Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिको सवारी हेलिकप्टरबाट भए पनि सडकमा एक घण्टा जाम

Posted on October 16, 2019October 16, 2019 by Salokya


पहिलो पटक राष्ट्रपतिको सवारी शितलनिवासदेखि एयरपोर्टसम्म हेलिकप्टरबाट चलाइएको खबर आयो। राष्ट्रपति आजदेखि म्यान्मारको भ्रमणमा जान लागेकी हुन्। त्यस क्रममा शितल निवासदेखि एयरपोर्टसम्म पहिले भए दुई तर्फी बाटो बन्द गरेर सवारी चलाइन्थ्यो। तर आज भने हेलिकप्टर प्रयोग गरियो। नेपाली सेनाका प्रवक्ताले मिडियालाई बाइट दिए– ‘सर्वसाधारणलाई ट्राफिक समस्याबाट मुक्त राख्न हेलिकप्टरको प्रयोग गरिएको हो।’ अनि सडकमा जाम भएन त यो पटक? किन नहुनु!

राष्ट्रपतिको शितल निवासदेखि एयरपोर्टसम्म जाने रुटमा पक्कै सवारी जाम भएन। तर राष्ट्रपतिलाई विदाइ गर्न उपराष्ट्रपति पक्कै जानु पर्‍यो। अनि उपराष्ट्रपति हेलिकप्टरमा गएका हैनन् फेरि।

राष्ट्रपति विदेशमा भ्रमणमा गएपछि राष्ट्रपतिको रुपमा गर्नुपर्ने सबै कामहरु गर्ने उपराष्ट्रपतिले हो। त्यसैले कार्यवाहक राष्ट्रपतिको रुपमा उपराष्ट्रपति हुने भयो।

अनि जाँदा उपराष्ट्रपति भए पनि फर्कँदा त कार्यवाहक राष्ट्रपति ! सुरक्षा त हुनै पर्‍यो।

त्यसैले उपराष्ट्रपति एयरपोर्टदेखि आफ्नो निवास लैनचौरसम्म फर्कँदा बाटोमा एक घण्टा जाम हुन पुग्यो। त्यो पनि पिक आवरमा- अफिस टाइममा।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिहान १० बजेर १५ मिनेटमा सवारी आवागमन प्रभावित हुने सूचना जारी गर्‍यो-

कार्यालयले सवारी आवागमन खुलेको सूचना भने ११ बजेर १५ मिनेटमा जारी गर्‍यो।

मतलब हेलिकप्टरमा राष्ट्रपतिको सवारी चलाएर के गर्नु, तल बाटोमा त एक घण्टा जाम त बेहोर्नै पर्‍यो उपराष्ट्रपतिको सवारीका कारण।

 

2 thoughts on “राष्ट्रपतिको सवारी हेलिकप्टरबाट भए पनि सडकमा एक घण्टा जाम”

  1. ऋषि अधिकारी says:
    October 18, 2019 at 3:06 am

    नेपालमा सबै भन्दा शक्तिशाली पद भनेको प्रधान मन्त्रि को हो, त्यसैले पक्कै पनि प्रधान मन्त्रि नै ज्यादा सुरक्षा मा तारो हुन्छन होला, राष्ट्रपति भन्दा। यदि प्रधानमन्त्री दिनहुँ बालुवाटार बाट सिंह दरबार गाडीमै आवत जावत गर्छन भने, राष्ट्रपति चाही किन आवत जावत गर्दा कि त बाटै बन्द गराउनु पर्ने कि त हेलिकप्टर चढ्नु पर्ने ? के राष्ट्रपति सामान्य नागरिक झैँ गाडी बाटै बाटो नरोकी हिड्न हुदैन?

    Reply
  2. anjan says:
    October 17, 2019 at 1:11 pm

    Khoe Nepal ko samachar negative ko negative nai, kahile sunna paula postive khabar…? Kahile aaula neta ko hos, morality, humility, kahile bujhidela neta harule janatako pida, kahile byuntela janata pani?

    Pray for Nepal forever…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme