Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसले अनुसन्धान गर्ने सभामुख महरामाथि लागेको गम्भीर आरोपको?

Posted on September 30, 2019October 1, 2019 by Salokya

सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोप लागेको छ। संसदमै काम गर्ने एक विवाहित महिला कर्मचारीको कोठामा मदिराले लट्ठ भएर गएर यौन दुर्व्यवहार गरेको आरोप पीडितले लगाएकी छिन् भने सभामुख महराले भने समायोजनको रिस पोख्नलाई कठपुतली तयार पारिएको स्पष्टीकरण दिएका छन्। यस्तै खालको आरोप अरुलाई लागेको भए यतिबेलासम्म प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु भइसकेको हुन्थ्यो। तर दुई तिहाइको सरकारको पार्टीबाट सभामुख निर्वाचित भएका व्यक्ति हुनाले अहिलेसम्म ‘प्रहरीले डेरामा आएर सबै फोटो, भिडियो खिचेर गएको’ र उजुरी नआएको भन्दै बसेको छ।

घटनाबारे विस्तृत विवरण हाम्राकुरा अनलाइनले दिएको छ- सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप

हेर्नुस् भिडियो-

समाचारमा उल्लेख भए अनुसार श्रीमान् नभएको बेलामा विवाहित महिला कर्मचारीको कोठामा सभामुख गएका हुन् भने त्यसले नियतमाथि शंका गर्नुपर्ने प्रशस्त आधार दिन्छ। महराले खाएको दावी गरिएको बाँकी रक्सी कोठामा हुनु, महराको दावी गरिएको चश्माको एउटा ग्लास रहेको भनिनु, महिलाले तान्दा आएको भनिएको जुत्ताको भित्री तलुवा हुनुलाई साँच्चिकै अनुसन्धान गर्ने हो भने प्रहरीले महराको हो कि हैन भनेर पुष्टि गर्न सक्छ।


फोटो साभार : हाम्रा कुरा

त्यसो त सभामुखका प्रेस सल्लाहकारले विज्ञप्ति जारी गर्दै चश्मा र जुत्ताको तलुवा सभामुखको नभएको दावी गरेका छन्। तर अनुसन्धान बिना दावीकारितालाई मात्रै पत्याउने आधार छैन।

महिलाको मोबाइलमा महराले फोन गरेर आफू आउन लागेको बताएको भनिएको छ भने फर्किएपछि राति १० बजे भाइबरमा मेसेज गरेको पनि भनिएको छ। यसलाई पनि कल डिटेल रेकर्ड निकालेर पुष्टि गर्न सकिन्छ। मोबाइल नबोकी महरा गएनन् होला। अनुसन्धान गर्ने हो भने मोबाइलको लोकेसन पनि हेर्न नसकिने हैन।

त्यसो त यस्ता केसहरुमा मिलेसम्म चुप नमिलेपछि इस्यु बनाउने गरिन्छ भन्ने गरिन्छ। तर कुरा नमिलेपछि इस्यु बनेको इस्युमा पनि सर्वसाधारण हुँदो हो त अनुसन्धान हुन्छ। अनि पहिले कुरा मिलेर यस्तो काम भएको भनेर जतिसुकै दावी गरे पनि जतिबेला इच्छा विपरीत भनिन्छ, त्यो भएपछि त्यो गैरकानुनी नै हुन्छ। आफ्नै पत्नीलाई त इच्छा विपरीत केही गर्न नपाइने कानुन बनिसकेको मुलुकमा अर्काकी पत्नीमाथि त्यस्तो दुर्व्यवहार कुनै पनि हिसाबले गैरकानुनी नै हुन्छ। र,आरोप लागिसकेपछि त्यो आरोप सही हो कि गलत हो भनेर प्रष्ट पार्न पनि अनुसन्धान त हुनै पर्ने हो।

तर लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार देखिरहेको सत्तारुढ दलले के सभामुखमाथि छानबिन हुन देला? एउटा ज्ञानेन्द्र शाहीलाई त भरौटेहरुको कुटेर अस्पताल पुर्‍याइरहेको अहिलेको अवस्थामा सम्पूर्ण प्रकरणलाई एउटा षड्यन्त्र मात्र भनेर चोख्खै बनाउने प्रयास नगर्लान्?

आखिर सांसद किन्न चिनियाँसँग पैसा मागेको अडियो रेकर्ड सार्वजनिक हुँदासमेत महरा चोख्खै भएको उदाहरण त छँदैछ।

अब यो गम्भीर आरोपमा कसले अनुसन्धान गर्ने? निष्पक्ष अनुसन्धान हुन देलान्? प्रेस सल्लाहकारमार्फत् जारी गरिएको विज्ञप्तिमा पनि गलत आरोप हो, अनुसन्धान गरौँ, अनुसन्धानलाई पूर्ण रुपमा सघाउँछु भनेर भनिएको छैन। त्यसो भनेको भए आरोपलाई अनुसन्धानको कसीमा जाँचिने विश्वास हुन्थ्यो।

सभामुख महराको यो काण्ड पनि यत्तिकै सेलाउने मात्र हो? कि ती बिचरी पीडित महिला झन् पीडित हुनुपर्ने हो?

स्मरणका लागि महराको चिनियाँसँग ५० करोड मागेको काण्ड पुरानो ब्लग र अडियो

https://www.youtube.com/watch?v=ynO5_UsoFug

https://www.youtube.com/watch?v=0J2dZKJYFuY

अनि अन्तिममा सुनौँ कृष्ण भजन

6 thoughts on “कसले अनुसन्धान गर्ने सभामुख महरामाथि लागेको गम्भीर आरोपको?”

  1. Pingback: महरा प्रकरणमा फेरि अर्को ट्विस्ट : महिलाले दिइन् किटानी जाहेरी « Mysansar
  2. अनिल says:
    October 2, 2019 at 7:27 am

    भनेपछि अन्त्यमा कृष्णभजन सुनेरै चित्त बुझाउनु पर्यो हैन त! ????

    Reply
  3. Shankar says:
    October 1, 2019 at 4:21 pm

    मान्छे मार्दा सभामुख हुन् पाइने देश मा रेप गर्नु पनि त् ठुलो योग्यता हो नि | अब आर्को चोटी प्रधान्मंत्री नै बनाउन पर्छ |

    Reply
  4. Pingback: के भन्छिन् महरालाई गम्भीर आरोप लगाउने महिलाले १० मिनेटको भिडियोमा? « Mysansar
  5. kisan darlami says:
    October 1, 2019 at 12:35 am

    अब बहुमत कम्युनिस्ट सरकारको करतुत बाहिर निस्किदैछ। हिजको राजा जाहानिया निरंकुश सरकार भनेर जनतालाई भ्रममा पारेर धर्म, जात, आदिवासी विभिन्नको नाम बहाना बनाएर जनता लडाएर १७ हजार मारेर आज सरकारमा बसि आडम्भ देखाउने कम्युनिस्ट निरंकुश शासक सरकारको नियत छर्लङ्ग बाहिरिदैछ। अब सत्यको पर्दाफास हुनेछ।

    Reply
  6. madan bajracharya says:
    September 30, 2019 at 11:28 pm

    यमाले यक्लै चुनावमा गयको भय कुरा अर्कै हुन्थ्यो/ चुनाव सके पछि …सिट मिलेको भय पनि कुरा अर्कै हुन्थ्यो/ अहिले मिलेका सिट नमिलेको भय बामपन्थी यकता गर्ने कुरा बिबेकलेनै चाहेको भय चुनाव पछि पनि मिल्थ्यो नै/ तर तेसो भयन; त् जनताले पत्याउने यमालेको अवसाननै भयो/ ओलीलाई यो अवस्था सम्म पुर्याउन सहयोग गर्ने सहयोगीहरु जुन स्थानमा हुनु पर्ने थियो त्यहा त् चुनाव पछि मात्रै मिलेको भय “नजिक” पनि नहुने ओली पछिको अपरिहार्य बिकल्प बन्न गयो/ मिलाप अघिको कुरा गर्ने हो भने जो सिट यमालेलाई बितायारै मिलाप गरियको छ तेस्को नाक कान मात्रै होईन सिँगान पनि यमाले सिट मिल्दैनथ्यो/

    अहिले जे पनि हुँदैछ ती कुराहरु ओलीको निमित सकारात्मक भैरहेको छैन/ यस्तो कुरा ओली असछ्य्म भयर हो बा ओली आफै असछ्यम ब्भायाको देखाउन खोजियको छ बा ओलीलाई ओलीको बिकल्प बन्न आतुर भयको भन्दा असछ्यम बनाउन खोजिंदै छ भन्ने कुरामा गम्भीरताका साथ् बिचार गर्नुपर्ने देखिन्छ/ किनभने अहिले जे जस्तो कुराहरु भैरहेको छ ती कुराहरु यदि नकारात्मक छन् भने तेस्को दोष त् ओलिमै जान्छ; चाहे ती कुराहरु भयकोमा ओलीको कुनै हात नरहेकै किन नहोस/

    मरे पछि मात्रै योग्य नेता पुजिने नेपालको राजनीतिको दौडमा जो पहिला बनेको छ त्यो प्रतिद्वन्दी भन्दा छिटो दौडेर होईन प्रतिद्वन्दीलाई छर्की राखेर ढालेर धकेलेरै मात्र पहिला भयको छ; ईतिहास रचेर होईन इतिहास मितायर ऎतिहासिक बनि रहेको छ/ त् ओलीको असफलतामा आफ्नो सफलताको जग राख्नको निमित त् नहुनु पर्ने कुरा भैरहेको छैन?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme