Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सत्ता समर्थकको प्र ति ग म न का री बाटो, विचारले नसकेपछि हा न्ने?

Posted on September 28, 2019September 28, 2019 by Salokya

‘नेपालका लागि नेपाली’ नामको संस्थाबाट अभियान चलाइरहेका ज्ञानेन्द्र शाहीमलाई आज सत्ता समर्थक विद्यार्थीहरुले कु ट पि ट गरेका छन्। चितवनको चौबिसकोठीमा अभियानले राखेको खबरदारी सभालाई उनीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै बिथोलेनन् मात्र, कु ट पि ट पनि गरे। गाडीमा समेत तो ड फो ड गरे।

आज चितवनमा जे भयो, त्यो सत्ता समर्थकको प्रति गमनकारी बाटो हो। प्रतिगमन भनेको पछाडि फर्कने काम हो। दुई तिहाईको बहुमत जितेको सत्ता समर्थकहरु यति निरीह भएछन् कि एउटा ज्ञानेन्द्र शाहीदेखि थरथर काँप्न थालेछन्। विचारले नसकेपछि उतिबेलाको वाइसिएल र युथ फोर्सले जस्तो भौतिक का र बा हीमा उत्रिएछन्।

सत्ता आफ्नै, भत्ता आफ्नै। पुलिस आफ्नै, प्रशासन आफ्नै। दुई तिहाईको जनमत आफ्नै। अनि यिनीहरु एक जना मान्छेको पछाडि किन लागिरहेका छन्। कहिले फलानो जिल्ला निषेध भन्या छ, कहिले तिलानो। के देशको नागरिक कतै जान अब भिसा लिनु पर्ने भो? त्यतिले नपुगेर अझ आज कुटपिट?

होला, ज्ञानेन्द्र शाही राजावादी नै होलान्। तर उनले त जाबो विचार त राखेका हुन् नि। सक्छौ भने त्यस्तो विचार राख्न पाइन्न भनेर कानुन बनाऊ। दुई तिहाई छँदैछ, उनी जस्ताले बोल्न नपाउने भनेर कानुन बनाऊ।

तर यसरी दिनदहाडै कसैलाई कुटेर उसको मुख थुन्नु भनेको प्रतिगमनको नाममा आफैलाई प्रतिगमनतिर धकेल्नु हो।

सक्छौ भने ज्ञानेन्द्र शाहीले उठाएका कुरालाई विचारले काट। चान्स नपाएर यिनले भ्रष्टाचार नगरेका हुन्, पाएको भए यिनले पनि गर्थे भनेर जनतालाई बुझाऊ। उनले भ्रम फैलाउन खोजेको भए ती भ्रमलाई उनको भन्दा शक्तिशाली रुपमा चिर। तर आफूभन्दा फरक विचारधारा राख्नेलाई कुट्ने, पिट्ने? के अब फरक विचार राख्नेलाई सफाया गर्ने पनि हो कि के हो?

ज्ञानेन्द्र शाही राजावादी हुन् भने राजासितको कनेक्सन देखाऊ। उनी कसैबाट परिचालित छन् भने त्यसको प्रमाण पेश गर। नसक्ने हैन। किनभने सत्ता र त्यसको संयन्त्र सत्तारुढहरुसँग छँदैछ। यस्तो भइरहेको छ है भनी प्रष्ट बनाऊ जनतालाई। कुटपिट गरेर विचार मार्न सकिन्छ भन्ने भ्रममा चाहिँ सत्तारुढ दलका विद्यार्थीहरु नपरेकै राम्रो है।

सम्बन्धित ब्लग

एउटा नाथे ज्ञानबहादुर शाहीदेखि डराएको गणतन्त्र

13 thoughts on “सत्ता समर्थकको प्र ति ग म न का री बाटो, विचारले नसकेपछि हा न्ने?”

  1. madan bajracharya says:
    September 30, 2019 at 1:20 pm

    बिबेक कुँवर ज्यु
    कुनै पनि घटना राम्रो नराम्रो जे सुकै होस् तेस्को कारण “परिबर्तन” नै हो/तर झुठको धरातलमा अरुको निमित लाचार भयर ल्यायको परिबर्तनले मात्र दुर्घटना र अपराधको निम्त्याउञ्छ; जुन कुरा अहिले नेपालमा देखिंदैछ/

    अहिले नेपालमा भयको परिबर्तनको परिबर्तक “मैहुँ” भन्नेले बिस बर्से रक्तिम संघर्सको सुरुवात र अन्त दुवैलाई झुठो बनायको छ/ उसको कुरा झुठो,उसको साथ् झुठो/ आस र लासमा पौडिने; अनि जसको र जुन कुराको बिरोधमा तेत्रो नागरिकहरुको ज्यान जाने संघर्ष गर्यो अन्तमा तेसैको अगाडी घोप्तिनेको लोकतन्त्रमा ठोकतन्त्र चल्छ; चल्छ के भनौं चलि सक्यो/ प्रतिकार गर भनेर कस्तो किसिमले प्रतिकार गरायो तेसै बात पनि स्पस्ट हुन्छ कि उसले लोकतन्त्र भनेर ल्यायको परिबर्तन बास्तवमा के हो भनेर/

    मावोबादी बने मावोबाद नै खलास/ कांग्रेसी बने कांग्रेस नै सखाप / यमालेको सिट मिले यमालेनै खतम/ अहिले ओली सिट मिलेको छ भोलि ओली को के हुन्छ होला?

    Reply
  2. madan bajracharya says:
    September 30, 2019 at 8:08 am

    सबैको प्रतिक्र्यामा नेगेटिभ टिक लगाउने व्यक्ति कस्तो होला?
    यो त् पक्कै हो त्यो नेगेटिभ टिक लगाउने व्यक्ति “प्रतिकार गर” भनेर हुकुम पायकै मध्यका हुन्/ हुकुम पाउने; हुकुम बजाउनेहरु सोच्न नपाउने जे गर बा भन भनेर हुकुम पायको छ तेस्को तामेली गर्ने प्राणीहरु हुन् / तेसैले उनीहरुको नेगेटिभ पोजितिभ टिकको कुनै मानेनै छैन/ मलाई त् तेस्ता हुकुम बजाउनेहरु देखेर रिस उठ्दैन दया लाग्छ/ किनभने उनीहरु उहिलेका कमारा दास आदि भनिने भन्दा केहि फरक हुँदैन/ तेसैले मेरो यो प्रतिक्रिया उनीहरु प्रति लच्छित पनि छैन/

    अहिलेको घटनामा फरक बिचार राख्ने माथि आक्रमण भयकोले कोहि घाईते बन्यो; त्यो कुरामा दुख लाग्छ तर त्यो आक्रमणले “मै हुँ” को नकाव उघ्रेकोले ठिकै पनि लग्यो/ राजावादी सिट प्रतिकार गर्न लगाउनेको लोकतन्त्र राजाको तानासाही सिट पनि दाज्न नसकिने कुरा यो घटनाले प्रमाणित गरेको छ/ यस्तै घटनाले “कोहि हुनै नालायक भयर पनि मै हुँ भन्ने बात “हाम्रो नेपाल नेपालीकै निमित हुनु पर्छ” भन्ने नेपलिबादीहरु अर्को धोखा खान बात बच्न सक्छ/

    मावोबादी भनेर आय; तर मावोबादी पनि रहेनछ; राजा महान रास्त्रवादी भन्दै भारत मुर्दावाद भने; त्यो पनि झुठो नै ठहरियो/ कुरो तेतिमै सिमित रहेन ४० बुंदे माग पुरा गराउन भनेर २० हजारको बलि चधायको पनि झुक्याउनको लागि मात्रै भयको देखि हालियो/ अस्ति एमालेले नेतृत्व गरेको सरकार बिस्वाश गर्न नसकिने भनेर आफ्नै टाउकोको मोल तोक्नेलाई अंगाल्न गयो/ तर त्यो अँगालो पनि अंगालेर भिर बात खसाउनको निमित मात्रै भयको नै देखियो/ अस्ति भयको चुनुव हुनु अघि “यमाले सुर्य झैँ चम्किने” स्पस्ट भैसकेको थियो/ यमाले नेपालको राजनीति र व्यवस्थामा सुर्य जस्तै चम्के “जहा जे बने तेसैमा आफुलाई स्थापित गर्न असफल भयको र उसको आफ्ना सबैले दुत्कारेको मैहुँचा” को हालत कस्तो हुने थियो होला सजिलै अनुमान गर्न सकिन्थ्यो/ तापनि त्यो मैहुँचा बास्तवमा केहि पनि होईन भन्ने कुरा यस्तै यस्तै घटनाले यक दिन प्रमाणित गर्नेनै छ/

    Reply
  3. Bibek kunwar says:
    September 30, 2019 at 6:21 am

    Why everyone is blaming prachanda? I think job is done by domestic dogs of new minister yogendra maharajadhiraj. Even Medias are scared by these dogs so blaming students. Such a shame!

    Reply
  4. कमले says:
    September 29, 2019 at 7:26 pm

    जनादेश पाएको पार्टिले आफै भित्र एकता गर्न भनेर समय खर्च गरेको दुई बर्ष पुग्न लाग्यो| देशको विकाश मुख्य उदेश्य हो कि एकता मात्र? एकता राम्रै हो तर एकता गर्न मात्र अल्झीरहने?
    ज्ञानेन्द्र र ज्ञान बहादुर सल्बलाएको नेकपा सरकारको निकम्मापन र अकर्मण्यताले हो| राजतन्त्र फर्काएर ल्याउने सपना नदेखे हुन्छ| राजतन्त्रमा गरिएका ज्यादती नेपाली जनताले बिर्सेका छैनन|ज्ञान बहादुरलाई किन कुट्नु पर्यो? यो त गणतन्त्र भएन| ज्ञानेन्द्र शाहको सम्पतिको छानविन गर्छु भने छुलुक्कै डराउनेछन| ज्ञानेन्द्रलाई लास्ट मिनटमा कटुवालले साथ दिएको भएको र ज्ञानेन्द्रले आफ्नो शासनमा अलिकति पनि सदबुद्धि प्रयोग गरेको भए अहिलेको स्थिति आउने नै थिएन|
    ओली बाबा र प्रचण्ड बाबाहरुले “सुशासन” दिने सामर्थ्य राखेका छैनन| आम जनताले चाहेका सुशासन हुन, भ्रष्टचार देखिने गरी घटाउन पर्छ| राजधानीको बाटोको खाल्डाखुलडी, नाग्ढुङ्गाको जाम, हिलो धुलो समेत हटाउन नसक्ने सरकारको दुई बर्ष करिबको काम के हो? दुई तिहाई नेकपा सरकार असक्षम भएकै हो?
    नेकपाका कार्यकर्ता, युवाअवस्था पार भएका आफुलाई छात्र ठान्ने कि बोल्दैनन? अरिंगाल मात्र बन्ने?
    प्रतिपक्ष नेपाली कांग्रेस पुर्णरुपमा नीरिह छन्| सत्तामा रमाउने र कमाउने नेपाली कांग्रेस अहिले सत्तामा नहुँदा आफ्नो भूमिका के हो त्यही बिर्सेका छन्| गिरिजा र सुशीलले पार्टि ध्वस्त पारेका छन्| कालखण्डको कुनै समय सुजातालाई परराष्ट्र र उप प्रधान मन्त्रि गिरिजा पुत्री हुन बाहेक अरु के खुबीले दिईयो, कांग्रेसभित्र थोरैले मात्र प्रश्न गर्ने
    हविगत देखाए| सुजाताको न त कुनै प्रजातन्त्र आन्दोलन संग भूमिका थियो न कार्य कुशलता? त्यस्तो कालो इतिहास बोकेको, खुमे, गुप्त, जोशी, वाग्ले जस्ता अति भ्रष्टहरुलाई अघि लाउने गिरिजा, सुशील र ज्ञानेन्द्र समेतले असक्षम देखाएका देउवाले भरिएको कांग्रेसको इतिहास छ| संसदमा बोल्ने सक्दैनन्|

    ओलीजीले देशव्यापी भ्रष्टचार घटाउन सक्ने स्थिति छैन| उनलाई गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता नै पचेको छैन भन्ने देखिन्छ|

    केहि सुझाव:
    १. सम्माननीय प्रम ओलीजी, नियम कानुन बनाएर भ्रष्टलाई कडा भन्दा कडा सजाय दिनुस| प्रा. सुरेन्द्र केसीका कुरा सुन्नुस, केहि त धेरै राम्रा छन्| आलोचनाबाट सिक्नुस|

    २. मालपोत, भन्सार, अध्यागमन, एयरपोर्ट, कर राजस्व, वैदेशिक रोजगार आदिमा भ्रष्टचारमा जिरो टोलरन्स अपनाउन पर्यो|
    रवि लामिछाने र अपिल त्रिपाठीलाई पनि हेर्नुस| छ्याप छ्यापती भ्रष्टचार देख्न पाईन्छ|

    ३.सरकारी कर्मचारीलाई भ्रष्टचारको गन्ध मात्र आए पनि कडा कारवाही गर्नुस| तर राजनैतिक व्यक्ति सलग्न हुनु भएन, भए देखि उसैलाई पनि कडा कारवाही गर्नुस|

    ४. सरकारको तलब वा भत्ता खाने कुनै पनि पदमा नियुक्ति गर्दा आफन्त र मित्रमण्डली बाट होइन, अलि पर बाट गर्न पर्ने नियम कानुन बनाउनुस| (स्वकीय सचिव, नीजी सचिव उदाहरण हुन) यस्ताले भ्रष्ट वृद्धि गरिरहेका छन, पारदर्शिता र जवाफदेहिता हराउछन| अचेल भोलि प्रतिभा भएका धेरै छन्|

    ५. रोजगारी सिर्जना गर्ने योजना ल्याउनुस जसले गर्दा युवाहरु देश बाट पलायन नहोउन| खालि योजनाको प्रस्तुतिले मात्र होइन, असाध्यै कमजोर रहेको कायाँवायाँ पक्ष तिर जोड दिनुस| अहिलेको कर्मचारी सयन्त्र असक्षम छ, काम गर्ने मनोबल पनि छैन| कार्यकुशलता छैन| घाम तपुवे र घुसखोरी वहुसंख्यक छन| सरकारी जागिर खाएर पदोन्नति हुन दिम्सै अध्ययन गर्छन, जनताको पैसा खाएर ठगी गर्छन| घुस खाईन भन्छन तर नैतिक रुपमा काम नगरेर ठगिरहेका हुन्छन| कडा कानुन, मुल्यांकन र रिवार्ड एण्ड पनिश्मेण्टको आवश्यकता छ|
    ६ . अन्तमा, सरकारी कर्मचारीमा ट्रेड युनियन खारेज गर्नुस| छुट्टै त्रिबुनल स्थापन गरेर गुनासाका सुनवाई गर्न सकिन्छ| यो काम गर्न साहस, हिम्मत र प्रतिबद्धता चाहिन्छ| युगपुरुषले मात्र गर्न सक्छन| भोलि अरिंगालले मलाई नै खाला भन्ने कटुवालको जस्तो स्वार्थी चिन्ता लिन थालेर खुट्टा कमाउन तिर लागे यो देशको प्रगति हुने वाला छैन|

    Reply
  5. prithvi n. shah says:
    September 29, 2019 at 6:09 pm

    के ज्ञानेन्द्र शाही अरास्ट्रिय तत्व हुन्? के हुनी सामन्त हुन्? के उनले गरेका कुरा जनपक्षीय र सहि छैनन्? ज्ञानेन्द्र शाही जे का लागि लड्दै छन् के त्यहि नै बिषय थिएन जनयुद्ध को? जनयुद्ध हतियार, हत्या, लुट पाट र आतंक ले गरिएको थियो भने तिनै मुद्ध लाइ लिएर ज्ञानेन्द्र शाही शान्तिपुर्ण ढंगले बिना हतियार, बिना हिंशा बैचारिक रुपले कानुन र संबिधान भित्र रहेर गर्दैछन ! जुन दिन उनि पनि भ्रस्टाचारि ठहर्लान, शक्तिमा गएपछि शक्तिको दुरुपयोग गर्लान तेतिखेर उनको पनि बिरोध गर्नु पर्छ नत्र आज उनको साथ् नदिने र उनलाई समर्थन नगर्ने हरु लाइ अरास्ट्रिय भन्नु पर्छ, हामि सबै जनताले उनलाई साथ् दिनु पर्छ र उनको ढाल भएर रक्षा गर्नु पर्छ, हिजो प्रचण्ड ठिक कुरा गर्थे, आज उनि भ्रस्ट र पतित भएका भएका छन्, तेसैले हामि सबैले प्रचण्ड को पत्तासाफ त गर्ने पर्छ

    Reply
  6. सिसिर says:
    September 29, 2019 at 3:42 pm

    उमेस जि, दुई तिहाईको जनमत आफ्नै भनेर लेख्नु भाको रैछ। नेकपा डबल ले प्राप्त गरेको जनमत 53% जति मात्रै हो। सम्सदिय मत अलि धेरै पाका छन् ।
    जे होस यो अत्यन्तै निन्दनीय र कायरता पुर्ण काम हो नेकपाको, वाक स्वतन्त्रता र बिना हतियार सभा भेला गर्न पाउने संविधान बिरोधि काम पनि हो।

    Reply
  7. Shankar says:
    September 29, 2019 at 12:23 pm

    ज्ञानेन्द्र भू पु राजाको रिस , ज्ञानेन्द्र साही माथि पोखे मुलाको साग हरु ले |

    Reply
  8. Atee says:
    September 29, 2019 at 8:49 am

    यो अति भो, नव मण्डले बारुलाहरु हो, यो अति नै भो, बयल गाडा चढेर अमेरिका पुगिन्न भन्दै गणतन्त्रबादी आन्दोलनको खिल्ली उडाउने जोकर! चरी गुण्डाको नाइके, महाकाली सन्धि पास भए खर्बौ को फाइदा हुन्छ भनेर कुर्लने जोकर! यो अति भो, नव मण्डले बारुलाहरु हो, यो अति नै भो!!

    Reply
  9. prithvi n. shah says:
    September 29, 2019 at 7:39 am

    प्रचन्डका बाउ छोरीको काम ! यस्ता हत्यारालाई भोट हालेर जिताउने चितवन बासी लाई पनि धिक्कार नै छ । थुक्क वाइ सि एल नामर्दहरु हो । यसैको लागि जनयुद्ध लडेका रहेछौ ।

    Reply
  10. madan bajracharya says:
    September 29, 2019 at 12:19 am

    प्रचान्द्रले आफ्ना कार्यकर्तालाई “प्रतिकार गर” भने पछि यो घटना भयो र प्रचन्द्रले “मैले यसरि नै प्रतिकार गर भनेको होईन” भनेको छैन/ त् कुरा बुझि हालियो/ प्रचंद्र आफै बैचारिक द्वन्द प्रतिकार गरेर ….(उपनाम मित्रहरुलेनै राखुन तर मन र मस्तिस्कमा) यो ……मा पुगेको ब्यक्तिनै होईन; उदाहरण र प्रमाण सयौं हजारौं छन्/ यस्तै महानायक बनेको लोकतन्त्रमा यस्तै हुँदै गर्ने कुरामा कुनैले आस्चर्य मान्ने पर्दैन/

    भारतको निमित अप्रिय भयको नेपालको राजतन्त्रको हिमायती नै थियो प्रचंद्र/ दिल्ली बात फर्के पछि भारतको बिरोध गर्ने प्रचंद्र राजतन्त्रको बिरोधि बनेको हो/ अव प्रश्न उठ्छ के प्रचंद्र्को बिचार परिबर्तन भयो भन्दैमा सबैको बिचार प्रचन्द्रकै जस्तो हुनु पर्छ? यो प्रश्न को उतर दियो प्रचन्द्रले उसले दिल्ली बात ल्यायको बिचार र ब्यबस्थाको बिकल्प खोज्नेलाई “प्रतिकार गर्न लगायर”/ उसको यस्तो कुराले नेपालमा लोकतन्त्र होईन उसैको त्यो बिस बर्से घोची घोपी लुटि मारी चलेको “उसलाई नमाने खलासै गर्ने” जनसत्ताको शासन चलेकोछ/

    अव यउटा खुल्दुली: ३ ठुला पार्टीका ३ ठुला नेताहरुको सदन बाहिरको सहमति अनुसारै सदनमा निर्णय हुने पर्ने ब्यबस्थालाई नै लोकतन्त्र हो भने यो ब्यबस्था र उहिले श्री ३ को हुकुम अनुसार चल्ने ब्यबस्था बीच फराकनै के रह्यो?

    Reply
  11. Buddha says:
    September 28, 2019 at 8:46 pm

    Oli ko aringaal haru ko chartikalaa… chi chi chi chi… hutihaaraa sarkaar ko hutihaaraa aringaal… bolna pani napaaunu aba Nepal maa? thukka sarkar.. thukka Nekapa… thukka hutihaaraa aringaal

    Reply
  12. जन्तरे says:
    September 28, 2019 at 8:27 pm

    रबीको हाइ हाइ देखेर चुम चुम भएर हिरो पल्टेको थियो , भेटेछ दनक । रबीको पछाडि उभिनेहरु मेरो पछि पनि लागिहाल्छन् नि भनेर सोचाई राख्दा उत्तानो परेछ केटा । मान्छे कुट्नु राम्रो त हुंदै होइन तर प्रतिगामीको दलाल भनेर भकुरे पछि यो चाहीं अलि कम नै भयो । उसको आउरे बाउरे हरुलाई पनि ‘धोबीधुलाई’दिनुपर्थ्यो ।

    Reply
  13. PP says:
    September 28, 2019 at 7:05 pm

    सहि कुरा उमेश जी | लोकतन्त्रमा फरक विचार राख्न पाइन्छ भन्ने शायद यी युवाहरुले बिर्से जस्तो छ | पंचायती व्यवस्था बिरुद्धको आन्दोलन यहि हैकमबादी कारणले भएको हो | अहिले लोकतान्त्रिक सत्ताका समर्थक युवाहरुले नै यस्तो गरे पछि “जो अगुआ उही बाटो हगुआ” भने जस्तै भएको छ | शाशन नीतिले गर्ने हो, बलले हैन | फरक विचारको सम्मान गरौ | नत्र सरकारको बिरोध गर्नेलाइ गोदेर ठिक पार्छौ भन्ने सोच्ने हो भने कुन चाही पक्ष राजाबादी भयो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme