Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एटिएममा २४ घण्टा मान्छे खटाउन राष्ट्र बैँकको निर्देशन, थप सुझाव पनि कार्यान्वयन गर्ने कि!

Posted on September 26, 2019September 26, 2019 by Salokya

चिनियाँ ह्या क रहरुले काठमाडौँका एटिएम बुथहरुबाट करोडौँ रुपैयाँ निकालेपछि माइसंसारले सेप्टेम्बर ६ मा एउटा ब्लग लेखेको थियो- जसमा ह्या क रहरुबाट जोगिनका लागि सोझो हैन बाङ्गो व्यङ्ग्यात्मक सुझाव दिइएका थिए।

त्यही मध्येको एउटा सुझाव थियो‍- एक बुथमा १० गा र्ड खटाउँ। एक बुथमा १० जना हति यार धारी गा र्ड खटाउँ। यसो गरेमा मानसिक रुपमा पनि लु टे रा आतंकित भई लु ट्ने आँट गर्न सक्दैन।

नभन्दै नेपाल राष्ट्र बैँकले आज यस्तै खालको निर्देशन दिएको छ। आइटी सु र क्षामा लगानी गर्ने जस्ता निर्देशन दिन छाडेर राष्ट्र बैँकले एटिएम बुथमा २४ घण्टा सु र क्षा गा र्ड खटाउन निर्देशन पो दिएछ बाब्बै!

राष्ट्र बैँकको निर्देशनमा भनिएको छ- बैँक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित सम्पूर्ण एटिएम बुथहरुमा २४ सै घण्टा अनिवार्य रुपमा सुरक्षा गार्डको व्यवस्था गरी बुथहरुको विशेष निगरानी गर्नुपर्नेछ।

गजब भो गजब।

अब बाँकी यी सुझावहरु पनि कार्यान्वयन गर्नेतिर सोचे कसो होला?

सुझाव नम्बर १ : एटिएममा पैसा झिक्न जानेलाई केवाईसी फर्म भराउँ
एटिएमबाट पैसा झिक्न जानेको तीन पुस्ते विवरण थाहा पाइराख्न केवाईसी फर्म भर्न लगाउँ। अनि कसैले केही गरी अनधिकृत रुपमा केही गरेको थाहा पाए तीन पुस्ते जानकारी प्रहरीलाई बुझाउन सजिलो हुन्छ। अझ केवाईसी फर्म भर्नु पर्ने झण्झटले पैसा झिक्न पनि एटिएममा नआउन सक्छन्। त्यसो हुँदा एटिएम बिगारेर पैसा झिक्ने सम्भावना कम हुन्छ।

सुझाव नम्बर २ : एटिएममा एक रुपैयाँको नोट राखौँ
एटिएममा एक रुपैयाँको नोट राख्नुपर्छ। त्यसरी राखियो भने अहिले जस्तो करोडौँ झिक्न सम्भव नै हुँदैन। धेरै रकम बोकेर लान गाह्रो पनि हुन्छ। यसबाट एटिएममा आई पैसा निकाल्ने काम निरुत्साहित हुन्छ। रोग लागेपछि उपचार गराउनु भन्दा रोगै लाग्न नदिनु वेश भन्ने त उखानै छ। एटिएममा आउनै झण्झट मानेपछि त एटिएमबाट हुने लुटबाट पनि जोगिन सकिने भयो।

सुझाव नम्बर ३ : पैसा झिक्नुअघि सिसिक्यामेरा अगाडि उभिएर राष्ट्रगान सुन्न लगाम्
सप्पै एटिएम बुथमा सिसिक्यामेरा हुनुपर्छ भन्ने नियम छ। तर यो त सब भन्ने कुरा न हो भन्ने पनि भयो होला। नत्र त अहिलेसम्म भागेका भनिएका चिनियाँको सिसिक्यामेराको फुटेजबाट निकालिएको फोटो सार्वजनिक हुनुपर्ने हो। अब यसरी भएन हेर्नुस्। हाम्रो नेपालमा आर्यघाटमा त राष्ट्रगान बजाइन्छ भने एटिएममा किन नमिल्ने? एटिएम बुथमा पनि पैसा झिक्न अघि राष्ट्रगान बजाउने र पैसा झिक्न आउनेले सिसिक्यामेरा अगाडि उभिएर राष्ट्रगान सुन्नु पर्ने नियम बनाउँ। यसले दुई वटा फाइदा हुन्छ- एक त राष्ट्रिय भावनाले नागरिकको ओतप्रोत हुन्छ। राष्ट्रियता बलियो हुन्छ। अर्को चाहिँ त्यसरी उभिउन्जेल पैसा निकाल्नेको अनुहार सिसिक्यामेरामा मज्जैले रेकर्ड भइसकेको हुन्छ। अनि केही फट्याइँ गर्‍यो भने पनि समात्न सजिलो हुन्छ।

सुझाव नम्बर ४ : एक बुथमा १० गार्ड खटाउँ
तपाईँहरुलाई कतिको याद छ- आजभन्दा १२ वर्षअघि राजधानीको कमलादीस्थित बैँक अफ काठमाडौँमा १२-१४ जनाको समूहले बैँक लुटेका थिए। उनीहरुले लुटेको रकम भने जम्मा दुई करोड चानचुन थियो। हेर्नुस् त्यतिबेलाको ब्लग। अब बैँक लुट्न गाह्रो भइसक्यो। बैँक लुटेको समाचार नआएको पनि कति धेरै भइसक्यो। अचेल यति सजिलै त्यतिबेलाको भन्दा बढी अर्थात् तीन करोड लुटियो। अनि किन त्यसरी पूरै बैँकलाई तर्साएर लुट्नु पर्‍यो, सुटुक्क लुटे भयो। त्यसैले अब एटिएमबाट लुट हुन सक्ने डर धेरै भएकोले एक बुथमा १० जना हतियारधारी गार्ड खटाउँ। यसो गरेमा मानसिक रुपमा पनि लुटेरा आतंकित भई लुट्ने आँट गर्न सक्दैन। सही मान्छेलाई त केको डर हुन्छ र!

कि कसो ? तपाईँसित पनि यस्तो व्यङ्गयात्मक बाङ्गो सुझाव छ भने तल कमेन्टमा लेखिहाल्नुस् है।

पुष्पेन्द्र खड्काका थप तीन सुझाव

सुझाव नम्बर ५ : एटिएम मेसिन प्रहरी चौकीको आसपास मात्र राखौ
एटिएम मेसिन प्रहरी चौकीको छेउमा भए पछि त लुटेराहरुले आँट नगर्लान्।

सुझाव नम्बर ६: एटिएम प्रहरी गठन गरौँ
जसरी दंगा नियन्त्रणको निम्ति दंगा प्रहरी छ, त्यस्तै एटिएम प्रहरी गठन गरौँ, जसको काम देशभरि भएको एटिएमको सिसी क्यामेरा हेर्ने होस्। अनि त्यहाँ एउटा स्पिकर पनि राखियोस्, ताकी एटिएम प्रहरीलाई शंका लागे कन्ट्रोल रुमबाटै माइकमा भन्न सकोस्, ‘तेरीमा फटाहा, बाहिर निस्की ! नत्र समात्छु।’

सुझाव नम्बर ७: एटिएम मेसिनमा फिंगर प्रिन्ट
एटिएम मेसिनमा फिंगर प्रिन्ट राखौँ ताकी आफ्नो औला राखेर भेरीफाई भएपछी मात्र एटिएमभित्र छिर्ने ढोका खुलोस्। यो फिंगर प्रिन्ट भेरीफाई एटिएम प्रहरीले गरोस्।

सुझाव नम्बर ८ : 3 way authentication राखौँ (सोनम डी. शेर्पाको सुझाव)
एटिएमबाट खुरुक्क नोट निकाल्न दिएको कारण यो सब समस्या भएको हो। त्यसैले एटिएमबाट क्यु स्लिप निकालेर सम्बन्धित बैँकको कोठा नम्बर ४ मा भेरिफाइ गराएर कोठा नम्बर १ को हाकिमबाट रुजु गराएर भोलि ४ बजेपछिको एप्वाइन्टमेन्ट लिएर रकम निकाल्न दिने। यसो गर्दा सही मान्छेले नै रकम निकाल्न लागेको हो भनेर भेरिफाइ गर्न प्रशस्त समय हुन्छ।

2 thoughts on “एटिएममा २४ घण्टा मान्छे खटाउन राष्ट्र बैँकको निर्देशन, थप सुझाव पनि कार्यान्वयन गर्ने कि!”

  1. कमले says:
    September 27, 2019 at 8:01 pm

    राष्ट्र बैंक भनेको हाकिम र आफन्तले नाता आफन्त र राजनैतिक कनेक्सनको आधारमा सुरक्षित जागिर दिने संस्था हो| यो पंचायती व्यवस्थाले रोपेको रोग अहिले क्यान्सरको रुप धारण गरेको रहेछ| यही रोगले (शा) ने वा नि लाई धराशायी बनाएको छ| नोट छाप्ने र कमर्सियल बैंकको हाकिम भएको कारण एउटा हो जसले राष्ट्र बैंकको हैकिमी छवी बनाएको छ तर भित्र भित्रै कुहिएका छन्, यो कुरो त्यहा काम गर्ने र पुर्ब कर्मचारीहरु जो देशको कल्याण प्रति सचेत छन्, सबैलाई थाहा छ|
    प्रविधि बलियो बनाउन छैन एटीएममा गार्ड राख्ने?
    हन कसले बन्चरो र पिस्तोल लिएर एटीएम फ़ोडन गएको छ र गार्ड राख्ने? त्यस्तै मनसायले लुटन गए पनि बिचरो गार्ड एक्लोले के गर्न सक्छ?
    यो व्यंग होइन, गम्भीर सुझाव: राष्ट्र बैंकमा ओ एण्ड एम निष्पक्ष रुपमा गराउने, घामतपुवे र अनुत्पादकीय कर्मचारी हटाउने, माथि देखि शुरु गरेर तलै सम्म| आईट टी सुरक्षामा ध्यान दिनपरो|

    Reply
  2. Naresh says:
    September 27, 2019 at 8:33 am

    सुझाव नम्बर ८ : 3 way authentication राखौँ
    यो सुझाब लै चै सछिकै प्रयोग मा ल्याउन सकिन्छ. ATM मा पिन हलिसके पछि रकम निकाल्नु अघि ग्राहक को मोबिले मा SMS पठौना सकिन्छ र त्यो SMS मा भाको code हाल्न लगाएमा अझ सुरक्षित हुने छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme