Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महराले राजीनामा दिए, अब को बन्लान् त नयाँ सभामुख? संविधान भन्छ नेकपाको मिल्दैन

Posted on October 1, 2019October 1, 2019 by Salokya

संसद सचिवालयकै एक महिलाले गम्भीर आरोप लगाएको २४ घण्टा नबित्दै सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। आरोपपछि बसेको नेकपाको सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो। प्रहरीले अनुसन्धानको काम कसरी अघि बढायो भन्ने बारे केही नयाँ कुरा नआए पनि आज मंगलबारै उनले राजीनामा दिएका हुन्। संविधान अनुसार लिखित राजीनामा दिएमा वा पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुखको पद रिक्त हुन्छ।

सभामुखले राजीनामा दिएमा कांग्रेसलाई फाइदा हुनसक्छ। किनभने संविधानले सभामुख र उपसभामुख एउटै दलको हुनुहुन्न भनेर धारा ९१ (२) मा स्पष्ट व्यवस्था गरेको छ।

जतिबेला सभामुख र उपसभामुखको निर्वाचन भएको थियो, त्यतिबेला नेकपा एमाले र माओवादी छुट्टाछुट्टै दल थिए। अब दल एकीकरण भइसकेको छ। त्यही अनुसार एक पद छाड्नु पर्ने भनी प्रतिपक्षले कुरा उठाउँदै गर्दा यो विषयमा अदालतमा मुद्दा परेकोले छलफल नगर्न सभामुख महराले संसदमा रोक्दै आएका थिए।

अब यदि सभामुखले राजीनामा गर्ने हो भने संविधानको सोही धारा अनुसार नयाँ सभामुख पुरुष र नेकपा बाहेकको दलको हुनुपर्छ। किनभने संविधानको व्यवस्था यस्तो छ-

९१. प्रतिनिधि सभाको सभामुख र उपसभामुखः (१) प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।

(२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ । तर प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन ।
(३) प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने छन् ।

(४) प्रतिनिधि सभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको अध्यक्षता गर्नेछ ।

यसमा केही कूतर्क चाहिँ गर्न सकिन्छ। जस्तै उपसभामुख शिबमाया तुम्बाहाङफेले त पार्टीको पदबाट राजीनामा दिइसके। त्यसैले सभामुख नेकपाकै हुन मिल्छ। कूतर्क गरे पनि संविधानको भावना भने त्यस्तो हैन।

अथवा उपसभामुखलाई पनि राजीनामा दिन लगाएर सभामुख भने नेकपाले राखेर उपसभामुख अरु पार्टीलाई दिन सकिन्छ।

राजीनामापछि अनुसन्धान होला?

यदि सभामुखले राजीनामा दिए भने त्यसपछि के होला त? के यो केस यत्तिकै सकिएला?

यो ब्लग लेख्दासम्म पीडितले प्रहरीकोमा जाहेरी दिएकी छैनन्। यतिबेलासम्म त जाहेरी दिएर पीडितको स्वास्थ्य परीक्षणसमेत भइसक्नुपर्ने हो। जाहेरीको आधारमा प्रहरीले अदालतसँग अनुमति लिएर महरालाई अनुसन्धानका लागि पक्राउ गर्न सक्ने अवस्था छ।

अथवा त्यसो नभएर सुरुमा जाहेरी त्यसपछि प्रहरीले प्रारम्भिक अनुसन्धान गर्ने र त्यसपछि अदालतबाट अनुमति लिएर पक्राउ गर्ने पनि हुनसक्छ।

4 thoughts on “महराले राजीनामा दिए, अब को बन्लान् त नयाँ सभामुख? संविधान भन्छ नेकपाको मिल्दैन”

  1. dipesh says:
    October 2, 2019 at 4:33 am

    समस्या पर्दैन किनभने समाजवादी पार्टी को सभामुख बनाए होला नि?

    Reply
  2. Pingback: महरा काण्डमा नयाँ ट्विस्ट : हिजो ज ब र्ज स्तीको आ रो प, आज बाउछोरीको नाता पो रे; हिजो पि टे को, आज आएकै छैन रे – Mysansar
  3. श्रीकृष्ण अधिकारी says:
    October 1, 2019 at 5:39 pm

    महराको कामवासनाले पार्टी डुब्ने भयो । अब संसदमा जबरजस्ती बिधेयक पास गर्न गारो पर्छ होला ।

    Reply
  4. Pingback: सभामुख महराले दिए राजीनामा, भाषा अनौठो- छानबिन प्रक्रिया नसकिँदासम्म – Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme