Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोर्चुगलमा नेपालको सरकारी छाप नै कीर्ते ! कतिसम्म गर्न सकेका !

Posted on November 2, 2019November 3, 2019 by mysansar

-सन्तोष न्यौपाने,बेल्जियम-

पोर्चुगलको राजधानी लिस्वनमा नेपाल परराष्ट्र मन्त्रालय र यातायात ब्यबस्था विभागको छाप किर्ते गरेर कागजपत्र बनाउने गरेको खुलासा भएको छ। धादिङ घर भई पोर्चुगल बस्दै आएका एक नेपालीले कागजपत्र प्रमाणितको लागि वाणिज्य दूतावासमा जाँदा पो बल्ल यस्तो हुने रहेछ भन्ने थाहा भएको हो।

प्रमाणीकरण गर्नका लागि नेपालको सवारी साधन अनुमति पत्रको विस्तृत कागजपत्र ती व्यक्तिले लगेका थिए। कागजपत्र २४ अगस्त २०१९ मा बनाइएको लेखिएको रहेछ। परराष्ट्रको प्रमाणीकरण पनि त्यही दिनकै रहेको देखाइएको छ।

तर २४ अगस्त शनिबारको दिन पर्छ। शनिबार नेपालका सबै सरकारी कार्यालयहरू बन्द हुने गर्दछन्। अर्कोतर्फ प्रमाणीकरण नम्बर पनि कन्सुलरको अनलाइन अभिलेखमा भेटिँदैन। यसले कागजपत्र पूरै किर्ते छाप तयार गरेर बनाइएको देखिन्छ।

यसै क्रममा उक्त व्यक्तिको लाइसेन्स नम्बर र जन्म मिति हालेर चेक गर्दा यातायात ब्यबस्था विभागको अनलाइन अभिलेखले लाइसेन्स २८ डिसेम्बर २०१५ मा बनेको देखाएको छ। अर्थात् उक्त दिनदेखि लाइसेन्स सुचारु भएको छ। यातायात ब्यबस्था विभागको छाप पनि पूर्ण किर्ते देखिन्छ।

अनलाइन पोर्टल हाम्रा कुरा डट कमका अनुसार पोर्चुगलका लागि वाणिज्य दूत मकर हमालले दैनिक २/४ वटा नक्कली छाप भएको कागजपत्र प्रमाणीकरणका लागि आउने गरेको स्वीकार गरेका छन्। त्यस्तै गरेर कर्मचारी मोहनबहादुर थापाले पनि धेरै जसो कागजपत्रमा नेपाल सरकारको विभिन्न निकाय र परराष्ट्र मन्त्रालय कन्सुलर शाखाको नक्कली छाप प्रयोग भयको कागज पत्र प्रमाणीकरण का लागि आउने गरेको बताए।

कर्मचारी थापा र वाणिज्य दुत हमाल दुवै यो घटनाबाट बेखबर नरहेको देखाउँछ। अर्थात् यो सबै कार्य सबैको मिलोमतोमा हुने गरेको देखिन्छ। यसले लिस्बनस्थित वाणिज्य दूतावासमा कति सम्म लापरवाही हुन्छ भन्ने देखाउँछ।

यसै क्रममा परराष्ट्र मन्त्रालयकै कन्सुलर शाखाका कर्मचारीलाई हामीले सम्पर्क गर्दा उनले मन्त्रालयमा एउटा उजुरी पठाउनु पर्ने र सिधै नेपाल प्रहरीलाई उजुरी दिनुपर्ने बताए। उनका अनुसार सबै अनुसन्धान नेपाल प्रहरीले गरेर काम कारबाही अगाडि बढाउनेछ।

उक्त कागज पत्र बाहिरिएपछि पोर्चुगलबाट परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी ,पोर्चुगल अध्यागमन र दिल्ली स्थित दूतावासमा उजुरी परेको छ।

2 thoughts on “पोर्चुगलमा नेपालको सरकारी छाप नै कीर्ते ! कतिसम्म गर्न सकेका !”

  1. Shankar says:
    November 3, 2019 at 9:28 pm

    देश नै किर्ते गरेर लान लागिसके भने अफिस को के कुरा ?
    कसरि : प्रिथ्बिनारायण ले टुक्रेको राज्य जोडेर नेपाल बनायो , बहादुर साह ले अलि ठुलो बनायो नेपाल । सुगौले सन्धि हुदा नेपाल आजको आकार भन्दा सानो मा आयो । पछि जंग बहादुर को पाला मा केहि भाग अंग्रेज बाट फुत्काउन सफल भयो र आजको नेपाल यो आकार को बन्यो ।
    १०० बर्स सम्म अंग्रेज को दास बनेका इन्डियन हरु १९४७ मा दास मुक्त भए । केहि बर्स पछि आफु बन्ने र आफ्नो वर पर को देश लाइ पनि फाल्न फुल्ने दिने भन्दा पनि जबर्जस्ति लिने र दास को ब्यबहार गर्ने तिर इन्डिया गयो । सिक्किम काचै निल्यो , चीन तिर लामो सिमाना जोडिएको हुदा नेपाल काचै निल्न सकेन र जालो बुन्न थाल्यो , बि पी , जी पी इन्डिया मा जन्मेको ले हेल्प गर्लानित भनेर सोचेको हेल्प त् पायो भने जति न पाएपछि , बाबुराम , प्रचण्ड लाइ हात मा लिएर , तालिम दिएर नेपाल पठायो , बि पी र जी पी को नीति ले लाखौ ,भारतीय नेपालि बनाउन मदद गर्यो , बाबुराम र प्रचण्ड को नीतिले ति घुसपैठिया हरुलाई बलियो बनायो , नेपालि नेपालि जुधाएर , हजारौ गरिब लाइ मारेर प्रिथ्बिनारायण को सन्तान लाइ पाखा लगाइदियो । चित्र बहादुर के सी भन्छ ४७ साल मा थोत्रो साइकल न भएको प्रचण्ड आज ७-८ गाडी को धनि , ४८ जना सुरक्षया गार्ड ।
    यसरि देश मा खुफिया आक्रमण गर्ने , देश को कला , संस्कृति , धेरैले मान्ने धर्म माथि आक्रमण गर्ने को राज मा यो किर्ते त् स्वाभाविक हो ।
    न देखिएका र न जानियेका कति किर्ते हुदैछ , पुरै नक्कली नेपालि लाइ सक्कली बनाएर नतबर लाल सैलिमा नेपाल हत्याउदैछ ।
    डिग्री चै ठुलै भिरेका तर बेबकुफ नेपालि लाइ गणतन्त्रात्मक लोकतन्त्र पाए , अब को पालि तिमीहरुलाई बिकास भन्दै मक्ख पार्दै बिनास को बाटो मा लाग्दैछ ।

    Reply
  2. सत्य प्रकाश says:
    November 2, 2019 at 9:48 pm

    यी सबै दण्डहीनताका कारण बढ्दै गएका हुन|
    लहरो तान्दा पहरो गर्जने डरले सरकारी कर्मचारीहरु अनुसन्धान, खोजखबर र कार्वाही गर्दैनन| मेडियाले पनि फलो अप गर्दैनन|जनता र मेडिया वाइड बडी, वालुवाटार जग्गा, सुनकान्ड इत्यादिमा फोकस गरेर देशलाई विस्तारै डुबाउदै लगेको कुकर्ममा ध्यान छैन|
    अहिले सरकारी कर्मचारी, सेना, प्रहरी सबैमा को को कीर्तेमा परेका छन र कीर्ते गरेका छन भन्ने छानवीन अनुसन्धान भयो भने थोरै मात्र होला जसले कीर्ते गरेनन, भनौ गर्न परेन वा गर्ने मौका पाएनन|
    जुन देशको उच्च शिक्षाण संस्थाको उपकुलपती नै कीर्तेवाल थिए, प्लेजरिज्मको आरोप वासजुद पदमा जुका सरह टाँसिएर आफ्नो कुकार्यकाल पुरा गरे| अर्का एकजना विश्वविद्यालयबाट उच्च शिक्षामा ६ नम्बर मात्र पाएको ब्यक्ति ,जो कानुन प्राक्टिस गर्छन्, उनैले विश्वविद्यालयका कर्मचारीलाई घुस खुवाएर अर्को ९ नम्बर पछी थपेर ६९ बनाए अनी राष्ट्रपतिबाट पुरस्क्रित पनि भए| यी भन्दा लज्जास्पद, घ्रिणास्पद र हास्यस्पद र नेपालीको ला गि दुर्भागयजनक के होला? यी त एउटा नमुना मात्र, अरु पनि छन, यस्तै गरेर प्लानमा गएर पढेर आएका छन| त्यस्ता ब्यक्तिलाई के सजाय भयो?
    जुन देशमा डाक्टरहरु कीर्ते छन, मालपोत, करकार्यालय, अध्यागमन, भन्सार र परराश्ट्रमा कीर्तेहरुले कीर्तिमान कायम गरेका छन| केही बर्ष पूर्व बङलादेशी, भारतीय र अफगानीहरुले नेपाली पासपोर्टमा मज्जाले यात्राा गरिरहेका पाइदा पररास्ट्रले पासपोर्त चोरी भएको वताए तर अनुसन्धान भए भएन र के निष्कर्शमा पुगे मेडियाले समेत खोज्ने चासो देखाएन| कतिले
    परराश्ट्रका वदनियत कमाउने कर्मचारीकै मिलेमतोमा भएको हो भने|
    कुन चालक सवारी प्रमाणपत्र सही हुन र कुन कीर्ते भनेर खुट्याउन प्रहरीले समेत सक्दैनन| ककस्ले कीर्ते सवारी चालक प्रमाणपत्रको
    ब्यापार गर्छन् भनेर बुझ्न् नेगुवी र सुराकी प्रयोग गर्न पर्दैन, एकान्तकुना गए त्यस्ता धन्धा गर्ने दर्जनौ छन| लाइसेन्स दिने ढिला सुस्ती गरेर नक्कली लाइसेन्स दिने र लिनेलाई प्रोत्साहन गरेका छन|
    एउटा अधिकार सम्पन्न निष्पक्ष छानवीन समिती गठन गरेर को को कीर्ते हुन खोजी गरियो भने निजामती, अड्डा अदालत, सेना,
    प्रहरी सबैमा ठुलो रेक्टर स्केलको भुकम्प जानेछ| यो सबैलाई विदितै भएको कुरो हो| आज जागिर खाई रहेका हरुलाई मात्र होइन, अवकाश पाई सकेका हरुलाई पनि खोजेर कीर्ते गरिएको भेटे सजाय र पेन्सन रोक्का गरिन पर्छ| विडम्बना के भने जसले कीर्ते गरेका छन उनीहरुका समाजमा प्रतिस्ठा छ, कीर्तेको कमाईमा हुर्की पालीएका छोराछोरीले समेत कीर्ते अपराध नठानेको देखिन्छ|
    ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेको बेला अनुभवी दानबहादुर शाही गृह मन्त्री थिए, उनले घोषणा गरेर भनेका थिए सरकारमा ५०,००० बढी कर्मचारीहरु कीर्ते गरेर नियुक्ती र बढुवा खाईरहेका छन| अहिले यो रोगले जनताको स्वास्थ्य सँग खेल्वाड गर्दै डाक्टर र स्वास्थ्यकर्मीहरुमा पनि व्यापकता फैलाएको छ्| राजादरवार, सेना र गृहमा पनि कीर्ते रोगले छाएकोले हुन सक्छ, शाहीले त्यति मुख खोल्न बाहेक केही गरेनन|
    नेपाली जनताले कति भार सहन गर्न पर्ने हो? एकातिर खाद्य सामग्रीमा स्वास्थ्यलाई हानी पुर्याउने मिसावट सहित खुल्लमखुल्ल बिक्री, नक्कली औषधी, दिनहुको प्रदुषण, कैले सम्म हुन यी सब? बजारमा पाइने बोतलको पानी परिक्षण गरे अर्को बबाल हुने हो| मानव अधिकार, मानव अधिकार भनेर चिच्चाउने ईयु, आइएनजीओ र नागरिक समाजले खोइ आवाज उठाएको? विश्व स्वास्थ्य संगठन र युनिसेफ जस्ता संस्थाहरु का नोकरशाही नेपालका भन्दा खराब र दुराशायी, खर्चिलो, भडकिलो, र अकार्यकुशल छन, पक्षपाती छन भनेर बेला बेलामा सुनिने गरेको साँच्चै हो कि के हो ? गुणस्तर नपुगेको बोतलको पानी खुवाएको सम्बन्धमा परीक्षण गरेर बोल्नपर्ने थियो नी! नेपाली जनताले प्रसन्षा नै गर्ने थिए तर जागिरे न ठहरिए, मुख बन्द छन|
    भनेछी हाम्रो समाज कतातिर उन्मुख भइरहेको छ?
    नेपाली समाजमा कीर्ते महारोग भएर बढदो छ्| अरुको जग्गाको लालपुर्जा कीर्ते गरेर माल्पोतका भ्रश्ट कर्मचारीहरु सँग मिलेर बेचेका छन| वालुवाटार जग्गा प्रकरण यस्तै एउटा जल्दो बल्दो द्रिश्टान्त हो| दिनदहाडै डाँका हुन|
    यस्ता कीर्तेहरुलाई उचित सजाय भनेको दश गुणा जरीमाना सहित एक्दिन टुन्डिखेलमा पिंजडा राखेर जनतालाई प्रदर्शित गर्ने र फोटो खिच्ने अवसर दिईनु पर्छ| तब मात्र यस्ता सामाजिक अपराध रोकथाम हुन सक्नेछ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme