२५१ वर्षअघि कान्तिपुर एउटा छुट्टै राज्य थियो। आज झैँ त्यतिबेला पनि यहाँ इन्द्रजात्राको रमझम थियो। तर रात नबित्दै यो राज्यले आफ्नो छुट्टै अस्तित्व गुमायो र तत्कालीन गोरखा राज्यमा विलय हुन पुग्यो। नेपाल एकीकरणको अभियानमा कान्तिपुर विजय एउटा मुख्य फड्को थियो। तर यसका लागि पृथ्वीनारायण शाहले धेरै तयारी गर्नुपरेको थियो।
इन्द्रजात्रा कै दिन किन?
कान्तिपुर विजयका लागि पृथ्वीनारायण शाहले इन्द्रजात्राकै दिन रोज्नुको विशेष कारण थियो। इन्द्रजात्राका समयमा कान्तिपुरका राजा, मन्त्री र रैतीसमेत नाच-तमासामा मस्त हुन्थे। यसअघि दुई पटक उनले यसको फाइदा उठाइसकेका थिए। पहिलो पटक नालदुम आक्रमण गर्दा उनले इन्द्रजात्राकै पूर्णिमाको अवसर छोपेका थिए। त्यसैगरी दोस्रो पटक नुवाकोटमा आक्रमण गर्दा पनि उनले यही दिन छानेका थिए। नुवाकोट हमला गर्दा कान्तिपुरका राजा जयप्रकाश मल्लले त्यहाँको सुरक्षाका लागि खटाएका जयन्त राना उनैलाई भेट्न कान्तिपुर आउँदा इन्द्रजात्रामा अलमलिएका थिए। जयन्त गोर्खाबाटै निश्कासित काजी थिए। गोर्खालीहरुको भेद थाहा पाउने कमाण्डर नुवाकोटमा रहेकाले पृथ्वीनारायण शाहलाई यहाँ विजय पाउन कठिन भइरहेको थियो। तर इन्द्रजात्राको बेला उनी कान्तिपुरमा रहेको मौका छोपी आक्रमण गर्दा त्यहाँको मोर्चा जयन्तका छोरा शंखमणि रानाले सम्हालेका थिए। तर उनी मारिए। पछि जयन्त फर्किए तर उनलाई गोर्खाली सेनाले पराजित गरी पूरै नुवाकोट कब्जामा पारे।
तेस्रो पटकलाई पनि उनले इन्द्रजात्राको समयलाई नै अठोट गरेका थिए र ज्योतिषी कुलानन्द ढकालले पनि अनुकूल समयमा उत्तम साइत भेट्टाएका थिए। यसैबीच विक्रम संवत् १८२५ को इन्द्रजात्राको समय नजिकिँदै थियो। कान्तिपुरको नाकाबन्दी पनि पूरा जोडतोडका साथ चलेको थियो। काठमाडौँ वरपरका इलाका कब्जा गर्दै यहाँ नून र कपास छिर्न नदिन गोर्खाली सेना तैनाथ थिए।
अब जयप्रकाश मल्लका आँतको अन्तिम परीक्षा गर्नु र शहरभित्र घुस्ने ठाउँको टुङ्गो लगाउनु बाँकी थियो। यसका निम्ति पृथ्वीनारायण शाहले कान्तिपुरका उत्तरपट्टी शहरको गिर्दापर्खालबाहिर रहेको ठबहिल (हालको ठमेल) लाई रोजे र उनले आफ्ना सैनिक पठाएर त्यहाँ अधिकार गर्न लगाए। यो काठमाडौँमा आक्रमण गर्नु २३ दिन अघिको कुरा थयो। तर, शहरको गिर्दापर्खालसित जोरिएको ठाउँमा गोर्खालीले अधिकार जमाउँदा पनि राजा जयप्रकाश मल्लले आफ्ना सैनिक पठाई त्यताबाट गोर्खालीलाई हटाउने आँट गर्न सकेनन् र यिनी चुप लागेर बसिरहे।
तर ठवहिलतिरबाट घुसेर कान्तिपुरको राजदरबारमा अधिकार जमाउन सैनिक दृष्टिले कठिन देखियो।
त्यसपछि कस्तो रणनीति अपनाएर कसरी आक्रमण भयो त? बाबुराम आचार्यको ‘नेपालको एकीकरणको शिलान्यास’, प्राचीन नेपाल र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातको सैनिक रणनीति विश्लेषणलाई स्रोत मानेर तयार पारिएको यो भिडियोमा विवरण हेर्नुस्-
पृथ्वीनारयाणले कान्तिपुर र अन्य ठाउहरु हडपेर सम्पुर्ण नेपाल एकिकरण गरे, नत्र हामी नेपाली हुन्थेनौ भन्नु र ब्रिटिश साम्राज्यले भारत बिजय गरेर सय बर्ष बढि शासन नगरेको भए भारत एउटा नरहेर टुक्रा टुक्रामा विभाजित देशहरु हुन्थे भन्नु उस्तै उस्तै हो|
सम्भावनाहरु अनेक खुला थिए|
अलेक्जाण्डरले जितेर मात्र आधिपत्य कायम राख्न सकेनन| शाह राजाहरु अधिकांश निकम्मा थिए| विलासी, स्त्रीलम्पट, विभेदी र डरपोक थिए| त्यसै भएर राणाहरुले नेपाली जनतालाई कोपरा थपाए| पृथ्वीनारायणले एकिकरण गरे भन्नु सायद आंशिक रुपमा मात्र सत्य हुनसक्छ| उनी र उनका पुजारी, जोतिश्हरु, सल्लाहकारहरु क्रुर र निरंकुशी थिए| खस आर्य र केहि अन्यका हकमा उनको योगदान होला तर सम्पुर्ण नेपाल र नेपालीलाई एकिकरण होइन विभेदीकरण गरे| आधा भन्दा बढी जनसंख्यालाई उनको व्यवहारले रैती त के मान्छे जस्तो पनि गरेनन|
भानुभक्तको रामायण बाँचेर नेपाली जनमानसमा साक्षरता वृद्धि भएको हो भन्नु र पृथ्वीनारायणले एकिकरण गरे भन्नु उस्तै उस्तै हो|
पृथ्वीनारायणले एकिकरण नगरेको भए नेपाल हुने थिएन भने अरु केहि नै हुने थियो होला| इतिहासले बताएको छ सम्भावनाका ढोकाहरु प्रशस्तै हुन्छन|
राजतन्त्र रहिन्जेल सम्म नेपालीले बोल्नै पाएनन, इतिहास होइन स्तुति लेखियो| झुटो इतिहास घोक लगाउन वाध्य गराए| धन्य नेपालीले बोल्न पाएका छन् र सत्य तथ्य उजागर गर्न प्रोत्साहन गर्न पर्छ|
कुरो सहि, नेपाल भन्ने राज्जे बन्ने थिएँ .. केहि अरु नै हुन्थ्यो, साएद अंग्रेज ले सासन गर्थे र दर्जेलिंग वा गढवाल / कुमाउ जस्तै वर्तमान भारत को टुक्रा हुन्त्यो र विकास पनि उनीहरु कै जस्तै … हामी गौरब का साथ “हमारा भारत महान” भनेर नारा लगौथ्योउन वा दर्गेलिंग मा झैँ आन्दोलन गरि रहेका हुन्त्यों…. भाषा र भेस को हिसाब ले नेपाल को तराई / मदेश उत्तर प्रदेश वा बिहार हुन्थ्यो भने पछिम नेपाल उत्तरांचल प्रदेश, पुर्बी नेपाल आसम… रर्खो विकल्प नेपाल प्रदेश पनि हुन्कथ्यो … प्रथिवी नारायण नेपाल बनाएर एउटा सुरुवात त गरे तर नेपाली राजा / ससक मा विकास र सुशासन गर्ने कला देखिएन … बास्तबमा बिशो को तुलनात्मक रुप मा गर्ब गर्ने काम कसै ले गरेका छैनन्
प्रिथ्बिनारायण ले एकीकरण गरेको , ओली र प्रचण्ड हरुले आफु र आफ्ना सेना , मीना , भाइ भातेदार र सबै ले मिलेर ले सके सम्म लाइ लुट्न को लागि रहेछ भनेर आजको हाम्रो बुझाइ छ
निर्माता लाइ जस न दिने , आअफ़ु चै भक्कु लुटेर हसुर्ने प्रब्ब्रितिले नेपाल र नेपालि भासिको लागि देश ठुलो दुर्घटना को दिसा मा गएको आभास पनि दिन्छ |
नतिजा राम्रो निक्ले नराम्रो ….पनि राम्रै मान्नु पर्ने हुन्छ/त्यो समयनै तेस्तै थियो/ अरुको राज्य जसरि सकिन्छ तेसरी कब्जाउनुलाई बहादुरी मानिन्थ्यो/ अरुको राज्य आफ्नो अधिनमा ल्याउन गरिने अस्वमेघ यग्य अरुदेसको राजाहरुलाई आफ्नो हुकुमत मनाउन गरिने राजसुय यग्य आदिलाई हिन्दु पुराण अनुसार ठुलो पून्यको काम थियो/ त् तेतिबेलाको कुनै पनि हिन्दु राजामा आफ्नो राज्य बिस्तार गर्ने महत्व कान्छ्या त् हुनेनै भयो/ तेही महत्व्कान्छ्या अनुसार पृथ्बी नारायण शाहले उपत्यका पनि कब्जायो/ तेसैले यसलाई पृथ्बी नारायण शाहको “राज्य बिस्तारको अभियान” मात्रै मान्न सकिन्छ/
कुनै राजाको राज्य बिस्तारलाई यकिकरण गरेको मान्ने हो भने ५१० वटा अनेकौं जात धर्म मान्नेको राज्यहरुलाई आफ्नो अधिनमा लियर आजको भारत बनाउने अंग्रेजको सम्राटलाई भारतले अहिले साम्राज्यबादी भनेर गालि गरिरहेको हुँदैनथ्यो आफ्नो भारतको रास्ट्र निर्माता भनेर पुजा गरिरहेको हुन्थ्यो/ अंग्रेजले भारतमा…गरेको र पृथ्बी नारायाण शाहले नेपालमा …गरेकोमा आशय प्रविती र प्रकृतिमा केहि फरक छैन/
अङ्ग्रेजको सम्राज्यबाद ले आजको भारतको शिर्जना भयो पृथ्बी नारायाण शाहको राज्य बिस्तारको प्रयाशको नतिजाले राजा अरिदेव (मल्ल त् नेपालको राजा भय पछि भयको हो)को कारणले टुक्रेको नेपाललाई केहि हद सम्म फेरी जोडियो/ नतिजा र परिणाम राम्रो भयमा नराम्रो कार्यलाई पनि सत्कार्य मान्नु पर्नेनै हुन्छ/ यसैको आधारमा मात्रै पृथ्बी नारायण शाहको राज्य बिस्तार गर्ने महत्वकान्छ्यालाई यकिकरण मान्न सकिन्छ/ नभय नेपालको यकिकरण गरेको जसै दिने हो भने बहादुर शाहलाई दिनु पर्छ; पृथ्बी नारायण शाहलाई होईन/
त्यो बेला प्रशस्ति गाउने भक्तहरु बात इतिहास लेखाइन्थ्यो; भोगेको देखेको अनुसारै लेख्ने बात इतिहास लेखायको भय कयौं इतिहासिक व्यक्तित्वहरुको “परिचय नै अर्कै हुन्थ्यो/
अन्तमा; नेपालिहरु जात समुदायमा बिभाजित हुनु गलत मान्ने भयकैले पनि “पृथ्बी नारायण शाह “महान” बनेको हो/ तेसैले नेपालमा जात जातको राज्य बनाउनु पर्छ “प्रचंद्र प्रयाश” गर्नेहरुको निमित पृथ्बी नारायण शाह असैह्य भय पनि नेपालीको निमित पृथ्बी नारायण शाह महानै रही रह्यो/
सालोक्य जी नागरिकता बिधेयक को फलोअप गरिदिनु पर्यो !! धेरै जना को चासो को बिषय हो यो !!
पृथ्वी नारायण शाह ले गल्ति गरेकै हुन् त? उनले एकिकरण गर्नु हुन्नथ्यो? कि उनले युद्ध गरेर एकिकरण गरेको कुरा चै गल्ति थियो? नेपाल का सबै जन जाति राजा हरु अत्यन्त अहिन्षक, न्याय प्रेमी, दयालु, प्रजाप्रेमी, प्राजान्त्रिक, लोकतान्त्रिक, भगवान बुद्ध जस्ता ज्ञानी थिए, उनीहरु कहिल्यै काटमार, युद्ध गर्दैनथे, पृथ्वी नारायण शाह बाहेक नेपाल अधिराज्य मा कसैले पनि काटमार युद्ध गर्दैनथ्यो, पृथ्वीनारायण शाह कताबाट तेस्तो युद्ध प्रेमी आइलागेर र नेपाल मा अन्याय हुन गयो, यदि पृथ्वी नारायण शाह ले नेपाल एकिकरण नगरेको भयो आज नेपाल कति बिकसित, सम्बृद्ध, शक्तिशाली, सुन्दर हुने थियो, मेरो बिचार मा पृथ्वीनारायण शाहले गल्ति गरेकै हुन्