Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इन्द्रजात्रामा महिला क्रान्ति : आज महिला मात्र रमाउने क्षण हेर्न नछुटाउनुस्

Posted on September 15, 2019September 15, 2019 by Salokya

साताव्यापी इन्द्रजात्रा पर्वको अवसरमा मात्र खोलिने हाथु द्यः (श्वेत भैरव) को विशाल मूर्तिको मुखमा पाइप राखेर त्यसबाट थ्व‍ं (राइस बियर) बगाउने गरिन्छ। त्यो पिएमा स्वस्थ र निरोगी भइन्छ भनिन्छ। पहिले भए जात्राका आठै दिन त्यो चलनमा पुरुषमात्रै रमाउँथे। तर विगत केही वर्षदेखि यो परम्परालाई तोडेर आयोजकहरुले एक दिन महिलालाई मात्र रमाउन दिने निर्णय गरेका छन्। इन्द्रजात्राको पाँचौँ दिन आज त्यो दिन हो। जात्रापर्वमा ‘महिला क्रा न्ति’को यो दृश्य हेर्न नछुटाउनुस्। समय हो आज अर्थात् भदौ २९ गते आइतबार साँझ ७ बजे। नेपाली टाइम अनुसार एक घण्टासम्म ढिला पनि हुनसक्ने तर्फ ध्यान दिनुहोला।

हेर्नुस् पुरानो भिडियो-

महिलाका लागि यो दिन सकिए पनि पुरुषका लागि भने अझै आइतबारसम्म प्रसाद बाँडिनेछ। तपाईँ पनि काठमाडौँको यो गजबको संस्कृतिको मजा लिन चाहनु हुन्छ भने मंगलबारसम्म जुनै दिन पनि साँझ वसन्तपुर पुग्न सक्नुहुन्छ।

1 thought on “इन्द्रजात्रामा महिला क्रान्ति : आज महिला मात्र रमाउने क्षण हेर्न नछुटाउनुस्”

  1. madan bajracharya says:
    September 17, 2019 at 6:23 am

    कसो त्यो राइस बियर’ न्यार्चाको भाषामा “थों” बनाउंदै गर्दा विदेशीले जसरि बनायर ल्याय पनि राम्रो तर नेपालमा हजारौं साल देखि “वाइन बियर व्हिस्की बनाउंदै आयको प्रविधिलाई अस्वस्थकर आदि आरोप लगाउंदै “आफु मात्रै नेपालि बाकि नेपाली कोहि न्यार्चा भोटे तामांगे कामि सार्की सामन्ति आदि भन्ने लोकतन्त्रको टिके नेपाली ठेक्केदारहरु” को आठ्प्रहरियाहरुले त्यो थों बनाउंदै गरेको न्यार्चाहरु र आकाश भैरव को प्रशाद भनेर थों खाँदै गरेको न्यार्निचाहरुलाई घोक्रोथ्यांक लगाउंदै थुन्न लगेन; यहि अचम्म लाग्छ/

    म नेवा गुठीको कोहि …भयको भय; यो साल आदिबाशी जनजातिको अनुसार यस्तै पर्व र जात्राहरु गर्ने अर्को साल आफु मात्रै नेपालि बाकि नेपाली न्यार्चा कामि सार्की भोटे भन्नेहरुलाई उनीहरुको संस्कार अनुसार गराउने भन्ने नियम नै बसालि दिन्थे/ तव मज्जा आउंथ्यो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme