Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महरा प्रकरणमा कसरी चुके मिडिया? नाम नहालेको भए के बित्थ्यो?

Posted on October 6, 2019 by Salokya

कृष्णबहादुर महरा प्रकरणले मिडिया भनेको ठूलो सानो हुँदैन भन्ने प्रमाणित गरिदियो। यो प्रकरण सार्वजनिक हुनुदेखि राजीनामा दिनुसम्ममा ठूला र मूलधारका मिडियाको खासै प्रभाव देखिएन। बरु सानो लगानीको एउटा अनलाइन मिडिया हाम्राकुराले यसलाई ‘ब्रेक’ गर्‍यो। भिडियो पनि यसैले राखेको थियो। भिडियोमात्र नभएको भए पनि यो प्रकरणलाई महरा पक्षले सामसुम नै पार्ने लक्षण देखिएको थियो। जुन दिन कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए, त्यो दिन मूलधारे मिडियामा एक कोलमका न्युजहरु थिए। सुरुमा जसरी मूलधारका मिडियाहरु चुके, त्यसरी नै पछि फेरि पीडितलाई थप पीडा दिने गरी चुके- पीडितको नाम र परिचय सार्वजनिक गरेर।

सभामुखले पार्टीको दबाबमा पदबाट राजीनामा दिएपछि सुरु भयो ट्विस्ट ल्याउने क्रम। यही मेसोमा नागरिकखबर अनलाइनले पीडितको एउटा अर्को भिडियो सार्वजनिक गर्‍यो जसमा उनले पहिला भनेका कुराहरुको विपरीत भनाई थियो।

हाम्राकुराले भिडियो र समाचारमा उनको परिचय खुलाएको थिएन। भिडियोमा भ्वाइसलाई उही राखे पनि अनुहार भने छोपेको थियो। यस्तो संवेदनशील विषयमा भ्वाइस पनि परिवर्तन वा पिच परिवर्तन गरेको भए हुन्थ्यो।

नागरिकखबरमा भने उनको पूरा परिचय नै सार्वजनिक मात्र गरिएन, भिडियोमा अनुहारसमेत देखाइयो। अहिले आएर उनले महराविरुद्ध जबर्जस्ती करणी उद्योगको किटानी जाहेरी दिइसकेपछि त्यो भिडियोमा उनलाई दबाबमा बोल्न लगाइएको देखिसकिएको छ। त्यसअघि नै महरा पक्षका सोसल मिडिया प्रयोगकर्ताहरुले उनको नाम र अनुहार फेसबुकमा सार्वजनिक गरिसकेका थिए।

नागरिकखबरको भिडियोमा त्यसरी परिचय खुलाइएपछि मूलधारका मिडिया पनि त्यही लहैलहैमा लाग्यो। अरु अनलाइनहरु पनि त्यसैमा लागे। उनी आफैले परिचय खुलाएका कारण हामीले उनको नाम उल्लेख गरेका हौँ भनेर स्पष्टीकरण दिन खोजियो। यो अनौठो लाग्यो मलाई। तपाईँ ती महिलालाई पीडित मान्नुहुन्छ कि हुन्न भन्ने प्रश्नबाट यसको स्पष्टीकरण दिनुस्। यदि महिलालाई पीडित मान्नुहुन्छ भने उनको फोटो र नाम उल्लेख गर्नु गलत हो। उनी आफैले अनुहार देखाइन् भन्नु त कूतर्क मात्र हो। उनलाई दोषी देखाउन खोज्ने मिडियाबाट उनको परिचय खुलाइएको छ। अनि त्यसैको पछि लागेर अरु मिडियाले पनि नाम र परिचय नै खुलाउनु कहाँसम्म जायज हो?

अहिले प्रहरीले जुन किटानी जाहेरी दर्ता गरेको छ, त्यसमा समेत महिलाको पूरा नाम हुन्न- सांकेतिक नाम हुन्छ। जस्तै कोटेश्वर क, कोटेश्वर ख आदि। यो मुद्दाको पूरा मिसिलमा नै सांकेतिक नाम हुन्छ। अदालतमा समेत सांकेतिक नाम नै प्रयोग हुन्छ।

हुँदाहुँदा मिडियाले त उनका पतिको नाम पनि सार्वजनिक गरिदिए। फेसबुकबाट तानेर ल्याएर महरालाई आरोप लगाउने डिभोर्स (सहमतिपत्रसहित) भनेर समेत राख्न भ्याए। यो साह्रै गलत अभ्यास भयो।

यदि उनलाई हामी पीडित ठानिरहेका छौँ भने किन उनको नाम, काम, ठेगाना सबै सार्वजनिक गरेका? उनी अब यो समाजमा कसरी बाँच्न सक्छिन्। उनलाई किन यसरी हामीले थप पीडित बनाएका?

उनको नाम र परिचय बिना यो समाचार बनाएको भए आखिर के बित्थ्यो?

5 thoughts on “महरा प्रकरणमा कसरी चुके मिडिया? नाम नहालेको भए के बित्थ्यो?”

  1. समिर प्रजापति says:
    October 9, 2019 at 5:34 am

    अलिकति सभ्यता भनेको के हो भन्ने जानेको र पत्रकारिता मा साँच्चिकै ज्ञान र ट्रेनिंग भएका लाइ “नाम किन छापेको ” भन्ने प्रश्न गरेको भए पो

    रिसी धमलो र इन्दुकान्त शर्मा जस्ता अन्गुठा टेक अनपढ घोर गवाँर हरु “पत्रकार” कहिलिने यो मुलुक मा त्यो काँठे शिवाकोटी नामक ल्वांदे “पत्रकार” ले “ओहो पत्ता लगाएँ ” भनेर मच्ची मच्ची फुर्ति लगायो किन कि यो भोंडा गवाँर लाइ पत्रकारिता को प पनि थाहा छैन

    हत्यारा छविलाल र गफास्टक छोली ओली ले हाँकेको मुकुक मा जस ले जे गरे हुने

    चमिकने हरु लाइ खोर मा जाक्नु पर्ने

    Reply
  2. Himmat Singh says:
    October 8, 2019 at 1:18 pm

    खै हिजो आज मेनइस्ट्रिम पत्रकार भनौदा हरु अहिले कहाँ छन् उनीहरुलाई लज्जा बोध हुनुपर्ने हो

    Reply
  3. bijay says:
    October 7, 2019 at 5:41 am

    प्राय नेपाली पत्रिकालाई पत्रकारिताको मूल्य मान्यता भन्दा ब्रेकिङ्ग न्युज दिनु नै ठुलो कुरा हुन्छा/
    अनि के नै आश गर्न सकिन्छा येस्ता मेडियाबाट, चाहे त्यो नेपाली मुलधार नै किन नहोस/ अझ मुल्धारे मेडिया त अलि ठुला बधाको कुरा या कुनै आफ्ना प्रायोजकको नराम्रो कुरा प्रकाशित गर्नु पर्यो भने दांतबाट पसिना निकाल्छन, तर एस्तो सामान्य जनताको जीवनमा प्रत्यक्ष्य असर पार्ने खबर चाहि ब्रेकिङ्ग न्युज भन्दै संसनिपुर्ना तरिकाले छाप्छन

    Reply
  4. कमल says:
    October 6, 2019 at 6:20 pm

    पीडितको नाउ, ठेगाना सावजनिक नहुन पर्ने हो| तर वल्ला घरकोले पल्ला घरको चासो राख्ने र अन्दाजा अडकल लगाउने प्रबित्ति भएको ठाउँमा गोपनीयताको कल्ले वास्ता गर्दो हो? मेडियाले त ध्यान दिनपर्ने हो| स्टोरी ब्रेक गर्ने शिवाकोटी भन्ने पत्रकारले त लाईभ इण्टर्भ्युमा पीडितको घर ठेगाना स्टेप बाइ स्टेप दिन लागेका थिए आङ्कोरले समयमै नरोकेको भए|
    जे होस् महरालाई सामान्य नागरिक सरह कारवाही नगरे अन्तराष्ट्रिय समुदायमा समेत नेपालको नाउ चलने भयो|
    डा. सुरेन्द्र केसीले भने जस्तै कान्छी ल्याउने, कान्छी खेलाउने र महिलालाई शोषण गर्ने र प्रताडित गर्ने नेताहरु सबैलाई कारवाही गर्न पर्यो र कुनै पदमा राख्नुभएंन|
    नेपालमा दण्डहीनताको कारणले भ्रष्ट्चार आर्थिक र नैतिक दुवै क्षेत्रमा अझ वृद्धि भएको हो|
    भ्रष्टचार न्यून गराउने कार्यमा ओली सरकार मुखले मात्र लेक मार्न खोजेका छन, काम जिरो|
    सिण्डिकेट भ्रष्टचार होइन त? खोइ हटाउन सकेको?
    महरालाई सख्त कारवाही हुनपर्छ, कुनै उन्मुक्ति र सुविधा दिनहुँदैन|

    Reply
  5. पृथ्वी says:
    October 6, 2019 at 5:04 pm

    यो नाम सार्वजनिक गर्ने काम गैर कानुनिक भएकाले र यो काम महरा पक्ष ले गरेको हुनाले महरालाई थप सजाय हुनु पर्दछ ! बेस्सरी जेल मा सडोस यस्तो कुकर्म गर्ने मान्छे !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme