उहिले उहिले एनआरएन भन्यो कि क्या भाउ थियो नेपालमा। लगानीको खोलो नै बगाउँछन् जस्तै गर्थे गफ अनि त्यसैमा लाग्थे नेपालका मिडियाहरु। यताका मिडियाले ठूल्ठूला गफ पत्याउन थालेको केही वर्ष भयो। तर पनि त्यत्रा देशहरुबाट नेपाली मूलकाहरु आउँछन्, चासो त हुन्छ नै। यस पटक चाहिँ राम्रै तमाशा भएको छ। सामाजिक संस्थाका रुपमा खुलेको एनआरएनमा राजनीति यति घुस्यो कि यस पटक गजबको जात्रा हेर्न पाइएको छ। एयरपोर्टमा शिशा फुटाउनेदेखि मतदानका बेला नाराबाजीसम्मका लफडा हेर्न पाइएको छ। कांग्रेस र कम्युनिस्ट पार्टीले खुलेआम रुपमा उम्मेदवारहरुलाई बोकेका छन्।
एनआरएनको महाधिवेशन हुनुअघि नै एउटा रमाइलो खबर आएको थियो- मापसे गरेर फिट्टु भएका एक जना पदाधिकारीले एउटा अन्तर्राष्ट्रिय एयरलाइन्सको प्लेनको क्याबिनमै गएर म प्लेन चलाउँछु भनेर भनेपछि प्लेनबाट निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीलाई बुझाइएछ।
को हो भनेर नामै नकिटौँ अब। बुझ्नेले बुझेकै छन्।
अनि अस्ति भर्खरको अर्को रमाइलो, अस्ट्रेलियाबाट आएका त्यतैको नागरिकता लिइसकेका भूपू नेपालीले आफूहरु विदेशीको लामो लाइनमा बस्नु पर्यो, नेपालीको लाइनमा बस्न पाइएन भनेर रिसाएर इमिग्रेसनमा अधिकारीहरुसित बाझे, त्यतिले नपुगेर शिशा नै फुटाइदिए।
अध्यागमन कार्यालयले समेत विज्ञप्ति निकाल्न बाध्य भयो- लौ न हजुर, नेपाली मूलका विदेशी नागरिकहरुले यस्तै दुःख दिन्छन् भन्या भन्ने पाराको। हेर्नुस् त विज्ञप्ति-
त्यसपछि प्रहरीले शिशा फुटाउने पुरुष एनआरएनलाई ५० हजार रुपैयाँ र उकास्ने महिलालाई २५ हजार रुपैयाँ धरौटीमा छाड्यो। उनीहरु अब एनआरएनको चुनावी राजनीतिमा सक्रिय रुपमा लागिराछन्।
अनि आयो चुनावको कुरा। चुनावमा अध्यक्षका दुई उम्मेदवार छन्- कुल आचार्य र कुमार पन्त।
रमाइलो त कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेको समाचारै कान्तिपुरबाट डिलिट भएको दिनबाटै सुरु भइसक्या थियो। त्यो समाचार किन डिलिट भयो, आजसम्म कसैले केही भनेका छैनन्। त्यतिबेलाको ब्लग पढ्नुस् यहाँ क्लिक गरेर।
अब चुनाव हुने भयो। तर अध्यक्षका एक प्रत्याशीलाई चुनावमा उठ्नै नदिने कसरी गर्न सकिन्छ भनेर मिटिङ बसेको कुरा आयो। अर्को पक्षले पनि फलानो त फलानो आरोपमा पुलिसले खोजिरहेको छ भनेर हल्ला मच्चाइदियो।
परराष्ट्र मन्त्रालयमा उजुरी समेत पर्यो- नियमावली विपरीत प्रतिनिधि गोप्य रुपमा थपियो, मतदाता नामावली नै प्रकाशन गरिएन भनेर।
मतदान आज अर्थात् बुधबार दिउँसो २ बजेदेखि हुनुपर्ने थियो। तर लफडा भयो।
भोट गर्दा पासपोर्ट, भिसा वा विदेशमा बसेको आइडी देखाउनु पर्ने भन्ने नियम बनाइएको थियो। त्यसको कुमार पन्तको टिमले विरोध गरेर भोटिङ सुरु हुन दिएन। राति मतदान हुन हुन लाग्या बेलामा फेरि अर्को लफडा आइलाग्यो। कुमार पन्तको टिमका सचिव र कोषाध्यक्षका उम्मेदवार कुल आचार्यको प्यानलमा आए।
इलेक्ट्रोनिक भोटिङको व्यवस्था गरिएकोमा भोटिङ मेसिनमै प्राविधिक खराबी आयो भनियो। अनि त्यसपछि मतदानै स्थगित गरेर भोलि इलेक्ट्रोनिक गर्ने कि कागजमा गर्ने भनेर सर्वपक्षीय मिटिङ गरेर टुङ्गो लगाउने भएछन्।
होहल्ला र लफडा कस्तो थियो, एनआरएनको चुनाव हो कि विद्यार्थीको चुनाव- हेर्नुस् त भिडियोहरु-
यो पनि हेर्नुस्-
विदेशमा बस्ने नेपालीहरुले नेपाल सुध्रिएन, नेपाली सुध्रिएनन् भनेर सधैँ गाली गरिरहेका हुन्छन्। तर उनीहरु आफै चाहिँ कस्ता छन्, अहिले चैँ देखिएको छ है। रमाइलो छैन त? 🙂
NRNA मा धेरै ब्याक्तित्यो हुनुहुन्छ जो देशको सम्ब्रिधि र बिकाशमा जोड्न को निम्ति अहोरात्र कठिनु हुने उपेन्द्र महतो, शेष घले जीवा लामिछाने हिराचन आदि,
NRN मा देखिएका समश्याको जड निम्न छन्
१ केहि समय देखि nrna ncc बाट बिकृति सुरु हुन्छ, जो अधक्ष्य बन्ने हो उसले आपनै मन मर्जीले सदस्य बनाउन पासपोर्ट कपि जम्मा गर्ने र तिनीहरुको सबै सदस्यता सुल्क तिरी दिने,
२-तेस्तै ICC conference मा सहभागी हुन् कुन देशबाट कति प्रतिनिधि आएका छन् तिनको टाउको गनेर मोल्मलाई गर्ने उनीहरुको खानपिन सबै ब्यबस्था मिलाउने सम्म का कार्यले क्रमश बिकृति र एउटा धनाडय् को हातमा मात्र सिमित हुन् पुग्यो
३-NRNANCC.तेतिमात्रै होइन कतिपय ब्याक्ति बिभिन्न अपराधमा संलग्न ब्याक्ति जस्तो हुण्डी र ठगीमा संलग्न व्यक्ति जसले अर्काको पैसा ठगि गर्ने व्यक्ति पनि आइसीसी सदस्य बनेको देखिन्छ येस्ता ब्याक्ति हरुको बोलबालाको कारण NRNA जान चासो घट्ननु अस्वोभाविक पनि होइना.
हालैको निर्बाचनमा बाहिरि घुसपैठ अधिक भएकोले पनि होह्ला हुनु स्वोभाविकाइ थियो ब्यबस्थापन फितलो देखिन्थियो. आवागमनमा अलिक काढे गरिनु पर्नेमा तेसो हुन् सकेन र आपना उम्र्द्वाको नारा जुलस र पार्टी प्यानल पनि अर्को कारण थियो चुनवामा अलिक होहल्ला हुनु मा
कुल आचार्य कस्ता छन् म चिन्दिन, उनि कुन देशका हुन् त्यो पनि मलाई बिल्कुल थाहा छैन । तर कुमार पन्तलाई मा व्यक्तिगत रुपमा चिन्छु र म पनि तेही कुमार पन्त बस्ने देशमा पढाइको सिलसिलामा छु । मैले यो देश जर्मनीमा समय बिताएको पनि लगभग एक दशक हुन लाग्यो । मैले ऐले सम्म बिदेशमा यो एन आर एन भनौदा हरुले केहि गरेको देखेको छैन । बढीमा उही सबै बाट उठाएको पैसाले दशैं र तीज को भोज बाहेक बिदेशमा बसिरहेका नेपालीहरुको लागि केहि गरेको देखेको छैन । यही दुइ तिन दशक समय बिताइसकेका हरुले पनि यहाको राम्रो चालचलन सिक्न नसकेको छक्क परेको छु ।
उदाहरणको लागि जर्मनीकै एक ठुलो सहरमा बिदेशी हरुलाई नेपालप्रति आकर्षित गराउने हेतुले एउटा कार्यक्रम आयोजना गरेको थियो । तेसै कार्यक्रम मा कुमार पन्त, जो अहिले एन आर एन प्रेसिडेन्टका दौड मा छन्, पनि आएका थिए । प्रवेशद्वारमा सबै बिदेशी पाहुना हरुले पालो कुरेर भित्र प्रवेश गरिरहेका थिए । तर उनि पालो नकुरी भित्र प्रवेश गर्न खोज्दा मैले रोकेर पालोमा बस्नु भन्दा रिसाएका थिए । एउटा सानो उदाहरण थियो त्यो एन आर एन प्रतिनिधिहरुको लामो विदेश बाट पनि नसुध्रिएको आचरणको ।
यसै गरि नेपालमा केहि आपात विपद परेको उठाइएको रकमको कैलेइ पनि पारदर्शी ढंगले लेखाजोखा भएको मैले कैले पनि पाइन । जस्तै जर्मनी मै बसोबास गरिसके पछि स्थानीयहरू संग नजिक हुन सघाउने, उनीहरुबाट सिक्नाखोज्ने स्वभाव को बिकाश गर्न सघाउने कुनै कदम चलाएको मैले ऐले सम्म थाहा पाएको छैन । अनि दुख लाग्छ जब यही एन आर एन हरु नेपाल जादा नेता कार्यकर्ताहरुको हाइ हाइ पाएको देख्दा । सर्वसाधारणले फूलमाला लगाएर स्वागत गरेको देख्दा छक्क पर्छु, हैन गर्न चाहि के गरे यिनीहरुले, न त बिदेशमा बसिरहेका नेपालीहरुको लागि न त नेपालकै लागि । मेरो निस्कर्ष: एन आर एन न त बिदेशमा बसिरहेको नेपालीलाई न त नेपालमै बसिरहेकालाई जरुरत छ ।
yo man ta mero nepali ho…………….
अगुवा नै बाटो हगुवा भएपछी सक्किगो नी| फिट्टुवालले सम्पूर्ण एनआरएनलाई लाजमा डुबाए|
पास्पोर्ट र भिसा देखाएर भोट हाल्ने भनेछी एउटा पक्षले खुट्टा कमाउनुको मतलब बुझ्नपर्छ| जस्को पासपोर्ट छैन र त्यसमा भिसा छैन त्यस्ताले के दोहोरो नागरिकताको दोहोरी गाउने हो? पीआर र ग्रीनकार्ड हुनेको नेपाली नागरिकता साथै हुन्छ, वँहाहरुले किन दोहोरो नागरिकताको वकालत गर्नपर्यो, हे नारान!
जसको बिदेशी पास्पोर्ट छैन वँहाहरुलाई एनआरएनमा भोट् हाल्न दिनुभएन|
जजस्ले सरकारले उपलब्ध गराएको छात्रब्रित्ती वा कुनै प्लान अन्तर्गत देशमा जागिर राखेर भगौडा भएका र युएन अनी विश्व बैन्क र विश्व स्वाथ्य संस्थामा जागिर खान नेपाल सरकारको जागिर छँदा बिदेश गएका छन, त्यस्ता हरुलाई के को दोहोरो नागरिकता? त्यस्ता भागौडेहरुलाई त जरिमाना गर्नपर्छ, जरिमाना र कार्वाही पहिले अनी अरु कुरो पछी| कुनै खोज पत्रकारले कुनै दिन खोजी गरेर ल्याउनेछ|
एनआरएनले सिकाउने भने अनुशासन र प्रणाली र त्यस्को कसरी नियमन फलो गर्ने भन्ने सन्स्कार र प्रबित्ती हो| रकम लगानी भन्दा पनि भित्राउन परने धेरै महत्वपूर्ण कुरा यिनै हुन| यो सुन्दर मुलुक नेपाल चरम रुपमा बिथोलिएको नै दन्डहीनता, भ्रश्ट्चार र अनुशासनहीनताले हो| राजनैतीक अधिकार बाहेकको दोहोरो नागरिकता एनआरएनलाई संबिधानले ग्यारन्टी गरेको छ| एनारेनलाई राजनैतीक अधिकार चाँही दिन मिल्दैन|
मिल्छ भने विश्वसनीय तर्क राख्न सक्नुपर्यो| अहिलेसम्म यो फितुलो छ, भाना भान्जी र ज्वाँईलाई मन्त्री एड्भाइजर बनाउने इच्छा होला|
NRN ko category chuttauna parcha, kasari NRN bhaye ?
desh lai bechera, asylum garera bidesi passport liyeki, aru nai kuna gatilo tariley. malai jaha samma lagcha political asylum garera liyera haru ko thulo sworr huna parcha, padhera , afno khubi dekhayera liney haru ley testo garchan jasto lagdaina malai .. byaktigal dharana 🙂
Kancha Babu
देशभक्त नेपालीहरु देश विकास गर्न मातृभूमिमा जम्मा भएका छन्, नेपाली पारा नदेखाए कसरी नेपाली भइयो र? त्यति मात्र कहाँ हो र, विदेशमा बस्नेहरुले आफूलाई नेपालमा बस्ने भन्दा उच्च ठान्छन्. त्यसैलाई अलिकति व्यंग्यात्मक रुपमा एउटा लेख लेख्न मन लाग्यो.
ब्लग: विदेशमा बस्ने म जस्ता देशभक्तहरु
-अज्ञात
सधैं झैं यस पटकको दशैँ तिहार जमघटमा धेरै नेपालीहरुसँग भेटघाट भयो। नेपालीको जमघटमा दुईवटा कुरा छुटेको हुँदैन- पहिलो कुरो रक्सी र दोश्रो कुरो राजनीतिक गफ। सानो जमघट होस् या ठूलो, नेपालको राजनीतिको कुरा जहिले पनि गफको केन्द्रमा हुन्छ।
नेपालको अहिलेको राजनीतिको विषयमा विदेशमा बस्ने म सहित प्राय: सबैको तर्क एउटै हुन्छ- अहिलेका नेताहरु निकै भ्रष्ट र अनैतिक भए। यिनीहरुबाट देश विकास हुने सम्भव छैन। ओलीले केही गर्लान् कि जस्तो लागेको थियो तर उनी पनि अरु जस्तै कान चिरेको जोगी निस्के। भ्रष्ट्राचारीहरुलाई कारवाही नहुनुमा यिनै नेताहरु आफै मुछिएकाले हो।
‘‘सिस्टम’ नै छैन कसरी हुन्छ?’ एकजनाले शिशाको गिलासको रक्सी सिनित्त पारेर आफ्नो धारणा व्यक्त गरे।
‘किन छैन सिस्टम? कसैले माने पो? जसले सिस्टम बनाउँछ उसैले मान्दैन अनि जनताले कसरी मानुन्?’ अर्का एकजनाले टिप्पणी गरे।
म सुनिरहेको मात्र थिएँ। बोल्नुमा भन्दा मलाइ रक्सी मै दिलचस्पी थियो।
उनीहरुले देश विकासका मोडेलहरु प्रस्तुत गर्दै थिए। कसैले चीनको उदाहरण दिन्थे भने कसैले सिंगापुरको अनि कसैले भारतले गर्दै गरेको विकास। गफ अन्तमा गएर नेताहरुमा टुंगिन्थ्यो- नेताहरु बदमास भएकोले देशको यो दुर्दशा भएको हो।
मैले त्यहाँ भेला भएका धेरैलाई नियालें। धेरैजसोले विदेशी नागरिकता लिइसकेका थिए। अरु बाँकी चाहिँ जसरी भए पनि विदेशको नागरिकता या ग्रीन कार्ड लिने चक्करमा थिए। तर विदेशी नागरिकता लिइसक्दा पनि उनीहरुले नेपालप्रति लिएको चिन्ता देख्दा त्यहाँ उनीहरुको देशभक्ति प्रष्टिन्थ्यो। उनीहरुले गरेको कुरो एकदम ठिक थियो र म पनि त्यसमा सहमत थिएँ। भ्रष्ट र अनैतिक नेताले देश बिगारेका थिए।
त्यसैबिच दशैं मान्न र छोरा बुहारी भेट्न नेपालबाट आएका एकजना साथीका बुवाले भने, ‘तपाईंहरु यहाँ बसेर देश विकासको कुरो गर्नुहुन्छ, नेता र कर्मचारीहरुलाई गाली गर्नुहुन्छ तर तपाईंहरुले आफ्नो तर्फबाट चाहिँ देशको लागि के गर्नु भएको छ त? तपाईंहरु जस्तो पढेलेखेको, जाने बुझेको मान्छे त यसरी नेतालाई गाली गरेर बस्नु भन्दा देशमा केही न केही नयाँ काम गरेर देखाउनुस् न। उद्योग कलकारखाना खोल्नुस्, अरुलाई रोजगारी दिनुस्। त्यसैगरी हुने त हो नि देशको विकास। यसरी कुरा मात्रै गरेर बसेपछि तपाईंहरु पनि नेपालका नेता भन्दा कति फरक हुनु भयो त?’
उनको त्यो टिप्पणीले सबैमा एकाएक सन्नाटा छायो। सबै मुखामुख गर्न थाले।
उनको टिप्पणीले मलाइ मनमनै रिस उठ्यो। म धेरै बोल्ने मान्छे होइन त्यसैले पनि तुरुन्तै आफ्ना विचार व्यक्त गर्ने हिम्मत आएन। मलाइ स्पष्ट थाहा छ नेपालमा बस्ने ‘ठूला’ भनाउँदाहरु सबै भ्रष्ट र स्वार्थी हुन्। कुरा चाहिँ ठूला गर्छन् काम चाहिँ शुन्य। देशभक्ति भनेको उनीहरुलाई के थाहा। देशभक्ति भनेको त भित्र हृदयदेखि नै आउनुपर्छ। गफ गरेर, भाषण गरेर, जनतालाई उल्लु बनाएर आउने हो र? उनले आफूले चाहिँ के गरे देशको लागि? मैले उनलाई चिनेको त थिएन तर पक्कै पनि कुनै ठूलो पदको भ्रष्ट्राचारले गन्हाएको कर्मचारी भन्दा के होलान् र भन्ने मलाइ लाग्यो। म आफू निकै देशभक्त भएकोमा गर्व छ। म देशप्रेमले ओतप्रोत छु जुन कुरो म कुनै पनि नेताहरुमा र उनीजस्ता भ्रष्ट कर्मचारीहरुको मुहारमा देख्न र अनुभव गर्न सक्दैन।
म नेपालमा बसेका अधिकांश नेपालीहरु भन्दा पढेलेखेको छु, सायद नेपालको भन्दा राम्रै कमाइ गरेको हुँला, राम्रोसँग परिवार पालेको छु, बच्चाहरुलाई राम्रो शिक्षा दिएको छु, भविष्यमा नेपाल फर्किने भनेर सबै पैसा नेपालमा जग्गामा लगानी गरेको छु। अझै सम्म पानि कुनै देशको नागरिकता या ग्रीन कार्ड लिएको छैन। बुवा आमालाई पटक पटक विदेश ल्याइरहन्छु। यदि सबैले मैले जस्तै आफ्नो पौरखमा बाँचेर, भ्रष्ट्राचार नगरेर, नैतिकता नबेचेर काम गर्यो भने देश बन्न कति नै लाग्छ र?
त्यही सोच्दासोच्दै रक्सीको झोंकमा मेरो मुखबाट फुत्त निस्किहाल्यो- ‘गफ नछाँट्नुस् तपाईं पनि। देश बिगार्ने भनेका तपाईंहरु जस्तै देशमा बसेर केही काम नगर्ने अनि अरुलाई पनि काम गर्न नदिने कर्मचारी र नेताहरुले हो। यदि तपाईंहरुले देशमा राम्रो वातावरण बनाइदिएको भए हामी जस्ता दक्ष जनशक्ति विदेशिनु पर्थ्यो?’
हो, पढेलेखेको भनेर विदेशमा बस्ने हामी अरुभन्दा उच्च छौं भन्ने अहम र भ्रम म जस्तै धेरैमा छ। म या म जस्तै अरु पढेलेखेकाले सत्ता पाएमा देश विकास हुन्छ, सुशाशन आउँछ भन्ने मलाइ विश्वाश छ।
‘ए उसो भए देश बिगार्ने नेता र कर्मचारीहरु मात्र हुन् हैन त ?’ उनले मलाइ चुनौती दिंदै सोधे।
मलाइ आफूप्रति निकै विश्वाश थियो, मैले पनि कुनै संकोच नमानी भने, ‘हो, नेताहरु र कर्मचारीहरु स्वार्थी भएर, देशको माया नभएर, सबैले आफ्नो मात्रै पोल्टो भर्न खोजेर नै देशमा अहिलेको स्थिति आएको हो।’
‘त्यसको मतलब तपाईंहरु मात्रै निस्वार्थी र देशभक्त हैन त?’ उनले खिसी गरेको पारामा सोधे।
अरुहरु सबै चुप थिए। उनको र मेरो वादविवाद ठूलै होला जस्तो देखिन थालेको थियो। मलाइ उनको मुखमा बुझो लाग्ने गरी ‘हो’ भनेर जवाफ दिन मन लागेको थियो तर आफ्नो बढि नबोल्ने बानीले मलाइ रोक्यो। मैले उनको प्रश्नको उत्तर नदिएर ‘तपाईं जसरी बुझ्न चाहनुहुन्छ त्यसै बुझ्नुस्’ भनेर पन्छिएँ।
तर उनको त्यो प्रश्नले रक्सीको नशामा पनि मलाइ गम्भीर भएर सोच्न बाध्य बनायो- के साँच्चै म निस्वार्थी र देशभक्त छु त?
किन छैन? अवश्य छु। मेरो रगतको थोपा थोपामा नेपाल बगेको छ। म हरेक दिन नेपालको बारेमा सोचेर चिन्तित हुन्छु। हरेक दिन नेपाली समाचार पढ्छु र तिनमा टिप्पणी पनि गर्छु। नेपाली गीत सुन्छु, घरमा धेरैजसो नेपाली खाना खान्छु। नेपालमा मान्ने हरेक पर्वमा पुजा गर्न नसके पनि तिनलाई मनले सम्झिन्छु। एक दुई वर्ष बिराएर नेपाल पुगेकै हुन्छु। नारायण गोपालका आधुनिक गीत र गोपाल योन्जनका राष्ट्र भक्तिका गीत सुन्छु। कहिलेकाहीँ देशमा कसरी विकास गर्नुपर्छ भनेर आफ्ना विचारहरु पनि राख्छु। विदेशमा बसेर त्यो भन्दा बढि के गर्नु?
‘तर के त्यति मात्र हो त देशभक्ति?’ म फेरि सोच्न थालें।
मलाइ देशले पढायो, ज्ञान दियो, आफ्नो खुट्टामा उभिन सक्ने बनायो तर देशको लागि केही गर्नुपर्ने बेलामा म चाहिँ विदेशमा बसेर आफ्नो र परिवारको मात्र स्वार्थ हेरेर आरामदायी जीवन बिताउँदै छु। न त ममा नेपालमा पसिना बगाएर जीवन गुजार्न सक्ने हिम्मत छ न त नेपालको विकास प्रति वास्ता। डुब्न लागेको डुंगाबाट मुसाहरु भागे जस्तै म पनि नेपालमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भएको हुँ। त्यही हो मेरो अहिलेको वास्तविकता। के मेरो देशभक्तिको परिभाषा त्यही हो त?
के म नेपालको स्वार्थ भन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएर विदेशिएको हैन र?
के म विदेशमा छोराछोरी पढाएपछि उनीहरुको भविष्य राम्रो होला भनेर यहाँ बसेका हैन र?
के नेपाली बोल्दा मलाइ अलि अप्ठ्यारो लाग्ने भैसकेको कुरो सत्य होइन र?
के छोराछोरीको अंग्रेजी बिग्रन्छ भनेर श्रीमती र म पनि घरमा अंग्रेजी नै बोल्न थालेको सत्य हैन र?
के विदेशमा नाकमा डोरी लगाएर नियम पालना गर्ने म नेपाल जाँदा चाहिँ नियम तोड्नुमा आफूलाई महान ठान्दै अध्यागमनमा कर्मचारीले आवश्यक कागजात खोज्दा होस् या ट्राफिक प्रहरीले लाइसेन्स हेर्दा होस् उल्टै आफ्नो फूर्ति देखाएर उनीहरुलाई सत्तो सराप गर्ने म नै हैन र?
के विदेशमा निकै सभ्य र इमान्दार भएर काम गर्ने तर नेपालमा आफ्नै दाजुभाइ र साथीहरुको प्रगतिमा इर्श्या लागेर कसरी उनीहरुलाई खुट्टा तानेर तल झार्न सकिन्छ भनेर सोच्ने म नै हैन र?
के विदेश जाँदा भिसाको झन्झट नहोस् अनि कसैले नेपाल जस्तो अविकसित देशको नागरिक भनेर हेपेर कुरा गर्ने हिम्मत नगरोस् भनेर नेपालको पासपोर्ट त्याग्ने उदेश्यले हरेक बर्ष सुटुक्क डी भी भर्ने म नै हैन र?
त्यति मात्र हैन, मेरी श्रीमती तीजमा अंग्रेजी गित लगाएर ‘डान्स’ गर्छिन्।
उनले नेपाली साथिहरु भेट्दा समेत नमस्ते नगरेर गाला जोडेर म्वाई खान्छिन्।
म पनि साथीहरु भेट्दा आधा भन्दा बढि अंग्रेजी शब्दहरु नै ‘युज’ गरेर बोल्छु। त्यसो गरेपछि मात्रै मेरो महानता स्पष्ट हुन्छ। नेपाली मात्र बोलें भने त्यहाँ म पाखे र असभ्य ठहरिन्छु भन्ने डर भित्रै देखि छ।
छोराछोरीले नमस्ते बाहेक बढि नेपाली बोल्न सक्दैनन्। उनीहरुलाई दाल भात भन्दा ‘बर्गर’ र ‘बिफ स्टेक’ मिठो लाग्छ र दशैं भन्दा क्रिसमस रमाइलो लाग्छ।
नेपालमा बसेकाहरुले कस मे कम देशमा बसेर त कोशिश गरेका छन् तर म चाहिँ एउटा भगौडा सिपाही या भाडाको सिपाही जस्तो अर्काको देशमा आफ्नो पसिना बगाएर आफूलाई महान ठान्दै बसेको छु।
अहिलेको विश्वव्यापीकरण, व्यक्तिगत स्वतन्त्रता र व्यक्तिवाद हावी भएको यो समयमा जसले जसरी जीवन व्यतित गर्न चाहन्छ, जसले जहाँ जीवन व्यतित गर्न चाहन्छ उसको स्वतन्त्रताको कुरो हो। देशको लागि सिन्का पनि नभाँचेर देशभक्तिको राग अलाप्नु पाखण्ड हो। गफ छाँट्नु र गफको विषयलाई आफ्नो दैनिकीमा चरितार्थ गर्नु धेरै भिन्न कुरो हो। भन्न जति सजिलो हुन्छ गर्न त्यत्तिकै गाह्रो। जब कहिलेकाहीँ देशभक्तिको भावनाले छोपेर म भावुक बन्छु, त्यतिबेला मेरो व्यक्तिगत स्वार्थले तुरुन्त त्यो भावुकतालाई विस्थापित गर्छ। अहिले कमाइरहेको पैसा, आरामदायक जीवन, छोराछोरीको पढाइ र भविष्य, नेपालको अस्तव्यस्तता सबै सोच्छु अनि मेरो स्वार्थले जहिले पनि मेरो देशभक्ति माथि विजय हासिल गर्छ। त्यही पराजयलाई नै मैले आफ्नो देशभक्ति ठानेर बसेको छु।
तर म एक्लै चाहिँ छैन, म त एउटा प्रतिनिधि पात्र मात्र हुँ। विदेशमा बसेर देशभक्तिको भाषण गर्ने र त्यही अनुरुप आफूले पनि देशको सामाजिक र आर्थिक विकासको लागि दत्तचित्त भएर काम गर्ने नेपालीहरु एकाध होलान्, अरु सबै म जस्तै स्वार्थी हुन्। उनीहरुले जानेर या अन्जानमा देशभक्तिको नाम बेचेका मात्रै हुन्। आफ्नो व्यक्तिगत स्वार्थलाई सबभन्दा माथि राखेर विदेशमा आफ्नो स्वार्थ पुरा गर्न बसेका हुन्।
यदि मैले र म जस्ता विदेशमा बस्ने नेपालीहरुले आफूलाई देशभक्त भन्न रुचाउँछन् भने फत्तेमान र पुष्प नेपालीले गाएको गीत ‘नेपालले के गर्यो मलाइ भन्न छोदिदेऊ, नेपाललाई के गरें मैले सोच्न थालिदेऊ’ मा भने जस्तै सोच्ने बेला आएको छ हैन भने बलेको आगो मात्रै ताप्ने मेरो जस्तो स्वार्थी देशभक्तिको कुनै अर्थ छैन।
चन्द्रमामा पुगे पनि नसुध्रिने नेपाली भनेर उसै भनेको होइन हो । कुकुर को पुच्छर सोझिएला यिनिहरु सुध्रिन्न्न, यो एन. आर. एन. ठगी खाने/जाँड खाने सस्था बनेको छ चन्द्रमामा पुगे पनि नसुध्रिने नेपाली
Jatii nai thulo guff gare panii Gorkhee bani ka jancha ta.
You can take Nepalese out of Nepal but you can’t take Nepal out of Nepalese. ?