नेपालका सबै बैँकका डेबिट तथा क्रेडिट कार्डहरु पहिला म्याग्नेटिक कार्डमा आधारित हुन्थे। त्यो भनेको एटिएम कार्डमा कालो टेप जस्तो चिज हो। यो असुरक्षित भयो, सजिलै ह्याक हुन्छ भन्ने भए पछि ‘म्याग्नेटिक स्ट्रीप कार्ड’को प्रतिस्थापनमा नेपाल राष्ट्र बैंकले २०७२/७३ को मौद्रिक नीतिबाटै सोही आवको असोजसम्म चिप बेस कार्ड प्रयोगमा ल्याउन निर्देशन दिएको थियो। अहिले अधिकांश बैँकका कार्डहरुमा चिप्स त छ, तर त्यसको गुणस्तर बिजोग छ।
केही हप्ताअघि महेन्द्रनगर जाँदा त्यहाँ नबिल बैँकको कार्ड चलाउन खोजेको थिएँ। एटिएम मेसिनमा कार्ड छिराएँ। घिटघिट घिटघिट आवाज आयो र पिन नम्बर माग्यो, पिन नम्बर राखेपछि भने पैसा दिन सकिन्न भनेर पो मेसेज आउँछ।
एक पटक त पैसा नै नदिइकन पैसा काटेको मेसेज पनि आयो, तर लगत्तै फिर्ता भएको मेसेज पनि आयो।
कार्ड बिग्रेको हो कि मेसिन बिग्रेको हो, पत्तै पाउन सकिएन। नजिकैको शाखामा जाँदा मेसिन बिग्रेको भन्दै सटर लगाएर बनाउन तिर लागे।
भोलिपल्ट त्यही मेसिनमा फेरि कार्ड छिराउँदा पनि चलेन। होटलकै पिओएस मेसिनमा पनि त्यसले काम गरेन। त्यतिबेला ह्याकिङ प्रकरणका कारण नेप्सले बैँकको आफ्नै एटिएम र पिओएस मेसिनमा मात्र चल्ने बनाएको थियो। झण्डै बेखर्ची हुने स्थिति आइपरेको थियो। आफू बसेको होटलमा अब भाँडा माझ्नु पर्ने भो भनेर जिस्कनु समेत परेको थियो।
त्यो समस्या यहाँ काठमाडौँमा पनि देखा पर्यो। सपिङ गरिसकेर नबिल बैँकको कार्ड पिओएसमा चलाउन खोज्दा ज्यान गए चलेन। एटिएममा पनि त्यसले काम गरेन।
पिन नम्बर सही थियो। कार्डमा एक्सपायरी डेट पनि २०२२ सम्म थियो। कार्ड जारी भएकै पोहोर अर्थात् सन् २०१८ मा मात्रै थियो। के भएर चलेन त कार्ड?
दरबारमार्गस्थित नबिल बैँकको कार्यालयको कार्ड डिभिजनमा जाँदा त्यहाँकी कर्मचारीले भनिन्, ‘चिप्समा खिया लागेको छ, रिप्लेसै गर्नुपर्छ।’
हैट, कस्तो कमसल चिप्स बनाएछन् त, कहिलेकाहीँ मात्र प्रयोगमा आउने, अधिकांश समय पर्सभित्रै रहने कार्डको चिप्स एक वर्षमै बिग्रने गरी।
नयाँ कार्ड तत्काल नबन्ने रहेछ। बनाउन पनि ५ सय रुपैयाँ शुल्क लाग्ने रहेछ। अहो, आफैलाई घाटा।
यो समस्या बारे साथीहरुलाई सुनाउँदै थिएँ, उनीहरुको पनि यस्तै समस्या रहेछ। एक जना साथीले ग्लोबल आइएमई बैँकको डेबिट कार्डको समस्या सुनाए। उस्तै समस्या रहेछ। पिन नम्बर सही हाने पनि काम नगर्ने।
बैँकमा आफूले त्यस्तो गुनासो गर्न जाँदा दशैँ अगाडि ५ जना त्यस्ता ग्राहक आइसकेको उनले सुनाए। दशैँ अगाडि नै नयाँ कार्ड बनाउन दिए पनि अहिलेसम्म नबनेको गुनासो पनि उनको रहेछ। त्यहाँ पनि नयाँ कार्ड बनाउन शुल्क त लाग्ने नै भयो।
राष्ट्र बैँकले चिप्स बेस्ड कार्ड अनिवार्य प्रयोग गर्न निर्देशन त दियो, तर त्यसको गुणस्तरबारे केही भनेन। तोकिएको अवधि अगावै कार्ड हराएमा त ल भैगो ग्राहकले नै खर्च बेहोर्नुपर्ने ठीक होला, तर कमसल चिप्सका कारण कार्ड नचल्ने भएमा त्यसलाई सट्टा गर्न पनि ग्राहकले नै शुल्क तिर्नुपर्ने?
(के तपाईँले पनि बैँकको डेबिट वा क्रेडिट कार्डमा यस्तै समस्या भोग्नुभएको छ? कृपया आफ्नो अनुभव तल कमेन्टमा वा [email protected] मा इमेल गरी पठाउन सक्नुहुन्छ)
the chip is like a processor and it needs to be kept a little securely. I have seen the chip getting damaged in purse due to the button of the purse. if the chip doesn’t work first try to clean the chip.The problem is bank doesn’t tell the customer how to safe keep the card. Also banks in Nepal doesn’t goes for the quality but for price only which results in these low quality chip and card
I HAVE BEEN GOING THROUGH SAME PROBLEM IN NMB BANK CARD AND GLOBAL IME BANK CARD. THEY WERE ISSUED LAST YEAR ONLY. I GOT THE SAME REPLY WHILE CONTACTING THE BANK. THEY ASKED TO REPLACE ON MY EXPENSE. I KEEP MY CARD IN CARD HOLDER WHICH IS COMPARATIVELY SAFE THAN IN MONEY PURSE. STILL I AM FACING THE SAME PROBLEM. ITS A TRAP OF BANK FOR MORE MONEY. THEY HAVE INCREASED THE EXPIRY PERIOD AND DECREASED THE QUALITY OR CARD.
IN WHATEVER CASE WE HAVE TO PAY MONEY.
SUCH AN UNETHICAL PRACTICE TO MAKE MONEY