Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्थानीय सरकारको रमाइलो : एकल पुरुषलाई भत्ता, सुत्केरीलाई रातो भाले

Posted on October 5, 2019October 5, 2019 by Salokya

संविधान कार्यान्वयन भएपछि बनेका स्थानीय सरकारहरुले रमाइला रमाइला निर्णयहरु गरिरहेका छन्। त्यस्तै रमाइला निर्णयमध्ये एक हो- एकल पुरुषले पनि भत्ता पाउने। केन्द्र सरकारले एकल महिला (श्रीमानको मृत्यु भएका) हरुलाई भत्ता दिने गर्छ। महिला र पुरुषलाई भन्ने बेलामा समान भन्ने, तर भत्ता दिने बेलामा चाहिँ किन समानता लागू नभएको? सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालाई चित्त बुझेन।

त्यही भएर कार्यविधि नै बनाएर यो आर्थिक वर्षको साउनदेखि नै लागू हुने गरी भत्ता दिने निर्णय भयो। निर्णय अनुसार अब एकल पुरुषले मासिक ५ सय रुपैयाँ भत्ता पाउने छन्।

यही असोज ८ गते कार्यविधि पारित गरी स्थानीय राजपत्रमा प्रकाशित पनि भइसकेको छ।

गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष भएको अनुमान गरिएको हुँदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताएका छन्। शेर्पा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।

महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले रु २० लाख बजेट पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ।

भत्ता लिन सुरुमा निवेदन दिनु पर्छ। त्यसपछि गाउँपालिकाले एकल पुरुष परिचयपत्र दिनेछ। त्यही परिचय पत्र भएकालाई भत्ता दिनेछ।

यस्तो छ कार्यविधि


सुत्केरीलाई ‘रातो भाले’

अर्को रमाइलो निर्णय आएको छ- बाग्लुङ जिल्लाबाट। यहाँको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने निर्णय गरेको छ। गाउँपालिकाले पाँचौँ गाउँसभाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने निर्णय गरेको हो।

स्वास्थ्य स्वयंसेविका वा आफैँ गर्भवती महिलाले गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा पुग्नासाथ संस्थाले गर्भवतीको रेकर्ड राख्नेछन्। रेकर्डसँगै गेडागुडीको बीउबिजन भएको पोषण झोला उपलब्ध गराउनेछन्। गाउँपालिकाको कार्यपालिकाको बैठकबाट कार्यविधि बनाई दशैँ–तिहारलगत्तै सुत्केरीलाई रातो भाले लगेर भेट्न जाने कार्यक्रम लागू गर्ने तयारी छ। बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अध्यक्ष निर्वाचित भएका थिए।

दश लाख बढी जनसङ्ख्या रहेको गाउँपालिकामा रातो भाले कार्यक्रमका लागि चालू आर्थिक वर्षका लागि रु १० लाख बजेटसमेत विनियोजन गरिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ शर्माले बताएका छन्।

अनि यदि महिला मासु नखाने भएमा चाहिँ के हुन्छ त?

शर्मा भन्छन्, ‘यदि साकाहारी भए र मासु नखाने सुत्केरीका लागि रातो भालेको साटो घ्यूको समेत व्यवस्था गरिनेछ।’

घ्यु पनि नखाने भएमा चाहिँ?

स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गर्न नजाने र बरेङ घर भई पोखरा काठमाडौँ बस्नेलाई कार्यक्रममा समावेश नगरिने बरेङ गाउँपालिकाले जनाएको छ । सुत्केरीलाई भेट्न गाउँपालिकाको समूह घरमै रातो भाले लिएर जाँदा स्थानीय सरकार दैलोमा रहेको महसुससमेत हुने गाउँपालिकाको अपेक्षा छ ।
–––

1 thought on “स्थानीय सरकारको रमाइलो : एकल पुरुषलाई भत्ता, सुत्केरीलाई रातो भाले”

  1. Shankar says:
    October 5, 2019 at 1:34 pm

    राम्रै हो जनता ले सुबिधा पाएको कुरा | तर भोट ब्यांक बढाउँ न को लागि मात्र हो कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme