Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शाकाहारी योगेश्वर अमात्यलाई दशैँमा मासु खानु अपराध हो जस्तो कुरा गरेको सुन्दा झोँक चल्छ

Posted on October 3, 2019October 3, 2019 by Salokya

-योगेश्वर अमात्य-

दशैँको मुखमा जहिले पनि यस्तो कुरा आउँछ। हिन्दूमा हामीलाई फुट ल्याउन खोजिरहेका छन्। नेवारमा पनि फुट ल्याउन खोजिरहेका छन्। नेवारमा हिन्दु हुन्छ, बुद्धिस्ट हुन्छ। आजकाल बुद्धिस्ट नेवारले हिन्दु नेवारलाई गाली गरिरहेका हुन्छन्। हिन्दुमा पनि फेरि मासु नखाने हिन्दुहरुले मासु खाने हिन्दुहरुलाई गाली गरिरहेका हुन्छन्। मानौँ कि मासु खानु नै एकदम अपराध हो। तर आफ्नो आफ्नो मान्यता हो।

म त खान्नँ। म त शाकाहारी हुँ। खानेलाई खान देऊ, नखानेले नखाऊ। भगवानले यही हो त भनेका छैनन् नि।

फेरि दशैँको संघारमा किन यो कुरा आउँछ? क्रिसमसमा किन आएन? ४५ मिलियन एनिमल काटिन्छ वर्षमा। दशैँमा मात्र किन बौलाउनु पर्‍यो म बुझ्दिनँ यो कुरा।

अनि फेरि दशैँमा मासु चाहिँ खान्छ, अनि बलि चाहिँ हुँदैन रे। अब काठमाडौँ उपत्यकाको सबै मन्दिरमा बलि चढ्छ भन्ने कुरा मैले फेसबुकमा लेखिरहेको छु। रगत छ भने नजानुस् न यार मन्दिर त्यो दिन। भिड छ भनेर एक दुई पल्ट फिल्म हेर्न नजाने मान्छेले रगत छ भनेर एक दुई दिन मन्दिर नगएर के हुन्छ र?

माइन्ड नगर्नुस् है काठमाडौँको मान्छे चैँ जान्छ। किनभने यहाँको परम्परा हो। बाहिरको मान्छे आएर ए, रगत नगर है सोम भनेर भन्न त मिल्दैन नि।

कतारमा नेपाली बढी छ, कतारी कम छ भनेर हामीलाई सुंगुर मन पर्छ भनेर दिनु भएन नि। काटिदिन्छ भटाभट।

मैले भन्न खोज्या के भने यो परम्परा हो। विदेशमा कसरी काटिन्छ, हाम्रो त एक छ्याकमा जान्छ। बलिको विरुद्ध किन?

काठमाडौँ समाज कतै देख्नुभा छ?

मैले आज विचार गरेको यसो धुलिखेल जाँदाखेरी काभ्रे भनेर लेख्या छ जिल्ला। धेरै जना मान्छेहरु काभ्रेको बाहिर भेट्दा खेरी धुलिखेलको भन्दैनन् म काभ्रेबाट आएको भन्छन्। कोही गुल्मीबाट आएको भन्छन्, कोही झापाबाट आएको भन्छन्। तर हामी काठमाडौँकोहरु काठमाडौँबाट आएको भन्दा जिल्ला हैन सहरै हो।

बाहिर जाँदा यो पनि देखियो कि गुल्मी समाज, झापाली समाज जे समाज छ, बनाउनु पर्छ, म त्यसको विरोधमा हैन। तर आजसम्म तपाईँले काठमाडौँ समाज भनेर खोलेको देख्नुभा छ बाहिर?

हामीलाई बाल मतलब?

कुन सन्दर्भमा आएको भने काठमाडौँको यो मन्दिरमा हामीले सबैलाई दुई हात फैलाएर स्वागत गरेका छौँ। यहाँ आएका मानिसलाई बाहिरबाट आएको जस्तो फिल हुनै दिएको छैन। यसैगरी कसैको गाउँमा गयो भने त गाउँ मिलेर लखेटेर पठाउँछ हामीलाई।

त्यसैगरी मदिरा महात्म्यबारे पनि योगेश्वर अमात्य र किशोर नेपालको वार्ता यो भिडियोमा हेर्नुस्-

9 thoughts on “शाकाहारी योगेश्वर अमात्यलाई दशैँमा मासु खानु अपराध हो जस्तो कुरा गरेको सुन्दा झोँक चल्छ”

  1. Abhi says:
    October 7, 2019 at 4:50 am

    अन्तको त थाहा भएन, तर चितवन को रामपुर कृषि क्याम्पस मा काठमान्डू बिद्यार्थी समाज थियो र अहिले पनि होला .

    Reply
  2. Bekha Nepal says:
    October 6, 2019 at 8:08 am

    काठमाडौँ उपत्यका, नेपाल, नेपाल खाल्टो। २००० बर्ष पुरानो इतिहास बोकेको भूभाग पो हो यो। नेपाल स्वभ्यता उदगम स्थल हो। बिगत ३० – ४० वर्ष यहाँ यता पाल्ने नवआगन्तुकहरु का लागि यो भूभाग मात्र राजधानी पो हो। रोजगार पाउने ठाउँ, राजनीति गर्ने र सके नेवार केटि पटाउने ठाउँ। यिनीहरुलाई इतिहास स्वभ्यताको बाल छैन। जसरि भए नि एउटा जग्गा किन्नु छ। ३० – ४० वर्ष अघि १२ लाख जति जनसंख्या थियो। त्यो ताका काठमाडौँ सुन्दर थियो। नदि नाला स्वच्छ थियो। हावा पानी शुद्ध थियो। अहिले नवआगन्तुकहरुको overflow भएको स्तिथि छ अहिले। ५० लाख बस्छन र त ति सुन्दर, स्वच्छ, र शुद्ध काठमाडौँ रहेन अहिले। यी सबै फर्काउने हो भने राजधानी अन्तै सार्नु पर्छ।

    Reply
  3. madan bajracharya says:
    October 4, 2019 at 11:28 pm

    किराती राजा यलम्बरले बसायको भयर काठमांडूलाई “ये” पाटनलाई यल भनिन्छ/ उनीहरुको शुसासन ब्यबस्थापनको कारणले यहाको स्थानिय नेवार लगायत आदिबाशिहरुले काठमान्दौं
    उपत्यकालाई आफ्नी शिप कला र सबैलाई स्विकार्ने बनायो/ तर उपत्यकाको यहि गुलियो गुण झिंगा भनभनाउने गन्हाउने बन्नुको कारण बन्यो/

    उपत्यका कब्ज्याउने गोर्खा र गोर्खालीको जति बिकाश हुनु पर्ने थियो त्यो भयको छैन/ यस्तै हालत देसको अरु गाउँघरहरुको पनि छ/ नेपालको कुनै पनि भूभाग उपत्यका जस्तै मात्रै होईन उपत्यका भन्दा सुन्दर बिकशित बन्न सक्थ्यो/ तर तेसो भयन; तेस्को कारण र जिम्मेवार व्यक्तिहरु सबै उपत्यका फोहर बनाउने “झिंगा” बनेकोले हो/ उनीहरुले नै काठमान्दौंलाई झिंगामान्दौं बनायको हो/ तिनीहरुले नै नेपालको गाउँघरमा यतातता सर्वत्र पाइने श्रोतहरु कुह्याउन्दै भारत र भारतीय मात्रै उर्वर बनाईने “मल” बनायको हो/ तिनै झिंगाहरुको कारण “रोजगारको निमित स्वर्ग हुनु पर्ने श्रोत सम्पन्न नेपालको गाउँ घरहरु “बिहारी मालामाल हुने नेपालीको निमित बेरोजगारको गुफा” बनेको हो; नेपाली बिदेशिनु परेको हो/

    ती आफ्ना गाउँघर मा भोट मात्रै खोज्ने तर बसोबास उपत्यकामै बस्ने झिंगाहरुले जति सुकै शुसासन र ब्यबस्थाको डम्फु बजे पनि यथार्त कुरा त् यहि हो कि उनीहरुले नेपाललाई नेपाली नअटाउने बनायो/ युवा र सछाय्म बिदिशिनै पर्ने बनायर नेपालीलाई बिरानो मुलुक बनाउने ती झिंगालाई तेसैले ……….

    Reply
  4. santosh says:
    October 4, 2019 at 6:53 pm

    एकदमै सहि कुरो गर्नु भयो योगस दाई।

    Reply
  5. श्रीकृष्ण अधिकारी says:
    October 4, 2019 at 2:35 pm

    कामको सिलसिलामा २/३ बर्ष सुदूर पश्चिमका विभिन्न जिल्लाहरु चाहारियो र बसियो पनि । त्यतातिर चाँही म काठमाण्डौको हो भन्यो भने अधिकांशले नेवार नै हुन (काठमाण्डौको नेवार) भन्ने चलन रहेछ ।

    Reply
  6. कमल says:
    October 3, 2019 at 8:22 pm

    काठमान्डौलाई साँचै माया गर्नेले यहाको धुलो धुवा, खाल्डाखुलडी, फोहोरमैला, अव्यवस्थित र कुनियोजित आवास, फोहोर वागमती, यातायात बारे बोल्नपरने थियो| यति सुन्दर शहरलाई टोटल्ली कुरुप बनाउने को हुन्? आफैले भोट हालेका मेयर छन् तर काम जिरो छ| रानीपोखरीको यतिका बर्षदेखि बेहाल छ, मेयर र उपमेयर झगडाले सास्ती दिएको छ| तर रानीपोखरी पारि दरवार हाईस्कुल चिनिया सहयोगमा पुन निर्माण पछि उदघाटन गर्न वा सो समारोहमा उपस्थित हुन मेयर आतुर छन्| लाजमर्नु होइन? काकाकुल काठमान्डौलाई पानी खोइ? बोतलमा हालेर बेचेका पानीको शुद्धी जांच गराउने हिम्मत कसैको छ? निष्पक्ष परिक्षणका लागि तेस्रो मुलुकको ल्याबमा पठाउने बारे कसैले सोचेका होलान? परिणामले थाहा पाउने थिए कि जनताले कस्ता पानी बोतलमा खाइरहेका छन्| भयावाही छ|
    यति सुन्दर शहरलाई खत्तम पार्ने के बाहिरियाहरु नै हुन् त?मासु खाने कुरो छाडिदिउ, पहिले मासु र रक्सी बनाउने, बेच्ने ठाउँहरु व्यवस्थित गरिन्पर्यो नी| खोइ यो मुद्दा उठाएको? कुनै घर होला सय दुइ सय फीट भन्दा पार गर्नपर्ने मासु, चुरोट वा रक्सी पाउने?
    किन काठमान्डौ समाज नभएको? जताततै अहिलेको काठमान्डौ (उइलेको होइन) ले अघि सारेको प्रबित्ति छ्याप्छ्याप्ती भएपछी केलाई खोज्नपर्यो काठमान्डौ समाज?
    राजधानी भन्ने यस्तो ठाउको खुबी — which belongs to everyone but no one owns it. तपाई नया दिल्ली होस, वाशिङ्गटन डीसी, वा बैंकक|
    काठमान्डौलाई साँचै माया गर्नेले सोच्न पर्छ, स्व. हुताराम बैद्य जस्ता सोच भएका मेहनत गर्ने चाहिन्छ|
    लास्टमा, बाउ बाजेको धन सम्पति भाडामा लाएर उपरखुट्टी लाएर खानु संगै आफैले पनि केहि श्रम गरेर उत्पादकीय बने आजको पुस्ताले प्रशंसा गर्ने थियो| राति पेग चाडाएर वा नचडाएर मज्जाले सुत्न सकिने थियो| गफ दिएर लाईम लाइटमा आउँन भन्दा आजका जल्दो बल्दो मुद्दाहरुलाई उठाउनोस, सके आफ्नो प्रतिभालाई सृजनशील संगीतमा लगानोस|
    नत्र भने सबै भयो नी त “लैजा चरी….”
    जवाफ दिएर ब्लग लेख्नुहोला योगी सर, तपाईको फ्यानको चुनौती छ|

    Reply
  7. सरण अवाल says:
    October 3, 2019 at 1:49 pm

    जहिल्यै COOL हाम्रो योगी दाई !!

    Reply
  8. Madhav Thapa IDO says:
    October 3, 2019 at 12:34 pm

    ठिक हो योगी दाई
    ” सियो बनेर छिर्ने हात्ती बनेर निस्किने” अनि त्यहि ठाउको मान्छेहरु लाई पराई बनाउने

    Reply
  9. Shankar says:
    October 3, 2019 at 7:49 am

    ब्यांक मा टन्न पैसा छ , धनि मान्छे हरु ट्वाक लगायो , येस्तै गफ गर्यो बस्यो , हात मा एउटा छाडी लियो , सुकिलो लुगा लगाएर २-४ जनाको नमस्ते खादै मर्निङ्ग वाक गर्यो , नेपालि भी आइ पी भयो | जिन्दगी सफल भयो , सक्किगो नि |
    अज अलि अलि राजनीति मा लागेको छ भने त् मान्छे मारे पनि , रेप गरेपनि पाइने नेपाल साचिकै बिस्वको सुन्दर देश हो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme