सानोमा हामी ख्याः देखि निकै डराउँथ्यौँ। भूत भनेको पराई लाग्थ्यो, ख्याः चाहिँ तर्साउने भए पनि ‘आफ्नै’। अँध्यारोमा ख्याक हुन्छ भनी डराउँथ्यौँ। ख्याक दुई थरिका हुन्छन् रे भनेर सुनाउँथे हामीलाई सानोमा- सेतो ख्याक र कालो ख्याक। सेतोले चाहिँ भाग्य खुलाउँछ, पैसा कमाउने बनाउँछ भनिन्थ्यो।
इन्द्रजात्रामा देखाइने विभिन्न नाचहरुमध्ये एउटा हो ख्याः प्याखँ अर्थात् ख्याक नाच। जिउ पूरै ढाकिने गरी लगाउने कालो लुगासहित दुई जना ख्याक नाच्छन्। अलि नकचरोपना पनि देखाउँछन् नाचमा। भनेको यौन हाउभाउ। तर त्यो दर्शक र नाच्नेमा भर पर्छ। यस पटक हनुमानढोकामा हेर्दा त्यस्तो नकचरोपना देखाएनन्। तर रमाइलै थियो ख्याक नाच। हेर्नुस् भिडियो

Kunai super heros bhanda kum chaina characters haru. Ahile mobile internet le dhawasta banayo