Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सांस्कृतिक र्‍याली, सुन्दरीको टीका, पूर्व कुमारीको बाँसुरी : नयाँ वर्षको उल्लासका ३३ फोटोहरु

Posted on October 29, 2019 by Salokya

नेपाल संवतको नयाँ वर्ष ११४० आजदेखि सुरु भयो। सधैँ झैँ यस पटक पनि न्हू दँको जुलुस काठमाडौँमा वसन्तपुरबाट सुरु भएर नगर परिक्रमा गरी वसन्तपुरमा सभा गरी सम्पन्न भयो। पञ्चायत कालमा भिंतुना र्‍याली निकाल्दा धरपकड गर्ने गरिएकोमा २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनापछि यो र्‍यालीले आधिकारिकता पायो। त्यसबेलादेखि हरेक वर्ष यो कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि हुने गर्थे। तर यस पटक प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन्, सरकारको प्रतिनिधित्व उपप्रम ईश्वर पोखरेलले गरे। तिथि विवादका कारण आजै म्हपूजा र भाइटीका पनि परेको थियो। केहीले भोलिमात्र भाइटीका पनि गर्दैछन्। नयाँ वर्षको उल्लासका केही फोटोहरु

घुँन्याँ घुमाउँदै र्‍यालीमा अघि बढ्दै।

र्‍यालीको अग्रपंक्तिमा पुरुष र महिलाको ठूलो डमी परम्परागत नेवार पोशाकमा

र्‍यालीको अग्रपंक्तिमा पुरुष र महिलाको ठूलो डमी परम्परागत नेवार पोशाकमा

र्‍यालीको अग्रपंक्तिमा पुरुष र महिलाको ठूलो डमी परम्परागत नेवार पोशाकमा

बौद्ध गुरुहरु।

पूर्व कुमारी मतिना शाक्य (कालो पहिरनमा) आफ्नी दिदीसित र्‍यालीमा बाँसुरी बजाउँदै। फोटो : समर्थ रञ्जित

नेपालको झण्डा र मास्कसहित सहभागी एक बालक।

र्‍यालीमा सहभागी एक किशोरी।

परम्परागत पोशाकमा बाँसुरी बजाउँदै एक सहभागी।

र्‍यालीमा सहभागी।

र्‍यालीमा सहभागी एक बालिका।

नयाँ वर्षको शुभकामना भनेर चिच्याउँदै एक युवती।

आफ्नो पोशाक लगाएर सहभागी बालिकाहरु।

सहभागी एक युवती।

सहभागी एक वृद्ध।

भिंतुना सभामा अतिथिको प्रतीक्षा।

मिस नेसनल सौन्दर्य प्रतियोगिताकी विजेता नयाँ वर्षको अवसरमा टीका लगाइदिँदै।

मिस नेसनल सौन्दर्य प्रतियोगिताकी विजेता सभामा सहभागीलाई नयाँ वर्षको अवसरमा टीका लगाइदिँदै।

मिस नेसनल सौन्दर्य प्रतियोगिताकी विजेता सभामा सहभागीलाई नयाँ वर्षको अवसरमा टीका लगाइदिँदै।

मिस नेसनल सौन्दर्य प्रतियोगिताकी विजेता सभामा सहभागीलाई नयाँ वर्षको अवसरमा टीका लगाइदिँदै।

सभा सुरु हुनुअघि पत्रिका पढ्दै।

भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार अहिले चीनको सहयोगमा बन्दैछ।

सहभागी एक बालिका।

र्‍यालीमा सहभागीहरुलाई रञ्जना लिपिमा नाम लेख्ने सुविधा थियो।

नेपाल लिपि गुथिले क्यालीजात्रा भन्दै लिपि वर्णमालासित फोटो खिच्ने सुविधा दिएको थियो।

नेपाल लिपि गुथिले क्यालीजात्रा भन्दै लिपि वर्णमालासित फोटो खिच्ने सुविधा दिएको थियो।

क्यालीजात्राको लिपि वर्णमालामा फोटो खिच्दै दुई युवती।

क्यालीजात्राको लिपि वर्णमालामा फोटो खिच्दै युवती।

क्यालीजात्राको लिपि वर्णमालामा फोटो खिच्दै दुई युवती।

परम्परागत पहिरनमा दुई युवती।

नयाँ क्यालेन्डर आजदेखि सुरु भएको छ।

राजभाइ सुवालको फोटोमा बनेको क्यालेन्डर हेर्दै।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा डाकिएका प्रम केपी ओली स्वास्थ्य स्थितिको कारण देखाउँदै अनुपस्थित भएपछि उपप्रम ईश्वर पोखरेलले सरकारको प्रतिनिधित्व गरे।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme