Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ ट्विस्ट : हिजो ज ब र्ज स्तीको आ रो प, आज बाउछोरीको नाता पो रे; हिजो पि टे को, आज आएकै छैन रे

Posted on October 1, 2019October 1, 2019 by Salokya

कृष्णबहादुर महरा काण्डमा २४ घण्टा नबित्दै नयाँ ट्विस्ट आएको छ। महराले राजीनामा दिइसकेपछि पीडित भनिएकी महिलाको अर्को भिडियो सार्वजनिक भएको छ नागरिकखबर अनलाइनमा। हिजोको भिडियोमा आफैले बोलेको कुरालाई आजको भिडियोमा उनले काटेकी छिन्। हिजो आफैले आफ्नो कोठामा आएर ज ब र्ज स्ती गरेको आरोप लगाउनेले आज कोठामा आएकै छैन भनेकी छिन्। अझ महरासँग भेटै नभएको र बाउछोरीको नाता पो रहेको बताएकी छिन् आजको भिडियोमा।

हिजोको भिडियोमा चश्माको टुक्रा र जुत्ताको तलुवाको कुरा थियो। आजको भिडियोमा भने ती महिलाले चश्मा त म पनि लगाउँछु, मेरो श्रीमानले पनि लगाउनु हुन्छ पो भनेकी छिन्।

हिजोको भिडियोमा गरेको कुरा र अहिलेको भिडियोमा गरेको कुरा उल्टो छ।

के दबाबका कारण उनले आफ्नो बयान परिवर्तन गरेकी हुन् त? उनले अहिले आफ्नो कुरा फेरे पनि धेरै कुराबाट यसको अनुसन्धान गर्न सकिन्छ नै।

पहिलो, त्यो घटनापछि उनले प्रहरीलाई फोन गरेकी थिइन्। फोन प्रहरीकोमा गएको थियो कि थिएन- यसबाट बुझ्न सकिन्छ। प्रहरी महिलाको कोठामा पुगेर फोटो र भिडियो खिचेर गएको छ। त्यसबाट पनि यसको पुष्टि गर्न सकिन्छ।

दोस्रो, महराले त्यो दिन साँझ फोन गरेको भनिएको थियो। उनको कल डिटेलबाट दुई जनाबीच कहिले कहिले सम्पर्क भयो थाहा पाउन सकिन्छ। त्यस्तै मोबाइल लिएर गएको भए महराको मोबाइलको लोकेसन समेत थाहा पाउन सकिन्छ। यसले कोठामा गएको हो कि हैन भन्ने थाहा पाउन सकिन्छ।

तेस्रो, महराको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसित सोध्दा पनि त्यो बेला महरा कहाँ गएको थाहा पाउन सकिन्छ।

चौथो, चश्मा उनले श्रीमानको भनेकी छिन् आजको भिडियोमा। श्रीमानको हो कि महराको? चश्मा कसको हो भनेर प्रहरीले खोज्न सक्छ।

हेर्नुस् आज सार्वजनिक भएको भिडियो

हेर्नुस् हिजो सार्वजनिक भएको भिडियो

सम्बन्धित ब्लगहरु
सभामुख महराले दिए राजीनामा, भाषा अनौठो- छानबिन प्रक्रिया नसकिँदासम्म

महराले राजीनामा दिए, अब को बन्लान् त नयाँ सभामुख? संविधान भन्छ नेकपाको मिल्दैन

के भन्छिन् महरालाई गम्भीर आरोप लगाउने महिलाले १० मिनेटको भिडियोमा?

कसले अनुसन्धान गर्ने सभामुख महरामाथि लागेको गम्भीर आरोपको?

20 thoughts on “नयाँ ट्विस्ट : हिजो ज ब र्ज स्तीको आ रो प, आज बाउछोरीको नाता पो रे; हिजो पि टे को, आज आएकै छैन रे”

  1. Basant says:
    October 5, 2019 at 1:43 pm

    पछिल्लो पटक सार्बजनिक भएको भिडियो मा प्रस्ट देखिन्छ पिडित महिला करकाप, चाप दवाब, त्रास ले विछिप्त छ, धेरै कुरा हरु लुकाउन खोजिएको देखिन्छ I पहिलो भिडिओ मा भएको कुराकानी कसरि भयो भन्ने नै प्रस्ट पार्न सकिएको छैन साथै पत्रकारले तेस्मा गहिरिएर सोध्न पनि सकिएको छैन, भाइबर म्यासेज को बारेमा केहि सोधिएको छैन तर सरसर्ती हेर्दा यसलाई सभामुख जस्तो व्यक्तित्व संग धेरै पटक झगडा गर्नु भनेको यो धेरै पुरानो अनैतिक सम्बन्ध को पर्दाफास हो भनेर बुझ्न सकिन्छ I

    Reply
  2. श्रीकृष्ण अधिकारी says:
    October 4, 2019 at 3:00 pm

    वास्तविकता, विभिन्न समाचार माध्यमा प्रकाशन/प्रशारण भएका समाचार, राजनितिक जीवनको समाप्ती, सामाजिक बेईजत्ती अझ कानूनी प्रकृयामा गयो भने साधारण अवस्थाको महिलामाथी भएको बलत्कार भन्दा मानसिक स्थिति ठिक नभएकी अथवा फरक क्षमता भएकी महिलामाथी भएको बलत्कारको अपराधमा बलत्कारीलाई थप पाँच बर्षको सजायको व्यवस्था आदिले गर्दा महराज्यूले चाँही डिप्रेशनको औषधी खानु नपर्ला भन्न सकिने अवस्था छैन ।

    Reply
  3. sandip sharma says:
    October 2, 2019 at 5:07 pm

    झुटो बोल्ने र बलात्कार जस्तो दोष जथाभाबी लगाउदै हिड्ने रोशनी शाही लै नै सजाय हुनुपर्छ / येदि दिप्रेसिओन औषधि खाएको मानसिक रोगि हो भने तुरन्त सरकारी काम बाट अवकाश दिनु पर्छ, मानसिक रोगि त्यो पनि नर्श लै काम गर्न दिनु हुन्छ ?

    Reply
  4. chitra says:
    October 2, 2019 at 1:07 pm

    बास्तब मा के भएको थियो भन्ने कुरा लाटो ले पनि बुझिसक्यो कानुनी रुपमा जिते पनि सामाजिक र नैतिक रुपमा महरा जी ले हारी सक्नु भयो अचम्म को कुरा रोशनी जी ले आफ्नो बेइज्जत आफै कसरि गर्न सक्नु भयो

    Reply
  5. Pingback: Forget Yesterday : अब महरा सरको सबै कुरा ‘फर्गेटिने’ हो त? – Mysansar
  6. Priyanka Gurung says:
    October 2, 2019 at 7:24 am

    २४ घन्टामा नै पर्नु प्रेस्सर परेछ. कुरो घाम जतिकै छर्लंग भयो. नेपाल हो सथिहो नेपाल. यहाँ ठुलो बडाहरुले जे पनि गर्न पयिंछ.

    Reply
  7. Priyanka Gurung says:
    October 2, 2019 at 7:20 am

    २४ घण्टामा नै पुर्नु प्रेस्सर परेछ. कुरो बुजियो.

    Reply
  8. Bibek kunwar says:
    October 2, 2019 at 7:17 am

    As expected !!! Mahara ji tapaiko gharma dhuri nabhaye pani bhagwanko gharko dhuri bata paap abasyanai karaunecha.

    Reply
  9. zdeven says:
    October 2, 2019 at 5:15 am

    महरा ले तर्साएको पनि हुन सक्छ , नेपाल मा महरा को हात मा पैसा power गुन्डाहरु कति छन् कति . ज्यान मारेर सत्ता मा आएको त हो …. यो महिला लाइ सतर्क हुन र नदराउन सहयोग गर्नु पर्छा

    Reply
  10. prithvi n. shah says:
    October 2, 2019 at 4:58 am

    पिडित महिलाको मुखमा पास्टर महराले पीटेको हो कि जबर्जस्ति टोकेको हो कि चुसेको हो, निलो दाग छ, राक्षसै रहेछ, स्वास्नी छोरा छोरी भएको बृद्ध भत्ता खाने बेलाको मान्छे

    Reply
  11. Pratik Pradhan says:
    October 2, 2019 at 2:04 am

    Depression is very serious illness. I have utmost respect and sympathy for people fighting the depression.

    However the lady here has used depression as an excuse to exonerate a heinous crime. She is helping a criminal using her illness an excuse.

    But the truth has come out on the first video. The guy is a rapist, a criminal. Simple.

    Reply
  12. Punya says:
    October 2, 2019 at 1:35 am

    एस्तो दुनिया मा कहिँ हुन्छ भने नेपाल मै हुन्छा … यी आइमाई को खुस्केको नै हो भने उनलाई मानशिक अस्पताल लानु पर्यो र जाच गर्नु पर्यो, होइन भने यिनलाई झुटा आरोप लगायको मा कडा भन्दा कडा कारबाही कानुन अनुसार गर्न पर्यो /

    अब कुरो आयो महरा को … यी माओबादी हरु गतिलो पृष्ठभूमि बाट आएका त हुदै होइनन ..हत्या, हिम्सा, बलात्कार, लुट , भत्काउने, काट्ने, डर धम्कि देखाउने, तर्साउने एउटा समूह हो माओबादी / महारो ले बलात्कार गरेन होला भन्ने कत्ति पनि लाग्दैन मलाई त … जनयुद्द को नाम मा पैला पैला पनि यी लुटेरा माओबादी हरु ले कैयन को हत्या र बलात्कार गरेकै हुन् ..
    अब येसो हो भन्ने प्रमाणित भयो भने , महारो ले राजिनामा दिएर मात्रै कहाँ सुख पाउछ र ! … राजिनामा त सुरु मात्र हो .. तेस्पछि कानुन अनुसार , एउटा नेपाली ले एसको लागि हदै सम्म जति सजाय तथा कैद पाउछ .. सो पुरा रुप मा महारो लै पनि लगाउन पर्छ /
    हेरौ .. यो ओली सरकार ले कस्तो सजाय दिने रैछ महारो लाइ !

    Reply
  13. sandip sharma says:
    October 2, 2019 at 12:41 am

    बलात्कार जस्तो आरोप झुट हो र आबेश मा जथाभाबी लगाएको हो भने आरोप लगाउनेलाई कडा कारबाही गर्नु पर्छ /

    Reply
  14. madan bajracharya says:
    October 1, 2019 at 11:31 pm

    उनको थाहूँमा अरु कुनै भय पनि कुरो यस्तै हुन्छ/ किनभने कुरोको चुरो कुनै चानचुने होईन/ तर खुस्कायाको कुरानै खुस्केको छ/ “…गरेको आरोप लगायकोले अहिले बाउ भनेकोले छोरि भनेकै छैन/ उनीले र उनीले पहिला आरोप लगाय अहिले के भने तेस्को कुनै मतलव छैन यदि प्रहरीले उनिको कोठा बात संकलन गरेको त्यो फुटेको चस्मा …खायको ग्लास आदिको जाँचको प्रक्रिया पनि निर्मला काण्डको जस्तै नभयमा/ तर यसको चान्स कमैछ/ किनभने यो कुरो पनि चानचुने होईन आरोप लागेको पनि चानचुने होईन/

    उनको अहिलेको कुरा सुनेर मलाई ब्रम्हा र चन्द्रमा को कथा पो याद आयो/

    Reply
  15. madan bajracharya says:
    October 1, 2019 at 11:29 pm

    आईमाई होईन उनको कुरा खुस्केट छ/ हुनत उनको थाहूँमा अरु कुनै भय पनि कुरो यस्तै हुन्छ/ किनभने कुरोको चुरो कुनै चानचुने होईन/ तर खुस्कायाको कुरानै खुस्केको छ/ “…गरेको आरोप लगायकोले अहिले बाउ भनेकोले छोरि भनेकै छैन/ उनीले र उनीले पहिला आरोप लगाय अहिले के भने तेस्को कुनै मतलव छैन यदि प्रहरीले उनिको कोठा बात संकलन गरेको त्यो फुटेको चस्मा …खायको ग्लास आदिको जाँचको प्रक्रिया पनि निर्मला काण्डको जस्तै नभयमा/ तर यसको चान्स कमैछ/ किनभने यो कुरो पनि चानचुने होईन आरोप लागेको पनि चानचुने होईन/

    उनको अहिलेको कुरा सुनेर मलाई ब्रम्हा र चन्द्रमा को कथा पो याद आयो/

    Reply
  16. Dilip Gurung says:
    October 1, 2019 at 10:37 pm

    This is a classic case of victim/witness intimidation. If thoroughly investigated, you will get to the truth. If not, criminal elements in the politics will thrive on!

    Reply
  17. कमल says:
    October 1, 2019 at 10:21 pm

    यसलाई अर्को कोणबाट अवलोकन गरौ|
    यो कुरो, जुन वारदात पीडितबाट भयो भनिएको छ, त्यो अनुसन्धान र परिस्थितिजन्य साक्षीबाट १०% पनि सत्य तथ्य इंगित गरियो भने महराको राजनैतिक अवसान मात्र होइन, जेल प्रस्थानको सिधा बाटो देखा पर्छ|
    तर कसैले नउठाएका कुरो के भने पीडित भनिएकी महिलाले सांसद र महिला संगठनकि अध्यक्ष उमा रेग्मीज्युलाई राति वारदात बारे खबर गरेकी रहिछन| तर ती सांसद र महिलाको हक हितमा लडन पर्ने सांसदज्यु त्यस्तो घटनाबारे पीडितसंग सम्बाद भए पछि कसरि भोलि सम्मलाई सुत्न सके? मिरमिरे हुन अघि सम्म सबैलाई जानकारी दिएर खोज खबर गर्नपर्ने होइन? जवाफदेहीता र जिम्मेवारीवहनता के हो त? मेडियाले यो कुरो उठाउनपरो|
    त्यसै भएर अहिले पीडितले आफ्नो भनाई ३६० डिग्री परिवर्तन गरेका छन्, करकाप, चाप दवाब, त्रास र प्रलोभनले काम गरेको हो| निर्मला काण्ड जस्तै साक्ष्यजन्य वस्तुहरु सबै मेटाईदिने भए|

    Reply
  18. जन्तरे says:
    October 1, 2019 at 8:44 pm

    हिजोको पहिलो अन्तरबार्ता लिने पत्रकारको बारेमा पनि खोज्नुपर्यो शालोक्यजी । सरकार र कम्युनिस्टहरु बिरुद्ध प्रोपोगाण्डा युद्ध नै चलाएको हुन सक्छ कुनै ठूलै शक्तिले । ज्ञान बादुर शाही, रोशनी शाही हरु प्यादा बनेका हुनसक्छन् ।

    Reply
  19. nimesh says:
    October 1, 2019 at 8:28 pm

    यो आईमाई खुस्के कै रहेछ . यस्तो गम्भीर र संगीन आरोप लगाएर फेरि हैन भन्नु कत्तिको उचित होला ?

    Reply
    1. Ram Shrestha says:
      October 2, 2019 at 3:42 am

      Khuskeko hoina Nimesh ji, dhamki ra tras bata darayeko ho! Tapain bhaye pani tehi garnu hunthyo

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme