Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भोलि ब्रसेल्सको भारतीय दूतावासअगाडि सीमा अतिक्रमणको विरोधमा प्रदर्शन हुँदै

Posted on November 17, 2019 by mysansar

-सन्तोष न्यौपाने/बेल्जियम-

बेल्जियमका नेपालीहरुले ब्रसेल्सस्थित भारतीय राजदूतावास अगाडि सोमबार दिउँसो सीमा अतिक्रमणको विरोधमा प्रदर्शन गर्ने तथा ज्ञापन पत्र बुझाउने भएका छन्।

कालापानी, लिपुलेक र लिम्पियाधुरा मात्रै नभई देशका विभिन्न मिचिएको सीमाको विरोधमा पनि प्रर्दशन गर्न लागिएको छ। ज्ञापन पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै यो समस्या तत्काल समाधान गर्न र सीमा अतिक्रमण लगायत सीमामा हुने भारतीय ज्यादती तत्काल रोक्न आग्रह गरिने छ।

बेल्जियमस्थित वैचारिक संगठनहरू प्रमुख आयोजक रहेको विरोध कार्यक्रममा सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधि तथा नेपालीहरु सहभागी हुने भनिएको छ। कार्यक्रममा बेल्जियमस्थित राष्ट्रिय मिडियाका प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।

आयोजक मध्येका एक जीत लामाले हालै बेल्जियमस्थित एनआरएन र वैचारिक संस्थाहरुको संयुक्त पहलकदमीमा हुन गइरहेको ब्रसेल्सस्थित भारतीय राजदूतावास घेराउ, धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रमको तयारी पूरा भएको जनाएका छन्। लामाले सबै नेपालीहरुलाई उपस्थित लागि आग्रह गरेका छन्।

भारतले उसको राजनीतिक नक्सा बनाउँदा एकतर्फी रुपमा नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक समेतलाई आफ्नो नक्साभित्र पारी जारी गरेपछि देश लगायत विदेशमा विरोध हुँदै आएको छ।

त्यो नक्सा खारेज गरी नेपाली भूमप फिर्ता लिन र लामो समयदेखि नेपाली भूमिमा बसिरहेको भारतीय सैनिक ब्यारेक हटाउनको लागि पनि सोमबारको विरोध प्रदर्शन गर्न लागिएको आयोजक मध्येका विष्णु भुजेलले बताए। भुजेलले भने, ‘हामीले प्रोटेष्ट गर्ने भनेपछि दुतावास प्रतिनिधिले हाम्रा आयोजक साथीलाई भेटेर प्रोटेष्ट नगर्न तर ज्ञापन पत्र मात्रै बुझाउन लबिङ गरेका छन्। तर हामी हाम्रो योजना अनुरूप नै जानेछौँ।’

14 thoughts on “भोलि ब्रसेल्सको भारतीय दूतावासअगाडि सीमा अतिक्रमणको विरोधमा प्रदर्शन हुँदै”

  1. Shankar says:
    November 19, 2019 at 6:32 am

    रमनजी ले किताब त् पढ्नु भएको रहेछ , तर सोच्नु चै भएको रहेनछ । अरुले लेखेको पढेरमात्र र अरुको गफ सुनेर मात्र हुदैन , आफुले पनि सोच्ने र सहि बिस्लेसन गर्नुपर्ने जरुरि छ । बिस्लेसन पनि गर्नु भयो केहि मात्रा मा सहि हो , तर बास्तबिक बिस्लेसन लागेन म लाइ ।
    भारत ले नेपाल लाइ लिन न सकेरै न लिएको हो । उबेला मा लिदा पहाड जत्रो समस्या आउने बुझेर न लिएको हो । सिक्किम लिने , भुटान लाइ आफ्नो पकेट मा राख्ने ले नेपाल सिधइ सक्ने भए किन लिदैनाथ्यो ?

    हो उ नेपाल लाइ आफ्नो अधिन बनाउन बिभिन्न जाल झेल गरिरहेछ
    १) नेपाल को पहाडिया सासक लाइ र जनतालाई विस्तापित गरेर भारतीय मुल्काको हात मा सत्ता थमाउने
    ( राजदरबार हत्या काण्ड गरायो , नेपालको माउबादी लाइ तालिम , हतियार दिएर सहयोग गरेर नेपालि लाइ नै मारेर , नेपालि हात बात सत्ता खोसेर खुफिया राज संचालन गरिरहेछ )
    २) नेपालि लाइ विस्तापित गरेर , भारतीयले नेपाल भर्ने बाटोमा क्रमश छ
    ३) नेपालि लाइ जात , धर्म , लिङ्ग मा विभाजित गराएर कम्जोर बनाउने
    यी सब अभ्यास गर्दा गर्दै मोदीले प्रयोग स्वरुप नाकाबन्दी गर्ने , भू भाग हडप्ने आदि अरु पनि प्रयोग गर्दैछ , एस्तो परिबेस मा
    नेपालि ले बिरोध को आबाज पनि न उठाउने ? तपाइँ के भन्नु हुन्छ ?
    कसरि नाकाबन्दी मा मोदी हार्यो ?
    धेरै खोक्ने पर्दैन , कमसेकम डटेर चोर लाइ चोर त् भन्न सक्न पर्यो । सहि र जायज बिरोध लाइ सानै र मधुरैआवाज मा उठाए पनि झन् बलियो हुन्छ । हामि सामरिक रुप मा न लड़ौला ।नेपाल प्रति अन्याय गरेको छ त् अन्याय गरेको त् भन्न पर्यो , कमसेकम बेस्करी सुनिने
    गरि चिच्याए मात्र पनि मुख ले गान्धी , र रामको नाउ लिने मोदीको असली रुप देखिन्छ र धोति फुस्कन्छ ।
    यो अरुको भूभाग आफ्नो नक्सा मा देखाउने गुजराती बानियाको चुसके दाउ लाइ स्मपूर्ण विस्वका नेपालि ले बिरोध गर्दिए हाम्रा लुते नेता को पनि हिम्मत बढ्छ ।

    Reply
  2. Dinesh Chhetri says:
    November 18, 2019 at 11:45 pm

    Raman Ji,

    बिना तथ्य र प्रमाण हावा कुरा गर्न सिपालु हुनुहुदो रहेछ !! तपाइको कुरा रिसर्च ले भन्यो, २० लाख नेपाली नागरिक भारतमा छन् भनेर, हामीपनि हेरौ न !! तेही संख्या लाइ सहि मान्ने हो भनेपनि त्यो भन्दा कायोउ गुणा बढी भारतीय आप्रबासी नेपालमा छन् भन्ने कुरा त नेपाल बाट उनीहरुले भारत पठाउने रेमिटेन्स ले नै प्रमाणित गर्छ !! अरु लाखौ ले जालझेल गर्दै कथित म-देशी भन्दै नेपाल नागरिकता लिन पनि सफल भैसके !!
    नेपालले भारतबाट फोकटमा केहि खाएको छैन !! किनेर खाएका छौ !! नेपाललाई दिने कथित सानो अनुदान भन्दा धेरै गुना बढी रकम उसको नागरिकहरुले नेपालबाट लगिरहेछन !! नेपालले लगभग १८ खर्ब डलर बराबरको मौद्रिक योगदान गरिरहेको छ, भारतीय अर्थतन्त्र मा !!
    हैदराबाद, कास्मिर हरु नेपाल भन्दा बलिया थिए रे ?? कसरि ?? युद्द हतियार पैसा ले मात्र हैन देशभक्त स्वाभिमानी जनता र उनीहरुको आट र बुद्दी ले जितिन्छ !! नेपाल र नेपालीमा त्यो भएकोले नै नेपाल लाइ जितेर दास बनाउन सकेनन !! जबकी भारतीय हरुलाई धेरै देश हरुले दास बनाए !!!
    भैहाल्यो, लामो कुरा भन्दा पनि, सुगौली सन्धि अहिले लाइ मान्ने नै हो भने तेस्ले निर्धारण गरेको– कालिको बैज्ञानिक, प्रमाणित मुहान लिम्पियाधुरा सम्म नेपाल को पश्चिमी भूभाग हो!! तुरुन्त भारतीय फौज हट्नपर्यो !! हैन सुगौली सन्धि नमान्ने हो भने सुगौली सन्धिले गुमेको दुइ तिहाई नेपाल फिर्ता गर्न पर्यो !! पुर्वामा टिस्टा देखि पश्चिमा कांगडा सम्म !!
    जय नेपाल, जय नेपाली

    Reply
  3. सत्य प्रकाश says:
    November 18, 2019 at 11:17 pm

    माथि रमनज्युले भन्नुभएका, एउटामा बाहेक, सबै कुरामा तीब्र असहमती जनाउदछु|
    सहमति के मा भने अहिले नै एम्बेसी एम्बेसीमा विरोध गर्ने होइन तर नागरिक सचेतता आन्दोलनका लागि तयार र एक्यबद्ध हुन पर्ने समय हो| यो अहिले अन्तरराष्ट्रियकरण गर्ने बेला भएको छैन, तर तयारीको पाइपलाइनमा राख्नपर्छ| |
    सीमा मिचाईमा प्रतिरोध बिरोध पोख्न पाईन्छ र पोख्न पनि पर्छ|
    संबिधानमा हिन्दू हटाए अनि कम्युनिस्ट सरकार हावी भए भनेर भारतीय जनताले रुचाएनन, भारत सरकार र बीजेपी रुश्ट छन र त्यसै भेर भारत सरकारले नेपाली भुमिमा हस्तक्षेप गरेको हो, एक करोड नेपालीलेको रोजगार भारतमा धरापमा पर्छन भनेर खुट्टा कमाउनु भनेर कोही नेपालीले आफ्नो मत बनाउछन भने त्यो बुझाईको कमी र अल्पज्ञान बाहेक केही होइन| नेपालीको यस्तै तरल र सतही सोचले देशको समस्या लम्बिएको हो|
    पहिले जत्ती हिन्दू धर्म मानीरहेका थियौ, अहिले पनि त्यतिकै स्वतन्त्रता सहित मानीरहेका छौ| फरक यती हो फेक बिष्णुअवतार आफ्नै चरम कुक्रित्यले फालिए| लोकतन्त्रको अभ्यासमा नेपाली बामे सरीरहेका छौ|
    तर पहिलो आक्रोश र बिरोध हाम्रै नेताहरु र शासकहरुलाई पोखौ जसले सत्तामा रहदा यो समस्या सुल्झाउन गम्भीरताका साथ तत्परता देखाएनन| जो विगतमा प्रधानमन्त्री भए र जो अहिले छन, उँहाहरु सबैलाई सम्झौ, धिक्कारौ|| एउटाले काम बिगारयो भन्दैमा अर्कोले नसुधार्ने किन?
    यतिका बर्षहरुसम्म के हाम्रा सीमानामा नेपाली सेना तैनात थिएनन? प्रहरी र प्रशासकहरु थिएनन?
    सीमा सुरक्षाका लागि सेना राखेका हुन| नेपाली सेना करसाब र जरसाबको क्लब मात्र त निश्चय पनि होइन|सेनाले सत्तासीन राजनैतीक नेत्रित्वलाई समयमा अवगत गराउदा गराउदै पनि भ्रश्ट र सत्तामा जसरी पनि टिकिराख्न मात्र केन्द्रित हुने नेत्रित्व पक्षले दायित्व वहन
    नगरेको पनि त हुनसक्छ|
    अहिले यस्तरी एम्बेसी एम्बेसीमा हुल बाँधेर बिरोध गर्ने बेला आएको छैन| त्यसो नगरनुहोला| उर्जा सांचेर राख्नुहोला, अझ संगठित हुनपर्छ, बेला आउनसक्छ| समस्याको पहलको लागि आह्वान गर्न सक्नुहुन्छ तर फोटो अपको लागि अहिले समय आएको छैन|
    तर यो पहलकदमीका लागि नेपाल सरकारले भारत सरकारसँग अधिकारिक रुपमा वार्ता गर्नपर्छ| आपसमा र अन्तरराष्ट्रिय समुदायलाई सचेत गराउनपर्छ| अपेक्षा गरौ, कुरो बुझेपछी धेरै सचेत भारतीयहरु मित्रहरुले समेत इन्डियाको सीमा बलमिचाईको बिरोध गर्नेछन| सरकारी वार्तामा अपेक्षाक्रित परिणाम नआए सम्पूर्ण नेपाली एक्यवद्ध भएर बिरोध प्रतिरोधको कार्यक्रम गरौ| तयार रहौ|
    नेपाली पक्षले सप्रमाण म्याप देखाऔ| अन्तरराष्ट्रिय न्यायालयमा जाने तयार गरौ| तर वार्ता बैठकमै इन्डियाले म्याप सुधारे, सक्किगो नी| वदनियत नोट गरौ र आगामी दिन, महिना, बर्षहरुमा चनाखो बनौ|

    Reply
  4. Raman says:
    November 18, 2019 at 4:46 pm

    Reply to Madan, Dinesh, shankhar kamal,

    १ करोड नेपाली भारतमा काम गर्ने तथ्य गलत रहिछ किनकि यो भारतले निकालेको तथ्य भन्ने रहिछ र यसमा भारतमा रहेको नेपाली मुलका भारतीय नागरिकलाई पनि जोडेर निकालेको हुन सक्छ । तर वास्तविक तथ्य मैले अलिक रिसर्च गर्दा २० लाख जति रहिछ जुन संख्या नेपालको कर्णाली प्रदेशको भन्दा बढी छ र त्यो सानो होइन ।

    यो सिमा विवादको सुरुवात भनेको सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना काली नदिलाइ सिमा माने देखि सुरु हुञ्छ । खोलाले भद्केलो फ़ेर्छ भने भारतले यसलाई आधार मानेर आफ्नो भन्नु स्वाभाविक हो । भोलि काली नदीको नया भद्केलो ५० कि मि पश्चिम बाट निक्लो भने हामी पनि भारतको पुरै जिल्ला हाम्रो भनौ र हाम्रो सेना राखौला । यसको समस्या समाधान बिदेशमा रहेको छिमेकि राष्ट्रको राजदूतवास घेरेर जो संग हाम्रो आन्ध्र गासिएको छ त्यसरी समाधान हुदैन यसले अझ कुरालाई बिगार्छ।

    नेपाललाई भारतले अतिक्रमण गर्न चाएको थियो भने , अथवा भारत भित्र मिलाउन चाहेको भए सिक्किमलाई , काश्मिरलाई , हैदरबाद्लाई गावे जस्तो उहिले गरि सक्थ्यो । यी रास्ट्रहरु ब्रिटिशले छाडे पछि पनि स्वतन्त्र राष्ट्र थिए । अझ काश्मिर र हैदराबाद त नेपाल भन्दा सयौ गुना सैन्य रुपमा, आर्थिक रुपमा सक्तिशाली र धनि थिए र जनसंख्या पनि सातौ , दशौ गुना बडी थिए । नेपाललाई किन आक्रमण गरेन होला के नेपालका त्यो बेलाको ५० हजार साही सेना संग र नेपालका बर्सौ पुराना काम नलाग्ने बन्दुक र हात हतियार देखि डराएर नगरेको हो वा नेपालका बहादुर गोर्खा सैनिकको खुकुरीदेखि डराएर नगरेको हो । यसमा हाम्रो नेपाल हिन्दु राष्ट्र भएकोमा र हाम्रो नेपाली मुलका बहादुर गोर्खा सैनिक जसले ब्रिटिश भारतको हरेक मोर्चामा साथ दिए उनीहरुको नुन ब्रिटिश भारत र स्वतन्त्र भारतले खाएको थियो र त्यसले केहि न केहि काम गरेको थियो ।

    कि पाकिस्तानले जस्तो आणाबिक हतियार बनाउने पर्यो जसले गर्दा एउटा बफर निर्माड हुञ्छ र युद्धमै जाने सम्भावना चाही एकदमै न्यून हुञ्छ र हाम्रो पनि बार्गेनिंग सक्ति उच्च हुन्छ । कि उद्योग ब्यापारमा , जलस्रोतमा , बिज्ञान प्रविधिमा नेपाल धेरै खतरा भएर र भोलि भारतको अर्थतन्त्रको केहि हिस्सा नेपाल संगनै निर्वर छ र येदि भारतले नेपाललाई चलाई हाल्यो भने भोलि भारतको अर्थतन्त्रनै हलिञ्छ भने हामीले सानो सानो कुरामा निउ खोज्दा हुञ्छ । त्यो पनि छैन ।

    नेपालले भारत संग युद्ध गर्दा के जित सम्भव छ। नेपाल र भारतको सैन्य सक्ति तुलनात्मक रुपमा तपाइँ हरु रिसर्च गर्नु । यो भनेको माओवादी नेताले माओवादी बिद्रोह ताका भारत बिरुद्ध सुरुङ्ग युद्ध गर्ने भन्दै रोल्पा रुकुममा दुइ चारवटा खाल्डो खनेर सोझा रोल्पाली हरुलाई उल्लु बनाए जस्तो हामी अब चाडै दिल्ली आक्रमण गरेर दिल्लीको विस्तारवादलाइ र त्यसपछि वाशिंगटन हानेर अमेरिकी साम्राज्यवादलाइ घुडा टेकाउनेछौ भने भन्दा उल्लु कुरा हुञ्छ । धरातलीय बस्तुस्थिथी र तथ्य सहित कुरा गर्नु पर्छ नभए अफगानिस्थान जस्तो मध्ये युग तिर फर्किन मन छ भने बेग्लै कुरो हो ।

    हामी जस्तो सानो गरिब निकम्मा नेता भएको देशले भनेको चतुर कुटनीतिक प्रयोग गरेर आफ्नो देश र जनताको उन्नति गर्ने हो । दुवै देश मिलेर फल्ने फुल्ने हो । खाटमा दुइ जना संगै सुत्दा कहिले एउटाले अर्कोलाई खुट्टा बोकाउनु स्वाभविक हो अथवा हाम्रो गोरु फुकेर छिमेकीको बालि खानु र छिमेकीको गाइ फुकेर हाम्रो बालि खानु जस्तै हो भोलि गाउमा चोर पस्यो भने मिलेर खेद्ने हो भोलि खेतमा सिंचाई गर्ने नहर फुट्यो भने मिलेर थुन्ने हो । केहि त्यस्ता असमझदारी छन् भने मिलेर टेबलमा बसेर छिनो फानो गर्ने हो ।

    साथी हो मुर्ख नबनौ ।

    केहि तथ्य :

    https://myrepublica।nagariknetwork।com/news/india-increases-aid-to-nepal-by-40-this-year/

    https://www।globalfirepower।com/country-military-strength-detail।asp?country_id=india

    Reply
  5. Raman says:
    November 18, 2019 at 4:41 pm

    reply to madan, dinesh and kamal

    १ करोड नेपाली भारतमा काम गर्ने तथ्य गलत रहिछ किनकि यो भारतले निकालेको तथ्य भन्ने रहिछ र यसमा भारतमा रहेको नेपाली मुलका भारतीय नागरिकलाई पनि जोडेर निकालेको हुन सक्छ । तर वास्तविक तथ्य मैले अलिक रिसर्च गर्दा २० लाख जति रहिछ जुन संख्या नेपालको कर्णाली प्रदेशको भन्दा बढी छ र त्यो सानो होइन ।

    यो सिमा विवादको सुरुवात भनेको सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना काली नदिलाइ सिमा माने देखि सुरु हुञ्छ । खोलाले भद्केलो फ़ेर्छ भने भारतले यसलाई आधार मानेर आफ्नो भन्नु स्वाभाविक हो । भोलि काली नदीको नया भद्केलो ५० कि. मि. पश्चिम बाट निक्लो भने हामी पनि भारतको पुरै जिल्ला हाम्रो भनौ र हाम्रो सेना राखौला । यसको समस्या समाधान बिदेशमा रहेको छिमेकि राष्ट्रको राजदूतवास घेरेर जो संग हाम्रो आन्ध्र गासिएको छ त्यसरी समाधान हुदैन यसले अझ कुरालाई बिगार्छ।

    नेपाललाई भारतले अतिक्रमण गर्न चाहेको थियो भने , अथवा भारत भित्र मिलाउन चाहेको भए सिक्किमलाई , काश्मिरलाई , हैदरबाद्लाई गावे जस्तो उहिले गरि सक्थ्यो । यी रास्ट्रहरु ब्रिटिशले छाडे पछि पनि स्वतन्त्र राष्ट्र थिए । अझ काश्मिर र हैदराबाद त नेपाल भन्दा सयौ गुना सैन्य रुपमा, आर्थिक रुपमा सक्तिशाली र धनि थिए र जनसंख्या पनि सातौ , दशौ गुना बडी थिए । नेपाललाई किन आक्रमण गरेन होला के नेपालका त्यो बेलाको ५० हजार साही सेना संग र नेपालका बर्सौ पुराना काम नलाग्ने बन्दुक र हात हतियार देखि डराएर नगरेको हो वा नेपालका बहादुर गोर्खा सैनिकको खुकुरीदेखि डराएर नगरेको हो । यसमा हाम्रो नेपाल हिन्दु राष्ट्र भएकोमा र हाम्रो नेपाली मुलका बहादुर गोर्खा सैनिक जसले ब्रिटिश भारतको हरेक मोर्चामा साथ दिए उनीहरुको नुन ब्रिटिश भारत र स्वतन्त्र भारतले खाएको थियो र त्यसले केहि न केहि काम गरेको थियो ।

    कि पाकिस्तानले जस्तो आणाबिक हतियार बनाउने पर्यो जसले गर्दा एउटा बफर निर्माड हुञ्छ र युद्धमै जाने सम्भावना चाही एकदमै न्यून हुञ्छ र हाम्रो पनि बार्गेनिंग सक्ति उच्च हुन्छ । कि उद्योग ब्यापारमा , जलस्रोतमा , बिज्ञान प्रविधिमा नेपाल धेरै खतरा भएर र भोलि भारतको अर्थतन्त्रको केहि हिस्सा नेपाल संगनै निर्वर छ र येदि भारतले नेपाललाई चलाई हाल्यो भने भोलि भारतको अर्थतन्त्रनै हलिञ्छ भने हामीले सानो सानो कुरामा निउ खोज्दा हुञ्छ । त्यो पनि छैन ।

    नेपालले भारत संग युद्ध गर्दा के जित सम्भव छ। नेपाल र भारतको सैन्य सक्ति तुलनात्मक रुपमा तपाइँ हरु रिसर्च गर्नु । यो भनेको माओवादी नेताले माओवादी बिद्रोह ताका भारत बिरुद्ध सुरुङ्ग युद्ध गर्ने भन्दै रोल्पा रुकुममा दुइ चारवटा खाल्डो खनेर सोझा रोल्पाली हरुलाई उल्लु बनाए जस्तो हामी अब चाडै दिल्ली आक्रमण गरेर दिल्लीको विस्तारवादलाइ र त्यसपछि वाशिंगटन हानेर अमेरिकी साम्राज्यवादलाइ घुडा टेकाउनेछौ भने भन्दा उल्लु कुरा हुञ्छ । धरातलीय बस्तुस्थिथी र तथ्य सहित कुरा गर्नु पर्छ नभए अफगानिस्थान जस्तो मध्ये युग तिर फर्किन मन छ भने बेग्लै कुरो हो ।

    हामी जस्तो सानो गरिब निकम्मा नेता भएको देशले भनेको चतुर कुटनीतिक प्रयोग गरेर आफ्नो देश र जनताको उन्नति गर्ने हो । दुवै देश मिलेर फल्ने फुल्ने हो । खाटमा दुइ जना संगै सुत्दा कहिले एउटाले अर्कोलाई खुट्टा बोकाउनु स्वाभविक हो अथवा हाम्रो गोरु फुकेर छिमेकीको बालि खानु र छिमेकीको गाइ फुकेर हाम्रो बालि खानु जस्तै हो भोलि गाउमा चोर पस्यो भने मिलेर खेद्ने हो भोलि खेतमा सिंचाई गर्ने नहर फुट्यो भने मिलेर थुन्ने हो । केहि त्यस्ता असमझदारी छन् भने मिलेर टेबलमा बसेर छिनो फानो गर्ने हो ।

    साथी हो मुर्ख नबनौ ।

    केहि तथ्य :

    https://myrepublica।nagariknetwork।com/news/india-increases-aid-to-nepal-by-40-this-year/

    https://www।globalfirepower।com/country-military-strength-detail।asp?country_id=india

    Reply
  6. madan bajracharya says:
    November 18, 2019 at 1:23 pm

    नेपाल संयुक्त राष्ट्र संघको सदस्य् बन्न खोज्दा समेत् “नेपाल भारतमा मिलाउन बाँकी भुभाग हो” भनेर नेपाललाई संयुक्त राष्ट्र संघको सदस्य् बन्नमा बाधा तेर्साउने भारतले नेपाललाई मिचे पेलेकोमा केही आस्चर्य् मान्नु पर्दैन; उस्को नियत नै तेस्ताइ हो। तर अव अति भयो तेसैले दतेर् उस्को हेपाह मिचाह प्रवितिको जवाफ दिनु पर्छ।

    हो हामि सित अहिले भरत सित सैनिक युद्ध गर्न सक्ने सैन्य् शक्ति छैन तर भारतलाई लोत्याउन सक्ने अर्को शक्ति प्रकृतिले चाहेको भन्दा बढीनै दियको छ्। त्यो शक्ति हो नेपाल सित भयको जलश्रोत। भरतको जनसंख्या अहिले नै अधाई अरव नाघी सके। अर्को दस वर्शमा उस्को जनसंख्या ४ अरव त् पुग्छनै। भारत सित त्यो जनसंख्यालाई पुग्ने पानीको श्रोत अपर्याप्त होईन हप्तामा यक गिलास पिउन समेत् पुग्ने श्रोत छैन; तर उस्को ४ त् के १० अरव जनसंख्यालाई पानीमै दुवाई राख्न सकिने जल श्रोतछ्। अहिले हामि भारत् सित आश्रित त् छौं तर त्यस्तो कुरामा जुन कुरा हामीलाई भारतले नदिय अन्त बाट प्राप्त गर्न सक्छौ तर भारत् नेपाल सित त्यस्तो कुरामा आश्रित छ् जुन कुरा उस्ले नेपाल बाट अलि काम मात्रै पायमा भारतको अस्तित्व नै खतरामा पर्छ। तेसैले अव नजायज झत्का लगायत देसको भुभाग समेत् कब्जा गर्ने भारतलाई हामीले सवक त् दिनै पर्छ। यो कुरा गर्न गार्हो पनि छैन। उस्ले आफ्ना पिथ्थु मार्फत लादेको नेपालको ठुला जलश्रोत कब्ज्याउने सन्धिको सर्तहरु पालना समेत् नगरने भारतले नेपालअकै भुमिमा नेपालको सयौ न गाउहरु बिस्थापित गरेर विश्वाकै अग्लो ठुलो बान्ध बनाएर सम्पूर्ण सप्त कोशीको नदिलाई यकिक्रित गरेर भारतको अर्को पुस्ताको पनि पुस्ताको जलश्रोत को आवस्यकता पुरा गर्ने योजना बनाउन्दै छ् त्यो पनि नेपालको सदन छलेर!!!। त् के गार्हो छ् कलापानि लगायत नेपालको लगभग ७० हजार बर्ग किलो मितर भुमी कब्ज्याउने भारतलाई भुईमै लोत्याउन। मात्र् निम्न ३ प्रश्न तेर्साय् पुग्छ:

    ०१। कोशी गण्डकी महाकाली सन्धिको शर्त पालना नगरेकोले किन खारेज नगरने?
    ०२। उस्ले शारदा ब्यारेज बनायको भुमि नेपाल नेपाल सित भाडामा मात्रै लियको भुमि हो तर उस्ले त्यो भाडा पनि तिरेको छैन। त् त्यो भुमि खाली गर किन नभन्ने?
    ०३। उस्ले अहिले सप्त कोशी बान्ध बनाउने भनेर अबैध तरिकाले बिरातनगरमा सन्चालन गर्दै आयको कार्यालय् तुरन्त हताउ किन नभन्ने?

    भारतलाई कालापनि बाट सेना फर्काउ भनेर नेपालको सेनानै पठाउनु पर्दैन मात्र् माथिको कुनै प्रश ताईप गरेको पत्र पथाय् पुग्छ; अरु देसको सिमाना धाप्ने भारतको धोति खुस्कन्छ्/

    मित्रहरु केही दिन पहिला मैले युत्युवमा कालापानिको बारेमा भारतको संचारकर्मीहरुको यक कार्यक्रम हेरेको थिय्। तेस्मा भारतको संचारकर्मिले भारतले नेपालको कालापानिलाई बिबाद्स्पस्त बनाउन्दै कब्जा गरेकोमा चाइनाको सरकारी एजेन्सिले यदी भारतले नेपालको कालापानिलाई बिबादास्पस्त भुमि भन्दै आफ्नो सेना राख्छ भने कलापानिमा चाइनाले पनि आफ्नो सेना राखे भारतले के गर्न सक्छ भनि प्रश उथायो भनेको थियो र् भरतिय् संचारकर्मिले यो बिबाद त्यो हद सम्मै जान दिनु भन्दा भारतले नेपाल सित कालापानिको भुमि सय् बर्षको निमित लिजमा लिनु पर्ने भनेको थियो। यसो सिधा मतलव उस्ले अहिले आफ्नो भनि कब्ज्यायको भुमि नेपालकै भयको कुरा त्याहाको संचार कर्मिले पनि बुझेको स्प्स्त हुन्छ।

    कालापानि लाई उस्को नक्सा मा पार्ने भारत् सित बार्तामा अल्झनु को परिनाम् कलापानिलाई अर्को कास्मिर बनाउनु हो। तेसैले नेपालले बार्तानै गरे पनि समय सिमा तोकेर बार्ता गर्नु पर्छ र् त्यो समी सम्म भारतले कालापानि बाट सेना फिर्ता नगरे नेपालले भारत् सित नेपालको जलस्रोतहरुमा गरेको सन्धिको खारेज गर्ने प्रकृया समेत् ठालेर् भारत् बिरुद्ध अन्तरस्त्रिएे अदालतमा मुद्दानै हाल्नु पर्छ।

    Reply
  7. Kamal says:
    November 18, 2019 at 11:54 am

    रमन जि, तिमि त थुक्न को पनि लायक छैनौ. थुक पनि तिमिलाई देखेर लाज मान्छ होला. अफ्नि आमालाई बिदेशि ले बलत्कार गर्दा पनि तालि बजाउने सयाद सन्सारमा एक मात्र ब्यक्ति तिमि नै होला. भारत प्रति यति धेरै loyalty भए​, आफुलाई किन नेपालि भन्छौ? हामी कसैको सहानुभूतिमा बचेका छैनौ. नेताले गु खाय पनि हामी जनता हाम्रो भुमि जोगाउन कटिबद्ध छौं.

    Reply
  8. Shankar says:
    November 18, 2019 at 11:27 am

    रमण जी

    यो बिरोध नेपालीको खोक्रो रास्ट्रबाद भन्न मिल्दैन । भारतले नेपालीमाथि गरेको अन्याय को बिरोध हो । नेपाल र भारत बीच घनिष्ट अन्तर्सम्बन्ध रहेको कुरा गर्नु भयो , जुन एकदम सहि हो । तपाइको जस्तै राम्रो बिचार भारतीय ससक हरुको पनि भए त् यो समस्या आउने थिएँन ।
    आफ्नो देश को भूभाग लाई अरुको नक्सा मा राख्दा पनि बिरोध न देखाउने त् ?

    Reply
  9. madan bajracharya says:
    November 18, 2019 at 6:37 am

    रमनजी
    तपाईं भारतिय् हुनु हुन्छ बा पछी मधेशबादी नेताको सिफारिसमा नेपाली नागरिक अता लिनेमै हुनु हुन्छ भन्ने तपाईंको कुरामा अस्चर्य् मान्नु पर्दैन। किनभने तेस्तालाई मात्र् सिफारिसको भरमा नेपालको नागरिकता दिलायकै यस्तै गर्न गराउन भनाउन हो। अव तपाईंको शब्दमा:

    पहिला तपाईंको झुथा कुराहरुमा:
    ०१। अहिले नेपालको कालापानि लगायतको भारतले कब्जा गरेको भुमि उहिले ब्रिटिशको पाला देखिनै कब्ज्यायको भन्नु भयो। सुगौली सन्धि नै ब्रिटिशले भारतिय् उपमहाद्विपको जात धर्मको राज्यहरुलाई आफ्नो अधिनस्त स्विकार्न लगायर आफ्नो उपनिवेश बनायको भुभाग र् नेपालको सिमानाको आधारभुत अधिकारइक औपचारिक दस्तावेज हो। तेस्मा अहिले भारतले कब्जा गरेको नेपालको कलापानि लगायतको कुनै भुमि ब्रितिशले उपनिवेस बनायको सन १९४५ पछी मात्रै भारत भनिन थालेको भुभागमा पर्दैन। कालापनि लगायतको भुभाग भारतले सन १९५०को सन्धि पछी मात्रै मिच्न थालेको हो। सन १८१६को सुगौली सन्धि र् अङ्रेजले सन १९४५मा आफुले उपनिवेश बनायको भुभागलाई भारत नाम दियर संयुक्त राष्ट्र संघमा नयाँ मुलुकको रुप्मा सदस्य् बनाउन्दा संयुक्त राष्ट्र संघमा दर्ता गरेको नक्सा पल्ताउनुस्। नेपालले भारतले कालापनि लगायतको भुमिमा बल मिच्याई गरेर हद्पेकोमा संयुक्त राष्ट्र संघमा बा अन्तरास्त्रिय् अदालतमा कुरा उथाय् सुगौली सन्धि र् सन १९४५मा भारतले नै पेस गरेको नक्सा पल्ताउने डर को कारणले भारतले नेपाली बन्न लगायको सुगेहरु बाट “भारतले सिमना मिचेको कुराहरु अन्तरराष्ट्रियकरण गर्नु हुन्न; त्यस्तो गर्नु खोक्रो राष्ट्रवाद हो” भन्न् रताउन थालेको हो। आफु हारिने मुद्दामा जस्तै कास्मिरको कुरा; लाई बार्तामा अल्झाउन्दै जाने पछी।।।।गर्ने!! त् भारतको सकुनी दाउनै हो। तर यती नभुल्नुस् नेपाल कास्मिर होईन र् नेपालको नेताहरु भारतको ललिपपे वार्तामा उल्लु हुने भुट्टो होईन; उहिले कोही थिय् होलान तर अहिले तेस्तालाई नेपालीको बाबुमतले ठेगाना लगाई सके।

    ०२। सन १९४५ भन्दा अघि भारत भनिने देसको अस्तित्वनै थियन। भारतिय् उपमाद्विप नै भारत भन्ने देस होईन। भारतिय् उपमाद्विप को भुभाग भित्र त् नेपाल पाकिस्तान भुटान पनि पर्छ। सन १९४५ पछी भारत भनिन थालेको भुभाग बा देसमा त्यो भन्दा पहिले अङ्रेज मुगल स्पेन लगायत अनेकौ जात धर्मको ६१० भन्दा बढी आफ्नै आफ्नै नाम भयको सानो सानो देसहरु थियो तर भारत भनिने कुनै देसनै थियन। फेरी ती सबै देसका सित नेपाल र् नेपालीको सम्भन्द कुनै सित त् छन्दै थियन त् कुनै सित त् सत्रुताको सम्भन्द थियो; जस्तै बङाल सित। बङालको नववले त् नेपालमा ३० हजार सेना लियर हमला सामेत् गरेको थियो बङालकै अर्को नववले नेपालमा अङ्रेजलाई हमला गर्नमा २ करोद सहयोग समेत् गरेको थियो। अङ्रेज भन्दा पहिला दिल्लिको बादसाह मुगल थिय्। तेती बेला नेपालमा कुनै मुस्ल्मान नै थियन। नेपालमा मुसलमान् लाई बसोबास गराउन थालेको त् राजा रत्न मल्ल ले हो ४०० जना मुस्लिम कालिगदलाई नेपालमा बसोबास गरायर। त् कसरी तराइको उतरमा बस्ने नेपालीलाई पहाडी आदी भनेर तराई बाट लखेत्न खोज्नेको प्रब्भु पितामह भारत सित नेपालको हजारौन साल देखिको सम्भन्द रह्यो? अव भारत सित रोटी बेती रगतको नता छ् भन्नेको बारेमा सबै भन्दा खेद जनक कुरा जान्नै चाहनु हुन्छ भने सुगौली सन्धि पल्ताउनुस् तेस्मा नेपाललाई हराउनको निमित नेपाललाई गद्दारी गरेर अङ्रेजलाई सघाउने मधेसिलाई नेपालको सरकारले कार्यवाही नगर्ने शर्त तेर्सियको पनि।

    ०३। “१ करोद नेपाली ले भारतमा रोजी रोटी गरेर परिवार पाल्दैछ!!!” भन्न् पनि कसरी सकेको हो कुनै आधार छ् तपाईं सित यस्तो भन्न्? नेपाली भाषा बोल्ने भारतिय् पनि नेपाली हुन्छ? वरु हामी नेपाली भन्न् सक्छौ न कि करोदौन भारतीयले नेपाल पसेर नेपालीको रोजी रोटी र् पेसा खोस्दै छन र् अहिले उनिहरु देस समेत् तुक्राउन खोज्दै छन। प्रमाण तपाईंकै मोदिको सरकारको बिदेश मन्त्री रहेको सुस्मा स्वराजले उनिहरुको सदनमै नेपालमा २ करोद भारतिय् रहेको भनेको सम्झे पुग्छ।

    अव तपाईंले नेपाललाई भिखारी र् नेपालको नेताहरुलाई भारतले दियको लुटेए खाने लुताह भनेर तपाईंले जेल जानु पर्ने अपराध गरेकोमा:

    ०१। माई सन्सारमा लेखेको कुराको अभिलेख रहन्छ; याद गर्नुस्। तपाईंले नेपाल जस्तो सानो मुलुक को भुमि भारतले मिच्यो भन्नु “बिल गेत्सले भिखारी लुट्यो भनेको जस्तै हो” भन्ने कुरा हजारौ देस बिदेसकाले पढ्ने माईसन्सारमा लेखेर नेपाल भारतको अगाडि भिखारी मुलुक भयको अभिब्यक्ती दिनु भयको छ्। भारतले दियको लुति खाने नेपालको नेताहरु बिरुद्ध देस बिदेशमा रहेको राजादुर्तावाश घेर्नु भनेर नेपालको नेताहरुलाई विश्वामै बेईज्जत गर्न खोज्नु भयको छ्। ठुलै अपराध गर्न तम्सिनु भयो भारतले नेपालको कालापानि मिचेको बिरुद्ध उठेको आवाज दवाउन!!! मलाई लाग्छ तपाईं माथि कार्य्वाही हुन्छ।

    Reply
  10. Dinesh Chhetri says:
    November 18, 2019 at 3:53 am

    Raman Ji,

    तथ्य र तर्क सहित कुरा गरु मित्र !!!! तपाइको कमेन्टले नै देखाउछ, तपाइको भारत भक्ति !! कि तपाई भारतीय हो हैनभने सायद भारतीय मुलको नया नेपाली पर्नुभो कि ?? हैन भने कुन हिसाबले भन्नु भो, भारतमा १ करोड नेपाली हरु काम गरेर पेट पाल्छन भन्ने कुरा ?? सुगौली सन्धिले गर्दा आफ्नो भूभाग सहित गुमेर भारतीय बन्न बाध्य नेपाली मुलका भारतीयलाइ पनि नेपाली नागरिक देख्नुहुदो रहेछ !! नागरिक पक्का इन्डियन ले बोल्ने बोलि हो त्यो !! हाम्रो गुमेको भूभाग फिर्ता पाएपछि मात्र उनीहरु नेपाली नागरिक हुन्छन !!! होलान नेपालबाट कामको खोजीमा गएका २-४ लाख नेपाली नागरिकहरु !!! त्यो भन्दा सयोउ गुना बढी भारतीय कामदार नेपालमा छन् !!
    आइएमफको रेमिटेन्ससम्बन्धि प्रतिबेदन अनुसार पनि नेपालमा रहेका भारतीयले हरेकवर्ष ३ अर्ब डलर भन्दा बढी भारत पठाउछन जबकी भारतबाट नेपाल आउने रेमिटेन्स भनेको १ अर्ब पनि छैन !!! यस्तो सानो अर्थतन्त्र भएको नेपालले भारतलाई ३ खर्ब भन्दा बढी दिनु भनेको ठुलो योगदान हो !! लाखौ भारतीय भएका क्यानाडा अनि अस्ट्रेलिया भन्दा बढी रेमिटेन्स भारतले नेपालबाट भित्राउछ !! यो बाट नै प्रमाणित हुन्छ कि नेपालमा लाखौ भारतीय आप्रबासी कामदार छन् भन्ने !!!
    तपाइको जस्तो कुरा गर्ने हो भनेत नेपालमा लगभग १.५ करोड भारतीय आप्रबासी हरुले काम गरेर आफ्नो दाना पानि भरिरहेका छन् !!! हिसाब गर्नुस, लाखौ भारतीय कामदार र बिगत २-४ दसक भित्र विभिन्न जालझेल द्वारा नेपाली नागरिकता हात्यायेर नेपाली बन्न सफल बिहारी, इउपी र अरु मुलका भारतीय आप्रबासी —अहिलेका नया नेपाली हरु संख्या !!!
    भूभाग सहित भारतीय बन्न बाध्य नेपाली मुलका भारतीय हरु नेपाली नागरिक देख्ने तपैको आखाले सयोउ वर्ष देखि नेपालमा बसिरहेका तराई मुलका सच्चा नेपाली हरुलाई पनि भारतीय नै देख्ला नि. हैन ??.. तपाई आफु भन्नुस तपाई नया नेपाली बन्न सफल भारतीय हो हि अलि पुरानो भारतीय ????
    भारतीय बिस्तारबाद, मुर्दाबाद !!!
    जय ग्रेटर नेपाल, जय नेपाली !!!

    Reply
  11. Dinesh Chhetri says:
    November 18, 2019 at 3:51 am

    तथ्य र तर्क सहित कुरा गरु मित्र !!!! तपाइको कमेन्टले नै देखाउछ, तपाइको भारत भक्ति !! कि तपाई भारतीय हो हैनभने सायद भारतीय मुलको नया नेपाली पर्नुभो कि ?? हैन भने कुन हिसाबले भन्नु भो, भारतमा १ करोड नेपाली हरु काम गरेर पेट पाल्छन भन्ने कुरा ?? सुगौली सन्धिले गर्दा आफ्नो भूभाग सहित गुमेर भारतीय बन्न बाध्य नेपाली मुलका भारतीयलाइ पनि नेपाली नागरिक देख्नुहुदो रहेछ !! नागरिक पक्का इन्डियन ले बोल्ने बोलि हो त्यो !! हाम्रो गुमेको भूभाग फिर्ता पाएपछि मात्र उनीहरु नेपाली नागरिक हुन्छन !!! होलान नेपालबाट कामको खोजीमा गएका २-४ लाख नेपाली नागरिकहरु !!! त्यो भन्दा सयोउ गुना बढी भारतीय कामदार नेपालमा छन् !!
    आइएमफको रेमिटेन्ससम्बन्धि प्रतिबेदन अनुसार पनि नेपालमा रहेका भारतीयले हरेकवर्ष ३ अर्ब डलर भन्दा बढी भारत पठाउछन जबकी भारतबाट नेपाल आउने रेमिटेन्स भनेको १ अर्ब पनि छैन !!! यस्तो सानो अर्थतन्त्र भएको नेपालले भारतलाई ३ खर्ब भन्दा बढी दिनु भनेको ठुलो योगदान हो !! लाखौ भारतीय भएका क्यानाडा अनि अस्ट्रेलिया भन्दा बढी रेमिटेन्स भारतले नेपालबाट भित्राउछ !! यो बाट नै प्रमाणित हुन्छ कि नेपालमा लाखौ भारतीय आप्रबासी कामदार छन् भन्ने !!!
    तपाइको जस्तो कुरा गर्ने हो भनेत नेपालमा लगभग १.५ करोड भारतीय आप्रबासी हरुले काम गरेर आफ्नो दाना पानि भरिरहेका छन् !!! हिसाब गर्नुस, लाखौ भारतीय कामदार र बिगत २-४ दसक भित्र विभिन्न जालझेल द्वारा नेपाली नागरिकता हात्यायेर नेपाली बन्न सफल बिहारी, इउपी र अरु मुलका भारतीय आप्रबासी —अहिलेका नया नेपाली हरु संख्या !!!
    भूभाग सहित भारतीय बन्न बाध्य नेपाली मुलका भारतीय हरु नेपाली नागरिक देख्ने तपैको आखाले सयोउ वर्ष देखि नेपालमा बसिरहेका तराई मुलका सच्चा नेपाली हरुलाई पनि भारतीय नै देख्ला नि. हैन ??.. तपाई आफु भन्नुस तपाई नया नेपाली बन्न सफल भारतीय हो हि अलि पुरानो भारतीय ????
    भारतीय बिस्तारबाद, मुर्दाबाद !!!
    जय ग्रेटर नेपाल, जय नेपाली !!!

    Reply
  12. madan bajracharya says:
    November 18, 2019 at 12:51 am

    भारतले नेपालको भुमी र् श्रोत कब्याउन उस्ले कास्मिर सिक्किम भुटान, बङलादेस र् श्री लन्कामा प्रयोग गरेको सफल असफल कुतिल चाल् प्रयोग गर्दै आयको छ्। सारांस मा भन्ने हो भने सन १९५०को सन्धि जसरी जस्लाई प्रयोग गरेर गरायो तेही नै नेपालमा भरतिय् बिस्तारवाद प्रभुत्वबाद् र् सकेमा तराईनै कब्ज्याउने नसके नेपाललाई पनि भुटानलाई जस्तै नाम उस्को अघोसित उपनिबेस बनाउने देखी नेपालको भुभाग मिच्दै जाने कुतिल चालको ख्रिस्तभुमि हो। कास्मिरमा उस्ले आफ्नो पिथ्थुलाई प्रधान मन्त्री बनाएर राजालाई कम्जोर मात्रै होईन अपहरनको शैलिमा दिल्ली ल्यायर कास्मिर कब्यायको हो। तेस्तै गरेर उस्ले सिक्किम कब्ज्यायो। तेस्तै गरेरै उस्ले नेपालको कालापानि देखी तराईको बिशाल भुमी अतिक्रमन गर्दै आयको हो।

    कालापानि सन १९६२मा चाइना सितको युद्धमा हारेको भारतको सेनाहरु चाइनाको सेना बाट बाँच्न नेपालको कालापनिमा लुक्न आयको हो। तेती बेला चाइनाले आफ्नो घेरा वन्दिमा परेका २००० गोर्खाली सैनिकलाई नेपालमा बुझायको कुरा समेत् चलेको थियो। अब कुरा उथ्छ चाइना सितको लडाईंमा भारतले नेपालीलाई कसरी प्रयोग गरे। यो त् सरासर नेपाली गोर्खालीलाई भरतिय् सेनामा भर्ती गर्ने सन्धिको बिपरित हो। भारतले त्यो सन्धि अनुसार उस्को सेनामा भर्ती गरेका नेपाली गोर्खाली सैनिकलाई प्रयोग गर्नै पाउन्दैन। सान्च्चै भनु भने उस्ले आफ्नो सेनामा भर्ती गरेका नेपाली गोर्खालीलाई नेपालको मित्र राष्ट्रहरु श्रिलन्का पाकिस्तान बङलादेस देखी भुटानमा प्रयोग गरेर ती देसहरु लाई नेपाल उनिहरुको मित्र नभयको सोचाईमा पुर्याउने षड्यन्त्र समेत् गर्दै आयको छ्। तापनी कोही बोल्दैन्।

    कालापानि भारतले कब्ज्यायको मुद्दा बार्ता बाट सुल्झ्न्दैन। भारत हारिने मुद्दा भारतले बार्तामै उल्झ्याई राख्छ। कास्मिर यस्को अकाती प्रमाण हो। भारतले कास्मिर कब्ज्यायको कुरालाईइ संयुक्त राष्ट्र संघले औपचारिक तवरलेनै “अबैधानिक” घोषणा गरेको थियो। तव भारतले पाकिस्तान सित कस्मिर को मुद्दा वार्ता बाट सुल्ज्याउने सन्धि गरे। बार्ता गर्दै उस्ले समय बिताउन्दै त्यहा कास्मिर स्वतन्त्र देस भयको भन्ने आवाज निमोथ्थ्दै अहिले कास्मिर उसैको भने। ठीक यस्तै त् गर्दै आयको छ् कालापानिमा पनि। सुनेकै होला त्य्हाको नेपालीलाई भारतले भरतिय् नागरिकता र् रासन कार्द दिन्दै आयको। भनेको मतलव कलापानि नेपालको भयको कुरा भारत सित गर्दै नगर्ने होईन। वार्ता त् गर्ने तर समय सिमा तोकेर। तोकेको समय भित्र कलापानि बाट भारतको सेना हतायर कालापानि लगायत अहिले त्य्हा उस्ले कब्जा गरेको भुमी नेपालको भयको कुरा औपचारिक रुप्मा नस्विकारे नेपालले यो कुरा संयुक्त राष्ट्र संघ देखी हेगको अन्तरास्त्रिय् अदालतमा जाने प्रकृया पनि थाल्नै पर्छ।

    भारतले सिधै नेपाललाई कालापनिको मुद्दा लाई अन्तरास्त्रिय् करण नगर भन्न् सक्दैन तर भारतले भन्न् नस्क्ने कुरा भारतको निमित नेपालमा सडक देखी सदन नै थर्काउने हरु हिजो अस्ती भन्दा काम होईन धेरै हुन सक्ने कुरामा सचेत र् सतर्क रहनु पर्छ। अहिले भारतले कब्ज्यायको कालापानिको भुमी नेपालकाइ भयको कुरा भरतलाई बढी जानकारी छ्। तेस्को प्रमाण सन १९४५मा भारत पनि विश्वामा नयाँ देस भयको भनी दर्ता गर्दा उसैले पेस गरेको नक्सा हो। संयुक्त राष्ट्र संघमा भारतले उस्को देसको जती सिमाना तोकेको छ् त्यो भन्दा यक इन्च बढी भुमी उस्को होईन। यो कुरा उसैले नकार्न सक्दैन।

    Reply
  13. saperu says:
    November 17, 2019 at 9:10 pm

    sathi le j lekhyo ni galat lekhe ni ekdumai mann chhoyo.. Sayad yo pani “Stockholm syndrome” jastai vayo..
    Tathya galat vaye pani.. prastuti le sarai mann chhoyo..
    hats off

    Reply
  14. raman says:
    November 17, 2019 at 4:52 pm

    भाई हो यस्तो मुर्खता नगर । यी जमिन हरु ऐले देखि होइन ब्रिटिशको पाला देखि नै भारतले आफ्नो भनेको । यो अन्तरास्ट्रियकरण गर्ने कुरै होइन । यस्तो मुर्खता पूर्ण खोक्रो रास्ट्रवाद नदेखाऊ । हजारौ वर्ष देखि रही आएको हाम्रो मित्रता र रोटि बेटीको सम्बन्धलाइ धमिलाउने काम नगर । यसले कसैलाई राम्रो गर्दैन ।

    १ करोड नेपालीहरु भारतमा काम गरेर आफ्नो पेट र परिवारको पेट पालीराछान । यी भुमि भनेको नेपाल सरकारलाई यो ठाउँ बाट २ पैसा पनि कर आउदैन । भारत नेपाल भन्दा येति ठुलो छ उसलाई नेपाल जस्तो सानो मुलुकको जग्गा अतिक्रमण गरेर उसको कुनै स्वार्थ पुरा हुन्छ भन्नु हास्यापद हो । यो भनेको बिल गेट्स ले एउटा भिखारीलाई लुट्यो भने जस्तो हो । नेपाल एउटा सानो हिन्दु बहुसंख्यक राष्ट्र भएकोले र पशुपतिको देश भएकोले, ८० प्रतिशत नागरिकहरु हिन्दु भएको देश भारतका नागरिकहरु नेपाल र नेपाली प्रति सहानुभूतिनै राख्छन ।

    नेपालले संबिधान बाट हिन्दु राष्ट्र हटाएकोमा मैले बिदेशमा भेटेका हरेक भारतीय दुखि छन् किनकि त्यसमा उनीहरुले आफ्नोपन भेट्थे । हरेक वर्ष भारतले नेपालको लागि भनेर बजेटमा नै अरबौ पैसा राख्छ । बुद्धि छ भने नेपाली राजदुतवास घेर जुन देशको सरकारले भ्रस्टाचार र लुट मचाई राखेको छ , भारतले नेपाल र नेपाली को लागि दिएको पैसाको लुट मचाउने आफ्नै देशका नेता हरुको बिरोध गर ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme