साताव्यापी इन्द्रजात्रा पर्वमा मात्र खोलिने हाथु द्यः (श्वेत भैरव) को विशाल मूर्तिको मुखमा पाइप राखेर त्यसबाट प्रसाद थ्वं (जाँड) बगाउने गरिन्छ। त्यो पिएमा स्वस्थ र निरोगी भइन्छ भनिन्छ। पहिले भए जात्राका आठै दिन त्यो चलनमा पुरुषमात्रै रमाउँथे। तर विगत केही वर्षदेखि यो परम्परालाई तोडेर आयोजकहरुले एक दिन महिलालाई मात्र रमाउन दिने निर्णय गरेका छन्। आज त्यो विशेष दिन थियो। जात्रापर्वमा ‘महिला क्रा न्ति’को यो दृश्य भिडियोमा हेर्नुस्-