Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भिडियो : विद्युत प्राधिकरणमा गजबको झिलिमिली, हेर्नेहरुका कारण रत्नपार्कमा जाम

Posted on October 27, 2019October 27, 2019 by Salokya

एक जमानामा तिहारमा बत्ती नबाल्नु भनी सूचना जारी गर्ने विद्युत प्राधिकरण यतिबेला ढुक्कसँग बत्ती बाल्न भनिरहेको छ। कुलमान घिसिङको नेतृत्व प्राधिकरणमा आएदेखि यो चमत्कार भएको हो। बिजुली प्रशस्त भएको सन्देश दिनका लागि पोहोरदेखि प्राधिकरणको कार्यालय बत्तीले सजाउन थालिएको थियो। यो वर्ष अझ परिष्कृत ढंगमा झिलिमिली पारिएको छ। त्यो झिलिमिली हेर्नलाई गाडी र मोटरसाइकल एकछिन टक्क रोकिदिनाले रत्नपार्कमा जामसमेत हुने गरेको छ। प्रहरी चालकहरुलाई सम्झाउँदैको हैरान भइरहेका छन्। हेर्नुस् झिलिमिलीको भिडियो।

3 thoughts on “भिडियो : विद्युत प्राधिकरणमा गजबको झिलिमिली, हेर्नेहरुका कारण रत्नपार्कमा जाम”

  1. Hari Kumar Shrestha says:
    October 28, 2019 at 6:05 pm

    I appreciate and support Kulman Ghishing’s work.

    Reply
  2. आत्माराम says:
    October 28, 2019 at 10:30 am

    धन्य हुन कुलमान घिसिङ र वँहाका सम्पूर्ण टीम| नेपाली भनेर गर्व गर्न लायक छ, मन खुशी हुन्छ, उज्यालो हुन्छ|
    कठै बरी लै लै!! यति बेला मुकेश काफ्ले, राधा ज्ञवाली र अन्यहरुलाई समेत सम्झौ है जसले नेपालीलाई १८ घण्टा सम्म दिनहु अन्धकारमा राखे|
    यतिका कुक्रित्य गर्दा पनि खोइ त्यस्तालाई दन्डित गरेको? घुस दिने ब्यापारीलाई टन्न बिजुली दिएर आम जनतालाई अन्धेरोमा राख्नेहरु आज पनि पर्दा पछी सल्बलाईरहेका छन| होश गरौ| जो सुकै सरकार आए पनि दण्ड हीनताको पराकाष्ठा| दुई तिहाईको सरकारलाई चाँही उज्यालोको दिगोपन र प्राधिकरण लाभमा जाने कार्यमा वधाई दिनै पर्छ|

    का. म. न. पाको मेयरले ३०% मात्रै काम गरेको भए पनि नेकपा सरकारले दिनहु गालीको साटो जश पाउने थियो तर मेयर र उपमेयर दुवै निकम्मा छन|

    Reply
  3. madan bajracharya says:
    October 28, 2019 at 3:08 am

    नेपालीलाई रिन मुक्त गर्ने सन्खधर साख्वाको सम्मान गर्न नेपाल सम्बत् चलाय् झै नेपालीलाई अन्ध्यारो बाट मुक्त गर्ने कुलमानको सम्मान गर्न कुलमान सम्बत् सम्बत् चलाऊनु पर्छ। कुलमानलाई उस्को देन को निमित म् सित यो भन्दा उपयुक्त अर्को कुनै शब्द छैन। यस्तो सम्मान त् गर्नै दिन्दैन। त् हामीलाई दसकौ सम्म अन्ध्यारोमा कैद गर्ने भ्र्स्त कर्मचारीहरुलाई हदै सम्म कार्यवाही गरायर कुलमानज्युको सम्मान गरौँ।
    अरु कान्डमा कार्यवाही होस् भनी सबै दल कराउन्छन तर यो कुरामा सबै दल चुप!!! कतै ती कर्मचारीहरुलाई कार्य्वाही नगरने भनेर कुनै सर्वदलिय् सहमति त् गरेको छैन? यो प्रश्न हामी सबैले जुन तरिकाले हुन्छ त्यो तरिकाले उठाउनु छ्। घर घरको भित्तामा यो प्रश लेखेर पुग्दैन भने उद्ने गूड्ने सबै बाहनहरुमा यो प्रश्न लेखौ; तेतिले पनि पुग्दैन भने देसको सबै पत्र पत्रिका यो प्रश्न सितैमा छाप्दैन भने रकम तिरेर भय् पनि छापौं । यस्तो गर्दा पनि हुँदैन भने सामाजिक सन्जालमा यो प्रश यसरी उथाउँ कि विश्वा ले सोधोस् त्यो प्रश्न नेपालको सरकारलाई।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme