Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राँगोको सि ङ्गो टा उ कोदेखि मा छा को मु खमा नोटसम्म : इन्द्रजात्राका रोचक १५ दृश्य

Posted on September 17, 2019September 17, 2019 by Salokya

आज इन्द्रजात्राको अन्तिम दिन हो। साताभर काठमाडौँवासी यो जात्रामा व्यस्त भए, मस्त भए। आज नानिचा याः अन्तर्गत गणतन्त्र आएपछि सुरु भएको महिलाले रथ तान्ने चलनसँगै इन्द्रजात्राको समापन हुन्छ। यस पटकको इन्द्रजात्रामा देखिएका केही रोचक दृश्यहरु आज यो फोटो ब्लगमा राख्ने जमर्को गरेको छु। माथि माछाको मुखमा नोट देख्नुभयो होला नि। खासमा यो समयबजीको माथि सजाइएको माछा हो। समयबजीमा गजबको फूड आर्ट हुन्छ। यसलाई प्रसादका रुपमा बाँडिन्छ।

समयबजीको डिजाइन हेर्नुस्। कति मज्जाले सजाइएको।

यो एङ्गलबाट अझ राम्रो देखिन्छ समयबजी।

तर मलाई यो चाहिँ मन परेन। राँगाको सि ङ्गै टाउको पनि समयबजीको अगाडि सजाइएको रहेछ।

कुनै ठाउँमा राङ्गोले जिब्रो टोकेको समेत बनाइएको छ। ठीक छ, परम्परा आफ्नो ठाउँमा छ। तर यसरी पशुको टाउको सार्वजनिक प्रदर्शनीमा राख्दा अलि कस्तो कस्तो लाग्यो।

कस्तो मज्जाको समयबजी देखिन्छ, राँ गोको टाउकोले त्यसलाई कुरुप मात्रै बनाएको लाग्यो मलाई त।

इन्द्रजात्राको पहिलो दिन उपाकु जाने बेलामा बाटोमा कुनै कलाकारले मेहनतले बनाएको यस्तो चैत्यको मिनिएचर रुप पनि देखियो। पहिले भए ठूलै बनाउँथे। अहिले सानो बनाउन मात्र सम्भव भयो होला।

उपाकुको पहिलो दिनमै मूर्तिहरुमा यसरी मुकुट लगाइदिएको पनि देखियो।

बुद्धको चार वटा हात त कहिल्यै देखेको थिइनँ मैले। बौद्ध धर्ममा हिन्दू धर्मको फ्युजन भएछ। यो उपाकु घुम्ने क्रममा लगनको विहारमा भेटेको।

अब एकछिन नाच हेरौँ।

भक्तपुरबाट आउने नर्तक नर्तकीहरुले यो नाच देखाउँछन्।

नाच गजबको।

नाच सकिएपछि पो थाहा भो, मुकुन्डो मुनि महिला रहिछिन्।

मुकुन्डोभित्रकी महिला।

सेल्फी खिच्दै अघिको देवी नाचकी नर्तकी/नायिका।

2 thoughts on “राँगोको सि ङ्गो टा उ कोदेखि मा छा को मु खमा नोटसम्म : इन्द्रजात्राका रोचक १५ दृश्य”

  1. prithvi n. shah says:
    September 22, 2019 at 7:14 pm

    हाम्रो देश को विभिधता र सहनाशिलता: बुद्ध भगवान र टुपी बाहुन बाजे र रागोको टाउको एकै ठाउमा

    Reply
  2. श्रीकृष्ण अधिकारी says:
    September 19, 2019 at 1:20 pm

    सबै कुरा ठिक छ तर बौद्ध धर्मको चैत्य पनि जात्रामा अनि भैंसीको टाउको पनि । अलि फरक परिवेश भएन र ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme