यसपालि दशैँ तिहारमा खासै केही दुर्घटनाका खबर नआएको भनेर ढुक्क पनि के हुनु र, आज एउटा ठूलै दुर्घटना हुनपुग्यो अरनिको राजमार्गमा। दोलखाको मुडे देउरालीबाट काठमाडौँ आइरहेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुकुटेमा नियन्त्रण गुमेर सुनकोशी नदीमा खस्यो। आइतबार रातिसम्मको जानकारी अनुसार ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। देशमा यति ठूलो दुःखको घटना हुँदा पनि सरकार र विपक्षी दलका नेताहरु भने आफ्नै ध्याउन्नामा छन्। उनीहरुलाई आफ्नै चिन्ता छ। प्रधानमन्त्रीले एउटा शोक वक्तव्यसम्म जारी गर्न आवश्यक ठानेका छैनन् आइतबार रातिसम्म। विपक्षी नेपाली कांग्रेसले प्रदेश प्रमुख बर्खास्त गरिएकोमा मात्रै चिन्ता व्यक्त गरेको छ। गृह मन्त्रालयले पनि केही भनेको छैन।
सिन्धुपाल्चोकको सुकुटेमा बा २ ख ७२४५ नम्बरको बस दुर्घटना
बस सुनकोशीमा खस्यो, कम्तिमा ६ जनाको शव फेला, अझैपनी हताहत भएको आशंका#AP1HD #Flashnewsभिडियो : नानिराम नेपाल pic.twitter.com/NAj6xz1Fbo
— AP1 HD TV (@AP1TV_Official) November 3, 2019
धन्न त्यता र्याफ्टिङ गर्ने ठाउँ। र्याफ्टिङ डुङ्गा तत्काल लगेर बसका केही यात्रुहरुको उद्दार गरे।
दुर्घटना हुनमा चालक र गाडीको अवस्था नै दोषी भएको जस्ता खबरहरु आइरहेका छन्। चालकले लापरवाहीपूर्वक गाडी चलाएको भनेर बसकै यात्रुहरुले बताएको समाचारमा आएको छ। त्यस्तै गाडी बिग्रिएको भन्ने दावी पनि यात्रुहरुले गरेका छन्।
यो दुःखद दुर्घटनामा ज्यान गुमाउने १७ मध्ये १० जना त महिला छन्। ज्यान गुमाउने पाँच पुरुषमध्ये तीन जना बालक रहेका छन् भने एक बालिका छिन्।
मृत्यु हुने पहिचान खुलेकाहरुमा
दोलखा जिल्ला शैलुङ–६ की ५२ वर्षीया चेतकुमारी बस्नेत,
शैलुङ–४ का छ वर्षीया सलिना तामाङ,
शैलुङ–३ का तीन महिनाका बालक रोशन तामाङ,
शैलुङ–३ कै २७ वर्षीया चमेली श्रेष्ठ,
शैलुङ–५ का ४५ वर्षीया रत्नकुमारी रावत,
शैलुङ–५ का २९ वर्षीय किरण रावत,
शैलुङ–५ का २० वर्षीया कविता रावत
शैलुङ–५ का १४ वर्षीय निखिल खड्का
शैलुङ–४ का १४ वर्षीय दिल लामा,
शैलुङ–३ का ३२ वर्षीया निर्मला खड्का,
काभ्रेपलाञ्चोक रोशी–४ की पाँच वर्षीया सजिना तामाङ,
दोलखाका ७० वर्षीया उरमाया तामाङ
भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसी
सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी–४ की छ वर्षीया माया श्रेष्ठ
तीन जना बालकको पहिचान खुल्न बाँकी
नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिएको थियो। तर बसभित्र भने कोही भेटिएनन्। यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ।
बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो। बसमा घाइते मात्रै ४७ जना रहेका छन्।
घाइतेहरूको नामावली
दुर्घटनामा निशा तामाङ, एकरानी कार्की, छत्रकुमारी थापा, सुनिल थापा जीवन खड्का, समीर श्रेष्ठ, मिनकुमार श्रेष्ठ, सङ्गीता श्रेष्ठ, जेनिशा श्रेष्ठ, सदीक्षा कार्की, सुरेश तामाङ, सहनशीला घिसिङ, कौशिला कार्की, प्रविन आलेमगर, बबिता श्रेष्ठ, कोपिला कार्की, हरिमाया थापा, सीमा कार्की, युनिसा खड्का, मनिका खड्का, कमला मोक्तान, डोल्मा तामाङ, श्रीकृष्ण कार्की, शिशिर तामाङ र सुनिता तामाङ, शसीता तामाङ, युनिसा तामाङ, रश्मी बस्नेत, सविता थापा, निरक श्रेष्ठ, रविन मोक्तान, निकेश श्रेष्ठ, रञ्जना केसी, सरिता तामाङ, जीतबहादुर खड्का, लोकबहादुर थापा, रोमन तिमल्सिना, विमला तामाङ, दीपा घिसिङ, रोमा घिसिङ, सुजन तामाङ, गोमा श्रेष्ठ र सुकमान विक घाइते भएका छन्।
जिल्ला जिल्लाबाट नागरिकता र सवारी चालक लाइसेन्स बाँड्यो भने यस्तै हुन्छ । लाइसेन्सको लागि लिखित परीक्षामा व्यापक धाँधली हुन्छ त्यो प्रहरीलाई नै थाहा छ । मौखिक परीक्षा लिनु बेकार छ । ब्रिटेनबाट नेपाल सरकारले सिक्नु पर्ने । नेपालका राजदूतहरुलाइ ब्रिटेन र अन्य मुलुकका उत्कृष्ट सवारी साइसेन्स प्रक्रिया थाहा छ किनकि उनीहरु वा उनीहरुका चालकले कडा नियम फलो गरेका हुन्छन । त्यस्तै होस् आफ्नो देशमा पनि भन्ने उनीहरु चाहने हो भने नेपालको ट्राफिक सिस्टम र यातायात व्यवस्थामा आमूल परिवर्तन ल्याउन पहल गरेमा हुनुसक्छ ब्रिटिश, अमेरिकी, जर्मन वा अन्य देशका सरकारले सित्तैमा प्रोजेक्ट बनाइ दिनेछन । ब्रिटेनमा धेरैजस्तो सबैले अनलाइन आवेदन गर्छन, पैसा तिर्छन, कम्प्युटरबाटै लिखित परीक्षा दिन्छन र कम्प्युटरबाट नै टेष्ट बुक गरेर पैसा तिर्छन, कतै लाम बस्नु पर्दैन, टेष्टमा पास भए पछि कुनै झ्यालमा दिनभरी उभिएर लाइसेन्स कुर्नु पनि पर्दैन, घरमै आइ पुग्छ लाइसेन्स । लिखित परीक्षा एकदम कडा हुन्छ र त्यो पास गर्नेले त्यसरी सवारी साधन वा बसलाई खोलामा झार्दैन । प्राक्टिकल टेष्ट कसले लिन्छ त्यो टेष्टकै दिनमात्र थाहा हुन्छ त्यो पनि आफु पुगे पछि । सवारी चालक र यातायातको लाइसेन्स बारे कसरी व्यवस्था, नियम र कानून बनेका छन् त्यो dvla.gov.uk मा हेर्न र सिक्न सकिन्छ । एन आर एनले पनि पहल गर्नु पर्ने यस्तो विषयमा । जबसम्म सवारी चलाउन सिक्ने, लाइसेन्स पाउने र दण्ड भोग्ने सिस्टम ब्रिटेनको जस्तो हुदैन, तब सम्म त्रिशुली, सुनकोशी नारायणी, भेरी आदि नदीमा कार, जीप, बस र ट्रकले हाम फाल्ने क्रम जारी नै रहने छ । सम्बन्धित मन्त्रालयका मन्त्रीहरु पढे लेखेका हुदैनन्, सचिवलाई आफ्नै धन्दामा मस्त हुनु छ अनि कसले रिसर्च गरेर सिस्टम सुधार्ने । मंत्री, सचिव र अन्य हाकिम बाहेकको यातायात सुधार रिसर्च ग्रुप गठन गरेर यूके पठाउनु पर्छ, हप्ता दश दिनको गहन अध्ययन र भ्रमण गरेर नेपालमा सोही अनुरुप सिस्टम बसाल्नु सके मात्र लाश र घाइते गन्ने काम रोकिन्छ । (यो सुझाव मात्र हो).
नेपालमा जति पनि चालककोसडक दुर्घतना भयको छ् तेस्को कारण चालकको लापरवाही,थोत्रो गाडी र् यातायात नियम पालना नगरेको कारनले दुर्घतना हुँदै आयको छ्। त् तेस्को लागि जिम्मेवार त् सरकारनै हुन्छ। कारण स्पस्त छ् यस्तो अपराध गर्नेलाई नियन्त्रन गरिने कानुननै नबनाईनु। गाई गोरुलाई गाडीले किच्यायर मारे आजीवन कारावाश भैंसीलाई किच्य्याय् ५० हजार जरिवाना तर देसको सार्वभौम सत्ताको मालिक र् कानुन बनाउने पदमा पुर्याउने नेताहरुलाई नियुक्त गर्ने नागरिकलाई गाडीले किच्यायर मारे मात्रा १७ हजार रुपैया; दलरमा भन्ने हो भने १७० दलर भन्दा काम त्यो पनि किरिया खर्चको निमित मात्रै जरिवाना तिराउने कानुन बनाउने, अनि प्रहरी आँफै भन्दै छ् नेपालमा अधिकाश दुर्घतना सवारि चालकको लापरवाहिले हुँदै आयको छ् तर त्यस्तो सवारि चालकलाई फौज्दारी अभियोग लगायर सजाय् दिलायको सुन्नमा पनि आयको छैन। त् सवारि चालक सदके यमराज बन्नेनै भयो। उस्को द्राईभिङ लाईसेन्स लाईसेन्स नभयर सदकमा जथाभावी गाडी चलायर मान्छे मार्न पाउने अधिकार पत्र हुनेनै भयो। कुरो यस्तै हो भने भोली कसैले कसैलाई आफ्नो कुरा मनाउनु छ् बा आफुलाई मत दिलाउन बाध्य् गर्न तेरो पछाडि सवारि चालक लगाई दिउ समेटा नभन्ला भन्न् सकिन्दैन।
सार्वजनिक सन्जालमा पत्र पत्रिकामा बोलेर बा लेखेर नेतालाई मन नपरेको शब्द मात्रै लेखे लाखौंन जरिवाना र् बर्सौको जेल सजाय् हुने कानुन बनाउने तर जथाभावी गाडी चलाऊन बाट दुरुत्शाहित हुने कानुन नबनायको कारण के होला; द्राईभर भनेको पार्तिको भरिया मजदुर भयकोले हो बा पार्तिको आशिर्वाद लियर सार्वजनिक सडकमा अर्कै सरकार चलाऊने सिन्दिकेत नभनेका संघ संगठनले घिउको थेकी र् खसिको बली चढाउने भयकोले हो बा नागरिकको हैसियत भैंसी बाख्रा खसिको जत्ति पनि नभयकोले हो बा मत निचोरेर लिइसकेको नागरिक कन्तेनरमा फालिने फोहर जस्तै हुने थानेकोले हो?
कुरो तेस्तै हो भने अहिले १७ जनाको ज्यान गयकोमा सहानुभुतिको दुई शब्द पनि नबोलेकोमा केही भन्नु नै बेकारको कुरा हुन जान्छ। कानुन बनाउनेले उनिहरु मजदुरको हक हित परिपोशक् हो भन्दै आयकै छ् र् उनिहरु गाडी चालकलाई मजदुर नै मान्छ। यसमाथि उहिले र् अहिले कानुन बनाउने पदमा पुगेकाले महानायक् मानेको गिरिजा पनि कुनै बेला बिरातनगर जुत मिलको मजदुर नै थिय्। यही सम्झेर जथाभावी गाडी चलायर नागरिक मरेमा हामीले हामीलाईनै सहानुभुति ब्यक्त गरौ रोउ। तर नेताको सहानुभुति नखोजौ।
सरकारले वास्ता गर्ने होइन| नेकपा सर्वहाराको सरकार होइन, सर्बआहाराको हो| प्रतिपक्षको छेरबहादुरले नबोले पनि नेकपा सिन्धुपाल्चोकको शेरबहादुरले त आवाज उठाउन पर्ने हो| अहिले हवाई जहाजमा यती नै ज्यान गुम्न गएको भए पर्यटन मन्त्री दौडेर घटनास्थलमा क्यामेरा क्रु सहित पुगिसकेका हुन्थे|
चालकले मात्र होइन, यत्रो ठुलो दुर्घटनाको जिम्मा कसले लिने हो? प्रहरी र नियमनकर्ता छैनन? प्र. जि. अ. र जिम्मेवार प्रहरी हाकिमको एक एक बढुवा रोक्का गरीपाउ|