Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भैरहवाको आकाशे पुल क्या गज्जब ! काठमाडौँले सिक्नुपर्ने

Posted on September 24, 2019September 24, 2019 by Salokya


भारतको सुनौली हुँदै नेपालको बेलहियाबाट भैरहवा हुँदै बुटवलमा रहेको पूर्व पश्चिम राजमार्ग जोड्ने लगभग ३० किलोमिटरको बाटो अहिले गजबको बनेको छ। यो ६ लेनको बाटोमात्र गजब छैन, त्यसमाथि बनेका आकाशे पुल पनि मलाई त गजब लाग्यो। हाम्रो काठमाडौँमा आकाशे पुल हुन् कि सपिङ कम्प्लेक्स बनेका हुन्, झुक्किनु पर्ने हुन्छ। पुलमा सटर निकालेर पसलहरु भाडामा लगाइएका हुन्छन्। तर भैरहवाको पुलमा त्यस्तो थिएन।

भैरहवाको देवकोटा चोकबाट अघि बढ्दा देखिएको एउटा आकाशे पुल चढ्ने क्रममा देखियो, त्यहाँ त दुई वटा विकल्प हुँदा रहेछन् चढ्ने। एउटा भर्‍याङ चढ्ने, अर्को ह्विलचेयर गुडाउन मिल्ने बाटो।

भर्‍याङबाट नभई त्यसबाट चढ्दा अलि सजिलो पनि हुने रहेछ।

हेर्नुस् भिडियो-

यस्ता आकाशे पुलहरु यो सडकमा धेरै वटा बनाइएका रहेछन्। पुल राम्रो भए पनि त्यसबाट हेर्दा मुन्तिर भने राम्रो देखिएन।

यो ठाउँमा हरियाली हुनुपर्नेमा पानी जमेर लामखुट्टे हुर्कने वातावरण मिलाइएको रहेछ। फोहर पनि थियो।

काठमाडौँमा भए कतातिर सटर निकाल्न सकिन्छ भनेर डिजाइन गरिन्छन् आकाशे पुल। अनि कहाँबाट यस्तो संरचना बनाउन सकिन्छ त।

मुख्य चार लेन सडक र दायाँ बायाँ दुई वटा सर्भिस लेन। खाली कपिमा सीधा धर्को तानेको जस्तो बाटो भएकोले भक्तपुर र चक्रपथको जस्तो ६ लेनको बाटो यो हैन। तर यहाँ पनि बीचबीचमा बाटो काट्नेहरु हुन सक्ने भएकोले सावधान भने उत्तिकै हुनुपर्ने रहेछ।

र, जाँदाजाँदै आफ्नै पनि प्रचार। देवकोटा चोकमा उभिएर फोटो खिच्ने रहर

1 thought on “भैरहवाको आकाशे पुल क्या गज्जब ! काठमाडौँले सिक्नुपर्ने”

  1. Basant says:
    September 25, 2019 at 11:17 am

    लौ सालोक्य जी हाम्रो शहर भैरहवा पुग्नु भएछ I आकाशे पुलको डिजाइन ( विदेश तिर जस्तै ) राम्रो बनाएको मा राम्रो डिजाइनको प्रशंसा गर्ने पर्छ तर टायल ओछ्याउने ले अलि फोहर गरेर, सिमेन्ट राम्रो सफा नगरी लगाएको रहेछ I रह्यो डेंगु को बास स्थल, मलाई पनि मन परेन I सम्बन्धित निकाय लाइ कपि पेस्ट गरिदिएको छु Iभैरहवा को समाचार समेट्नु भएको मा यहाँ लाइ साधुबाद I

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme