Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डोजर आतंक : भएको यस्तो रहेछ

Posted on October 22, 2019 by Salokya

सामाजिक सञ्जालमा भाइरल भएको डोजर आतंकबारे थप जानकारी सार्वजनिक भएको छ। डोजर चलाउने ड्राइभरलाई प्रहरीले पक्राउ गरेको छ भने घाइते महिलाको उपचार भइरहेको छ। यो घटना सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा पर्ने दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा विवाद हुँदा भएको रहेछ।

भिडियोमा विरोध गर्दागर्दै डोजर चलाएको देखिन्छ। डोजर चल्न थालेपछि मान्छे भागाभाग भए पनि डोजर अपरेटरले मान्छे भएकै ठाउँतिर डोजर चलाउन थाल्छ। यसै क्रममा एक महिलाको जिउमा डोजरको भागले छुन्छ। उनी गुल्टिँदै तल झर्छिन्।

यहाँ सडक बनाउनका लागि उपभोक्ता समिति बनेको थियो। तर डोजर चलेको ठाउँमा विवाद थियो। त्यो सामूहिक जग्गा थियो। विरोधमा जग्गाधनीहरु उत्रिएका थिए। स्थानीय र नगरपालिका पदाधिकारीबीच भएको वार्तापछि हाललाई बाटो विस्तार नगर्न नै निर्देशन दिइएको थियो।

तर निर्देशन पालना भएन। डोजर चलेन मात्रै, अमानवीय रुपले चल्यो। जसको भिडियो सार्वजनिक भएपछि अहिले सबै आक्रोशित छन्।

डोजर चलाउने दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरा रहेछन्। उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। त्यस्तै घाइते हुने महिलाको नाम गौरी जोशी हो। जोशीलाई सोमबार दिउँसो साढे चार बजे जिल्ला अस्पतालमा ल्याउँदा बेहोस थिइन्। उनको अहिले धनगढीमा उपचार भइरहेको छ।

सडक रोक्ने र सडक लैजाने पक्षबीच विवाद हुँदा ८ जना घाइते भएका थिए।

हेर्नुस् एभिन्युज टेलिभिजनमा प्रसारण भएको दृश्य-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme