Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्लेनभित्रै पर्यटन मन्त्री योगेश भट्टराईविरुद्ध यात्रुहरुको आक्रोश

Posted on September 14, 2019September 14, 2019 by Salokya

आशालाग्दा युवा नेता योगेश भट्टराई पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि केही आशालाग्दा कामको अपेक्षा थियो। प्रमुख प्रतिपक्षी नेतालाई भेटेर आफ्नो मन्त्रालयको कामबारे बताउने, अरु नेताहरुको सम्मान गर्ने जस्ता कामले उनलाई चर्चामा ल्याएको थियो, सँगै पशुपति आरतीमा राष्ट्रगान गाउन लगाउने, विमानको टिकटमा ज्येष्ठ नागरिकलाई छुट दिने जस्ता विषय भने विवादमा आयो। शनिबार भने बुद्ध एयरको विमानभित्रै यात्रुहरुले मन्त्रीकै अगाडि आक्रोश पोखे।

कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किँदै थिए मन्त्री भट्टराई। उनलाई कुर्ने क्रममा बुद्ध एयरले राति एक घण्टा ढिला गरेको भन्दै यात्रुहरु आक्रोशित भएका थिए।

त्यहाँमाथि अचेल युट्युबले चर्चामा ल्याइदिएका भ्रष्टाचारविरोधी अभियानकर्मी भनिने ज्ञानेन्द्र शाही र उनका समर्थकहरु पनि त्यही प्लेनमा। बबाल मच्चाए।

हाम्रो प्लेन किन रोकेको? १ घण्टासम्म मोजमस्ती गर्दै हो? ख्याल राख्नु पर्दैन टाइमको? संविधानको कुन सेक्सनमा लेख्या छ प्लेन रोक्ने भनेर?

यस्ता प्रश्नैप्रश्नले र्‍याखर्‍याख्ती पारे यात्रुहरुले। मन्त्री भट्टराई भने चुप बसिरहे।

‘कहिले प्रधानमन्त्री आउने भनेर प्लेन २ घण्टा जाम गरिदिने। हामी हजुरलाई रेस्पेक्ट गर्छौ तर यो तरिका भएन मन्त्रीज्यू’, भिडियो खिच्ने एक जना बोल्दैछन्।

यसअघि गत वैशाखमा बुद्ध एयरले सरकारका प्रवक्तालाई नकुरी विमान उडाएपछि वाहवाह भएको थियो।

तर यस पटक भने बुद्ध एयर नै फेरि तारोमा परेको छ। बुद्धलाई पनि गाह्रो ! कुरौँ यात्रुको तनाव, नकुरौँ सरकारबाट हुने तनाव।

१५ मिनेटमात्र ढिला भएको हो, यात्रुप्रति क्षमाप्रार्थी : मन्त्री भट्टराई

मन्त्री योगेश भट्टराईले आजै फेसबुकमा यो घटनाबारे स्पष्ट पारेका छन्। उनले सबै यात्रुको बोर्डिङ भएको १५ मिनेटपछि आफ्नो टिमको बोर्डिङ भएको दावी गरेका छन्। ‘कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केही ढिला हुन गएको सत्य हो’, उनले लेखेका छन्, ‘भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिएँ। नेपालगंज विमानस्थलमा ३/ ४ जना ब्यक्तिहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो। एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैँले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ रसम्म भने। त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालेँ।’

7 thoughts on “प्लेनभित्रै पर्यटन मन्त्री योगेश भट्टराईविरुद्ध यात्रुहरुको आक्रोश”

  1. Anon says:
    September 16, 2019 at 2:54 am

    https://www.theguardian.com/world/2019/may/27/mexican-josefa-gonzalez-blanco-resigns-aeromexico-flight-delayed

    Reply
  2. सिसिर says:
    September 15, 2019 at 6:10 pm

    सालोक्य जि 53-54 बर्ष जतिका पुरुषलाई युवा नभनेको भए हुने।

    Reply
  3. kundan says:
    September 15, 2019 at 9:39 am

    pashupatinath lai chama magnu nai uchit huncha…

    Reply
  4. Naresh says:
    September 15, 2019 at 7:07 am

    जो अगुवा तेइ बाटो हगु* भनेको येइ हो. त्यसै होइन EU ले नेपाल लाई हवाई Blacklist मा राखेको. एउटा मन्त्रि १६ बर्से अल्लारे जस्तो बिना कुनै योजना/ जानकारी पथिवारा हेलिकोप्टर मा गएर मरेर गए. अर्का चै हवाई सेवा जस्तो संबेदनसिल सेवा लाई बिना कारण १ घण्टा कुराएर राख्ने. भोलि ICAO ले plane किन delay भाको भनेर सोदयो भन्यो के कारण देलान यिनले .

    Reply
  5. मनिष says:
    September 15, 2019 at 6:50 am

    कम्युनिस्टहरुको गल्तिको फाइदा मण्डलेहरु उठाउने भए|
    एउटाले त पंचायतमा पनि यस्तो हुदैन थियोसम्म भन्न भ्यएको रहेछ|

    Reply
  6. Silwal ramzi says:
    September 15, 2019 at 6:43 am

    Good morning, these politicians hooligan are indeed a quintessential hypocrite no matter what they promise. These events don’t let me feel regret of leaving my country.

    Reply
  7. Pratikshya says:
    September 15, 2019 at 2:24 am

    Salokya ji,
    Tapai ko blog reguar herchhu. Tapai ko prastutikaran beglai ra ekdaM prithak chha. Euta anurodh chha ki font ali halka thulo bhayeediyee ya readers mode ma jane suwidha bhayeediyee tapai ka khabar ra bichar padhda aaka lai tetti stress hunitheeyena.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme