Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के भन्छिन् महरालाई गम्भीर आरोप लगाउने महिलाले १० मिनेटको भिडियोमा?

Posted on October 1, 2019 by Salokya

सभामुख कृष्णबहादुर महरालाई गम्भीर यौन दुर्व्यवहारको आरोप लगाउने महिलाको १० मिनेट लामो भिडियो हाम्राकुरा अनलाइनले सार्वजनिक गरेको छ। भिडियोमा ती महिलासँग कुरा गर्दागर्दै फोन आउँछ। भिडियोमा ती महिलाले देखाएको फोन नम्बर पनि महराकै फोन नम्बरसँग मिल्छ। के छ त भिडियोमा?

भिडियोमा उनले भनेकी छिन्- यहाँ आउनुभन्दा पहिला मलाई ६ बजे नै फोन गर्नुभएको थियो। दुई पटक गर्नुभाथ्यो। अनि साढे ६ बजे हो कि पौने सात बजे हो एक्लै हो भने म आउँछु भन्नुभाथ्यो।

मसँग तपाईँको के काम छ र, उहाँ आउनु भएपछि आउनु होला भनेको। म अहिले नै आउँछु भनेर भन्नुभो। अनि मलाई अलिकति अचम्म पनि लाग्यो। किन हतार गर्‍या होला। मलाई अलिकति के हो के हो जस्तो चैँ लाग्याथ्यो।

अनि त्यसपछि आउनु भो। रक्सी पनि लिएर आउनु भा रैछ। ल आज दशैँ मनाउने सुरु गरम् भनेर भन्नुभो। सर म खान्नँ भनेँ। पहिले पनि सर भनिराख्या। सर म खान्नँ टाउको दुख्छ भनेर भनेँ। खानुपर्छ भनेर भन्नुभो। अनि मैले दुईटा गिलास लिएर गएँ।

दुईटामा किन खाने? एउटैमा खाम् भनेर भन्नुभो।

एउटैमा खायो भने जुठो खान हुन्नँ भनेर भन्छन्। खान्नँ एउटैमा भनेर भनेँ। खाएर पनि आउनु भाथ्यो। फेरि यहाँ पनि खानुभो। बोकेर पनि आउनुभाथ्यो।

त्यसपछि मलाई उहीँ उ गर्न खोज्नुभाथ्यो। मैले मानिनँ। नमानिसकेपछि फेरि यता पनि आएर गर्‍यो। अनि लास्ट आवरमा चाहिँ मैले म पुलिसलाई बोलाउँछु भनेर भनेँ।

रिपोर्टर: निलडाम देखिन्छ, त्यो रेप एटेम्प्ट भइसकेपछिको घटना हो कि पहिलेको?
भइसकेपछिको हो।

रिपोर्टर: योभन्दा अगाडि पनि चिन्नुहुन्थ्यो?

चिन्थेँ।

रिपोर्टर: योभन्दा अगाडि पनि प्रयास गर्नुभाथ्यो?

गर्नुभाथ्यो।

रिपोर्टर: कहिले?

४८ सालतिर हो।

रिपोर्टर: चिनेको?

चिनेको त ४७ सालदेखि नै हो। म उहीँकै घरमा बस्थेँ। मेरो श्रीमानको जब हुन्थ्यो त्यही भएर। मेडमलाई लेख्न आउँदैन थियो। अनि चिट्ठी मेरै हातबाट लेखेर पठाउँथे। …फेमिलिएर रिलेसन थियो। यतिसम्म झरेको भनेर सोचेको थिइनँ। उहाँले जबर्जस्ती गर्नुभयो।

रिपोर्टर: पुलिस पनि आयो यहाँ?
हजुर, आयो। त्यतिखेर जस्तो थियो, त्यही स्थिति थियो।

रिपोर्टर: त्यतिखेर महराजी गइसक्नुभाथियो कि?
गइसक्या थियो। मैले पुलिस बोलाउँछु भनिसकेपछि ऊ गयो। तैँले मलाई यस्तो गरिस्। अब कि तँ रहन्नस् कि म रहन्नँ।

रिपोर्टर: त्यो बेलामा सेक्युरिटी पिएसओहरु कहाँ थियो?

बाहिर थियो। कालो गेटभन्दा नि बाहिर। नीलो कलरको गाडीमा आउनु भाथ्यो। ….२०७३ सालमा पनि ओनसरी घर्तीलाई निवेदन दिएकी थिएँ। त्यतिखेर पनि मलाई ह्यारेसमेन्ट गरेको थियो।

कुरा गर्दागर्दै फोन आउँछ।

फोनमा कुरा गर्दै सामान्य घटना? यत्रो कुटेर नीलडाम पारेर पनि सामान्य नै भयो?……… केही पनि भाछैन त हिजो पुलिसले सबै थोक लगिसक्यो नि। ……म एउटा कुरा के गर्छु भने हरेक कुरालाई राजनीतिमा नढाल्नुस् के।

रिपोर्टर: महराजी?

अँ।

मोबाइलको स्क्रिनमा नम्बर देखाउँछिन्।

फेरि फोन आउँछ।

हेलो…त्यसपछि त तपाईँको के हुन्छ थाहा छैन मलाई… मैले चाहिँ मिडियामा कुरा गरिराख्याछु। तपाईँको यस्तै …तपाईँको बानीले गर्दा हो के। …..नभाको हो कि के हो हिजो देखिहालियो नि।

हिजो अब खाएको बेलामा त्यस्तो भयो। अब केही पनि नगर्नुस् मिडियाहरुमा पनि भन्नुभो भर्खरै।

हेर्नुस् भिडियो-

सम्बन्धित ब्लग
कसले अनुसन्धान गर्ने सभामुख महरामाथि लागेको गम्भीर आरोपको?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme