Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसैलाई जान नदिएको धरहराभित्रको उपाकु मार्गमा यात्रा गर्दा के देखियो, हेर्नुस् भिडियोमा

Posted on September 12, 2019September 12, 2019 by Salokya

नौ तल्ले धरहरा चार वर्षअघि वैशाख १२ मा पूरै भत्कियो। अहिले त्यहाँ ४२ रोपनी जग्गामा २२ तल्ले नयाँ धरहरा बनाउन लागिएको छ। बन्न लागेको ठाउँमा काठमाडौँको परम्परागत उपाकु मार्ग पर्ने भन्दै विवाद भएको थियो। इन्द्रजात्राको सुरुको दिन मंगलबार काठमाडौँका विभिन्न ठाउँमा धूप र दीप जलाउँदै उपाकु यात्रा गर्ने गरिन्छ। यो वर्ष आफन्त गुमाएकाहरु यसमा लाग्छन्। यो वर्ष छिमेकमा शोक परेको थियो। त्यसैले हामी पनि ३ घण्टा लगाएर यो मार्गमा परिक्रमा गर्‍यौँ। त्यही क्रममा न्युरोडबाट सुन्धारा मार्ग हुँदै बागदरबारतिर जाने क्रममा यो धरहराभित्रको रुट पर्छ। यो वर्ष पुननिर्माण प्राधिकरणले मंगलबारको दिन अस्थायी रुपमा बाटो खोल्ने निर्णय गरेको थियो। कस्तो थियो त त्यो मार्गमा यात्रा गर्दाको दृश्य? हेर्नुस् भिडियो-

यो मार्ग खड्ग आकारको हुन्छ भन्ने गरिन्छ। तर जिपिएस अन गरेर हेर्दा त्यस्तो देखिएन। यस्तो पो देखियो

3 hour Upaku route from GPS tracker, few missing points as tracker went off unexpectedly. #Yenya #Indrajatra pic.twitter.com/nykYbjA1Ga

— salokya (@salokya) September 10, 2019

ओपन स्ट्रिट म्यापमा हेर्न क्लिक गर्नुस्। जिपिएस ट्रयाकर अफ हुन जाँदा बीचका केही रुट खाली देखिएका छन्। खासमा यो परिक्रमा गरेको देखिनु पर्ने हो।

3 thoughts on “कसैलाई जान नदिएको धरहराभित्रको उपाकु मार्गमा यात्रा गर्दा के देखियो, हेर्नुस् भिडियोमा”

  1. Pingback: १२ फोटोमा जीवित देवी कुमारीका भावभंगिमा « Mysansar
  2. Pingback: १२ फोटोमा जीवित देवीका भावभंगिमा : कुमारीले हाई काढ्दादेखि कान थुन्दासम्म – Mysansar
  3. PP says:
    September 12, 2019 at 2:58 pm

    धन्यबाद, हामि गैर-नेवारलाइ कतिपय यस्ता सांस्कृतिक चलनहरु थाह छैन तर यी निकै चाख-लाग्दा छन् | सांस्कृतिक महत्वको मात्र नभई ३ घण्टा हिड्ने चलन स्वास्थ्यको लागि पनि राम्रो | जसरि तराईको छठ जताततै लोकप्रिय हुँदै गैरहेको छ, त्यसरी नै काठ्मान्डु उपत्यकाका लोकल सांस्कृतिक परम्परालाइ गैर-नेवार हरुले पनि मनन गर्दा उत्तम हुने देखियो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme