Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मैतिदेवी मन्दिरको झिलिमिली, विदेश उड्न लागेको मूर्ति यसरी जोगिएको थियो

Posted on October 7, 2019October 10, 2019 by Salokya


दशैँमा काठमाडौँमा दर्शनार्थीहरुको घुइँचो लाग्ने प्रमुख मन्दिरमध्ये एक मैतिदेवी मन्दिर पनि हो। अचेल यो मन्दिरमा दशैँका बेला झिलिमिली बत्ती बालेर रमाइलो बनाइएको हुन्छ। महाअष्टमिको दिन मैतिदेवीमा राष्ट्राध्यक्षले दर्शन गर्ने गर्छन्। यो चलन कसरी चलेको भन्नेबारे एउटा रमाइलो कथन छ।

कुरा २०१९ सालको फागुनको रहेछ। त्यो दिन काठमाडौंबाट दिल्लीका लागि उड्नुपर्ने विमानको उडान स्थगित हुनपुग्यो।

कारण रहेछ एउटा बाकस, जुन ट्रलीमा लोडै गर्न सकिएको थिएन। विमानस्थलबाट जाँच पास भइसकेको सो बाकस विमानमा लोड गर्नै नसकेकाले विमान उडान नै स्थगित भएको रहेछ|

विमानस्थलका सबै परे अचम्ममा। सुरक्षाकर्मीहरूले आदेशअनुसार बाकस फोरे। त्यहाँ मैतिदेवी र भैरवको काठको मूर्ति देखियो।

मैतिदेवीका गुठियारहरूले मालिगाउँ स्थित द्यःछेँ बाट २०१९ सालको तिहार अगाडि मैतिदेवीको मूर्ति हराएको जाहेरी काठमाडौं जिल्ला प्रहरी कार्यालयमा दिइसकेका रहेछन्। मैतिदेवी गुठीका नाइकेलाई बोलाई बुझ्दा दुवै मूर्ति मैतिदेवीकै ठहरियो।

त्यसपछि २०१९ साल फागुन १७ गते दुवै मूर्ति खटमा राखेर तिनै शहर डुलाइयो। र, क्षमा पूजासहित पुनः द्यःछेँमै राखियो। त्यसैबेलादेखि प्रत्येक वर्ष दशैको अष्टमीका दिन राष्ट्राध्यक्षले महाअष्टमीमा आफै शक्तिपीठहरूमा सवारी हुने परम्परा बसेको हो।

1 thought on “मैतिदेवी मन्दिरको झिलिमिली, विदेश उड्न लागेको मूर्ति यसरी जोगिएको थियो”

  1. Bekha Nepal says:
    October 11, 2019 at 7:55 am

    २०१९ साल भनेको राजा महेन्द्र शाह को पाला होइन र ? शंकास्पद ब्यक्तितो थियो यिनी।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme