Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Xi ले छि नभनुन् भनेर छोप्‍नेदेखि रोप्‍नेसम्म

Posted on October 10, 2019October 10, 2019 by Salokya


अन्ततः लामो प्रतीक्षापछि चिनियाँ राष्ट्रपति Xi Jinping को नेपाल भ्रमण निश्चित भएको छ। भोलि भारत गएर त्यहाँबाट असोज २५ गते शनिबार र असोज २६ गते आइतबार दुई दिन चिनियाँ राष्ट्रपति नेपालको औपचारिक भ्रमणमा हुनेछन्। चिनियाँ राष्ट्रपतिको भ्रमणका कारण दशैँका बेला रातारात सडक सफा भएका छन्। Xi ले छि नभनून् भनेर एयरपोर्टबाट शहर प्रवेश गर्ने क्रममा सबैभन्दा पहिला देखिने तीनकुनेलाई अस्थायी रुपमा भए पनि हरियो बगैँचा बनाइएको छ। फोहर देख्न सकिने ठाउँहरुलाई फ्लेक्सले छोपिएको छ।

रुखबिरुवा र फूलहरु अनि दुबो रोपेर तीनकुने यस्तो बनाइएको छ।

दुबोको यसरी टुक्रा टुक्रा मिलाएर राखेर पार्क हरियो बनाइएको छ २५ लाख रुपैयाँको लागतमा। कति दिन टिक्ने हो, निश्चित छैन।

यसरी बनाइएको थियो हराभरा तीनकुने। त्यो देखिएको छ नि, दुबोको टुक्रा हो।

तीनकुनेमा रोप्न ल्याइएका बिरुवाहरु।

दुबो र बिरुवाहरु।

रोपिएका बिरुवाहरु। त्यसको मुनि अहिले दुबो राखिसकिएको छ।

दशैँ नभनी रातारात काम गर्ने कामदारहरु।

अहिले यस्तो देखिन्छ तीनकुने।

कालिमाटीमा पप्पुले बनाएको पुल बनाउनु पर्ने भएको छ। त्यो देखिएला भनेर फ्लेक्सले छोप्दै।

नयाँ बानेश्वरबाट थापाथलीतिर लाग्दा बनिरहेको पुलको दृश्य छेक्न पनि यसरी फ्लेक्स राखिएको छ।

फ्लेक्सले छोपेको।

फ्लेक्सले छोपेको।

फ्लेक्सले छोपेको।

फ्लेक्सले छोपेको।

तर कुन चाहिँ उपद्रयाहाले यसरी राखेको फ्लेक्स च्यातिदिएछ।

7 thoughts on “Xi ले छि नभनुन् भनेर छोप्‍नेदेखि रोप्‍नेसम्म”

  1. Dip kumar says:
    October 13, 2019 at 12:20 pm

    नेपालीले गर्दै नगरेर हो। जापानीजले भनेको थियो :- “” नेपाललाई चाहिने चीजहरु मात्रै पनि उत्पादन गर्नी हो भने , धेरै धेरै पैसा , नेपालीहरुसंग हुन्छ , पैसा बाहिर जादैन। नेपालमा , कम्पोस्ट मोल छैना। नेपालीहरुलाई खान पुग्ने माछा छैना। नेपालीहरुलाई खान पुग्ने बंगुर छैना। नेपालीहरुलाई चाहिने बदाम छैना। नेपालीहरु निहुरो भन्ने खान्छन , आज सम्म निहुरोको खेती गर्दैनन। नेपालीहरुले रांगो भैसी खान्छन , त्यही पनि नेपाललाई पुग्ने उत्पादन गर्दैनन। नेपालमा कालो सुँगुरको मासु धेरैले महँगो तिरेर किन्छन बरु चाहिएको जति उत्पादन गर्दैन। ” ” ====== अर्को कुरो पनि भनेको थियो , नेपालीहरु जे चीज पनि एकदम महँगो गर्छन तर बुद्धि छैना उत्पादन बढाएर , ठीक मूल्यमा सामान बेचने “””” भनेको थियो। ( १) अब मेरो बिचार :- म एउटा नेपालको मान्छे हो , मैले USA Canada , Europe , Germany Japan , Australia घुमेको छु , घुमेको हुनाले देखेकै थिए। मलाई पनि के लागेयो भने :- जब मान्छे हरुले , उत्पादन धेरै गर्दैन त्यसैले थोरै चीज , महँगो गरेयो। (२) जून देश जहा छ , तेहि को मूल्य भ्यालु हुना पर्छ। तर नेपालमा कुनै चीज हरु America Europe Australia तुलनामा बेचने, कुनै त्यों भन्दा पनि महँगो :- यस्तै यस्तै गलत हुदै गएमा , काम काज ब्यापार ब्यबसाय बाट , नजानिदो रूपले बिसर्जन ( नस्ट ) हुने , घाटामा जाने। काम काज ब्यापार त बुम्म बुम्म हुनपर्छ , तर उल्टो (३) धेरै नेपालीहरुले , नेपालमा एक जोर मोजा मै , 50 रूपैया नाफा लिएको देखियो। यस्तो भएपछि , चाइनीज पसेर मोटाउछ की मोटाउदैना ??? इंडियन पसनाले नेवार को ब्यापार जाना जानी खोसियो। किनभने , नेवार ले पनि ब्यापार ओभर गरेको हुनाले , ( कस्ले थाहा पाउछ र जति सक्दो नाफा कमाउने हो , ब्यापारमा सींग हुदैन जुरो हुदैन , कस्लाई के थाह ? ) ” भन्नाले , नेवार हरु अहिले शहर मा गरीबी बढेको ओहो एकदम हालत अर्कै भयो। (4) संपूर्ण नेपालीहरु केहि चीज पनि महँगो नगर्नुस। नजानेको नेपालीहरुलाई सिकाउनुहोस। रिसौलान , आफुले जानेको हुनाले , आफु नरिसाइकन बुजाउनुहोस। नबुजदा , नबुझेर , जे पनि गर्छन। (५) यो मैले नै भोगेको कुरो हो :- ” शुद्ध दूध खाना आफै ले , आफैले गाईभैँसी पाल्न पर्छ ” भने र शुद्ध दूध को पैसा भने लिने। :- त्यसको बाउले पालेको मौरी पालन हो र हामीले येतिको त बेचिएको छह , त्यसको चित नबुझे नाकिनोस ” भने। तपाईं हामी सबै लाइ थाहा छह सबै भन्दा सजिलो पेशा हो मौरो पालन , तर हामी शुद्ध माह बेचन सक्दैनौ . त्यस्तो nepali हरुले काम गर्छन ? बरु उल्टे , ” नकिन्न ” भने। मजाले बेचेर पैसा बटुल्ने की , घाट कुरेर बसेर महंगोमा बेचेर समय बिताउने ???? की नबीचने ? मान्छे चन्द्रमा गएका छन , शुद्ध दूध र मह उत्पादन गर्ने नसक्नि ? त्यसमाथि चौपट महँगो। हो अहिले नेपालमा मह बिक्दैन, हजारौ पटक दूध रोडमा फालेर चित बुजाएका छन ( बिश्व ले सुन्दा अच्चम मान्छ :- शायद अब नेपालीहरुलाई दूध र मह ले पनि पुगिसरि आएछ होला भनेर ) . तर बास्तबिकता अर्कै छ। ज जसलाई नागरिकता बेचेको थियो तिनीहरु मोटाउनि Millionair बनने भए।

    Reply
  2. Prakash_Edm says:
    October 11, 2019 at 8:45 pm

    संसारमा २०० वटा देश छन् सधै यसरि नै रास्ट्रपति आउने भनेर हरियाली र सरसफाई गर्दा हुन्छ कि| कम्ति मा २०० दिन त देश सफा हुन्छ|

    Reply
  3. Rookie says:
    October 11, 2019 at 2:38 pm

    यी बनेका कुराको जगेर्ना गर्न सके हुने थियो

    Reply
  4. बासु says:
    October 10, 2019 at 11:20 pm

    पानी नपरिदिए हुन्थ्यो । नत्र मयुरको प्वाँख झरेको काग जस्तै हुनेछ । कीप फिङ्गर्स क्रस्ड !!!
    सी फर्किए पछि के मतलब?

    Reply
  5. madan bajracharya says:
    October 10, 2019 at 10:42 pm

    मोदी महतोले नाकाबन्दी गर्दै गरेको बेला चीनले नेपाललाई सहयोग गरेकोले मोदी-महतोको नाकाबन्दी उनीहरुकै बोलीमा “नाकाम रहे”/ त् तेतिबेला महतोले चिनलाई “मधेशके सत्रु” भनेको थियो/ चिन नेपालको मैत्री सम्भंद दू देसको संस्थापनाकाल देखि अतुलनिय रही आयको छ/

    चीन नेपालको सम्भंद “नेपालको नेताहरुलाई प्रयोग गरेर आफ्नो स्वार्थ पुरा गराउने” अजिङ्गरको अँगालो जस्तो भारत सिट को सम्भंद सिट दाज्न पनि सकिंदैन/ अरु उदाहरण किन दिने नेपाल संयुक्त रास्ट्र संघको सदस्य बन्न खोज्दा भारतको बिरोध र चीनको समर्थन र सहयोग नै लिय पुग्छ/

    २००७ देखि नेपालमा भारतको माटो र बिचारमा हुर्के हुर्कायकाले नेपालको राजनीतिको बागमती बिस्नुमतिलाई फोहरमति बनाउंदै आयको थियो/ मधेशबादी को माग र सिफारिस अनुसार ४२ लाख नेपाली नागरिकता बाँडे देखि त् तराईलाई आफ्नो रोटि बेटी र रगतको सम्भंद भयको भन्नेहरु नेपाल बाटै अलग्याउने प्रयाश समेत हुँदै आयकै छ/

    त् तेस्ताले सत्रु भनेको चीन को रास्ट्रपति नेपाल आउँदा फोहर लुकाउनु त् ठिकै छ तर फोहर लुकाउनु भन्दा तेस्ता बात हुन् सक्ने खतरा बात “बचाउन” बढी सतर्क हुनु पर्छ/

    Reply
  6. Shanker Shrestha says:
    October 10, 2019 at 6:47 pm

    नेपाली बुद्धि छैना। नेपाल र चीनको , फ्रेंडशिप सगरमाथा ( The Mt. Everest ) जस्तै उच्च रहोस्। अर्को भाषा पनि लेखेको छ। की संसार कैै , दुनियाकै भाषा लेखे हुन्थेयो , हैनाभने , अर्को कुन भाषा लेखेको ??? की चोरी चपकारी गरेर पटक पटक मंत्री प्रधानमंत्री हुँदा , नेपालको सगरमाथालाई , पनि , २ देशको बनाइसकेयो। अर्को पनि भाषा लेखेको छ , qumolongmaa यस्तै के लेखेको छ।

    Reply
  7. Shankar says:
    October 10, 2019 at 5:19 pm

    जी ले छि न भनुन भनेर हैन , कुन चै पाखेको भुडी भर्न को लागि हो | तेत्तिको लागि कति बजेट स्वाह पारेहोलान |
    अस्तिन आर्काको स्वास्नी रेप गर्ने महरा ले ५० करोड सांसद किन्न चाहियो भनेर चीन सग मागेको हैन ? देश को नाउमा माग्ने , आफ्नो भकारीमा थन्काउने | यो नै हो पाखेहरुको पोलिसी | आजकाल जनबाद , नौलो जनबाद , बहुदलीय जनबाद , समाबेसी , लोकतन्त्रात्मक गणतन्त्र , प्रचण्ड पथ तेती सुनिदैन , पाखेहरु देश को बजेटमा दाइ गर्न व्यस्त छ , यो उनीहरुको खेति पाती को समय हो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme