Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अहो, कस्तो भयानक दु र्घ ट ना ! सेफ्टी रेटिङ ० भएको कार रहेछ

Posted on September 26, 2019September 27, 2019 by Salokya

यो हप्ता भएको एउटा दुर्घ टनाको फोटोले सबैलाई झस्काइदियो। एउटा नयाँ गाडी क्षतविक्षत हुने गरी दु र्घटना भएको फोटो थियो त्यो। २१ लटको हुन्डाई आइ टेन ग्रान्ड गाडी सोमबार कावासोतीको खरखट्टा जंगलमा एउटा ट्रकसँग जुधेको थियो। बा २१ च ६४०९ नम्बरको कार ५ जना चढेका थिए। फोटो हेर्दा नै थाहा हुन्छ, कसैको पनि ज्यान बचेन।

यो गाडी नेपालमा २५ लाख रुपैयाँ पर्छ। खासमा यसको मोल भारत लगायतका देशमा कम छ। तर नेपालमा विभिन्न करहरु जोडेर रकम यति धेरै पुगेको हो। रकम धेरै भए पनि सेफ्टी रेटिङ भने यसको खत्तम रहेछ।

यही दुर्घटनापछि यसो नेटमा सर्च गर्ने क्रममा भेटियो, भारतमा बनेको यो मोडलको गाडी ल्याटिन NCAP रेटिङ्ग्सको क्रायस टेस्टमा फेल भएको रहेछ। ० रेटिङ पाएको रहेछ यसले।

यसको अर्थ हुन्छ जोखिम हुन्छ यस्तो गाडी चढ्दा। तर नेपालमा कसलाई के मतलब र। ट्याक्स ठटाउन पाए पुगिहाल्यो। सुरक्षित गाडीको आयातलाई प्राथमिकता दिनुपर्ने काम के गर्थे र।

अनि ठक्कर दिने ट्रकको हालत भने यस्तो मात्रै रहेछ

3 thoughts on “अहो, कस्तो भयानक दु र्घ ट ना ! सेफ्टी रेटिङ ० भएको कार रहेछ”

  1. madan bajracharya says:
    September 27, 2019 at 1:34 pm

    यो सेफ्टी रेतिंग जिरो भयको गाडी आयात गर्न दियको कुरालाई नेपाललाई भारत आश्रित बनाउने योजना अन्तर्गतनै भयको किन नमान्ने?

    ०१. भारतमा सडकमा चलाउन प्रतिबन्ध लगायकोले कवाडीमा बेच्नु पर्ने भयको बिक्रम त्याम्पू नेपालमा चलाउन दिने/
    ०२. तेश्रो मुलुकमा बनेको गाडीमा २३० प्रतिशत भारतमा जडान भयको गाडीमा मात्र ३० प्रतिशत अनि नेपालमै जडान हुने गाडीमा भारतीय गाडीमा लाग्ने भन्सार भन्दा दोव्वर भन्दा बढी अन्तशुल लगायर नेपालको गाडी जडान गर्ने उद्योगलाई बन्दै गर्नु पर्ने स्थितिमा पुर्याउनु/

    यसको नतिजा अहिले हाम्रै अगाडी छ/ नेपाल लगायत भुटान सम्मै चलन थालेको नेपालको गाडी अहिले म्युजियममा पनि देख्न नपाउने भयो र नेपालको सडकमा भारतीय गाडी मात्रै गुड्ने भयो/ यति हुँदा पनि गोल्छाले आफ्नो उद्योग बन्द गरेको थियन त् युरो २ को मापदण्ड अनुसार गाडी जडान गर्ने उद्योगलाई युरो ३ मापदण्ड अनुसार बना भने/ गोल्छाले केहि समय मागे तर” उताको निमित यता चल्ने चलाईने” सरकारले मानेन/ त् गोल्छाको उद्योग बन्दै भयो/

    नेपालको भारत सितको व्यापारमा ठुलो घाटा हुनुको ठुलो कारण नेपालमा नेपालमै बनेको गाडी नबिक्ने बनायर भारतकै गाडी मात्रै बिक्ने बनाउनु पनि हो/
    पंचायतको पालामा पूर्ण सरकारको स्वामित्व भयको नेसनलले रसिया चीनमा बनेको गाडी मोटर साईकल साइकल लगायत नेपालीलाई दैनिक जीवनलाई आबस्यक हुने सामानहरु आयात गर्थ्यो र ती सामानहरु भारतको सामानहरु भन्दा सस्तो र बलियो पनि थियो/ उदाहरण को रुपमा भारतमा जडान हुने सबै भन्दा राम्रो मानेको रेली साइकल भन्दा चीनमा बनेको फोनिक्स साइकल निकै राम्रो र सस्तो भयकोले नेपालमा भारतमा जडान हुने साइकल नबिक्ने अवस्थामा पुग्न पुग्न लागेको थियो/ त्यो नेसनल ट्रेदिंग पनि बन्द गरि छाडे/ नेपालको कागजको उत्पादनमा आत्म निर्भर हुने घोसना गर्ने भृकुटी कागज कारखाना पनि बन्द/ भारतको नाकाबन्दीको असर न्यून बनाउन ठुलो भूमिका खेल्ने पंचायतको पालामा नाफामै चलेको नेपाल बायु सेवा निगममा काण्ड माथि काण्ड गरेर के गरे सबैको सामुने नै छ/

    अब गाडीको संदर्वको कुरा/ गाडीको कारणले बातावरण प्रदुषण हुने कारण इन्जिन खराव हुनु नै हो/ तेसैले संसारको कुनै पनि देसमा गाडीको इन्जिन बिग्रे फेर्न पाइन्छ/ तर नेपालमा पाइन्दैन/ किनभने इन्जिन फेर्न दिय भारतको गाडी बिक्ने कम हुन्छ/ यस्तो नियम बनाउने लाई कति झेल्ने?

    Reply
  2. madan bajracharya says:
    September 26, 2019 at 11:00 pm

    कारको बायाँ पट्टि सिधै ठक्कर दियको देखिन्छ/ नेपालमा कार सडकको बायाँ लेन बात चलाइन्छ/यसले बिपरित दिसा बात आउंदै गरेको ट्रकले आफ्नो सडक छाडेर अर्को सडकको बायाँ लेन बात आउंदै गरेको कारलाई ठक्कर दियको देखाउंछ/
    तर के गर्ने; ट्रक/ त्रिपर चालकहरु “आ किचेर मरे जावो सत्र हजार किरिया खर्च त् तिर्ने हो त्यो पनि आफुले तिर्नु पर्ने होईन यातायात सिन्दिकेतले तिरी हाल्छ अनि जेल सेल पनि जानु पर्दैन आफ्नो द्राइभिङ्ग लाईसेन्स पनि खारेज गरिंदैन त् (आज सम्म लापरवाही सिट गाडी चलायर मान्छे मार्नेलाई फौजदारी अभियोग लगायकै छैन)..म जसरि मन लागे तेसरिनै चलाउञ्छु ” भनि सोच्छन/ त् यस्तो घटना त् हुँदै गर्छ/

    यस्तो कानुन र व्यबस्थाको कारण नेपालमा गाडी चालक सिट सबै निहुरेरै बस्नु पर्ने भैसक्यो/ बरु सुपारी लियर मान्छे मार्ने गुण्डा सिट डराउनु पर्दैन/ किनभने उनीहरु माथि कानुन लाग्छ/ हत्या गरेकोमा उनीहरु आजीवन जेल सजाय भोग्नु पर्छ/ तर चलाकले नियतबस नै गाडीले किव्चायर मारे पनि उनीहरु लाई मात्र किरिया खर्च १७ हजार तिरायर सडकमा फेरी उनीहरुकै डर को शासन चलाउन पथाईहाल्छ/

    नेपालमा कुखुरा गाइ गोरुलाई गाडीले किचायर मार्यो भने आजीवन जेल सजाय हुन्छ/ भैसी किचायो भने ५०हजार जरिवाना हुन्छ/ तर मान्छेलाई किचायर मार्यो भने १७ हजार किरिया खर्च मात्रै तिराउने कानुन!!!!/ यो कस्तो लोकतान्त्रिक र कानुनि राज्य हो जहा नागरिकको मोल पशुको भन्दा कम हुन्छ?

    यस्तै कानुन रही रह्यो भने भोलि गुण्डालाई सुपारी दियर कसैलाई …गराउनु भन्दा गाडी चालकलाई सुटुक्क दियर कसैले कसैलाई….गराउने संस्कार बन्छ/ कुरा यतिमै सिमित हुँदै राजनैतिक दलकाले पनि आफ्नो बिरोधि पार्टीको कसैलाई पनि चुप गराउन आफ्नो कार्यकर्तालाई पार्टीको झण्डा बोकायर …गराउने पर्दै मात्र द्राइभिङ्ग लासेंस दिलायर …गराउने पनि हुन् सक्छ/ पार्टीको झण्डा बोकायर ..गराय छानबिन हुन्छ सदनमै हङ्गामा हुन्छ तर द्राभिंग लाईसेन्स दिलायर …गराय न हङ्गामा हुन्छ न ..गर्ने लाई केहि कार्यवाहीनै हुन्छ/ त् यस्तो कानुन किन बनायो भन्ने कुरामै अब धेरै आशंका गर्नु पर्ने स्थिति आईसक्यो/

    कानुनले उपयुक्त सजाय नदिने भयकोले जथाभावी गाडी चलायर मान्छे मार्ने द्राईभरलाई यसरीनै छुट दिंदै गर्यो भने यक दिन आफन्त लाई जथाभावी गाडी चलायर मार्ने अंग भंग गर्नेलाई पिडितको परिबारले पनि द्राइभिङ्ग लाईसेन्स कै माध्यम बात सजाय दिने हुन्छ/

    द्राईभिङ्ग लाईसेंसलाई प्रेसर कुकर बम सकेट बम यके ४७ बनाउन सकिने सकेट यके ४७ बनाउन सक्ने कानुन बनाउनेहरु यक दिन यहि कानुन बात पिडित हुनेछ/ आफ्नो उम्मेदवारलाई जिताउन असम्भव बनाउने बिपछ्य को राजनीति गर्ने प्रभाशाली..हरु पनि सडकमा हिडेर होईन घर बात बाहिर तरकारी किन्न जाँदा पनि पायामा हेलिकप्टर नै त्यो नपाय बुल्दोजर मा बसेर जानु पर्ने स्थिति पनि आउन सक्छ/ तव मात्रै सायद सडक नियम पालना नगरेर गाडी चलायार दुर्घटना गर्नेलाई कडा सजाय दिने कानुन बन्छ होला/ जथाभावी गाडी चलायर नागरिक मात्रै मारिंदै गय सम्म कुरा तेस्तै हो मित्र/

    Reply
  3. Shankar says:
    September 26, 2019 at 7:10 pm

    सालोक्य जी
    गाडी को दुर्घटना भनेपछि गाडी भन्दा पनि मान्छेको ज्यान मा ध्यान जादो रहेछ , मृतक को को थिए जान्न पाए हुन्थ्यो | समाचार को लागि धन्यबाद र मर्नेहरु प्रति स्राद्दंजलि |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme