प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरप्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र स्थानीय तहमा विभिन्न जिल्लाका गरी ४१ वडा अध्यक्षसहित सहित ५० पदमा पदका लागि शनिबार भएको उपचुनावको लगभग सबै नतिजा आइसकेको छ। यो उपचुनावको परिणाममा सबैभन्दा बढी चर्चा भरतपुर र भक्तपुरको भयो। भरतपुरको नतिजा रोचक किन पनि रह्यो भने यो प्रचण्डको गृहजिल्ला थियो अनि उनकी छोरी रेणु दाहाल मेयर छिन् भरतपुर महानगरपालिकामा। त्यसैले यो प्रचण्ड र रेणु दुवैको लागि प्रतिष्ठाको विषय पनि थियो। त्यही महानगरपालिकाको वडा नम्बर १६ को वडाअध्यक्षमा भएको चुनावमा सत्तारुढ दल नेकपालाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार विजयी भए।
अघिल्लो स्थानीय चुनावका बेला नेपाली कांग्रेस र माओवादीको तालमेल भएको थियो। तर त्यो मेयरका लागि मात्र थियो। वडाअध्यक्षमा भने कांग्रेस र माओवादी छुट्टाछुट्टै भिडेका थिए। त्यतिबेला एमालेले २१३२ भोट ल्याएर जितेको थियो भने माओवादी ९८९ भोट ल्याएर तेस्रो भएको थियो। नेपाली कांग्रेस २०६८ भोट ल्याएर तेस्रो भएको थियो।
यस पटकको उपचुनावमा एमाले र माओवादीबीच एकता भएर नेकपा बनिसकेको छ। तर एक्लै लड्दा पनि एमालेले जितेको ठाउँमा माओवादी र एमाले एउटै पार्टी भएर लड्दा पनि कांग्रेस उम्मेदवारले जित हात पारे।
अघिल्लो चुनावमा एमालेले एक्लै नेपाली कांग्रेसका जुन उम्मेदवारलाई हराएका थिए उनै अमृतराज हमाल यस पटक ३१८३ भोट पाएर विजयी भए। नेकपाका भक्तराज हमालले २८७५ भोटमात्र पाए।
सत्तारुढ दलले धक्का खानु परेको अर्को महत्त्वपूर्ण ठाउँ रह्यो- भक्तपुर १ (क) को प्रदेश सभा सदस्य। प्रधानमन्त्री मतदाता रहेको यो जिल्लामा नेकपाका उम्मेदवारलाई हराउँदै कांग्रेस उम्मेदवार विजयी भए।
यहाँको चुनावमा अघिल्लो पटक एमाले एक्लै चुनाव लड्दा १२७८९ भोट पाएर जितेको थियो भने माओवादी ७८४ भोट ल्याएर चौथो भएको थियो। तर पार्टी एक भइसक्दा पनि हालका नेकपा उम्मेदवारले पहिले एमाले एक्लैले ल्याएको जति भोट पनि ल्याउन सकेन। नेकपा उम्मेदवार देवीप्रसाद ढकालको भोट ११२०६ मात्रै आयो। त्यसो त अघिल्लो चुनावमा उनै ढकाल माओवादीबाट उम्मेदवार भएका थिए। नेपाली कांग्रेसका कृष्णलाल भडेल १३४४९ भोट ल्याएर विजयी भए।
यहाँ नेमकिपा र साझा पार्टीको भोट पनि अघिल्लो चुनावको तुलनामा घटेको छ। नेमकिपाको भोट पहिले ७ हजारभन्दा बढी थियो। यसपालि उसले ६ हजार पनि पुर्याउन सकेन। त्यस्तै साझा पार्टीले विवेकशील साझा हुँदा ७८३ भोट पाएको थियो। अहिले विवेकशील अलग्गिएपछि ४ सय भोट पनि पुर्याउन सकेन।
साझा पार्टीले यस पटकको उपचुनावमा सबैभन्दा जोड कास्की २ को चुनावलाई दिएको थियो। यो प्रतिनिधि सभाको एक मात्र प्रतिनिधि सभा सदस्यको चुनाव थियो। यसका लागि पहिले कांग्रेसकी नेतृ रहिसकेकी रजनी केसीलाई साझाले मैदानमा उतारेको थियो। तर मतपरिणामले साझाको तराजुलाई पाँचौँ नम्बरमा देखायो।
नेकपाकै उम्मेदवार विद्या भट्टराई विजयी भइन्। नेपाली कांग्रेस पहिले जस्तै दोस्रो स्थानमा नै रह्यो।
साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र निराश देखिए। उनले मतदाताहरुलाई नै दोष देखाउँदै ‘परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन गरिदिएको’ स्टायटस लेखे।
खासमा उनी त्यति धेरै निराश हुनुपर्ने चाहिँ होइन। यस पटकको निर्वाचनमा साझाले प्रगति गरेकै हो। अघिल्लो चुनावमा यही क्षेत्रमा विवेकशील साझाले मिलेर चुनाव लड्दा ८४३ भोट ल्याएको थियो। अहिले एक्लै लड्दा पनि ९४२ भोट त ल्याएकै हो। विवेकशीलका उम्मेदवारले गुलाफको फूलबाट चुनाव लडेर ल्याएको भोट ७७ मात्रै हो।
तर, बुझ्नु पर्ने कुरा के हो भने अघिल्लो निर्वाचनमा विवेकशील साझा तेस्रो भएको थियो। यस पटक भने पाँचौ नम्बरमा धकेलिएको छ। साझालाई समाजवादी पार्टी (उपेन्द्र र बाबुराम भट्टराईको पार्टी) र कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीले उछिने। यद्यपि उनीहरुले पाएको मत पनि थोरै थियो, जमानत समेत नजोगिने गरी।
कांग्रेसीहरु कुनै व्यक्ति विशेषलाई हेरेर पार्टीलाई माया अथवा घृणा गर्दैनन् रहेछ। उनीहरु आशावादी छन् कि भविष्यमा अवश्य पनि असल नेतृत्व आउनेछ। कांग्रेसले अहिले पाएको मत भनेको स्थायी मत संख्या हो जस्तो लाग्यो।
रबिन्द्र अधिकारी यस्ता व्यक्तित्व थिए कि उनलाई कांग्रेसीले पनि मत हाल्थे रे। फेरी रविन्द्रले आफ्नो क्षेत्रमा गरेका कामहारु जारी राख्नको लागि विद्याले नै जित्नु आवस्यक थियो र जितिन पनि।
यी दुई ठुला पार्टीहरु विपी र मदन जस्ताको मिहिनेतले बनेको हो। कहाँ तराजु र ढकले सजिलै त्यो स्तर हासिल गर्न सक्छ? समय लाग्ला अझै।
सबै पार्टीहरुलाई शुभकामना!!!
श्रीमती विद्या भट्टराई ज्यू ले दिवंगत लोकप्रिय नेता रबिन्द्र अधिकारी को बिरासत जोगाउनु भएको हुदा ऊहा लाई पर्यटन मन्त्री बनाउदा देश लाई धेरै फाईदा होला I किनकि रबिन्द्र जी ले उहा को सपना हरु विद्या जी लाई धेरै नै share गरेको हुनु पर्छ I
रबिन्द्र पनि नेपालि राजनीतिमा पौडी खेल्न पुगेका छन् , भबिस्यमा उनको पनि सपना साकार होस् । ह्रिसी धमला ले पनि पी यम हुन् रहर गरेका छन् , उनको पनि सपना साकार होस् ।के सी बुडा सधै उइ उइ गर्छन , उनले के चाहेको चै बुझ्न गाह्रो भो ।
बाकि बामदेब लाइ पी यम हुन् मनलागेको , माकुनेलाई फेरी एकचोटी , झलनाथ लाइ फेरी एकचोटी , देउबा लाइ फरी एकचोटी हुन् मन लागेको प्रस्ट था भो ।
इन्डिया मा मोदी , नेपाल मा ओली पी यम भाको हुनाले यो सपना पनि सबले देख्न थालेको हो ।
हाम्रो निर्वाचन पार्तिको ठुला नेताको प्रतिनिधि चुन्नको निमित हो; हाम्रो प्रतिनिधि बन्न होईन। निर्वाचित हुनु अघि नागरिकको निमित बोल्न सक्ला गर्न पनि सक्ला; तर निर्वाचित भाईसके पछी उस्ले बोल्न पाउने गर्न पाउने त् पार्तिको ठुला नेताले चाहेको मात्रै हो। राजी खुशीले पार्तिको ठुला नेताले भने बमोजिम बोल्न गर्न नमाने व्हिप हनेरै भय् पनि बोल्न गर्न लगाईहाल्छ।व्हिप हाने पनि पार्तिको ठुलो नेताको आदेश निर्देशान् नमाने हामीले चुनेको भन्दैमा उस्को पद त् रहन्दैन। अनि हामीले चुनेकालाई आफुले भने चाहे जस्तै बोल्न गर्न लगाउने पार्ति र् सरकार चलाऊने चाँही जनता बाट चुनिनै पर्दैन। त् बाल मतलव पनि किन राख्ने को जिते कसरी जिते भनेर?