Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शिलान्यास हुन लागेको नेपालको पहिलो सुरुङ मार्ग : १० तथ्य

Posted on October 21, 2019 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपालकै पहिलो पहिलो नागढुङ्गा–सिस्नेखोला (धादिङ) सुरुङमार्गको शिलान्यास गर्दैछन्। के छ यो सुरुङ मार्गको विशेषता? आउनुस् तथ्य जानौँ।

१) यो सुरुङ मार्गले धादिङको सिस्नेखोलाबाट उकालो चढ्दै थानकोट निस्कनुपर्ने परम्परागत त्रिभुवन राजमार्गको बाटोलाई छोट्याउनेछ। सुरुङमार्गबाट सिस्नेखोलाबाट सीधै नागढुंगा निस्कन सकिनेछ।

२) सुरुङ मार्गमा तीन वटा लेन हुनेछ। दुई वटा लेन काठमाडौँतर्फ जानका लागि हुनेछ भने एउटा लेन काठमाडौँबाट धादिङतर्फ जाने हुनेछ।

३) जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो। यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहुलियत ऋण सहयोग गरेको छ। छ अर्ब चाहिँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्न लागेको हो। यो छ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुनेछ।

४) प्रवेश मार्गसहित यो सुरुङ मार्ग ५.५६ किमी हुनेछ। सुरुङ मार्गलाई जोड्न तीन किलोमिटर बाटो बनाउन लागिएको हो।

५) चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

६) यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो।

७) उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिनेछ। सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको हो। ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हुनेछ। अण्डरपास भने कलंकीमा बनिसकेको छ।

८) सुरुङमार्ग लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो। यो कम्पनीले साढे तीन वर्षमा काम सक्नेछ।

९) मूल सुरुङ मार्गसँगै अर्को सुरुङ मार्ग पनि बनाइनेछ। यो अर्को मार्गले मुख्य मार्गमा केही आपतकालीन अवस्था आइपरे उद्दार गर्ने काम गर्नेछ।

१०) सुरुङ प्रवेशका लागि शुल्क लाग्नेछ। जाइकाले बनाएको रिपोर्टमा सन् २०१४ को मूल्य अनुसार हलुका सवारी साधनलाई २५ रुपैयाँ र भारी सवारी साधनलाई ३५ रुपैयाँ शुल्क लगाउन सिफारिश गरिएको छ।

6 thoughts on “शिलान्यास हुन लागेको नेपालको पहिलो सुरुङ मार्ग : १० तथ्य”

  1. Nabin says:
    October 22, 2019 at 2:04 pm

    And it will definitely increase the population of Ktm Valley, which is already over populated with more than 7 million. What is this government doing is crushing the heritage, people of this valley by increasing the population of this valley instead of shifting the capital.

    Reply
  2. ऋषि अधिकारी says:
    October 21, 2019 at 10:36 pm

    “यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो।”

    यो कुरो गलत हुनसक्छ तर यति लामो आधुनिक प्रबिधि ले बनेको र हावा पनि कन्ट्रोल गरिएको सुरुङ्ग चाँही यो पहिलो हुन सक्छ।

    बूढा पाकाले भनेको सुने अनुसार, त्रिभुवन राजपथमा ठाउँ ठाउँमा छोटा सुरुङ्ग थिए रे पहिले त्यो राजमार्ग बन्दा ( सायद हेटौडा बाट दक्षिण तिर होला ) । पछि ति सुरुङ्ग हरु भत्काएर अथवा छेवै बाट सडक बनाएर गाडी गुडाउन थालियो । राजमार्ग बनेको धेरै वर्ष सुरुङ्ग बाटै गाडी आवत जावत गर्थे रे।

    Reply
  3. Prakash_Edm says:
    October 21, 2019 at 9:37 pm

    I think there are three lanes, one of them can switch both ways as needed, not three lane two one way and one other way.

    Reply
  4. Upendra Gautam says:
    October 21, 2019 at 2:40 pm

    Nepal ko pahilo sadak surung marg Chure maai ko ho-Hetauda-Birgunj ko bich maa.

    Reply
  5. madan bajracharya says:
    October 21, 2019 at 9:13 am

    surung marg bhitr cctv garer tyahaa traafic niyam biparit gaadi chalaaymaa kadaa sajaay ko saath saathai chaalak ko laaiisens nai khaarej hune banaaunu parchh yati nagare surung maargmaa bhayaanak durghatanaa hundai garchh/

    Reply
  6. Shankar says:
    October 21, 2019 at 3:54 am

    एस्तो भ्रास्टाचर ले निर्लिप्त सरकार , देश र समाज मा येस्ता फ्लाई ओवर , सुरुङ्ग न बनेकै
    राम्रो , भोलि फ़्लाइओवर भत्केर , सुरुङ्ग भत्केर लाखौ र करोडौको ज्यान गएको सुन्न न परोस |
    सिलान्यास को नाउमा , पुर्ब अध्यायन को नाउमा अरबौ खर्चने ठाउमा काम होला भनेर बिस्वास गर्न त् आर्को ५० बर्स मा पनि सकिन्न | चीन ले रेल ल्याइदिन पर्ने , भारत ले पाइप ल्याइदिन पर्ने ठाम मा | हेर्दै जाम |
    खै मेलाम्ची , र केयेउ योजना हरु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme