Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आज २९ (उनान्तीस) पनि बज्दो रहेछ नि, तपाईँलाई थाहा छ?

Posted on September 17, 2019September 19, 2019 by Salokya


आज इन्द्रजात्राको अन्तिम दिन हो। यो यःसिं ठड्याएसँगै सुरु भएको इन्द्रजात्रा यसलाई ढालेसँगै सकिन्छ। दुवै काम साइत हेरेर हुन्छ। साइत निकाल्ने काम गर्छ- राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले। समितिले पठाएको साइतको सूचीमा लेखिएको थियो- इन्द्रध्वज पातन – मिति २०७६ साल भाद्र ३१ गते मंगलबार समयः २९: ३५ बजे। के हो यो २९ भनेको? २९ पनि बज्छ कहीँ। सोधखोज हुँदा तर्क गरियो- २९ पनि बज्दो रहेछ। कसरी?

यसरी ढालिन्छ यःसिं। पोहोरको भिडियो हेर्नुस्-

सामान्यतया बिहानको हो कि रातिको छुट्याउनका लागि १२ बजिसकेपछि १ नबजाई १३ बजाउने गरिन्छ। यही क्रमले २१, २२, २३ (अर्थात् रातिको ९, १० र ११) बजिसकेपछि कति बज्छ? घडीहरुमा 00 बनाइन्छ। लेख्दा २४ पनि लेख्ने चलन छ।

त्यसपछिको अर्को घण्टा भने ०१ बज्छ। त्यसैले २५ बज्दैन सामान्यतया।

तर पञ्चाङ्ग निर्णायक समितिले भने ज्योतिष विज्ञानमा २४ भन्दा माथि पनि समय हुने तर्क गरे। सूर्य उदय नभएसम्म त्यही दिन रहने तर्क रहेछ उनीहरुको।

त्यसैले आज अर्थात् भदौ ३१ गते घडीले मध्यरात १२ बजेसम्म मात्र हुने र १२ बजेर १ मिनेट जाँदादेखि असोज १ गते लाग्ने भए पनि ज्योतिष विज्ञान अनुसार सूर्य बिहान ५ बजेर ५० मिनेटमा नउदाएसम्म त्यही दिन रहने रहेछ।

साइत निस्केको रहेछ २९ बजेर ३५ मिनेट। अर्थात् २५ लाई १ मानेर जाने हो भने बिहान ५ बजेर ३५ मिनेट।

खासमा यःसिं ढाल्नका लागि धरणी भरणी नक्षत्र चाहिने रहेछ। तर भदौ ३१ गतेको रात अश्विनी नक्षत्र हुन्छ। नक्षत्र नमिलेकोले यसपटक बिहानको साइत जुरेको हो।

नभए सामान्यतया राति नै यःसिं ढाल्ने गरिन्छ। ढालिसकेपछि त्यहाँ भेला भएका मानिसहरु परालले हानाहान गरेर खेल्छन् पनि।

पोहोरको भिडियो हेर्नुस्-

6 thoughts on “आज २९ (उनान्तीस) पनि बज्दो रहेछ नि, तपाईँलाई थाहा छ?”

  1. दीपक अधिकारी says:
    September 21, 2019 at 3:56 pm

    चन्द्रमास अनुसारको क्यालेन्डरमा दिनको सुरुवात बिहान सुर्योदय भन्दा २ घडी (साढे दुई घडी बराबर एक घण्टा) अघि मात्र हुन्छ। तर सूर्यमास अनुसारको क्यालेन्डरमा राति बाह्र बजे नै दिन परिवर्तन हुन्छ। यसैले राति बाह्र बजे पछि र बिहान हुनु अघिको समयमा सूर्यमास अनुसार गते बार परिवर्तन भैसकेको हुन्छ भने चन्द्रमान अनुसार परिवर्तन भएको हुँदैन। ज्योतिष पञ्चाङ्गमा चन्द्रमास प्रयोग गरिन्छ तर हामी सर्बसाधारणले बुझ्ने सूर्यमास अनुसारको क्यालेन्डर हो त्यसैले हामी सर्बसाधारणलाई बुझाउन यस्तो समय प्रयोग गरिएको होला।

    Reply
  2. madan bajracharya says:
    September 20, 2019 at 10:49 am

    सुर्य उदय नहुन्जेल तेही दिन रहने २९ बजे पनि हुने भन्ने ज्योतिष सिट सुर्य अस्ताउने अस्तांचल पर्वत पश्चिममा कहा छ र पश्चिमको अस्तांचल पर्वतमा अस्तायको सुर्य फेरी पुर्व बाटै कसरि उदाउँछ भन्ने ज्ञान पनि पाय हुन्थ्यो/

    Reply
  3. Raju says:
    September 18, 2019 at 7:03 pm

    उमेश जी तपाईँ लाई वैदिक एस्ट्रोलॉजी थाह नभएर हो
    धेरै इंटरेस्टिंग छ यो बिषय

    Reply
  4. ऋषि अधिकारी says:
    September 18, 2019 at 3:09 am

    नेपाली पात्रो सम्बन्धि सामान्य जानकारी राख्न Training Course को आवस्यकता भै सक्यो. सबै जोतिश कुरा सबैले जान्न पर्छ भन्ने होइन तर सुपथ मूल्यमा १०/२० घण्टाका यस्ता आधारभूत Course उपलब्ध भए नेपाली पात्रो मा चासो राख्नेले सिक्न पाउथे .

    नेपाली पात्रो मात्रै किन नेपाली संस्कृति सम्बन्धि छोटा छोटा course हरु पढ्ने ठाउँ पाए म पनि केहि course लिन उत्सुक हुन्थे . कम से कम आफ्ना छोरा छोरीलाई वास्तविक नेपाली संस्कृति के हो, तिनका के कारण छन् भन्ने कुरा त सिकाउन पाइन्थ्यो. कारण नखुलाई यसो गर उसो गर भनेर बा आमाले भन्दा आफै केटा केटि हुँदा “यी बुढा बुढी को Out dated चलन” भनिन्थ्यो. अब छोरा छोरीले हामीलाई तेही भन्छन .

    कतै छन् त यस्ता course हरु? नभए कुनै मन्दिर तथा धार्मिक तथा सांस्कृतिक संस्था हरुले यस्तो कार्यक्रम नियमित राखे सिक्न खोज्ने हरुले पनि सिक्न पाउथे अनि ति संस्था हरुलाई पनि केहि दिगो कार्यक्रम गरिरहेको भन्न मिल्थ्यो.

    Reply
  5. Bibek kunwar says:
    September 17, 2019 at 8:59 pm

    Dinko suru garda chahi ratko 12 baje nai garne ani ante chahi raatko 12 katayera suryodaye bhayepachi matra. Ehi jyotiskai formula manne ho bhane ta a din ko suruwat pani ta raatko 12 baje nagarera suryadaye bhaye pachi matra hunu parne haina? Ki 1 dinko lagi matra ho jyotisko esto formula? Tesobhaye ta 1 din 29 ghantako ani arko din chahi jamma 17 ghanta ko matra hune bho ta.

    Reply
  6. prakash says:
    September 17, 2019 at 10:29 am

    धरणी होइन, भरणी नक्षत्र हो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme