Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चीन र नेपालबीच भएका २० वटा सम्झौता र समझदारी पत्र के के विषयमा? खै त सरप्राइज प्याकेज?

Posted on October 13, 2019October 16, 2019 by Salokya

चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आइतबार २० वटा समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ।

के के हुन् त ती?

१. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणाली सम्झौता

२. नेपाल र जनवादी गणतन्त्र चीनबीच शासकीय क्षमता अभिवृद्धि तथा आदानप्रदानका लागि सम्बन्धी समझदारीपत्र

३. नेपाल र जनवादी गणतन्त्र चीनबीच आपराधिक गतिविधि नियन्त्रणसम्बन्धी कानुनी सहायता सन्धि

४. नेपाल र जनवादी गणतन्त्र चीनबीच सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षणसम्बन्धी समझदारीपत्र

५. नेपाल र जनवादी गणतन्त्र चीनबीच राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानी तथा सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्र

६. नेपाल र जनवादी गणतन्त्र चीनबीच सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्यदूतावास स्थापना गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)

७. नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन नेपाल सीमापार रेलपरियोजनाको सम्भाव्यता अध्ययन सम्बन्धी समझदारीपत्र
(केरुङ काठमाडौँ रेलको मोडालिटीमा नै सहमति हुनसक्ने भनी प्रचार भएको थियो जस अनुसार चीनले ५० प्रतिशत अनुदान, २५ प्रतिशत ऋण दिने भनिएको थियो। तर त्यस्तो नभई सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको छ।)

८. नेपालको काठमाडौँ महानगरपालिका र जनवादी गणतन्त्र चीनको नान्जिङ शहरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता

९. नेपालको बुटवल उपमहानगरपालिका र जनवादी गणतन्त्र चीनको सियान नगरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता

१०. नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जनवादी गणतन्त्र चीनको परम्परागत औषधि व्यवस्थापन राष्ट्रिय प्रशासनबीच परम्परागत उपचार पद्धतिमा सहयोगसम्बन्धी समझदारीपत्र

११. नेपालको गृह मन्त्रालय र जनवादी गणतन्त्र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालय मन्त्रालयबीच दैवीविपत्ति न्यूनीकरण तथा आपत्कालीन द्रुत उद्धारका लागि सहयोगसम्बन्धी समझदारीपत्र

१२. नेपालको महान्यायाधिवक्ताको कार्यालय र जनवादी गणतन्त्र चीनको सर्वोच्च महान्यायाधिवक्ताको कार्यालयबीच सहयोगसम्बन्धी समझदारीपत्र

१३. नेपालको त्रिभुवन विश्वविद्यालय र कन्फ्युसियस अध्ययन संस्थानको मुख्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस अध्ययन संस्थान स्थापन गर्नेसम्बन्धी सम्झौता

१४. नेपालको कृषि विभाग र जनवादी गणतन्त्र चीनको सामान्य भन्सार प्रशासनबीच अमिला वर्गका फलफूल चीन निर्यात गर्नेसम्बन्धी फाइटोस्यानेटरी आवश्यकतासम्बन्धी प्रोटोकल

१५. नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको समझदारीपत्र

१६. चिनियाँ सहयोगमा नेपालमा भूकम्प अनुगमन सञ्जाल परियोजना आपूर्ति तथा स्वीकार प्रमाणपत्र

१७. नेपालको अर्थ मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठनसम्बन्धी समझदारीपत्र

१८. नेपालको अर्थमन्त्रालय र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोगबीच सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारीपत्र

१९. सीमा सुरक्षा तथा कार्यालय उपकरणका लागि ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)

२०. चीनको सहयोगमा काठमाडौँ उपत्यकाका नगर क्षेत्रमा खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी बैठकका निर्णय

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा चिनियाँ पक्षले सरप्राइज प्याकेज घोषणा गर्ने भनी गरिएको प्रचार पनि हावा मात्र साबित भयो। तर दुई दशकको अन्तरालमा छिमेकी देशका एक विशिष्ट पाहुनाले नेपाल भ्रमण भने गरे। उनको यो भ्रमण यस अर्थमा पनि विशेष भयो।

7 thoughts on “चीन र नेपालबीच भएका २० वटा सम्झौता र समझदारी पत्र के के विषयमा? खै त सरप्राइज प्याकेज?”

  1. कान्छा says:
    October 15, 2019 at 8:46 am

    अरुले नभनेका र लाल बुझक्कडहरुले बुझ पचाएका कुरा भन्न मन लाग्यो| धेरै टाडा होइन, यही युगको इतिहासको कालखण्डमा र नेपालमा क्रुर र निरङ्कुश राणा शासनको अन्त्य भैसक्दाको दस्तावेज हो, उत्तरमा हाम्रो एउटा छिमेकी मुलुक जीवित थियो| त्यहाका वासिन्दाहरु चाइनिज थिएनन| त्यो मुलुकको नाउ तिब्बत थियो र त्यहाका वासिन्दाहरु तिब्बती थिए| नेपालका मेडियामा बारम्बार उल्लेखित लेण्डुपको नाउ लिनेहरुले बुझेको हुनपर्ने उक्त मुलुक सिक्किम जस्तै अहिले के भएको छ| नेपालले अहिलेसम्मको संघर्षले गणतन्त्र पाएको छ, तर त्यो मुलुकले गणतन्त्र त होइन, स्वायत्तता पनि दिनोदिन गुमाएको छ| हात पसार्ने नाउँमा हामी कति निष्ठुरी भएका रहेछौ| मानव अधिकार कसरि दानव अधिकारमा बदल्दो रहेछ जब शक्तिशाली राष्ट्रले आफ्नो शक्ति प्रयोग गर्छन| प्यालेस्टेनी, भेनेजुएला र काश्मिरको वकालत गर्नेहरु कता गए जब तिब्बतको मुद्दा आउछ? एउटा मुद्दाको दुइटा पाटा हुन्छन तर किन एउटा पाटोलाई मात्र अघि सारिरहने? तिब्बतको स्वतन्त्रता वा भनौ पुर्ण स्वायत्तताको पक्षमा आवाज उठाउन किन कन्जुस्याई?
    लौ एकक्षणलाई लाल बुझक्कड भएर चीनलाई सलाम गरौ किनभने उक्त मुलुक(तिब्बत) को भौतिक विकाशले भुइँ छाडेको छ| तर भौतिक बिकाश नै त्यहाका नागरिकहरुले चाहेका हुन् त? त्यसबाट नेपालले पाठ सिक्नपर्ने धेरै छ|

    Reply
  2. Vishnu says:
    October 14, 2019 at 2:03 pm

    It’s very simple China just cares for it’s boarder n Tibet and for that reason he came n he got it as well. Not just we Nepali but we whole south Asia are lazy. That is reflecting in our politician …. Hatti aayo hatti aayo FUSSA …Machho, Machho …..Bhyaguto?

    Reply
  3. Shankar says:
    October 14, 2019 at 11:18 am

    ” बेगर आर नट द चुजर्स ” भन्ने प्रमाणित गरिदिए सी ले | मुख भन्दा ठुलो कुरा गरेर हुन्छ र , यिनीहरु फटाह हो भनेर चिन्न , यिनीहरुले देश को माया गर्दैन भनेर बुझ्न सी जिन पिङ्ग लाइ कुनै डिस्नेरी पल्टाउन पर्दैन | राता रात देश को बजेट खर्चेर तिनकुने हरियो बनाउने ? दुर्गम जिल्ला मा त्यो पैसाले सिटामोल बाडे हुन् थ्यो ?
    खाले कसरि हुन्छ , कुन बहाना मा हुन्छ भुडी भर्ने , देश लुट्ने , बिकास चै सी जिन पिङ्ग ले , मोदीले आएर गर्दिन पर्ने |
    विदेश मा बस्ने नेपालि लाइ निस्टुरि , देश को लागि केहि गरेन भनेर सत्तो , सराप गर्ने ? आफुहरु चै देश लुट्ने , गफ गरेर खाने , तेसै भी आइपी , भी भी आइ पी , हिजो सम्म डाडा हगेर पात ले पुछेर फाल्नेहरु . . . . . | बेसरम , बेहया

    Reply
  4. Ratna says:
    October 14, 2019 at 9:45 am

    मित्र हरु , तपाईं हरुले पनि बुझेकै होला :- कहिले नेपालको नदी हरु साझा भने जस्तो कुरो गर्छ। अहिले त नेपालको हिमाल पनि साझा जस्तो कुरो गर्न थालेयो। अर्को कुरो , नेपालको हिमाल लाइ राखेर , मित्र भन्ने भने छ। नेपालको , देशको भाग राखेर अर्का संग मित्र बन्छ कसैले ?

    Reply
  5. Shanker says:
    October 14, 2019 at 9:26 am

    हिमाल नेपालको हो। किन २ देश ले , नेपालको हिमाल को उचाई बताउन परेको किन ? की नेपालको हिमाल सगरमाथा ( The Mt. Everest ) , २ नेपाल र , चीन कको हो ? (१) नेपालको हिमाल हो , नेपाललाई आफ्नो हिमालको उचाई भन्ने अधिकार छ। (२) अरु देश किन ल्याएको ? अरु देश ल्याउने नै हो भने टाढाको देश किन नलयाको , जस्तै अमेरिका , नर्वे । चीन लाइ किन ल्याएको ? चीन नजिक छ, नेपालको हिमाल चीन र नेपालको हो भन्न लाइ ? (३) नेपाल आमाको रगत चुसेर , कुर्चिमा बसने ???? तिमीहरु नेपालको हैनस भन्दैमा , हाम्रो देश हैना जे गरे पनि हुन्छ भनेर , जे मन लागे तेहि गर्ने ? (४) अब हामी तिमि हरुलाई मारने हो।

    Reply
  6. Sikkum says:
    October 14, 2019 at 7:38 am

    भ्रस्ट भिकारीहरुको आनीबानीबाट अनभिज्ञ छ र चिन, भिखारीहरुलाइ अझै सम्म थाहा रहेन रहेछ | चिन एस्तो देश हो जहाँ काम नगरी खान पाइन्दैन भन्ने समाजबाट बनेको देश हो | नेपाल एस्तो देश हो भिख माग्दै, लोब्बौदै, सत्ता हडप्ने, अनि राज गर्ने हरुको स्यालहरुको झुण्डहरुको हो | त्यो भन्दा दुख लाग्दो यी स्याल हरु जसले आफ्नो देशको भाषा र संस्कृति मास्नको अनि अन्फो जातिहरुले मात्र भोगचलन गर्नु पाउनु पर्छ भन्नेहरुको हावादारी कुरामा विश्वास गर्ने नेपालीहरुको सोचाई देख्दा उदेक लाग्छ|

    Reply
  7. jitu says:
    October 14, 2019 at 6:27 am

    समग्र सहमतिहरु एकै ठाउँमा रखिदिनुभायेकोमा आभार |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme