Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विशिष्ट पाहुनालाई विदाइ गर्दाको पोज

Posted on October 13, 2019October 16, 2019 by Salokya


नेपालमा एक रात बिताएर चीनका राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किसके। विशिष्ट पाहुनालाई विदाइ गर्नका लागि हाम्रा राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री सबै पुगेका थिए। भ्रमणका क्रममा सूचना विभागले आधिकारिक फोटोहरु उपलब्ध गराएको थियो। त्यसैमध्येको एउटा फोटो हो यो माथिको।

फोटोमा बायाँबाट क्रमशः राष्ट्रिय सभाका अध्यक्ष, प्रधानमन्त्री, चिनियाँ राष्ट्रपति, हाम्रा राष्ट्रपति र उपराष्ट्रपति देखिन्छन्।

शायद् यो फोटोग्राफरहरुको आग्रहमा दिइएको पोज होला। तर सरकारी आधिकारिक फोटोको पोज हेर्नुस् त- प्रधानमन्त्रीले हातै उठाउनु भएको छैन। उपराष्ट्रपतिले त आशीर्वाद पो दिएको जस्तो देखिन्छ, विदाइको हात हल्लाएको हैन।

अचम्म लाग्ने कुरो, यो पोजको फोटो किन आधिकारिक रुपमा वितरण गरियो? यसमा त उपराष्ट्रपतिको पोज हाँसउठ्दो पो देखिन्छ। सूचना विभागका हाकिमहरुलाई यही फोटो चाहिँ किन मन पर्‍यो होला, अचम्म !

सूचना विभागले जारी गरेका विदाइका बाँकी केही फोटो यस्ता छन्-

3 thoughts on “विशिष्ट पाहुनालाई विदाइ गर्दाको पोज”

  1. Prakash_Edm says:
    October 15, 2019 at 11:45 pm

    नजान्ने हरु नेता भएपछि येस्तै हो चि बाहेक अरुले किन हात हल्ल्यायेका होलान| हा हा|

    Reply
  2. Bकाश says:
    October 14, 2019 at 8:41 am

    यि सबैजना चिनफीङ सँगै जान लागेका जसरी हामीलाई पो हात हल्लाएछन् त!

    Reply
  3. Nirmal Balami says:
    October 14, 2019 at 4:03 am

    केही पोस्टहरु चैं शालोक्यले किन लेखे होलान् जस्तो लाग्ने ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme