द्रौपदीले गुप्तवासमा बस्दा नाम के थियो, रामले सीतालाई कति माया गर्थे भन्ने खालका ‘खोजमूलक’ समाचार हुन्छन्, त्यो पनि भारतीय मिडियाबाट अनुवाद गरिएका। केही अनलाइनहरुले चाहिँ आफूलाई विषयकेन्द्रित घोषणा गरेका हुन्छन् जस्तै स्वास्थ्यको मात्र लेख्ने, शिक्षाको मात्र लेख्ने, कला क्षेत्रको मात्र लेख्ने, बिजनेसको मात्र लेख्ने। तर आफैले घोषणा गरेको विषयभन्दा बाहिर गएर समाचार पनि उनीहरुले नै राखिरहेका हुन्छन्। तर कहिलेकाहीँ भने गज्जबै रमाइलो समाचार पनि भेटिन्छ।

यसो फेसबुक चहार्दै गर्दा एउटा समाचार ठोक्किन आइपुग्यो- काफ्ले समाजको। आफू काफ्ले नभएकोले खासै चासोको विषय त थिएन। तर काम नभएको बेला भएर यसो क्लिक गरेर हेरेँ- समाचार त ‘ऊर्जा सम्बन्धी नेपालको नम्बर १ अनलाइन पत्रिका’मा पो आएको रहेछ।

अस्ति भर्खर सन्तोष सिग्देलले ट्विटरमा एउटा प्रश्न सोधेका थिए- के आधारमा अनलाइनले आफूलाई नम्बर वान भन्छन् भनेर-

यो नागरिकन्युज ले आफुलाई नेपालको नम्बर १ न्युज पोर्टल भन्ने रैछ। यो स्वघोषणा हो कि, कसैले दिएको पदवी हो कि, पहिले दर्ता भा हो कि के हो खास? विज्ञले भनम त @anantabrt @UjjwalAcharya @salokya pic.twitter.com/ECoJxtDqkt

— Santosh Sigdel (@sigdelsantosh) December 3, 2019

गर्ने त स्वघोषणा नै हो। रहर हुन्छ नि। सुरु सुरुमा मलाई नि नेपाली भाषाको पहिलो ब्लग भनेर खोक्न खुब मज्जा लाग्थ्यो। हुन पनि युनिकोड नेपालीमा टाइप गरेर सन् २००५ मा ब्लग लेख्न थालेको हो नि। तर अहिले आएर मैले पहिला नेपालीमा ब्लग सुरु गर्‍या हुँ भनेर फूर्तीफार्ती लाउनु त हिङ नभए पनि हिङ बाँधेको टालो छँदैछ भन्ने उखान जति पनि गतिलो काम हैन रहेछ भन्ने त महसूस भइसक्या छ 🙂

खैर, कुरा ऊर्जाखबरको हुँदै थियो। आफूलाई नम्बर वान ऊर्जासम्बन्धी अनलाइन भने पनि यसका समाचार ऊर्जाका मात्र नहुने रैछन् भन्ने त यही समाचारले देखायो। बोर्डिङ स्कूल पढ्याहरुलाई फेरि ऊर्जा भन्या के भन्ने लाग्न सक्ला- ऊर्जा भन्या energy हो है।

त्यसो त तर्क चाहिँ गर्न सकिन्छ- काफ्ले समाजको साधारण सभा यत्तिकै सजिलो छ गर्न? कम्ता ऊर्जा खर्च हुन्छ? वास्तवमा ध्यान दिएर विश्लेषण गर्ने हो भने ‘लजिक’ पनि छ यसमा- काफ्ले समाजको साधारण सभा गर्ने क्रममा त्यत्रो मान्छे भेला हुनु पर्‍यो, उनीहरु कसरी कार्यक्रम स्थलमा आए? ऊर्जा नभई त्यो सम्भव छ? त्यही फोटो खिच्न पनि क्यामेराको ब्याट्री चार्ज गर्न ऊर्जा चाहियो। त्यो समाचार टाइप गर्न पनि कम्प्युटरमा ऊर्जा चाहियो।

त्यसो हो भने काफ्ले समाज मात्र किन, न्यौपाने समाज, भट्टराई समाज, फलानो समाज, तिलानो समाज सबैको कार्यक्रममा ऊर्जा खर्च हुन्छ नि। तर त्यसको समाचार ऊर्जाखबरमा किन आउँदैन र काफ्ले समाजको मात्र किन आयो त?

जवाफ समाचार मै रहेछ। समाचारमा लेखिएको छ– सदस्यहरूमा लक्ष्मण ‘वियोगी’ काफ्ले (स्याङ्जा)….सर्वसम्मतले चुनिएका छन्। वियोगीलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ।

ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगी हुन्। उनको थर के हो भन्ने चाहि थाहा थिएन।

अब प्रवक्ताको समेत जिम्मेवारी दिइसकेपछि आफै सम्पादक भएको अनलाइनमा आफ्नै थरको साधारण सभा भएको समाचार पनि लेख्न नपाउनु?

काफ्ले समाजको यो समाचार अरु कसले छापे होला भनेर यसो खोजेको त राष्ट्रिय दैनिक नेपाल समाचारपत्रको अनलाइन न्युजअफनेपाल डट कममा भेटियो।

अनि तपाईँलाई नेपाल समाचारपत्रको सम्पादकको नाम थर त थाहा छ नि? कपिल काफ्ले !

अनलाइन मात्र हैन यो समाचार त नेपाल समाचारपत्र पत्रिकाको पेज ५ मा पनि छापिएको रहेछ-

कसो अनुप काफ्ले सम्पादक भएको काठमाडौँ पोस्टमा चाहिँ यो समाचार छापिएनछ 😛

3 thoughts on “काफ्ले सम्पादक भएको अनलाइनमा काफ्ले समाजको समाचार, कति रमाइलो !”

  1. Pingback: मोलुङ गाउँपालिकाका आइटी सरको बिहेको भाइरल समाचार, के हो सत्य? « Mysansar
  2. Ramzi says:
    December 10, 2019 at 12:05 pm

    Lets learn to be Nepali first

    Reply
  3. राम सुवेदी says:
    December 9, 2019 at 7:35 pm

    देशभरका काफ्लेहरूको सञ्जाल अब अन्तर्राष्ट्रिस्तरसम्म विस्तार गरेर बन्धुहरूबीच सदभाव कायम गर्न आफूले सक्दो पहल गर्ने अध्यक्ष काफ्ले बताए रे समाचारमा
    हैन गफ पनि कति दिन सकेको हो यी काफ्ले बाजेहरुले 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme