Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१२ फोटोमा जीवित देवीका भावभंगिमा : कुमारीले हाई काढ्दादेखि कान थुन्दासम्म

Posted on September 15, 2019September 14, 2019 by Salokya

विश्वमा एउटा मात्र परम्परा छ भनिन्छ जीवित देवीको- कुमारी। कुमारीको फोटो खिच्ने भनेर जाँदा मोबाइलहरुको फोटो खिच्न बाध्य भएको बारे लेखेको ब्लग छुटाउनु भएको भए यता क्लिक गरी पढ्नुस्। खासमा गाह्रो गरी गरी पनि केही फोटो चैँ खिचिएको थियो है कुमारीको। ती मध्येबाट छानेर १२ फोटो राखेको छु।

वसन्तपुरबाट सुरु भएको रथयात्रा फर्काएर वसन्तपुर पुर्‍याउँदा रातको साढे १० नाघिसकेको थियो। तर भिड उत्तिकै थियो। वसन्तपुरमा रथ राम्रोसँग पार्क गरिसकेपछि पहिला गणेश, त्यसपछि भैरव (दुवै जीवित देवता-बालक हुन्) लाई कुमारी घरभित्र लगिन्छ। त्यसपछि कुमारीलाई पनि बोकेर घरभित्र लगिन्छ।

रथ राम्रोसँग पार्क नै भएन। अगाडि तानेर ब्याक गरेर ठीक पोजिसनमा राख्नुपर्ने। रथ अगाडि र पछाडिबाट तान्ने मानिसहरु नै हुन्। सांस्कृतिक बाजाहरु एकनासले बजेको बज्यै। त्यसैको तालमा भिडमा पनि रमाइलै हुन्छ। नरमाइलो त फोटो खिच्छु भनेर यसो तेर्स्याउँदा भिडले घचेटेर अरु तिर पुर्‍याइदिँदा मात्रै हुने हो। क्या मज्जाको फ्रेम मिलाए जस्तो लागिरहँदा त्यो काम न काजको अचेल बेचिने झिलिमिली बत्तीसहितको बेलुनले ठ्याक्क छेक्ने।

जसोतसो खिचेको हुँ यी फोटो, कस्तो भयो भन्नुहोला है कमेन्टमा-

लेन्स तेर्स्याउँदै बसिरहेको थिएँ। छेकिएका कारण कुमारी देखे पो। बल्ल बल्ल एक झलक देखिएको बेलामा कुमारीले हाई काढिन्। मैले फ्याट्ट सटर दबाइहालेँ। थाहा थिएन कस्तो फोटो आएको छ भनेर।


हातले मुख छोपिहालिन् ५ वर्षकी कुमारी तृष्णा शाक्यले। यो उनको दोस्रो इन्द्रजात्रा हो।


त्यसपछि रथमा बस्नेले कुमारीको अनुहार नदेख्ने गरी छोपिदिए। कुमारीले त्यसपछि के गरिन् हेर्न पाइएन।


कुमारीको फोटो खिच्छु भनेर क्यामेरा तेर्स्याएर बस्दा कहिले केले छेक्ने कहिले केले। यो फोटोमा चाहिँ छेकिए पनि केही कलात्मक भान पर्न जाने भएछ।


वसन्तपुर कुमारी घर अगाडि रथ राखिसकिएको थियो। तर बोकेर तल झार्दै कुमारी घरमा लग्न निकै समय लाग्यो। त्यही बेला कुमारीको फोटो खिचौँ न त भन्दा छेकेर हैरान। रथमा उभिएका मान्छेले छेक्दाछेक्दै पनि देखिएको झलक।

रथमा उभिएका मान्छेले छेक्दाछेक्दै पनि देखिएको झलक।

रथमा उभिएका मान्छेले छेक्दाछेक्दै पनि देखिएको झलक।

यसमा भने कुमारीले कान थुनेको जस्तो देखिएको छ।

कुमारी रथभित्रको आसनमा विराजमान हुन्छिन् र रथ डोरीबाट तानिन्छ।

रथ घान्द्राङघुन्द्रुङ हुँदै गुड्ने हुँदा मुकुट झर्ने डर हुँदो रहेछ। त्यसैले सँगै बस्नेले मुकुट सम्हालिदिँदै।

मुकुट सम्हालिदिँदै।

कुमारीलाई बोकेर रथबाट झारेर कुमारी घर लगिँदै।

यस वर्षको कुमारीको रथयात्रा हेर्न छुटाउनु भयो? धन्दा नमान्नुस्, दुई दिन सकियो। अब यो वर्षको अन्तिम दिनको रथयात्रा बाँकी छ। नानिचायाः भनिने यो रथ महिलाले तान्ने चलन गणतन्त्रपछि थालिएको छ। महिलाले रथ तान्ने दिन भदौ ३१ गते हो।

भिडियो हेर्नुस्-

इन्द्रजात्राका थप ब्लगहरु
काठमाडौँवासीलाई ‘स्वर्ग लैजान’ मध्यरातमा टोल टोल चहार्ने यो अनौठो पात्र- दागीँ

इन्द्रजात्रामा नझुक्किनका लागि जान्नै पर्ने पाँच तथ्य

२५१ वर्षअघि आजकै दिन यसरी हराएका थिए पृथ्वीनारायण शाहले कान्तिपुर राज्यलाई

कसैलाई जान नदिएको धरहराभित्रको उपाकु मार्गमा यात्रा गर्दा के देखियो, हेर्नुस् भिडियोमा

इन्द्रजात्रामा कहिले के हुन्छ?  एक हप्ताको सेड्युल 

1 thought on “१२ फोटोमा जीवित देवीका भावभंगिमा : कुमारीले हाई काढ्दादेखि कान थुन्दासम्म”

  1. Pingback: इन्द्रजात्राको रमझम आठ अजिब फोटोमा « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme