Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो कस्तो नौटंकी! कालभैरवलाई केक काटेर ह्यापी बर्थ डे

Posted on November 21, 2019November 21, 2019 by Salokya


रुटिन अफ नेपाल बन्द फेसबुक पेजमा अपलोड भएको यो फोटोले धेरैलाई झसंग बनाएकाे छ। मंगलबार भैरव अष्टमिकाे दिन हनुमानढाेकाकाे कालभैरव मूर्ति अगाडि नौटंकी नै भएछ नि।

एक हुल युवा जम्मा भएर बर्थ डे सेलिब्रेट गरेछन्। मैनबत्ती बालेछन्, फुकेछन्, केक काटेछन् अनि ह्यापी बर्थ डे पनि गाएछन्। तरिका हाे ?

केक काट्ने पश्चिमा समाजकाे चलन भए पनि उता येशुकाे जन्मदिनमा केक काटिन्छ? हामी चैँ के अब बुद्ध जयन्ति, राम नवमि, कृष्ण जन्माष्टमिमा केक काटेर ह्यापी बर्थ डे भन्दै बस्ने ?

घरमा बन्द काेठामा त जे सुकै गरुन्, मतलब भएन। सार्वजनिक ठाउँमा सबले पुज्ने मूर्तिकाे अगाडि त्यसाे गर्न पाइन्न। गर्न खाेज्नेलाई राेक्नु पनि पर्ने हाे।

5 thoughts on “यो कस्तो नौटंकी! कालभैरवलाई केक काटेर ह्यापी बर्थ डे”

  1. श्रीकृष्ण अधिकारी says:
    November 26, 2019 at 10:28 am

    पुर्वीय सँस्कृतिमा कुनै महिलालाई पुरुषले भेट्दा नमस्कार गर्ने चलन छ भने पश्चिमको सँस्कृतिमा हातमा वा गालामा चुम्बन गर्ने समेत भेटेको छु । अब पश्चिममा बसेको पुर्वतिरको मान्छे भन्दैमा महिला भेट्ने बित्तिकै चुम्बन गर्न मिल्छ होला र ? जुत्ता भेटिंदैन ? हो यस्तै भैरवको जन्मदिन मनाउन केक काट्नेलाई पनि जुत्ता नपुगेको हो ।

    Reply
  2. SUSHIL says:
    November 22, 2019 at 3:05 pm

    यिनलाई भैरवकै जिम्मामा छोडिदिम।

    Reply
  3. madan bajracharya says:
    November 21, 2019 at 11:56 pm

    धर्म संस्क्रिति संस्कार् भाषा नै समाज र् समुदायको मौलिकताको आधार हो। यो कुरालेनै देस समाज समुदायको ईतिहासको ऐना हो । पुर्खालाई अर्पन गरिने सम्मान हो। त् यस्मा बिक्रिती ल्याउनु भ्रमित तुल्याउनु र् ई कुराको मौलिकतामा आँच आउने गरी नकल गर्नु आफ्नै परिचय् ब्यक्तित्व माथि खेलवाद गर्नु हो। मानव समाजलाई रुप रङ बर्ग आदिको कुरामा बर्गिक्रित गर्नु हुँदैन तर मानव समाज धर्म संस्क्रिति संस्कार् र् भाषाको आधारमा बर्गिक्रित हुन्छनै। तर यही बर्गिकरनले हाम्रो परिचय् दिन्छ। तर ई कुरामा कसैले अग्यानता बस त् कसैले नियतपुर्वक नै आफुले मानि आयको धर्म संस्क्रिति सन्साकार र् भाषाको मौलिकता यथार्तता र् ईतिहास नै बङ्याउने भ्रमित मात्रै नभैइ मिताउनेनै होच्याउने प्रयास गर्दै आयकै छ् परा पुर्व काल देखि;बिशेष गरी त्यो बर्गले जस्ले मानि धर्म संस्क्रिति संस्कार् अरु समुदायले मानि आयको धर्म संस्क्रिति र् संस्कार् भन्दा तुलनात्मक आधारमा असामाइक हुँदै आयको छ्। यही कारनले ईतिहास काल देखि युद्ध र् बिबाद समेटा हुँदै आयको छ् समाज मात्रै होईन देस समेटा तुक्रियको छ्।

    अहिले कलभैरवको अगाडि जेभयो तेस्लाई अग्यानता बस भयको मात्रै मान्छु। तर अमेरिकाको तेक्सासमा नेपालीले नेपालकै सान्स्कृतिक धार्मिक मौलिक्तामा जस्तो भ्र्म छर्ने कुरा भयको देखे तेस्लाई म् अग्यानता सहिस्णुता मान्न सकेन। तेक्सासको ग्वालियर भनिने सितिमा नेपालीले मानिन्ए दुबै धर्म हिन्दू र् बौध समुदायको मन्दिर भनु वा बिहार भनु बनेको छ् र् त्यहा ठुलो ठुलो अछ्यरमा “पसुपति नाथ तथा गौतम बुद्धको मन्दिरंं” लेखेको साईनबोर्द ताङेको छ्। “तथा” शब्द ले “उही” भनेको जनाउन्छ। त् के पसुपति र् गौतम बुद्ध उही हो? होईन;। त् शिव र् बुद्ध यकै हुन भन्ने भ्रम छर्ने त्यो साइन्बोर्द के अज्ञानतता बस लगायको होला? शिव र् बुद्ध यकै भयको भय् महादेवलाईनै प्रमुख अराध्य देव मान्ने शिवकै प्रतिरुप पनि मानिने आदि शंकराचार्य् ले पुरा हिन्दूस्तान र् नेपाल सम्मै पसेर नेपालको बौद्ध बिहार ग्र्न्थ आदी तोदफोद गर्दैन्थ्यो। उस्ले नेपालमा बौद्ध बिहार चैत्य् आदिमा जुन बिध्वन्स मच्चायको थियो तेस्को प्रमाण आज पनि जताततै हेर्न सकिन्छ।

    यदी कुनै हिन्दू बा बौद्ध बा बुद्धिस्ट समुदायले पसुपतिनाथ तथा (अर्थात उही) गौतम बुद्ध” भनेर महादेव र् गौतमको बारेमा भ्र्म छरे भनेर कतै बिबाद भयमा बा उजुरी गरे मलाई लाग्छ समस्या त् गम्भिरनै हुन्छ।

    Reply
  4. Nirmal Balami says:
    November 21, 2019 at 4:57 pm

    हा हा हा हा । मान्छे, संस्कृति सबै पश्चिमीकरण भैसके भनेर व्यंग्य गरेका त हैनन् ? त्यसरी रिसाउनु आवश्यक छैन होला । कसैले आफ्नो जन्मदिन पश्चिमी तरिकाले आफ्नो आस्था भएको पूर्वीय देउवाको अगाडी मनाएको नि हुन सक्छ ।

    Reply
  5. Amrit says:
    November 21, 2019 at 12:57 pm

    Yesu ko birthday ma cake chahin katinna bho…
    Jasko birthday ma ni katincha katne nai bhaye.

    Je hos… Bhairav ko birthday yestari manayeko chahin atti nai bhayo.
    Tyo garne pani hami nepali le ta ho. K ko paschimeli lai dosh launu.
    Anfu le nai birsya ho afnai sanskriti aru lai dosh layera keyi saprinna. Katne ni Christian ra muslim na bhayi bhairav pujak nai ta holan. Aba kollai dosh launu,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme