Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सूचना पत्रमा आयो महराको राजीनामा, संसदको वेबसाइटबाट पनि हट्यो नाम

Posted on October 2, 2019October 2, 2019 by Salokya


कृष्णबहादुर महराले सभामुख पदबाट दिएको राजीनामा आज असोज १५ गते बुधबार सूचना पत्रमा प्रकाशन गरिएको छ। सोमबार राति एक महिलाले महरालाई जबर्जस्ती करणी गरेको आरोप लगाएपछि मंगलबार पार्टीको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन भनेको थियो। त्यस लगत्तै महराले प्रतिनिधि सभा नियमावली अनुसार उपसभामुखलाई राजीनामा बुझाएका थिए। नियमावली अनुसार त्यसको सूचना संसद बैठक बसेको भए बैठकमा र नबसेको भए सूचना पत्रमा आउनु पर्थ्यो। बुधबार दिउँसो सूचना पत्रमा यसको जानकारी आएको छ।

संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सभामुखको राजीनामाको जानकारी सम्बन्धी सूचना पत्र सार्वजनिक गरेका हुन्। योसँगै अब सभामुख पद कानुनी रुपमा नै रिक्त भएको छ।

सभामुखले आफ्नो राजीनामा पत्रमा लेखे जस्तो छानबिन अवधिसम्मका लागि राजीनामा भने हुने छैन। छानबिन सकिएपछि पनि उनी पदमा फर्कन पाउने छैनन्। फर्कने नै हो भने पुनः प्रतिनिधि सभाले नै चुन्नु पर्नेछ।

योसँगै प्रतिनिधि सभाको वेबसाइटमा सभामुखबाट कृष्णबहादुर महराको नाम पनि हटेको छ।

उनको प्रतिनिधि सभा सदस्यको पद भने अहिलेसम्म कायमै छ। पार्टीले त्यसबाट पनि राजीनामा दिन भनिसके पनि उनले दिएका छैनन्। दाङ क्षेत्र नम्बर २ बाट उनले ४० हजार ४२ मतका साथ प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका थिए।

प्रतिनिधि सभा सदस्य पदबाट उनले सभामुखलाई राजीनामा दिनुपर्नेछ। त्यसको सूचना बैठक चालू नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गरिनेछ ।

संविधानको धारा ८९ बमोजिम कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले सभाको बैठक चालू नरहेको अवस्थामा त्यस्तो जानकारी सूचनापत्रमा प्रकाशन गराउनेछ। स्थान रिक्त भएको जानकारी सचिवले मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई दिनेछ र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नेछ।

3 thoughts on “सूचना पत्रमा आयो महराको राजीनामा, संसदको वेबसाइटबाट पनि हट्यो नाम”

  1. Pingback: महरा प्रकरणमा फेरि अर्को ट्विस्ट : महिलाले दिइन् किटानी जाहेरी « Mysansar
  2. श्रीकृष्ण अधिकारी says:
    October 4, 2019 at 2:42 pm

    किसोर अवस्थामा सुनिन्थ्यो कि कुनै अमुक देशका सुल्तानले हलिउड, बलिउड लगायत कलिउडका समेत सुन्दरीहरुलाई बोलाउँछ अनि उनिहरुले मागेजति रकम दिएर रमाईलो गर्छ । तुलनात्मक रुपमा महराज्यूले गर्नु भएको वा गर्न खोज्नु भएको क्षणिक रमाईलो त्यो अमुक देशका सुल्तानले गरेको रमाईलो भन्दा महंगो पर्न गएछ ।

    Reply
  3. कमल says:
    October 2, 2019 at 7:26 pm

    पाटो १:
    पीडित महिलाले फोन गरेर नेपाल महिला संघकि अध्यक्ष र सांसद उमा रेग्मीज्युलाई राति ११:३० खबर गरेकी रहिछिन| त्यही राति उनलाई सहयोग गर्न गएर साथमा लिएको भए भोलि सम्ममा दवाबमा परेर वयान परिवर्तन गरेर अर्कै अवस्था आउने स्थिति सिर्जना हुने थिएन| ती पीडित महिला घरमा एक्लै रहिछिन, उनलाई केहि भएको भए? रातमा जे पनि हुन् सक्ने सम्भावना थियो| त्यस्तो स्थितिमा उनले पनि आत्माहत्याको प्रयास समेत जे पनि गर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न| रेग्मीज्युलाई फोन गर्दा पीडितकै अनुरोधमा प्रहरी आएर पनि गइसकेका भएकाले पीडकलाई जानकारी भैसकेको अवस्था थियो| सम्भवत त्रासले वा प्रहरी कारवाहीमा भरोसा नभएर पीडितले उनलाई फोन गर्नुभएको हो|
    उमा रेग्मीज्युले मध्यरात तिर कसैले फोन गर्नुको गम्भीरता बुझ्नुपर्थ्यो| पीडितले “करणी” शब्द प्रयोग गरेकी उमाजीले भिडिओ अन्तर्वार्तामा बताउनुभयो| अझ उनी आफै श्रीमान् पनि घरमा नभएको र सन्चो पनि नभएको भन्दै अन्तर्वार्ता दिईरहदा सन्चै देखिन्थि|
    यस्तो वारदातको सुचना पाएर पनि उनी महिला संघकि अध्यक्ष ‘रे, कसरि सुत्न सकेकी? अरुलाई पनि खबर गरेर ती पीडक महिलालाई सहयोग गर्न पठाउन पर्ने होइन?
    पहुच भएका र सुविधा भएका र जिम्मेवारी पदमा रहेकाले आफ्नो भूमिका गम्भीरतापुर्बक निर्वाह गर्नपर्यो|माफ माग्नुपर्यो, पाठ सिक्नपरो|

    पाटो २:
    महराबाट कुकर्म प्रयास भएकै हो भन्ने देखिन्छ| शीघ्र निष्पक्ष छानवीन पछि सामान्य नागरिक सरह सजायभागी हुनपर्छ| गत दुई दशक जति निरन्तर शक्तिशाली पदमा बस्दा आफुलाई यस्तो महसुस गरेको हुनसक्छ, अब जे गरे पनि हुन्छ| भ्यागुताले छात्ती फ़ुलाउदा विस्फोट भएको हो| नेताहरु आफु नजिककालाई जागिर लगाईदिञ्छन र फायदा लिन्छन भन्ने सबैलाई थाहा भएकै हो| त्यसमा दुईचार पकडा पर्छन, अरु त्यस्तै मोज भोज गरिरहेका छन्| यो “सिस्टम” र प्रबित्ति कसरि हटाउने हो?
    यसबाट अरु दम्भकारीहरुले समयमै पाठ सिक्नुपर्छ|
    हो होइन छानवीनलाई छाडिदिउ तर सभामुख जस्तो अति गरिमामय पदमा बसेका व्यक्ति बारे यस्तो आंच आउनु देशको सम्मान, संसदको मानमा ठुलो धक्का हो, कालो धब्बा हो|
    २४ घंटैमा वयान चेन्ज गर्ने, प्रहरीलाई फोन गरेर बोलाउने, चश्मा फुटेको छ भन्ने, त्यसपछि फेरी प्रतिपक्षका महिला संघका नेत्रीलाई फोन गर्ने, आफैं पनि मदपानको अवस्था भन्ने सुनिने, इत्यादि बुझ्दा कतै कुनियोजित र प्रायोजित छ भन्ने शंकालाई ठाउ छैन भन्न सक्ने अवस्था भने छैन| दुई नम्बर पाटो यही हो, अरु पनि होलान|

    नेताहरुका यस्तै झुर क्रियाकलापहरुले देश बिकाशमा वाधा पुर्याएका छन्| समयको वारवादी| बैलगाडाको गतिमा विकाश हुँदा पनि पांग्रामै पन्चर!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme