Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सन्दीपलाई पोलार्डले छक्का हान्दा हात उठाउने नेपाली अम्पायर

Posted on November 18, 2019 by mysansar

-गोविन्दराज नेपाल-

युएईमा भइरहेको अबुधावी टी १० लिगमा दुई नेपाली खेलाडीले खेलिरहेका छन्। दुवैको लागि आजको दिन सुखद रहेन।

आजको खेलमा सन्दीप लामिछाने आवद्ध टिम कर्नाटका टस्कर्स पराजित भयो। सन्दीपले धेरै रनको चुटाइ खाए, विकेट पनि लिन सकेनन्। अर्का खेलाडी पारस खड्का भने अबुधाबीको पहिलो रोजाइमै परेनन्।

नेपालका दुई पुस्ताका दुई चर्चित खेलाडी अहिले युएईमा क्रिकेटको सबैभन्दा छोटो फर्म्याटमा रमाइरहेका छन्। नेपाली क्रिकेट दर्शक पनि टेलिभिजनमा उनीहरुको खेल हेरेर रमाइरहेका छन्। सन्दीपले ३ खेल खेलिसके। गत वर्ष पनि उनले टी १० लिग खेलेका थिए। तर राष्ट्रिय टिमका निवर्तमान कप्तान पारस खड्का भने पहिलो पटक विदेशी लिगमा यही टी १० मार्फत् डेब्यु गरेका हुन्।

पारसले यसअघि दुई खेल खेलिसके। दुवैमा ब्याटिङ गरेपनि बलिङ गरेका छैनन्।

यी दुई खेलाडीसंगै टी १० मा अर्का नेपाली पनि छन्। उनी मैदानभित्रै हुन्छन्, तर खेलाडी भने होइनन्। को हुन् त उनी?

उनी हुन् नेपालका चर्चित क्रिकेट अम्पायर बुद्धिबहादुर प्रधान। उनले अन्तर्राष्ट्रिय स्तरमा ठूला खेलहरु खेलाइसकेका छन्।

सन्दीपको टिम टस्कर्स र डेक्कन ग्लाडिएटर्सबीचको खेल भइरहँदा त्यसको अम्पाएरिङ तिनै बुद्धि प्रधान र बेलायतका बेली टर्नरले गरिरहेका थिए। खेलमा सन्दीपले आफ्नो दोस्रो ओभरमा धेरै रन खाए।

वेष्ट इन्डिजका एक दिवसीय र टी २० टिमका कप्तान समेत रहेका काएरन पोलार्डले सन्दीपलाई एकै ओभरमा ४ छक्का र १ चौका गरी ३० रन प्रहार गरे। यो सबै दृश्य नजिकैबाट प्रधानले हेरिरहेका थिए।

अघिल्ला दुई खेलमा सन्दीपले शुरुमै विकेट लिएर विपक्षीलाई दबाबमा राख्ने काम गरेका थिए। आज भने पोलार्डले शुरुमै छक्का हानेर सन्दीपलाई दबाबमा राखे। पोलार्डले छक्का वर्षाउँदा प्रधान दर्शक बने।

यस्तै बुद्धि प्रधानले पारस खड्का रहेको टिम अबुधावी र मराठा अरेबियन्सबीचको खेलमा पनि अम्पायरिङ गरे। यसमा प्रधानसँगै लाइन्डोन हानीबोले अम्पायरिङ गरेका थिए।

नेपाली खेलाडी सन्दीपलाई पोलार्डले लगातार चार छक्का हानेको हेरेका बुद्धिले अर्को खेलमा नेपाली खेलाडी नै रहेको अबुधावीलाई क्रिस लिनले ९१ रन प्रहार गरेको पनि हेर्न पाए।

मराठा अरेबियन्सका कप्तान समेत रहेका अष्ट्रेलियन खेलाडी लिनले नटआउट ९१ रन बनाएका हुन्। ओपनिङ गरेका लिनले १० ओभरको आधा एक्लै ब्याटिङ गरे अर्थात ३० बल खेल्दै ९ चौका र ७ छक्का प्रहार गर्दै ९१ रन बनाएका हुन्। लिनले एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान समेत बनाए। उनले गत वर्ष मराठाकै लागि खेलेका एलक्स हल्सको कीर्तिमान तोडे। हल्सले बंगला टाइगर्सविरुद्ध नटआउट ८७ रन बनाएका थिए।

४४ वर्षीय नेपाल अम्पायर प्रधानले सन् २००६ मै ओडिआई क्रिकेट खेलमा अम्पायरिङ गरेका थिए। उनले केन्या र बर्मुडाबीचको खेलमा अम्पायरिङ गरेका थिए। त्यसयता २६ ओडिआई र २६ टी २० आई मा अम्पायरिङ गरिसकेका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme