Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ब्रसेल्सको भारतीय दूतावासअगाडि नेपालीको प्रदर्शन, राजदूत भेट्न नपाएपछि पोस्टबक्समा ज्ञापन पत्र

Posted on November 19, 2019 by mysansar

-सन्तोष न्यौपाने/बेल्जियम-

बेल्जियमका नेपालीहरुले ब्रसेल्सस्थित भारतीय दूतावास अगाडि सीमा अतिक्रमणको विरोध गरेका छन्। दुतावास अगाडि सोमबार दिउँसो उनीहरुले नाराबाजी र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शनमा बेल्जियमस्थित संघसंस्थाका प्रतिनिधि तथा नेपालीहरुको उपस्थिति थियो। “कालापानी,लिपुलेक,लिम्पियाधुरा नेपालको हो”,नेपाललाई गरिने हस्तक्षेप बन्द गर जस्ता प्ले कार्ड प्रदर्शन गरिएको थियो।

प्रदर्शनपश्चात् उनीहरुले ज्ञापन पत्र दूतावासको पोस्ट बक्समा राखेका थिए। बेल्जियमका लागि भारतीय राजदूत गायत्री इसार कुमारलाई भेट्ने अनुमति नपाएपछि उनीहरुले पोस्ट बक्समा ज्ञापन पत्र राखेका हुन्।

केही दिन अगाडि दूतावासलाई एक कर्मचारीले आयोजकलाई प्रदर्शन नगर्न अनुरोध गरेका थिए। उनीहरुले प्रदर्शन नगरे राजदूत गायत्रीलाई ज्ञापन पत्र हस्तान्तरण गर्न दिने, नत्र नदिने बताएको आयोजक मध्येका एक विष्णु भुजेलले बताए।

ज्ञापन पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई सम्बोधन गर्दै यो समस्या तत्काल समाधान गर्न र सीमा अतिक्रमण लगायत सीमामा हुने भारतीय ज्यादती तत्काल रोक्न आग्रह गरिएको छ।

10 thoughts on “ब्रसेल्सको भारतीय दूतावासअगाडि नेपालीको प्रदर्शन, राजदूत भेट्न नपाएपछि पोस्टबक्समा ज्ञापन पत्र”

  1. Pingback: सीमा अतिक्रमणको विरोधमा ज्ञापन पत्र लिन नमानेको भन्दै बेल्जियममा नेपाली राजदूतको आलोचना « Mysansar
  2. madan bajracharya says:
    November 25, 2019 at 1:10 pm

    शंकरज्यु
    रमनहरु कालापानिलाई पनि भारतले आफुले अबैधानिक तरिकाले कब्ज्यायको कास्मिरलाई बार्तामा अल्झाउन्दै आफ्नो बनाउने कुआसयलाई सफल बनाउन परिचालित् मानव रोबोटहरु हुन। परिचालित् प्रोग्रामम्द मानव रोबोटहरु सित बहस गर्नुको कुनै औचित्य् त् छैन तर तिनिहरुको भन्दाफोद चाँही गर्नु पर्छ।

    नेपालमा भन्दा भारतमा प्रमाणअहरुको आधारमा कालापानि नेपालकै हो भारतले नेपाल सित सम्झौता गरेर बा नेपाललाई अर्को भुमि दियरै मात्रा त्यहा भारतिय् सेना राख्नु पर्छ भन्ने आवाज भारतमा गुन्जि रहेको छ्। भारतीयहरुले नै सन १९६२मा उनिहरुको चिन् सित युद्ध हुँदा चिन् को सेना बाट बच्न् नेपालको सेना रहेको कालापनिमा नेपाल सित बिशेष अनुमति लियर भारतिय् सेना राखेकोले कालापानि नेपालकै भयको कुरा उथाईरहेको छ्। कालापनिको भुमि भरतको सुरक्षाको निमित अत्यन्त आबस्यक भयकोले भारतीयहरु भरतको सरकारले नेपालको सरकार सित सम्झौता गरेर वा नेपाललाइ कलापानिको सत्ता अर्को भुमि दियर मात्रै भारतले त्यहा आफ्नो सेना राख्नु पर्ने भन्न् थालेको छ्।

    चिन् सितको युद्ध को कारण देखायर नेपाल सित अनुमति लियर आफ्नो सेना राखेको भुमिलाई अहिले भरतको आफ्नै भुमि सकेको कारण आफ्नो सरकार बनाउनको निमित भारतलाई जे पनि तक्राउने नेपालको नेताहरु नै हो।नेपालको कालापानिमा भारतिय् सेना तैनाथ गरेको छ् र् भारतले कालापनिलाई आफ्नो बनाउने षड्यन्त्र गर्दै छ् भन्ने कुरा नेपालमा आआफ्नो सरकार चलाऊने सबै दल र् तिन्का नेताहरुलाई थाहा छ्। तर भारत खुस्याउने सरकार बनाउन नेपालीको मत र् रगतकै कालोबजारी गर्ने ई नेताहरु चुप बसे। यसैको नतिजा हो आज कालापानि भरतकै भयको भन्न् सकेको। तेसैले भारतलाई कालापानि किन कब्जा गरिस भन्नु भन्दा बढी “भारतलाई आज सम्म कालापानिमा कब्जा किन गर्न दीइस” भनेर नेपालमा सरकार पहिले र् अहिले सरकार चलाऊने नेताहरुको कथालो समाउनु पर्छ। नेपालीले कथालो समाउन थालए पछी मात्रै इनिहरुको सरकारले कालापानिको मुद्दा अन्त्रास्त्रिय् मँच्मा उथाउन्छ।

    Reply
  3. Shankar says:
    November 20, 2019 at 3:47 pm

    रमन जी
    झन् घृणा गर्ला , झन् सम्बन्ध बिग्रेला भनेर डराए झन् हेप्छ । तपाइँ बचेर हिड्नु भएको रहेछ , भिड भाड मा जिउ जोगाउनु अनिकाल मा बिउ जोगाउनु , ठिकै छ ।
    नेपाल को नाकाबन्दी गर्यो , तेही भित्र ( इन्डिया ) बाट ठुलो बिरोध भयो , मोदी पछि हट्यो । नेपालि माथिको थिचोमिचो र पाकिस्तानी सग को द्वन्द फरक कुरा हो । कास्मिर इन्डिया , पाकिस्तान दुबैको हैन , तर कालापानी , लिपुलेक नेपाल को हो ।
    जनदबाब न भए सरकार ले केहि गर्दैन । यो देशको बजेट दुहुन बनेको सरकार लाइ के मतलब हुन्छ ?
    कसैको बिरोध न हुने भए चुप चाप बालुवा तार बेच्छा, टुडिखेल बेच्छ , विदेश घुम्छ बस्छ ।
    उताको मोदी पनि तेही हो , कास्मिर सिमाना मा , नेपाल सिमाना मा येस्तै छुस्के काम गरे आफ्नो पार्टी को लोकप्रियता बढ्छ , भनेरै गरेको छ ।
    एस्तो मा कडा बिरोध नै बलियो थप्पड हो ।
    गान्धी र रामको नाउ भजेर संसार मा आफुलाई महान देखाउन खोज्ने यथार्थ मा एक नम्बरको फ़्रड र चोर लाइ त् ननगाउन पो पर्छ ।

    Reply
  4. Raman says:
    November 20, 2019 at 9:18 am

    मैले भन्न खोजेको हामी बिदेशमा रहेको भारतको राजदूतवास घेर्न नजाऊ । नेपालमै भएको भारतीय राजदूतवास पनि घेर्न नजाऊ । हामी आफ्नै सरकारलाई दबाब दिउ सरकारी स्तरिय वार्ता गर्नको लागि र यो सरकारलाई छाडीदिउ । यो ऐले भर्खरै भारतले आफ्नो भनेको होइन बर्सौ अगाडी देखि आफ्नो भनेर दाबी गरेको हो र यसका प्राबिधिक कुराहरु सरकारका वार्ता टोलि मिलाएर सच्याउ । यसले उग्र रुप लियो भने भोलि भारत म रहेका नेपाली नागरिकहरु असुरछित हुन्छन र भारतमै रहेका नेपाली मुलका नेपालभासी भारतीय नागरिकहरु पनि निशानाम पर्छन । यसमा घृणा द्वेष उत्तेजना फैलाएर हामीलाई नै हानी गर्छ । किनकि तितो सत्य यो हो कि हामी भारत भन्दा हरेको कुरामा कम्जोर छौ । यो भावनामा बग्ने कुरा होइन , यथार्थमा रहेर बिबेक प्रयोग गरेर भोलि यसका परिणाम हरु के हुन्छन भनेर सोचेर दुर्दशि भएर आफ्नो र देशको भलाइको लागि स्टेप लिने हो ।

    कश्मिरिले लडेको पचासौ वर्ष भयो के पाए । गरिबी , एस एस बि र भारतीय सेनाको गोलीको सिकार , आतंक , हरेक दिन डर त्रास । अहिले झन्डै तिन महिना भयो काश्मिरमा सैनिक कर्फु भएको । इमरान खानले संयुक्त राष्ट्र संघमा गएर बेजोड अन्तरास्ट्रियकारण गर्यो कश्मिरिको मुद्धा के भयो , भारतले टेर पुछार लायेना । हामी पनि खोक्रो रास्ट्रवादको नामम काश्मिर , अफघानिस्तान , पलेस्टाइन को बाट तिर नजाऊ । यो छिमेकी भन्ने कुरा छान्न मिल्दैन । छिमेकमा बसे पछि केहि दिने र लिने गर्नु पर्छ एक अर्काको आवस्यकता हेरेर । हामीलाई विकास , समृद्धि र भोलि हाम्रा सन्ततिको यहि देशमा उन्नति भएको हेर्नु छ ।

    एउटा वास्तविक घटना यसै संग सम्बन्धित

    २००७ तिर जस्तो लाग्छ बिमल गुरुंगले पहिलो गोरखालैंड आन्दोलन मचाएको बेला । मेरो आफ्नै मामाको छोरो भारतीय गोर्खा सैनिकमा कार्यरत छ र त्यसबेला जवान लाहुरे नेपाल आएको बेला दारु खाएर फिटन भएर मोटरसाइकल चलायेछा र र दुर्घटनामा परेर खुट्टा भाच्यो । उसलाई सिलिगुरीमा भएको भारतीय सेनाको हस्पिटलमा निशुल्क उपचार भयो र झन्डै १ महिना हस्पिटलमै बस्यो र म हेर्न गएको थिए । सैनिक अस्पताल सैनिक ब्यारक भित्र रहिछ । म अटोरिक्सा लिएर उसलाई हेर्न गएको ढोकामा ५०, ६० जना मान्छे ठुलो ठुलो स्वरमा कराएको रोएको आवाज सुने । मोंगोलियन अनुहार भएकोले कुटाइ खाने नेपाली मुलका हुन् भन्न गारो भएन । बुझ्दा नेपाली नै रैछन । ४ जनाको नेपाली मुलका सुरछ्या गार्डको गोरु चुटाइ , लुगा च्यातिएको , जिउमा सुम्लाई सुम्ला , अनुहार कुटाइले सुनिएको , रुदै आँखा भरि आँसु बनाएर सुनाउदै सेनालाई । सेनाकै अगाडी कुट्न जाइलाग्थे रैथाने बंगालीहरु नेपालीलाई, सेनाले खेदाए जस्तो गर्थ्यो बंगलिको हुललाई । सेनाको अगाडी कुटीचाहि हालेनन । उनीहरु ज्यान जोगौना सेनाको ब्यारेक आएको रैछन । कुरा बुझ्दै जादा पहाडमा बिमल गुरुंगले आन्दोलन उग्र भएको बेला तल तराई सिलिगुरिमा नेपाली भनेर चिन्यो कि बंगालीले व्यवस्था । एक छिन् बस्दा कुरा बुज्दा उनीहरु नजिकै बनिरहेको फ्याक्ट्रीको सुरछ्या गार्ड रहिछन र आफ्नो ज्यान जोगाउन बंगलिको ठुलो हुल नै उर्लेर जाइलागे पछि सेनाको ब्यारेकमा आएका रैछन । भित्र बाट आउन भने पछि म ब्यारेक भित्र पसे , पछि के भो थाहा भएन । २ घण्टा पछि निक्लदा सामसुम नै थियो । म नेपाल फर्किदा आफ्नो हिन्दि लवजमा नेपाली गन्ध न आवोस भनेर अटो र बसमा चनाखो भए ।

    Reply
  5. madan bajracharya says:
    November 19, 2019 at 2:09 pm

    बिरोध गरेको त् ठिकै हो; तर लाजै नभयको सताव्दियौ सम्म मुगल स्पेनेन अङ्रेग आदिको कमारो बसेको कास्मिरमा अबैध कब्जा जमाउन्दा संयुक्त राष्ट्र संघको आधेश समेटा नतेर्ने भारतले यस्तो बिरोध तेर्दैन। तर नेपालको सरकारले निम्न कार्य् गरे बा गर्ने सन्केत मात्रै गरे भारतको धोती फुस्कन्छ्

    ०१। कालापानि सुस्ता लगायत तराईको हजारौ यकद भुमीमा उस्को निर्लज्ज कब्जा नछोडे सम्म भारत सित नेपालको जलश्रोत उस्लाई उपभगोग गर्न दिने कुनै सम्झौता नगरने।
    ०२। नेपाल सित बैधानिक सम्झौता नगरि बिरातनगरमा उस्ले सप्त कोशी उच्च बान्ध बनाउन खोलेको कार्यालय् तुरन्त बन्द गर भन्ने। मित्रहरु नेपालको राजनीतिमा उस्ले गर्दै आयको नाङो हस्तछ्यप मधेसी फर्मुला सबै यही बान्ध बनाउनको निमित हो। भरतको निमित सिङो नेपाल भन्दा कालापानि भन्दा नेपालको भुमिमा उस्को सप्त कोशी बान्ध बनाउने योजना उस्को निमित जीवन मरन जत्तिकै महत्व्को छ्।

    ०३। कोशीमा बान्ध बनाउन्दा उस्ले उपभोग गरेको नेपाली नागरिकको जमिनको मुवाबजा आज सम्म तिरेको छैन। कोशी नदिको भारत पसी सकेको बाढिको पानी नेपालमै फर्काउने पाइलात च्यानल उस्ले नेपाल सरकार सित स्विक्रिती बिनानै बनायको हो। उस्को त्यो अबैधानिक र्कोसी सम्झौता बिपरित बनायको पाइलात च्यानलको कारण बर्सेनी नेपाली नागरिक र् उनिहरुको जमिन बढीको पानीमा दुवी रहेको छ्। त् कोशी सम्झौता बिपरित कुकार्य् गरेकोमा कोशी सम्झौता खारेजै किन नगरने भनी कुरा उठाउने। गण्डकी नदिमा पनि उस्ले तेस्तै सम्झौता बिपरित कार्य गर्दै आयको छ्।
    ०४। दस गजामा उस्ले सडकअको नाममा बन्ध बनायको सरासर अन्तरास्त्रिय् कानुनको अव्हेलना हो यो बारेमा उस्को त्यो कर्तुतको बारेमा पीडित नेपाली नागरिक सर्वोच्च अदालतमा रित राख्ने देखी अनत्रास्त्रिय् मन्चमा उठाउने।

    Reply
  6. Shankar says:
    November 19, 2019 at 1:52 pm

    अरुबेलामा टुटे , फुटेका नेताको बिरोध गरेपनि , त्यो बिरोध कार्यक्रम मा जाने लाइ भेडा भन्न मिल्दैन रमण जी । पक्कै तपाइँ पनि बिदेसी भूमिमा बसेर न त्यो भन्दै हुनुहुन्छ । तपाइले भने जस्तो सरकारी स्तर को बार्ता समस्या को समाधान सहि कुरा हो , तर जन दबाब सरकारको लागि बाटो प्रसस्त गर्छ । कहिले नेपाल मा कम्निस्ट सासक ( के को कम्निस्ट म त् नक्कली कम्निस्ट भन्छु तैपनि ) भएकोले इन्डिया ले दुख दिएको भने , सहि हैन , कांग्रेस नै भएपनि गिद्द ले मासु खान छोड्छ ? फेरी इन्डिया ले नेपालि सिमाना मिच्ने , सीमाको नेपालि लाई मार्ने ,दुख दिने राजा , पंचायत , कांग्रेस सबैको पालामा भैआयेकै छ त् ।
    तपाइको जस्तो सोच राख्ने हो भने बिस्वको कुनै देश को सरकारले पनि काम गर्न सक्दैन , तेसो भए के सरकार ले फेरी एक चोटी अरब , खरब लिएर देश को भूभाग बेच्यो , सम्झौता गर्यो भने हामि चुप लाग्ने ?
    सरकार मा खुफिया हरु सामेल भएका हुन्छन , जासुस , दलाल सब हुन्छन ,आफ्नो दबाब र जाल झेल मा गलत निर्णय पनि गराउन सक्छन ।
    सरकार भनेको जनताले काम गर्न पठाको नोकर हरु मात्र हो , यो गलत हो कि उनीहरु आफुलाई राजा सम्झिन्छ । सकेसम्म नेपालको रक्ष्या नेपालीले नै गर्ने हो । यो बिरोध हरु जायज छ , हुनुपर्छ ।

    Reply
  7. Slok says:
    November 19, 2019 at 1:43 pm

    Mr Raman..some might be “thute neta” (according to you) some may not . Overall they came in protest for good cause inspite of whatever there political background is..they thought that’s the best way. If you have some good ideas to solve the solution you can apply ..for sure we will help you. But dont believe that any so called Neta or political party will solve this..all are the same

    Reply
  8. Shankar says:
    November 19, 2019 at 9:00 am

    विश्व भरका नेपालि ले एसको बिरोध गर्नु पर्छ । वासिंगटन पोस्ट , न्युवोर्क टाइम्स , गार्दियाँन मा लेख्न सक्ने ले लेख लेखम , न सक्ने ले कम्मेन्ट मात्र पनि गरम । आज त्यो पनि सम्भब न भए बिरोध जुलुस जाम ।
    नेपाल नेपालि बाट खोसेर नया बनाइएको नेपालि को हात मा दिन ( भारतीय ) यो छल खेल भैरहेको हो । दार्जलिङ्ग , सिक्किम , आसाम , भुटान मा भएको नेपालि को दमन बाट सतर्क हुनु जरुरि छ ।
    ‘न सके मुख मा गान्धी र राम ”
    ” सके आर्काको देश झ्वाम ‘ धोति हरुको मुखुण्डो उतार्न पर्छ । यी साला हरु ५०० बर्स मुसलमान को गुलाम , १०० बर्स खैरेको गुलाम ।

    Reply
  9. raman says:
    November 19, 2019 at 7:03 am

    केहि मान्छे को ठुटे नेता बन्ने महत्वाकंछा ले मान्छे उचालेर लगेर बिदेशी भूमिमा कार्टून बनेरै छाडेउ। राजदुतवासले २ पैसाको भाउ पनि नदिए पछि पोस्ट बक्समा खसालेर आएछौ होइन बिरोध पत्र । कति हास्यापद , मुर्खता ,भेडापन र अपरिपक्वता । यसको उपचार भनेकोइ कुटनीति र दुवै देशको सरकार स्तरिय बार्ता हो ।

    Reply
  10. Arysam says:
    November 19, 2019 at 2:51 am

    Pradarshankari maddhe kati belgium parechanñ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme