Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फोटोमा हेर्नुस् अमेरिकामा यसरी मनाइयो इन्द्रजात्रा

Posted on September 18, 2019 by Salokya

-रोशन श्रेष्ठ-

इन्द्रजात्रा काठमाडौँ उपत्यकामा धूमधामका साथ मनाइने पर्व हो। ग्लोबलाइजेसनका कारण अब कुनै चाड कुनै ठाउँ वा देशमा मात्र सीमित रहेन। १४ सेप्टेम्बरमा अमेरिकामा पनि इन्द्रजात्रा मनाइयो।

नेवाः अर्गनाइजेसन अफ अमेरिका (NOA) ले अमेरिकाको मेरील्यान्ड राज्यमा इन्द्रजात्रा मनाएको हो। NOA संयुक्त राज्य अमेरिकामा नेपाल भाषा र नेवार संस्कृति को प्रवर्द्धन र संरक्षण गर्न वाशिंगटन डीसीमा स्थापना भएको गैर नाफामुखी संस्था हो। यो वर्ष यस संस्थाले अमेरिकामा नवौं इन्द्रजात्रा मनाएको हो।

NOA पहिलो संस्था हो जसले नेपाल बाहिर (भारतको सिक्किम बाहेक) विगत नौ वर्षदेखि इन्द्रजात्रा मनाउँदै आइरहेको छ। काठमाडौंको जस्तै कुमारी, कुमारी रथ, लाखे, पुलुकिसी, धिमे बाजा, दश अवतार र समयबजी यस इन्द्रजात्राको मुख्य आकर्षणहरु हुन्।

यस उत्सवमा केवल नेवारहरू मात्र होइन, गैर-नेवारहरू पनि भाग लिन्छन्। NOA का कार्यकारी अध्यक्ष यज्ञमान शाक्यका अनुसार यस वर्ष यहाँ झन्डै १२०० सहभागीहरू थिए। वाशिंगटन डिसी र वरपरका शहरहरुबाट नेपाली जनसमुदायहरु काठमाडौँमा जस्तै एकै ठाउँमा भेला भई कुमारी रथ तानी रमाइलो गरी इन्द्रजात्रा मनाउँदै आइरहेका छन।

नेवार संस्कृति जोगाउन र विदेशमा रहेका युवा पुस्तालाई हस्तान्तरण गर्न नेपाल बाहिर यस्ता सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गरेको NOA का कार्यकारी टोली को भनाइ छ ।

यस वर्ष अमेरिकाको वाशिंगटन डीसीमा NOA द्वारा आयोजित इन्द्रजात्राका केही फोटोहरू। फोटो क्रेडिट : रवि मानन्धर (रविज फोटोग्राफी), बिक्रान्त श्रेष्ठ (नाम्लो इभेन्ट्स), सुजय श्रेष्ठ

8 thoughts on “फोटोमा हेर्नुस् अमेरिकामा यसरी मनाइयो इन्द्रजात्रा”

  1. prithvi narayan shah says:
    September 21, 2019 at 2:13 pm

    हिन्दु धर्म आदीबासी मुलबासी हरुको धर्म हो, पृथ्वी ना शाहले फैलाएको धर्म हैन

    Reply
  2. Arjun Pokharel says:
    September 20, 2019 at 10:03 pm

    यो मुला श्री कृष्ण को कमेन्ट हेरेर सबै बाहुन छेत्री लै गाली चाहिं नगरौ ल !!!

    Reply
  3. Milan says:
    September 19, 2019 at 7:38 pm

    अति राम्रो !

    Reply
  4. श्रीकृष्ण अधिकारी says:
    September 19, 2019 at 1:18 pm

    का बैमान । आदिवासी नेवारहरुले अमेरिकामा पनि ईन्द्रजात्रा मनाउन भ्याएछन् तर जिवित देवी कुमारी चाँही किन त्यत्तिबिधि छिप्पिएकी राखेको नि । कि उमरमा कलिलै तर अमेरिकी डाईटले नेपाली ब्रोईलर कुखुरा फुलेझै फुलेको हो ।

    Reply
    1. Salil shrestha says:
      September 23, 2019 at 4:32 pm

      Newar ko pahichan ma prahar Nagara bhaun. Hami jage bhane ramro hudaina.

      Reply
  5. Raju says:
    September 19, 2019 at 8:37 am

    विदेशमा पनि यसरी हाम्रो संस्कृति जोगाएको देख्दा मनै प्रफुल्ल भयो. निकै राम्रो काम.

    Reply
    1. Sun tamang says:
      September 20, 2019 at 7:53 pm

      Bahun mora nepal ma ta khutta tanyo tango aba america ma ni chodena…eo..nepal ko maulik chad ho even before prithivi buda.. newar ko nak katne

      Reply
  6. Shankar says:
    September 19, 2019 at 7:18 am

    येत्रो बिधि नेपालि हरु अमेरिका मा देख्दा डर लाग्छ कतै नेपाल नै रित्तो त् भएको छैन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme