Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँमा पोलेको गन्ध : तीन जना समातिए तर अझै खुलेन यति धेरै ठाउँमा कसरी फैलियो गन्ध?

Posted on November 5, 2019November 6, 2019 by Salokya

हिजो राति काठमाडौँ उपत्यकामा त्रा स फैलिने गरी जलाएर गन्ध फैलाएको आरोपमा प क्रा उ परेका तीन जना हुन् यी माथि देखिएका। दुघ जना भारतीय नागरिक हुन् भने एक जना चाहिँ नेपाली हुन्। उनीहरुलाई ललितपुरको नख्खुखोला छेउमा ठूलो मात्रामा हड्डी र कपाल जलाइरहेको अवस्थामा सोमबार राति पक्राउ गरिएको हो। गन्ध अलि पहिलेदेखि नै राति राति आउने गरेको भएता पनि हिजो भने फेसबुकमा समेत निकै फैलिएको थियो। यही क्रममा प्रहरीको १०० नम्बरमा पनि स्थानीय बासिन्दाले खबर गरेका थिए भने स्थानीय क्लबले उजुरीसमेत दिएका थिए।

नखिपोटका स्थानीय बासिन्दाहरुले कात्तिक ८ गते नै गन्ध फैलिएको भन्दै आवश्यक छानबिनका लागि प्रहरीमा उजुरी दिएका थिए।

यही क्रममा अनुसन्धान गर्ने क्रममा ललितपुरको वडा नम्बर १४ स्थित कान्तिपुर काेलाेनी टाेल र लाेहाचाेक टाेलबाट नजिक नख्खुखाेलाकाे छेउमा कात्तिक १८ गते राति जनावरका हड्डी र छाला पाेल्दापाेल्दै गरेकाे र अत्यन्त दुर्गन्ध फैलिरहेकाे अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरेकाे थियो।

उनीहरुलाई वातावरण प्रदूषण गरेको कसुरमा सजाय गर्ने भनिएको छ।

तर अब यहाँ प्रश्न उठ्छ- नख्खु खोलामा जलाएकै गन्ध ललितपुरको एकान्तकुना, मंगलबजारदेखि काठमाडौँको बानेश्वर, त्रिपुरेश्वरमा फैलिएको हो त? माइसंसारले हिजो यो बारेमा पहिलो ब्लग लेख्दा आएका ३१ वटा कमेन्टमा पनि काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा गन्ध आएको उल्लेख छ।

कुसुन्ती, नयाँ बानेश्वर, बुद्धनगर, कुपण्डोल, सुन्धारा, पुल्चोक, कोटेश्वर, लगनखेल, गाबहाल, लोकन्थली, झम्सिखेल, अनामनगर, मैतिदेवीमा यस्तो गन्ध आएको माइसंसारका पाठकले लेखेका छन्।

यति धेरै ठाउँमा यसरी दुर्गन्ध फैलिनुको कारण के हो त? यी तीन जनाकै कारणमात्र यति धेरै ठाउँमा दुर्गन्ध फैलिएको त पक्कै हैन।

के त्यसो भए नख्खुखोला छेउमा जस्तै काठमाडौँको अन्य खोला छेउमा पनि राति राति यसरी नै जनावरको छाला र हड्डी जलाउने गरिन्छ? सम्भावना प्रवल छ। किनभने गन्ध दिउँसो आउँदैन, राति मात्र आउँछ। दिउँसो जलाउँदा अरुले पनि थाहा पाउने भएकोले कसैले थाहा नपाउने गरी राति मात्र जलाएका हुन् कि?

अर्को प्रश्न उठ्छ- उनीहरुले किन यसरी जलाए त?

जनावरका हाड, छाला र रौं मल बनाउनका लागि जलाएको पक्राउ परेका व्यक्तिले स्वीकार गरेको भनिएको छ। काठमाडौँ उपत्यकामा पशुपन्छी वध गर्दा दैनिक ६० टन फोहर निस्कने रहेछ।

तीन जना त पक्राउ परे, तर यसरी नै अरु ठाउँमा गन्ध फैलाउनेहरु पक्राउ पर्लान् त ?

राति १ बजेको थियो होला, यही गन्धले बिउँझिएर भान्सामा, झ्यालबाट बाहिर छिमेकीकोमा र आँगनसम्म हेरेकी थिएँ । मासु पोलेको जस्तो तर एकदमै नमिठो र डढेको, दिगमिग लाग्ने र निसासिने । बालुवाटारमा, पहिलो पटक थाहा पाएकी । कति धेरैलाई असर पारेको रहेछ !https://t.co/W0WemPPtRN

— Richa Bhattarai (@15n3quarters) November 5, 2019

त्यो दिन म रुम बाहिरै बसेको थिएँ। राती करिब २ बजे घरबेटी दिदिले फोन गर्नुभयो "ग्यास खुल्लै छ जस्तो छ। गन्ध आयो, चेक गर्नु।" मैले रूममा फोन गरेर बुझ्दा ग्यास बन्द रहेछ। तर गन्ध अन्त पनि आएकै रहेछ। https://t.co/u2o5aEw5GY

— DIPESH (@DipeshShahi) November 5, 2019

भाइटिकाको दिन बिहान ११:३० बजे तिर हामी माथि कौसीमा हुँदा कुहिएको माछको गन्ध आयो । कता बाट आयो कता…फेरि एकैछिन मा हरायो । अचम्मै परेका थियौँ हामी । not sure if this is related to the others…

— rupa joshi (@rupajoshi) November 5, 2019

के भन्छ प्रहरी?

उपरोक्त सम्बन्धमा जिल्ला ललितपर म.न.पा.वडा न.१४ स्थित बुद्धमार्ग टोलमा बिगत ५/६ महिना अगाडिदेखि जनावरहरुको हड्डी तथा रौँसमेतका दुर्गन्धित चिजवस्तुहरु भेला जम्मा गरी ल्याई आगो लगाई डढेको दुर्गन्धीत धुँवाले स्थानीय सर्वसाधारण तथा सडकमा हिँड्ने मानिसहरु समेतको स्वास्थ्यमा प्रत्यक्ष असर परेको हँदा आबश्यक छानबिन गरी कारबाहा गरीपाउँ भनी बुद्धमार्ग युवा क्लब नख्खीपोट ललितपुरको पत्र यस कार्यालयमा प्राप्त भएको हुँदा मिति २०७६।०७।१८ गते राति २३:२० बजेको समयमा यस कार्यालयबाट प्रहरी अधिकृत समेतको टोली उक्त स्थानमा खटी गई हेर्दा जिल्ला ललितपर म.न.पा.वडा न. १४ कान्तिपुर कोलोनी नजीकै रहेको नख्खु खोलाको किनारमा निम्न मानिसहरुले जनावरको हड्डी,छाला तथा रौंहरु डढाइरहेको अवस्थामा फेला पारी तत्काल दमकलको सहायताबाट उक्त हड्डीमा लगाएको आगो नियन्त्रण गरी उक्त कार्यमा संलग्न रहेका ब्यक्तीहरुलाई नियन्त्रणमा लिई वातावरण प्रदुषण हुनबाट तत्काल रोकिएको।

यसरी गैर कानुनी रुपमा स्थानीयको स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने गरी वातावरण समेत प्रदुषण गर्ने निजहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त हड्डी हामीहरुले नै डढाई दुर्गन्धित बनाएको भनी मुख साबीत गरेकोले स्थानीय मानिसहरुलाई समेत भेला जम्मा गरी घटनास्थल मुचुल्का गरी निजहरुलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याएको हुँदा आवश्यक कारबाहीको लागी निम्न कागजात सहीत निम्न मानिसहरुलाई यसै पत्र साथ पठाइएको व्यहोरा अनुरोध गरिएको छ।

निम्न:
१) जिल्ला ललितपुर सुनाकोटी न.पा.वडा न. १ बस्ने वर्ष ४८ को राजेश शेर्पा।

२) भारत देश दिल्ली बसिगला घर भई हाल जिल्ला ललितपुर सुनाकोटी न.पा.वडा न.१ बस्ने वर्ष २८ को साजीत मुस्लीम।

३) ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने वर्ष १८ को फेसल मुस्लीम।

४) मिति २०७६/०७/१८ गतेको स्वास्थ्य परीक्षण पत्र पाना १

५) ऐ गतेको घटनास्थल मुचुल्का पाना ३ ।

६) मिति २०७६/०७/०८ गतेको बुद्वमार्ग युवा क्लब नख्खीपोट ललितपुरको पत्र पाना १।

(तपाईँले पनि यस्तो गन्ध थाहा पाउनु भएको थियो? यी व्यक्तिहरु पक्राउ परिसकेपछि गन्ध आएको छ कि छैन? आफ्नो अनुभव आफू बसेको ठाउँको नामसहित तल कमेन्टमा लेख्न सक्नुहुन्छ)

3 thoughts on “काठमाडौँमा पोलेको गन्ध : तीन जना समातिए तर अझै खुलेन यति धेरै ठाउँमा कसरी फैलियो गन्ध?”

  1. SUSHIL says:
    November 8, 2019 at 8:08 am

    पोल्न लगाउने ठेकेदार खोइ त?
    त्यो हड्डी कुटेर धुलो बनाएर माटोमा मिसाउन मिल्दैन?
    दैनिक हज्जारौं किलो हड्डी निस्किन्छ होला त काठमाडौँबाट।

    Reply
  2. ravi dahal says:
    November 7, 2019 at 1:04 pm

    मान्छे पक्राउ परेको कारणले हो वा अन्य कुनै कारणले तर दोश्रो दिनदेखि पोलेको असह्य गन्ध आएको छैन ।
    स्थानः कुपण्डोल ।

    Reply
  3. कमल says:
    November 6, 2019 at 11:22 am

    मध्यराती हाडखोड जलाउन पर्ने कारण के पर्या होला? के कस्ता जानवरका हड्डी र रौं हुन? जांच परिक्षण गरिनपर्छ
    अरु कुनै कार्यको “कभर” त हैन?
    विस्त्रित छानवीन हुनपर्‍यो| रहस्यमय देखिन्छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme