Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, फेसबुकमा GRATULA लेख्दैमा सुरक्षित भइन्न

Posted on November 2, 2019November 3, 2019 by Salokya

अहिले फेसबुकमा GRATULA आतंक मच्चिएको छ। बुझ्नु न सुझ्नु, फेसबुकमा धमाधम कपिपेस्ट भइरहेको छ यो कुरा। फेसबुकका संस्थापकले एउटा शब्द बनाएको रे GRATULA अनि त्यो शब्द कमेन्टमा लेख्दा रातो आयो भने तपाईँको फेसबुक ह्याक नभएको अनि कालो भयो भने चाहिँ ह्याक भएको भनेर लेखिएको छ। यो गलत हो। रातो आउनु र नआउनुले फेसबुक ह्याक भएको वा नभएकोसित कुनै सम्बन्ध राख्दैन।

तर पनि धेरैले चलाउने फेसबुक भएकोले आफ्नो अकाउन्ट ह्याक भएको छ कि भनेर थाहा पाउनका लागि धेरैले यसो गरिरहेका छन्। यसअघि पनि फेसबुकमा यसरी नै BFF आतंक छाएको थियो।

के हो त GRATULA ?

GRATULA हङ्गेरी भाषाको शब्द हो। यसको अर्थ बधाई भन्ने हुन्छ। जसरी बधाई कमेन्टमा लेख्दा रातो हुने गर्छ, त्यसरी नै उस्तै अर्थ दिने हङ्गेरी भाषाको शब्द भएको हुनाले GRATULA लेख्दा पनि रातो हुने गरेको हो।

नेपाली फेसबुकहरु माझ अहिले यो शब्द भाइरल भएको भए पनि विश्वमा अलि अगाडि नै अर्थात् सन् २०१८ तिर नै GRATULA आतंक छाएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme