Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँमा राति पोलेको चर्को गन्ध कसरी फैलियो?

Posted on November 5, 2019November 5, 2019 by Salokya


काठमाडौँ, ललितपुर र भक्तपुरमा समेत सोमबार राति चर्को पोलेको गन्ध आएको धेरै जनाले महसूस गरेका छन्। फेसबुकमा धेरै ठाउँबाट बासिन्दाहरुले पोलेको गन्ध आएको भने पनि यथार्थ थाहा हुन सकेको छैन। प्रहरीको १०० नम्बरमा यसबारे सोध्दा जानकारी नभएको बताइयो।

ललितपुरको एकान्तकुना, मंगलबजार, कुसुन्ती, च्यासल, पुल्चोक, कुमारीपाटी, सातदोबाटो, गाबहाल आदि ठाउँका बासिन्दाहरुले राति अबेरसम्म पोलेको गन्ध आएको बताएका छन्। अझ कतिपयले त मान्छे पोलेको जस्तो गन्ध आएको समेत बताएका छन्।

त्यसैगरी काठमाडौँमा पनि बानेश्वर, अनामनगर, धोबिखोला, तीनकुने, सुविधानगर आदि ठाउँमा गन्ध आएको त्यहाँका बासिन्दाहरुले फेसबुकमा लेखेका छन्।

रातो मच्छिन्द्रनाथ नामको एउटा फेसबुक पेजमा राति राति यस्तो गन्ध आएको चौथो पटक भएको लेखिएको छ। त्यसको कमेन्टमा र त्यो पोस्टलाई सेयर गर्नेहरुले पनि आफूहरुलाई पनि गन्धले असर पारेको लेखेका छन्।

त्यसैगरी फेसबुकका अरु विभिन्न ग्रुपहरुमा पनि गन्धको खबर फैलिएको छ।

के यो वायु प्रदूषणको असर हो?

भारतको नयाँ दिल्लीमा पनि वायु प्रदूषणका कारण पोलेको गन्ध आएको त्यहाँका बासिन्दाले लेखेका छन्।

दिल्लीको वायु प्रदूषणको असर काठमाडौँसम्म नपुग्नु पर्ने हो। फेरि दिल्लीमा त वरपरका राज्यहरुमा पराल जलाएका कारण प्रदूषण भएको भनिएको छ। काठमाडौँमा त यस्तो नहुनु पर्ने हो। फेरि गन्ध राति मात्र किन आयो त? दिउँसो र उज्यालोमा पनि आउनु पर्ने हैन?


काठमाडौँको प्रदूषण दिल्लीको जस्तो स्तरमा पुगिसकेको पनि हैन।

त्यसो भए के कुनै रासायनिक पदार्थ लिक भएको गन्ध हो त यो? कि हल्लामात्रै हो यो? फेसबुकमा धेरै कुरा हल्लामात्रै पनि हुन्छन्। तर जुन किसिमले एकै पटक धेरै ठाउँका धेरै मान्छेले आफूले पनि गन्ध थाहा पाएको भनेर लेखेका छन्, त्यो हेर्दा हल्लामात्र जस्तो पनि देखिन्न।

वास्तवमा के भएको होला?

के तपाईँले पनि गन्ध थाहा पाउनु भएको छ? छ भने कुन ठाउँमा कस्तो गन्ध हो? तल कमेन्टमा लेख्न सक्नुहुन्छ।

38 thoughts on “काठमाडौँमा राति पोलेको चर्को गन्ध कसरी फैलियो?”

  1. Pingback: यो वर्ष सबैभन्दा बढी पढिएका १० ब्लग कुन-कुन? « Mysansar
  2. madan bajracharya says:
    November 6, 2019 at 9:22 pm

    मसान घाट बा खेत तिर तेस्ताइ केही पोलेकोले निक्लियको गन्ध यति फैलिन्दैन। यस्तो सित गन्ध फैलिने त् चिमनी भयको कुनै स्थानमा दिउसो अरुलाई देखाउनु नहुने कुरा रती जलायको हुनु पर्छ; जस्तै आलमले इन्ता भात्तामा जिउन्दै घाईते पोलेको जस्तै बा सिधै नदिमा फाल्न नमिल्ने जैबिक फोहर लुकायर चिमनी भयको भात्तामा जलायको आदी। तेसैले त्यस्तो गन्ध फैलियको स्थानमा त्यो समयमा कता बाट हावा बहने गर्छ तेस्को बिपरित दिसामा अग्लो चिमनी भयको भात्ता बा जलाउने स्थान कहाँ छ् तेस्को खोजी गर्नु पर्ला जस्तो लाग्छ। मान्छेनै मारेर पोलेको होला जस्तो त् लाग्दैन् तर मरेको मरियको पसुहरु बा तेस्ताको अवशेश जुन पहिला सिधै नदिमा फाल्ने गर्थ्यो त्यस्तो कुराहरु चिमनी भयको भत्तामा राती राती लुकायर बाल्ने गरेको पनि हुन सक्छ। संखाको घेरामा महानगर बा महानगर सित फोहर फाल्ने थेक्कामा लियकाहरु, अस्पातल र् उपत्यकाको आस्पास भयको जैविक फोहर बिसर्जन गर्न सक्ने कुनै पनि आउन सक्छ.

    Reply
  3. श्रीकृष्ण अधिकारी says:
    November 6, 2019 at 4:37 pm

    त्यो त नवराज काकाले राँगाको मासु पोलेको हो छोयला बनाउनको लागि ।

    Reply
  4. Laxmi Datt Paintola says:
    November 6, 2019 at 1:42 pm

    सुनकोशी दुर्घटनाका मृतकको शव दाहसंस्कार को गन्ध होला हो।

    Reply
  5. शिवराम भण्डारी says:
    November 6, 2019 at 9:42 am

    यता मिनभवन तिर पनि तिहार अगाडी राती ११ बजे देखि ०४ बजे सम्म रौं डढेको जस्तो तिखो गन्ध आएको थियो तर एकदिन मात्र त्यसपछि त्यस्तो भएको छैन ।

    Reply
  6. Lbrumba says:
    November 6, 2019 at 8:59 am

    Boudha Area Dhara tole ma pani 2 din jatti vo raati fohar jalako ghanda auchha. kunai thauma fohar jalayo ki ?

    Reply
  7. Pingback: काठमाडौँमा पोलेको गन्ध : तीन जना पक्राउ तर अझै खुलेन यति धेरै ठाउँमा कसरी फैलियो गन्ध? « Mysansar
  8. Hemanta says:
    November 5, 2019 at 10:53 pm

    सुन्धारा, ललितपुर तिर हिजो राति १२ वजे देखि ३ वजे तिर सम्म यस्तै गन्ध आएको थियो | बिगत १ महिना देखि केहि दिन बिराएर यस्तै गन्ध आइरहेको छ |

    Reply
  9. Binod Tandukar says:
    November 5, 2019 at 9:36 pm

    New baneshwor, Buddhanagar mah 2 week aagadi ne smell aayeko theeyo hijo pani same smell after 11 am.

    Reply
  10. उत्तम काप्री says:
    November 5, 2019 at 4:51 pm

    म ललितपुर कुसुन्ती बस्छु। केही दिन यता मासु पाेलेकाे गन्ध आउने गरेकाे छ।

    Reply
  11. रवि दाहाल says:
    November 5, 2019 at 3:32 pm

    हिजो राति (सोमबार)८ बजेदेखि ११ बजेसम्म (निदाउनु अघिसम्म) भिजेको काठमा धुवाँ फुस्फुसाउँदा निस्किने गन्ध आएको थियो । स्थान: कुपण्डोल । झ्याल खुला राखेर निदाउने भएकोले यो गन्ध म, श्रीमति र छोरीले महशुस गरेपनि शायद झ्याल बन्द भएको कारणले होला मंगलबार बिहान आमाबुवाले त्यस्तो गन्धबारे अनभिज्ञता प्रकट गर्नुभयो ।

    Reply
  12. Dammar says:
    November 5, 2019 at 3:16 pm

    Pulchowk ma hijo beluka maile pani feel gareko poleko jasto k ko gandha ho bhanera kothama, kitchen ma sabai tira heriyo tara thaha bhayana.

    Reply
  13. Shristi says:
    November 5, 2019 at 3:11 pm

    koteswor areama pani yesto bhayeko thiyo. rati ko 2/3 baje yesto manchhe poleko jasto ganda aayeko thiyo. yo ganda aaunu bhanda agadi kehi manchhe haru dhoka dhakdhakaudai hideko pani thiyen.

    Reply
  14. BIMAL CHANDRA SHARMA says:
    November 5, 2019 at 2:05 pm

    यो हल्ला हैन यथार्थ हो l यो मासु पोलिएको जस्तो , रौँ जलाईएको जस्तो गन्ध मैले अनुभव पनि बिभिन्न स्थानहरुमा पटक पटक अनुभव गरेको छु l

    राजनैतिक बिषयमा बढी केन्द्रित नेपाली संचार माध्यमहरु यस्ता बिषयमा पनि ध्यान दिनु पर्यो !

    यस बिषयको उत्थान गरेकोमा mysansar.com लाई धन्यबाद !

    Reply
  15. Shanti gurung says:
    November 5, 2019 at 1:51 pm

    Malai pani rati akdam gandha ayeko thiyo. Lagankhel

    Reply
  16. pariwartan says:
    November 5, 2019 at 1:40 pm

    ललितपुरको गावहालमा पनि निकै नै गन्ध आएको थियो तर यसबारे चासो दिइएन ।

    Reply
  17. Shankar says:
    November 5, 2019 at 1:39 pm

    अमेरिका ले कतिसम्म परमाणु विकिरण मा मान्छे बाच्न सक्छ भन्ने परिक्ष्याँन गर्न प्रसान्त महासागर को एउटा टापु मा बर्सौ न्युक्लियर टेस्ट गर्यो र त्यहा का जनजातिलाई केहि सुबिधा दियो , उनीहरुलाई सिकागो ल्याब मा ल्याएर टेस्ट गर्यो ।
    बिदेसिको रक्श्या को लागि मोर्नदाजुभाइ निर्यात गर्ने , बम्बै कोठीको बेस्या वृत्ति को ब्यापार मा चेली बेटी निर्यात गर्ने देश मा यी रास्ट्र द्रोही , देश द्रोही नेताहरुको मिलोमतो मा जे पनि हुन् सक्छ ।
    आज को इनिहरुको लोकतन्त्रात्मक समाबेसी गणतन्त्र मा यो रोकिनु पर्ने किन रोकिएको छैन ? हिजो का सासक हरुले नेपाली युवा बेच्दै , बिर गोर्खाली भएको कारण बिदेसिले मन पराएका भन्दै प्रचार गरे , किताब मा लेखे पनि फताह हरुले ।
    नेपाल को छेउ मा तारा पुर् परमाणु केन्द्र बनायो इन्डिया ले , साउथ इन्डिया मा बिक्रि गर्न न मिलेको विकिरण युक्त माछा हरु खुसुक्क नेपाल भित्राइयो भनियो , केहि समय अगि बिसादियुक्त इन्डियन तरकारीको बजार नेपाल भयो । न आफ्नो धर्म , संक्सार , रिति रिवाज मान्ने तेस्मा गर्ब गर्ने परे र नाफा हुन्छ भने आफ्नै बाउ , आमा स्वास्नी पनि बेच्ला जस्तो पाखे हरुको सासन मा यो त् के अझ के के हुन्छ हेर्दै जाम ।
    घर घर पाइप लाइन , गाउमा बाटो , हुलाकी मार्ग इन्डिया ले ल्याइदिन पर्ने , रेल , जहाज , कल कारखाना चीन ले बनाइदिन पर्ने । आफु चै देश को बजेट खत्तम पार्दै विदेश सयर गर्ने , उपचार खर्च भन्दै दोहन गर्ने को एस्तो हर्कत बढ्दै जाने हो भने गन्हाउने मात्र हैन नेपालि को नाकै खस्छ कुन बेला ।
    कुनै खालको परिक्ष्याँन त् हैन यो गन्ध ?सित्तैमा सुति सुति गफ हाकेर बिकास खोज्ने ले कतै गलत सम्झौता त् गरेको हैन ?

    Reply
  18. hita says:
    November 5, 2019 at 12:05 pm

    हो हिजो राती करिव ९ बजे तिर होला..
    loakanthali area..
    smell like मान्छे जलाको..

    Reply
  19. dibya bajracharya says:
    November 5, 2019 at 11:59 am

    aayeko thiyo jhamshikhel maa, hijo baata doshro patak. rati 10 start hun6 bihan 3 baje samma pani aayekai hun6.

    Reply
  20. RK Shrestha says:
    November 5, 2019 at 11:23 am

    ललितपुरको सुन्धारा आसपास पनि राती २ देखी ४ बजेको बिचमा यस्तो मासु पोलेको गन्ध आउन्छ ।

    Reply
  21. sushil maharjan says:
    November 5, 2019 at 11:22 am

    yeess i doo smell for many times..from patan sundhara

    Reply
  22. Sumina Shrestha says:
    November 5, 2019 at 11:22 am

    We too had that experience several times. We live at Sinchahity,Lalitpur.

    Reply
  23. सुरेन says:
    November 5, 2019 at 11:19 am

    हल्ला हाेइन याे यथार्थ हाे । राति सुत्न नै नसक्ने गरि एकदम मासु पाेलेकाे जस्ताे गन्ध अाएकाे मैले पनि चाल पाएकााे छु । हिजाे दिउँसाे पनि साेही प्रकारकाे गन्ध अाएकाेे थियाे ।

    Reply
  24. Prakash khadka says:
    November 5, 2019 at 11:16 am

    आज राती १० बजे आसपास देखि, टायार पोलेजस्तो खै कस्तो धेरै गनायो । पुरै घर चेक गरे मे जल्यो भनेर । तनाव भयो । अनामनगर – भाटभटेनी छेउ ।

    Reply
  25. Rupace Karki says:
    November 5, 2019 at 10:39 am

    maile pani ganda thaha pako thiye.. testai rat ko 11-12 bajeko hunu parchha..ganda chai aaune jane jasto vairako thiyo..maile ori pari kehi jalyo ki vanera ni herey..

    Reply
  26. BR bekha says:
    November 5, 2019 at 10:17 am

    कुरा सहि हो । राती ११- १२ बाट यस्तो गन्ध आईरहेको तीन दिन जति भयो ।

    Reply
  27. Basanta says:
    November 5, 2019 at 9:52 am

    Yes i also feel the same smell, its my 2nd time feeling this deadly smell. i am unable to breadth easily.

    Reply
  28. रबिन्द्र says:
    November 5, 2019 at 8:59 am

    मैले चाही हाेजाे धाेविखाेला र वागमती मा एकदम कालाे, धमिलाे र गन्हाउने पानि बगेकाे देखेकाे हुँ । मित्रपार्क ।

    Reply
  29. CheT ShresTha says:
    November 5, 2019 at 8:58 am

    मैले दूध dadheko ganayekoo राँगा भैँसी पोलेको ganayekoo thiyoo.

    Reply
  30. बिपिन भट्टराई says:
    November 5, 2019 at 8:05 am

    राती 12:30 तिर एक्कासी निन्द्रा खुल्यो! कडा किसिमको गन्द थियो जुन बिहान 4 बजे सम्म थियो! सुत्नै सकिएन! स्थान: एकान्तकुना,ललितपुर

    Reply
  31. Prajwal says:
    November 5, 2019 at 6:16 am

    Today I worked whole night. I also smelled like bbq many times…. (Anamnagar).

    Reply
  32. Guru prasad gautam says:
    November 5, 2019 at 6:10 am

    Jagadmba simara bara ko ho

    Reply
  33. Dhana Rokka says:
    November 5, 2019 at 6:08 am

    I feel in bhaisepati lalitpur also

    Reply
  34. Damber Nepali says:
    November 5, 2019 at 5:32 am

    Gandha ako sahi ho maile pani plastic dadheko/ jalayeko jadto gandha raati thaha paye

    Reply
  35. गुरु प्रसाद गौतम says:
    November 5, 2019 at 4:54 am

    गन्ध सिमरा बाराको जगदम्बा उधोग बाट राती राती मात्रै हुनै प्रदुषण हो जस्तो लाग्छ राती पुरै आकाश जगदम्बा को प्रदुषण हुन्छ

    Reply
  36. Dev kumar shrestha says:
    November 5, 2019 at 3:02 am

    काठमाण्डू को घेरै एरियामा भए दिल्ली को सानो क्षत्र मा भए स्थानिय स्तर को हुनु पर्छ त्यस्को लागी ८ / १० की.मी. दुरी मा
    फ़ोन संपर्क मा थाहा हुन्छ ।

    Reply
  37. Manjil says:
    November 5, 2019 at 2:00 am

    Me too and few coworker from kadaghari

    Reply
  38. सुभाष निरौला says:
    November 5, 2019 at 1:18 am

    हो गन्धले उठेर मैले पनि भित्र बहिर तल माथी सोधखोज गर्दै थिये….. मैतिदेवी

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme